ताजा समाचार
क्रान्तिकारी माओवादीहरू भन्छन् : बाह्य दुस्मनभन्दा आन्दोलनभित्रका दुस्मन बढी घातक
एकएकओटा बहाना बनाएर मालेमाको झण्डा फ्याल्दै र नयाँ जनवादी क्रान्ति परित्याग गर्दै समाजवादका नाममा संसद्वाद र ''सत्ता साझेदारी'' को तयारीमा आफूलाई माओवादी भन्ने नेपालका एकथरीहरू लागेको अवस्थामा विश्वका माओवादीहरू त्यसमा पनि युरोप-अमेरिका तथा ल्याटिन अमेरिकाका माओवादीहरूले भने साम्राज्यवादी मुलुकहरूको विशिष्ट स्थितिमा लेनिनको बाटो नै सही हो भनेर समय गुजारेका कारण क्रान्तिलाई अघि बढाउन नसकेको भन्ने ठहर गर्दै अबको विश्वक्रान्तिको बाटो भनेको माओले देखाइएको बाटो मात्र हो भनेर साम्राज्यवादी मुलुकहरूमा पनि त्यहीको विशिष्टतामा जनयुद्धको बाटो आँगाल्नुबाहेक अर्को बाटो छैन भनेर निष्कर्ष निकालेका छन् ।
गत वर्षहरूमा मिलान तथा ह्यामवर्गमा भएका बैठकहरूमा सन् १९८४ को रिम निर्माणमा सहभागी इटालीको माओवादी पार्टीसहित फ्रान्स, क्यानडा र जर्मनीका माओवादी पार्टीले अबको विश्वक्रान्तिको बाटो भनेको माओले देखाएको जनयुद्धका बाटो नै हो भनेर निष्कर्ष निकाल्नुका साथै ‘रिम’ विघटन तथा नयाँ माओवादी केन्द्र निर्माणका प्रमुख बाधक तत्वहरूमा अभाकियनको ‘न्युसिन्थेसिस’ र प्रचण्ड-बाबुरामको संशोधनवाद रहेको निष्कर्ष निकालेका थिए र उनीहरू अहिले यसैको पक्षमा जनमत निर्माणमा लागेका छन् ।
त्यसैगरी ल्याटिन अमेरिकामा माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठन गर्न लागेका चिली, इक्वेडर, पेरू, बोलिभिया, मेक्सिको, कोलम्बियाले पनि अहिलेको विश्वक्रान्तिको चरित्र र नयाँ केन्द्र निर्माणका सन्दर्भमा माओले देखाएको बाटोप्रति अभिमत जाहेर गर्दै “प्रचण्डहरू र अभाकियनको संशोधनवादका विरुद्ध सङ्घर्ष गरेर” मात्रै नयाँ रिम निर्माणको अभियान अगाडि बढ्न सक्ने निष्कर्षका साथ यही मार्च १७ मा आफ्नो प्रस्थापना जारी गरेका छन् ।
जनयुद्ध हाँकिरहेको भारतीय माओवादी पार्टीले २००६ मै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिएको बाटोप्रति विमति जाहेर गरेको सन्दर्भमा अहिले आएर यसले विश्वकम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न साम्राज्यवादी शक्ति मात्र नभएर आन्दोलनभित्र घुसेका खराब तत्व पनि उत्तिकै जिम्मेवार रहेको कुरालाई दस्ताबेजीकरण गरेको छ । उसले आन्दोलनभित्रबाट विकसित भएका दुस्मनहरूका कारण आन्दोलन पछि परेको निष्कर्ष निकाल्दै लेखेको छ :
“एकपल्ट फेरि अन्तर्राष्ट्रिय आन्दोलनमा महत्त्वपूर्ण अवस्था निर्माण गर्न संशोधनवादले अडचन खडा गरेको छ । नेपालको माओवादी नेतृत्व खासगरेर प्रचण्ड-बाबुराम गुटले जनयुद्धमाथि गरेको गद्दारी सबैभन्दा बढी नोक्सानदायी भयो । प्रजातन्त्रका मसिहा बनेर भ्रम दिइरहेका जनताका दुस्मनका कुकृत्यहरू र तिनीहरूको सच्चा अनुहारलाई जनतामाझ उदाङ्गो पारेर उनीहरूसित क्रान्तिकारी जनताको अन्तर्विरोध चर्काउँदै, साम्राज्यवाद र प्रतिक्रियावादविरुद्ध माओवादीहरूले नेतृत्व गरेको जनयुद्धको झण्डालाई माथि उचाल्दै साम्यवादी लक्ष प्राप्तिका लागि जनताको ठूलो हिस्सालाई साथ लिएर अघि बढ्ने उच्च सम्भावनालाई यिनीहरूले ध्वस्त पारेका छन् ।
अर्कोतिर हामी विसर्जनवादी कोणबाट क्रान्तिकारी विचारधारामाथि आक्रमण भइरहेको देख्छौँ, जसले मालेमाको झण्डालाई तल खसालेर अभाकियनवादी निम्न कोटीको विचारलाई स्थापित गर्नखोजेको छ । यसले पहिले नै केही माओवादी पार्टीहरूलाई ध्वस्त पारिसकेको छ, जसको एक कालखण्डमा विश्वकम्युनिस्ट आन्दोलनमा सम्मानजनक स्थिति थियो । यी दुवै विचलनलाई माओवादीहरूले दुत्कारेका छन्, यिनीहरू विरुद्धको सङ्घर्ष जारी छ । माओवादी पार्टीहरूलाई एकजुट गराएर नयाँ केन्द्र निर्माण गर्ने प्रयासहरू जारी छन् । तर नोक्सानी सबैका सामु छ । विश्वसर्वहारा वर्गको आत्मगत शक्ति सोचनीय किसिमले पछि परेको छ—दुस्मनको कारणले नभएर आन्दोलनभित्रबाट विकसित भएका दुस्मनहरूका कारण ।”
त्यसैगरी रिम निर्माणका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आफनो धारणा यसरी प्रस्तुत गरेको छ :
“नवशंशोधनवादी (प्रचण्ड-बाबुराम गुट) को आत्मसमर्पण तथा नेपाली क्रान्तिप्रतिको विश्वासघात र ‘नयाँ संश्लेषण’ लाई निर्देशक कार्यदिशाको रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा थोपर्न आरपसिपलिे जोड दिनु नै यो दुर्दशाका प्रमुख कारणहरू हुन् ।”
माओवादी क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणमा वर्तमानमा निकै सक्रिय भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानडाले यसका बारेमा आफ्नो धारणा यसरी व्यक्त गरेको छ :
'' नेपालका कमरेडहरू मुलुकको विभिन्न स्थानमा जनसत्ता स्थापित गर्न सफल भएका थिए र रणनीतिक सन्तुलनको चरणमा पुगेका थिए, तर प्रचण्ड-बाबुराम नेतृत्वको आत्मसमर्पणका कारण नेपालका कमरेडहरूले सत्ता प्राप्तिको प्रश्न समाधान गर्दै क्रान्तिकारी केन्द्रीय सत्ता निर्माण गर्न सक्षम भएनन् । समग्रमा रिममा इच्छाशक्तिको सर्वथा अभाव रह्यो र यसले आन्दोलनको सही राजनीतिक नेतृत्व लिन सकेन । हाम्रो विचारमा यो कमजोरी जनयुद्ध र यसको व्यावहारिक प्रयोगको सार्वभौम सिद्धान्तप्रतिको बुझाइमा रहेको त्रुटीसित सम्बद्ध छ । र प्रस्टताका साथ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिका (आरसिपी, युएसए), जसले रिमको कमिटी (कोरिम) नेर्तत्व गथ्र्यो, रिमको अवसानका लागि मूलरूपमा उही जिम्मेवार छ ।
केही वर्षपछि आरसिपी, अमेरिकाले आफ्नो अध्यक्ष बब अभाकियनले अघि सारेको “नयाँ संश्लेषण” लाई मार्क्सवाद-लेनिनवाद-माओवादको विकास भन्दै सबै माओवादी शक्तिहरूले यसलाई अँगाल्नुपर्छ भन्यो । तथाकथित संश्लेषणलाई स्वीकार गरेबिना कुनै पनि क्रान्तिकारी गतिविधि सम्भव छैन भन्ने अडानमा आरसिपी, अमेरिका पुग्यो । हामी माओवादी पार्टी अफगानिस्तानका कमरेडहरूको अभाकियनको 'न्यु सिन्थेसिस' 'उत्तर-मालेमा' हो भन्ने ठहरप्रति सहमत छौँ, आखिर यो दक्षिणपन्थी अवसरवादबाहेक अरू केही होइन, जसले सर्वहारा अधिनायकत्वको परित्याग गर्छ र समग्र रूपमा निम्नबुर्जुवा दृष्टिकोण र पद्धतिमा आत्मसमर्पण गर्छ ।"
प्रचण्ड-बाबुरामहरू विचार र व्यवहार दुवै दृष्टिले नाङ्गिसकेका छन् र तिनीहरूले भन्दा अहिले बभ अभाकियनले ‘न्यु सिन्थेसिस’ मार्फत भ्रम दिइरहेकाले उसको विसर्जनवादी ‘उत्तर-मालेमावादी’ धारणाको भण्डाफोरमा जोड दिनु आवश्यक छ भन्ने निष्कर्ष पनि विश्वका माओवादीहरूको रहेको छ ।
वास्तवमा भाकपा (माओवादी) ले भनेजस्तै माओवादी पार्टीहरूभित्र पसेर त्यसभित्र गुट तयार पारेर आफ्नो पिछलग्गु बनाउनु अभाकियनवादीहरूको धन्दा हो । उनीहरूले बङ्गलादेश, इरान, कोलम्बियामा पसेर पार्टीमा गुट बनाएर विभाजन ल्याइसकेका छन् भने नेपालमा पनि 'उत्तर-मालेमावाद' को पुर्पक्ष गर्ने ‘न्यु सिन्थेसिस’ का पक्षधरहरूको झुन्ड तयार पार्न उनीहरू कम्मर कसेर लागेका देखिन्छन् । यसका प्रारूपहरू नेपालमा देखिन थालेको अवस्थामा प्रचण्ड–बाबुरामको विसर्जनवादका विरुद्ध मात्र नभएर ‘उत्तर-मालेमावादी’ बब अभाकियन र उनको ‘न्यु सिन्थेसिस’ को पनि तीव्र भण्डाफोर आवश्यक छ ।
अभाकियनको ‘न्यु सिन्थेसिथ’ ले सारतः 'उत्तरवादी' धारणालाई मलजल प्रदान गर्छ र यसको निष्कर्ष भनेको विसर्जनवाद हो । संशोधनवादी ढोकाभित्र प्रवेश गर्न तछाडमछाड गर्दै तीव्र गतिमा कुदेका नेपालका एक थरीले वकालत गर्ने गरेको “उत्तर-साम्राज्यवाद” को प्रेरणा स्रोत भनेको ‘अन्त्यको सिद्धान्त’ हो, जुन ‘न्यु सिन्थेसिस’ को पनि दार्शनिक आधार हो ।
यस अर्थमा साम्राज्यवाद त छँदैछ, माओवादी आन्दोलनभित्रका 'उत्तर-मालेमावादीहरू' पनि त्यतिकै खतरनाक छन् भनेर माओवादीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणमा सक्रिय रहेका विश्वका क्रान्तिकारी माओवादीहरूले निष्कर्ष निकाल्नु सही र वैज्ञानिक छ ।

भिडियो फिचरview all