
भाकपा (माओवादी) को एकहप्ते कार्यक्रम : २९मार्चका दिन भारत बन्द

हालै सो पार्टीद्वारा जारी गरिएको प्रेसविज्ञप्तिमा मार्च २३ देखि २९ सम्मलाई विशेष हप्ताका रूपमा लिएर भगतसिंह, सुखदेव र राजगुरुको स्मृति दिवस मनाउने निर्णय गरेको गरेको कुरा जनाइएको छ । अहिले महाराष्ट्रका विभिन्न स्थानमा व्यापक रूपमा भारतबन्द किन भनेर पोस्टरहरू तथा ब्यानरहरू टाँसिएका र टाङ्गिएका छन् ।
ब्यानरमा आसिवासी जनताको सम्पतिमाथि देशी-विदेशी कर्पोरेट घरानाको दोहन बन्द गर, हिन्दु फासीवादको विरोध गरौं, संगठित होओं र प्रतिरोध गरौं , अप्रेसन ग्रिनहन्टका विरुद्ध जनयुद्ध तीब्र पारौं लेकिएको छ l
स्मरण रहोस्, पछिल्ला दिनमा भारतीय माओवादीहरूले आफ्नो कारवाहीलाई तिब्र पारेका छन् l
भिडियो फिचरview all