menu

ताजा समाचार

तेह्र जना मजदुर नेतालाई आजीवन कारावास

भारतको  गुडगांवस्थित मारुती कम्पनीका १३ जना मजदुरहरूलाई अनेक जालझेल गरेर कम्पनीका मालिकहरूले ज्यान मुद्दामा फसाएको  र हालै अदालतले समेत प्रायोजित किसिमले मालिकहरूकै पक्ष लिएर १३ जना मजदुरहरूलाई आजीवन कारावासको सजाय सुनाएको  सन्दर्भलाई लिएर आन्दोलित भएका मारुती कम्पनीका मजदुरहरूले मार्च २३ देखि  अप्रिल ४ तारिखसम्मका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।

यसरी आजीवन कारावास सुनाइएका मजदुरहरूमध्ये १२ जना मजदुर युनियनको कार्यकारी सदस्यहरूसमेत रहेका छन् । १३ जनालाई आजीवन कारावासको सजायसहित ४ जनालाई ५ वर्षको र १४ जनालाई ३ वर्षको कैद सजाय पनि तोकिएको छ । २०१२ मा सो कम्पनीमा दलित मजदुरमाथि कम्पनीका मालिकहरूले गरेको दुव्र्यवहारका कारण प्रतिरोधमा उत्पन्न भएको घटनालाई लिएर यस किसिमको फैसला सुनाइएको हो ।

मजदुरहरूले आफ्नो  हकअधिकारका लागि कुनै पनि किसिमको सङ्घर्ष नगरुन् भनेर योजनाबद्ध किसिमले मजदुरहरूलाई फसाइएको र युनियन खारेज गर्न गरिएको षड्यन्त्र भन्दै यसको प्रतिकार गर्न र मजदुर नेताहरूमाथिको आजीवन कारावासको सजाय खारेज गर्न सङ्घर्षको थालनी गरिएको भनेर मजदुरहरूका अगुवाहरूले अपिलमार्फत सबै क्षेत्रको सहयोगका लागि आह्वान गरेका छन् ।

यसैक्रममा सहिद भगतसिँहको जन्म दिन पारेर ‘मारुती–सुजुकी वर्कर्स युनियन, तदर्थ कमिटीले “२३ मार्चका दिन मानेस्वर जाऔँ” भन्ने नाराका साथ सो दिन हजारौँ मजदुरहरूको सहभागितामा विरोधको विशेष कार्यक्रमको  आयोजना गरेको छ ।

यताका दिनमा मोदी सरकारले अदालतलाई समेत फासिवादीकरण गरेका कारण फासिवादका विरुद्ध सबै क्षेत्र सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको भनेर भारतस्थित विभिन्न मजदुर सङ्गठनहरूले मारुती–सुजुकीका मजदुरहरूको आन्दोलनप्रति  ऐक्यबद्धता जाहेर गरेका छन् ।  



भिडियो फिचरview all