
चिनियाँ नागरिकको हत्याविरुद्ध माओवादी पार्टी फ्रान्सको अपिल

माओवादी पार्टी फ्रान्सले वक्तव्य निकालेर समग्र घटनाको यथार्थ बाहिर ल्याएको छ र प्रहरी ज्यादतीका विरुद्ध एकजुट हुन जनसमुदायलाई आह्वान गरेको छ ।
वक्तव्यमा भनिएको छ :
प्रहरीले आफूहरूमाथि छुरीले प्रहार गर्न खोजेको भने पनि जतिबेर प्रहरी स्याओ लिको घरमा पुगेको थियो, उनी भान्सामा माछा पकाइरहेका थिए । यो घटना थाहा पाउनेबित्तिकै उनकी श्रीमतीले ''प्रहरीले श्रीमानको हत्या गर्यो'' भनेर कराइन् र चारैतिरबाट मान्छे जम्मा भए । हत्या भएको ठाउँमा ठूलो जनसमुह जम्मा भएर पुलिस दमनको विरुद्ध नारा जुलुस गरेपछि भीडलाई तितरवितर गनै पहिले पानीको फोहोरा प्रयोग गरियो र त्यसले पनि भीड नहटेपछि टियर ग्याँस र बुलेटको प्रयोग गरियो भनेर पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
उनको हत्याले फ्रान्समा रहेका चिनियाँ समुदायमा मात्र नभई अन्य मुलुकबाट आएर फ्रान्समा बसोबास गर्नेलाई पनि आक्रोसित तुल्याएको कुरा पनि वक्तव्यमा जनाइएको छ । चिनियाँ नागरिकको हत्या निर्दोष मान्छेहरूप्रति भएको दमनको उदाहरण हो र यसका विरुद्ध एक जुट हुन र स्याओ लिको परिवारलाई न्याय दिलाउन पनि वक्तव्यमा जनाइएको छ ।
भिडियो फिचरview all