
नयाँ वर्षमा माओवादीहरूको विशेष कार्यक्रम

अहिले विश्वका माओवादीहरू मे महिनामा हुने दुईटा विशेष कार्यक्रममा जुटेका छन्, एउटा सन् २०११ देखि संयुक्त रूपमा मनाउँदै आएको मे दिवसको कार्यक्रम र अर्को नक्सलबाडी किसान आन्दोलनको ५०औँ विशेष कार्यक्रम । सदाझैँ इटाली लगायतका माओवादी पार्टीहरू मे दिवसका लागि संयुक्त घोषणापत्र तयार पार्नमा लागेका छन् र विभिन्न पार्टीहरूसित यसको प्रस्तावित मस्यौदाका लागि आह्वान पनि गरेका छन् । गत साल विश्वका ३१ ओटा माओवादी पार्टी, सङ्गठन तथा साम्राज्यवाद विरोधी मोर्चाहरूले हस्ताक्षर गरेकोमा यो वर्ष यो सङ्ख्या बढ्ने आकलन गरिएको छ ।
त्यसैगरी भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय संस्था आइसियसपिडब्लुआइले पनि नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने तयारीका सन्दर्भमा यसले साझा घोषणापत्र तयार पारिरहेको छ र यसको मस्यौदा घोषणापत्र समर्थन र सहमतिका लागि विभिन्न माओवादी पार्टी तथा सङ्गठनहरूलाई पठाएको छ । यो सङ्गठनले यो कार्यक्रम मे २० मा तय गरेको छ ।
मे दिवस तथा नक्सलबाडी किसान आन्दोलनको ऐतिहासिक जनविद्रोहसित सम्बद्ध साझा कार्यक्रममा नेपालका तर्फबाट पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले सहभागिता जनाउने जानकारी जनमेललाई प्राप्त भएको छ ।
भिडियो फिचरview all