ताजा समाचार
चिनियाँ जनता भन्छन् : विद्रोह न्यायोचित छ
('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' ले ५० वर्ष पूरा गरेको सन्दर्भमा सन् २०१६ मा विश्वका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी रूपमा भव्यताका साथ 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'को ५०औँ वार्षिकोत्सव मनाए र माओले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गरे । चीनमा पनि खासगरेर माओको जन्मस्थल शाओसानमा माओका अनुयायीहरूले माओको जन्मोत्सव तथा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सव बडो धुमधामका साथ मनाए ।
यसै क्रममा ‘साउथ चाइना मोर्निङ पोस्ट’ का पत्रकार जुन माइको ‘चिनियाँ जनता सांस्कृतिक क्रान्तिप्रति किन त्यति सारो मोहित भएका होलान्’ शीर्षकको रिपोर्ट प्रकाशित भएको छ । निकै रोचक यो रिपोर्टबाट चिनियाँ जनता आज पनि माओ र सांस्कृतिकध क्रान्तिप्रति कति आदर र सम्ममान गर्दा रहेछन् भन्ने थाहा हुनुका साथै चिनियाँ जनताको यस किसिमको विश्वासका कारण अहिलेको चिनियाँ शासक वर्ग मन लागे पनि नलागे पनि माओको नाम लिन बाध्य छ भनेर पनि बुझ्न सकिन्छ । यो रिपोर्टमा भ्रष्टाचारमा फसाएर जेलमा राखिएका नेता बो सिलाइको पनि सन्दर्भ छ, जो सि जिपिङपछिका नेता थिए, सम्भावित पार्टी अध्यक्ष तथा राष्ट्रपति पनि । प्रस्तुत छ, सो रिपोर्टको सारसङ्क्षेप । )
चिनियाँ जनता सांस्कृतिक क्रान्तिप्रति किन यति सारो मोहित भएका होलान् ?
दशौँ हजार माओवादीहरू माओको १२२औँ जन्मदिवस मनाउन २६ डिसेम्बरका दिन हुनानस्थित माओको जन्मनगरतिर मार्च गरे ।
आफ्ना श्रद्धेय क्रान्तिकारी नेता माओप्रति फूल, पटाका र सङ्गीतको माध्यमबाट श्रद्धा प्रकट गर्नुका साथै उनीहरूले शाओसानमा माओयुगका साथै १९७६ मा माओको मृत्यु नहोउन्जेलसम्म जारी रहेको सांस्कृतिक क्रान्तिकाको बढाइँ पनि गरे ।
६२ बर्से दाइ चेङले माओको सम्झनामा शाओसानको स्मृतिभवनमा गएर रातभरि क्रान्तिकारी गीत गाउन आठसय किलोमिटर टाढा जियाङ्सुबाट ६० जनाको टोली लिएर गएका थिए, जहाँ राती तापक्रम झरेर ४ डिग्री सेल्सियस पुगेको थियो ।
''हामी उहाँलाई हाम्रो जीवनपर्यन्त बिर्सने छैनौँ, उहाँले हामीलाई जीवन जिउँन सिकाउनुभयो'', उनले गीतसङ्गीतको चर्को आवाजका बीच भने । उनले भने ''हामी अहिले जे छौं, यो सबै सांस्कृतिक क्रान्तिले गर्दा भएको हो ।''
“१९७६ मा माओको मुत्युलगत्तै माओ विरोधीहरूले 'कु' गर्न आरम्भ गरे”, दाइले भने । “उनीहरूले साम्यवादप्रति गद्दारी गरे । माओप्रति गद्दारी गरे । चिनियाँ जनताप्रति गद्दारी गरे ।”
चीनमा माओपछि बजार अर्थशास्त्रको नीतिलाई अघि बढाउने देङको आलोचना गर्दा उपस्थिति जनसमुदायले समर्थन जनाउँदै खुसीले धेरैबेरसम्म तालि पिटिरह्यो ।
दाइले भने— “सांस्कृतिक क्रान्तिको उद्देश्य भ्रष्टाचारलाई निर्मूल पार्नु थियो, जसले सांस्कतिक क्रान्तिको विरोध गर्छ, ऊ भ्रष्टाचारको समर्थक हो ।”
माओले उठाउनुभएको सांस्कृतिक क्रान्तिको झन्डाले मे १६ मा ५० औँ वर्ष पूरा गर्छ र यसलाई चिनियाँ जनताले विशेष पर्वका रूपमा मनाउने गरेका छन् । सांस्कृतिक क्रान्ति चिनियाँ कम्युनिस्ट पार्टीका दुइटा सबैभन्दा महत्वपूर्ण उपलब्धिीमध्येको एउटा उपलब्धि थियो, जसलाई अहिलेको कम्युनिस्ट पार्टीले पीडाको क्षण भनेर घोषण गरेको छ ।
सांस्कृतिक क्रान्तिको नारा ''पोलिटिक्स इन कमान्ड'' थियो र यसको उद्देश्य वर्गसङ्घर्षलाई अगाडि बढाउनु थियो, देङले चाहिं चिनियाँ महान् सांस्कृतिक क्रान्तिले चिनियाँ अर्थतन्त्रलाई ध्वस्त पारेको भनेर १९७९ मा सार्वजनिक भाषण गरेको थिए ।
तेङलाई समर्थन गर्नेहरू तथा त्यतिबेर नजन्मेकाहरू अहिलेको पार्टीको भनाइलाई समर्थन गर्दै सांस्कृतिक क्रान्तिलाई पीडादायी र नोक्सानको घडी भन्दछन्, तर पुराना कमरेडहरू र त्यसको उद्देश्य बुझेकाहरू त्यो सही थियो, महान् थियो भन्दै, अहिले केही मात्र सुखी छन्, थोरैको हातमा मात्र सम्पति थुपिएको छ र आर्थिक विभेद तीव्र छ भन्दछन् । उनीहरू यो सबै सांस्कृतिक क्रान्तिको बाटोको विरोध गरेको कारण हो भन्दछन् ।
माओका अनुयायीहरू सांस्कृतिक क्रान्तिको हवाला दिँदै, माओको समय, त्यसमा पनि संस्कृतिक क्रान्तिको समय असली प्रजातन्त्रको रूप थियो भन्दछन् । उनीहरूका भनाइमा त्यतिबेला मान्छेलाई आफ्नो कुरा खुलेर भन्ने र बोल्ने वातावरण थियो, अहिलेको जस्तो नोकरशाहीपन थिएन ।
“म सांस्कृतिक क्रान्तिको समयमा निर्माण भएका कमिटीहरूको प्रशंसा गर्छु, त्यस किसिमका कमिटीहरूको काम सरकारका कमजोरी र गलतकामकारवाहीप्रतिको निगरानी गर्नु थियो । अहिले यस किसिमको निगरानी हुँदैन” —त्यतिबेलाका रेड गार्ड नेता र पछि छुकिङ नगर सरकारको क्रान्तिकारी कमिटीका उपनिर्देशक लि मुसेनले भने ।
सांस्कृतिक क्रान्तिको बेला उनी २८ वर्षका थिए ।
त्यतिबेला नगरका महत्वपूर्ण पदहरू ओगटेका नोकरसाहहरूलाई विस्थापित गरिएको थियो र त्यहाँ जनप्रतिनिधिलाई स्थापित गरिएको थियो । त्यहाँ सांस्कृतिक क्रान्तिका विरोधीहरूले भनेजसतो एकैथरी मान्छेहरू मात्र थिएनन्, सबै थरीलाई समेटिएको थियो ।
तर केही बुद्धिजीवीहरू तथा कतिपय नेताहरू यो कुरा मान्दैनन् । उनीहरूका भनाइमा त्यहाँ सारै थोरै अरूका लागि ठाउँ छोडिएको थियो र अघिकांश पदहरू विद्रोहीहरूले ओगटेका थिए ।
लि मुसेन भने यो कुरा मान्दैनन् ।
उनले भने : “ जनसेना, जनप्रतिनिधि, सबैको प्रतिनिधित्व थियो त्यहाँ । तल्लो तहका पार्टी कार्यकर्ता पनि त्यहाँ समेटिएका थिए । त्यतिबेला जनवाद थियो र अभिव्यक्ति स्वतन्त्रता पनि थियो । त्यहाँ एकले अर्कोमाथि निगरानी राख्थ्यो— चेक एन्ड ब्यालेन्सको अवस्था थियो । हाम्रो क्रान्तिकारी जनसमितिमा हामी आफूलाई लागेको कुरा मज्जले राख्न पाउँथ्यौँ , चित्त नबुझेका कुरामा खुलेर आफ्नो विचार राख्न पाइन्थ्यो ।”
उनले थप भने : “अहिले सरकारले राजनीतिक स्यायित्वको कुरा मात्र गर्छ, चुपचाप बस्न भन्छ । अहिले अलिकति पनि अभिव्यक्ति स्वतन्त्रता छैन ।”
लिका भनाइमा “त्यतिबेरको माओको समयको चिनियाँ समाज अहिलेको जस्तो थिएन, एकदमै निष्पक्ष र समानातामा आधारित थियो,कारखानाको म्यानेजरले भन्दा एउटा कुशल (स्किल्ड) प्राविधिकले बढी कमाउँथ्यो । माओको मृत्यपछि देङ्ले पहिले केही मान्छेलाई धनी हुन दिउँ भने । यसले पहिले धनी पो हुनुपर्ने रहेछ भन्ने धारणा कार्यकर्तामा विकसित भयो । साम्यवादको उद्देश्य नै उल्टियो ।
कतिपयहरू सांस्कृतिक क्रान्तिको विरोधमा छन् । पुँजीवादी चिन्तन र व्यवहार गर्नेहरू, जो त्यतिबेर रेड गार्डको कारबाहीमा परेका थिए उनीहरूले माओको मृत्युपछि टाउको उठाउने अवसर पाए र सांस्कृतिक क्रान्तिको विरोधमा लागे l अनि उनीहरूले पछिल्लो पुस्तालाई पनि त्यसैगरी प्रशिक्षित गर्न थाले ।”
एक कालखण्डका छुकिङका रेड गार्ड सेँचुवा प्रान्तका नेता ७० वर्षीय झाउ जियाउले सांस्कृतिक क्रान्तिप्रतिको असीम मोहभाव प्रदर्शन गर्दै भने —“पेरिस कम्युनजस्तै यो असफल भए पनि सांस्कृतिक क्रान्तिको मूल उद्देश्य र स्पिरिट असमानता र अन्यायका विरुद्ध विद्रोहको क्रान्ति थियो । क्रान्तिको त्यो महान् इतिहासबाट अहिले हामी वञ्चित भयौँ, जनतासितको समानता र सहभागिताको त्यो महान् इतिहासबाट हामी वञ्चित भयौँ ।”
उनले भने “यहाँको हरेक चिहानले त्यो महान् पर्वको सम्झना गराउँछ ।”
झाउ, चिङमिङ चाडमा सधैँ ती चिहान भए ठाउँमा जान्छन्, जहाँ माओको मृत्युपछि झाउको रेड गार्ड टोलीका ४०० जना रेड गार्डहरूको हत्या गरेर एउटै चिहानमा गाडिएको थियो । उनले भने : “उनीहरूले आफ्नो विश्वास र विचारका लागि जीवनको बलिदान गरेका हुन् ।
उनीहरू उदात्त उद्देश्यको बाटोमा थिए ।” उनी अगाडि भन्छन्—“उनीहरूमाथि गोली ठोक्नुअघि उनीहरूले “अध्यक्ष माओ जिन्दावाद !” “सांस्कृतिक क्रान्ति जिन्दावाद” को नारा लगाइरहे ।''
अरू माओवादीजस्तै झाउले पनि ठूलो स्वरमा बो सिलाइको पक्षमा बोले । बो छुकिङका पहिलेका पार्टी प्रमुख थिए, जसलाई २०१२ को पार्टी महाधिवेशनअघि चिनियाँ सरकारले भ्रष्टाचारको अभियोग लगाएर जेलमा हालेको थियो । २००८ पछि उनले माओकालीन मान्यतालाई चिनियाँ समाजमा लागू गर्ने प्रयास गर्नुका साथै क्रन्तिकारी गीतसङ्गीतलाई जनतामा फिँजाएर नयाँ जागरण ल्याउन खोजेका कारण बो पार्टीमा आलोचित भएका थिए । उनले टोले गुन्डाहरूदेखि लिएरर काला व्यापारीहरू र दुई नम्बर धन्धा गरेर जनता ठगेर पैसा कमाउनेहरू विरुद्ध कारबाहीको अभियान नै चलाएका थिए । उनका कामकारवाहीले सांस्कृतिक क्रान्तिको झल्को दिन्थे ।
वास्तवमा बो आफना जनकल्याणकारी नीति र कामका कारण जनतामा लोकप्रिय थिए । उनले महँगो र सुविधाहीन आवासमा बस्न बाध्य जनताका लागि सस्तोमा व्यापक मात्रामा आवासहरूको निर्माण गरेका थिए ।
झाउ भन्छन् : “बोले छुकिङमा जनहितका लागि धेरै राम्रा कामहरू गरे । उनी जनताका प्यारा थिए र जनताको उनलाई निकै ठूलो आड थियो । उनलाई राजनीतिक रूपबाट पन्छाउन षड्यन्त्र गरियो । पार्टीभित्रको सङ्घर्षमा उनी बलिदान भए । माथिल्लो नेतृत्वमा नजाओस भनेर उनलाई असफल बनाइयो l
त्यसैगरी ६६ वर्षे रेड गार्ड लि झेङक्विले पनि भने “ बो सिलाइको समयमा छुकिङमा मान्छेहरू खास गरेर युवाहरूले सांस्कृतिक क्रान्ति र रेड गार्डको अनुभव आफूलाई नभए पनि रेडगार्डले लगाउनेजस्तै लुगा लगाएर सांस्कृतिक क्रान्तिकालका गीतमार्फत जागरण अभियान चलाउँथे, एउटा लहर नै चलेको थियो । कतिपयलाई यो मन नपरे पनि आम जनता भने खुसी थिए ।”
माओ र उहाँको शासनप्रतिको मोह सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सव को समयमा बेजिङको ग्रेटहलमा मनाइको साङ्गीतिक कार्यक्रममा पनि देखियो, जहाँ पार्टी, सिजि पिङ र माओको प्रशंसामा गीतहरू गाइएको थियो । त्यहाँ माओका समयका धेरे गीतहरू खासगरेर सांस्कृतिक क्रान्तिमा बढी लोकप्रिय भएका ‘सेलिङ दि सिज डिपेन्ड्स दि हेल्सम्यान’ जस्ता बहुचर्चित र लोकप्रिय गीतहरू गाइएका थिए ।
सांस्कृतिक क्रान्ति र माओको विरुद्ध जनमत निर्माण गर्न खोजिए पनि माओ र सांस्कृतिक क्रान्तिप्रति प्रतिबद्धहरू हरेक वर्ष माओको जन्म दिनमा शाओसानमा हज्जारौं मान्छेहरू जम्मा हुन्छन् र माओ जन्मदिवस खुलेर मनाउँछन् ।
बो सिलाइलाई जेल हाले पनि माओका अनुयायीहरूको विश्वास मरेको छैन । “बो सिलाइ निर्दोष छन् !” एकजना ३० बर्से महिलाले ठूलो स्वरमा मन्चबाट कराइन् । माओको १२ मिटर अग्लो स्तम्भअघि उभिएका सबै जनाले उनलाई समर्थन गर्दै नारा लगाए—“ हो हो, बो निर्दोष छन् ।”
अर्को करिब ३०/३५ वर्षको मान्छेले, माओले त्यतिबेलाको राजनीतिक तथा सामाजिक उथलपुथलका बेला अघि सार्नुभएको नारा लगाए : “विद्रोह गर्नु न्यायोचित छ” ।
उनले नारा लेखेको एउटा ब्यन्नर माथि उठाए । पुलिसले त्यो ब्यानर माथि नउठाउन भन्यो ।
तर उनले त्यो ब्यानर माथि उचाल्दै ठूलो स्वरमा त्यहाँ लेखिएको पढे : “उत्पीडनकारी सत्ताको अन्त्यका लागि विश्वभरिका सर्वहारा एक होऔँ ।”

भिडियो फिचरview all