
प्राध्यापक साइबाबाको स्वास्थ्य एकदमै नाजुक

उनले लेखेका छन् :
''गाडचिरोली आदालतले डा. जि.एन. साइबाबालाई आजीवन कारावासको अप्रजातान्त्रिक फैसला सुनाएपछि आज १७ तारिखका दिन मैले उहाँलाई भेटेँ । भेट्न अनुरोध गरेको करिब ४ घण्टापछि मात्र उहाँलाई भेट्ने मौका मिल्यो । बेलुका ५.४५ तिर मात्रै मलाई भेट्न दिए । बिस मिनेट भन्दा बढी भेट दिएनन् । अहिलेको भेटघाट गर्ने नियम पनि षड्यन्त्रकारी रहेछ । हाम्रा बीचमा सिसाको पर्दा थियो र अनुहार पनि राम्रोसित हेर्न पाइँदैनथ्यो र कुराकानी पनि फोनमा गर्नुपर्ने रहेछ । मुस्किलले केही कुरा मात्र सोधखोज गर्न सकियो ।
डा. साइबाबा एकदमै कमजोर देखिनुहुन्थ्यो । उहाँ जेलको खाना खानसक्ने हालमा पनि हुनुहुन्नथ्यो । बिरामीले खानुपर्ने खानाको व्यवस्था जेलअधिकारीहरूले गरेका छैनन् । खाना खानेबित्तिकै उहाँलाई बान्ता हुँदो रहेछ । प्यानक्रियाज (माथिल्लो पेट) दुखेका कारण एकपल्ट उहाँ मुर्छासमेत पर्नुभएछ । फैसला हुनुअघि पनि प्यानक्रियाजको समस्याले उहाँलाई अस्पताल भर्ना गरिएको थियो । जेलमा उहाँलाई डाक्टरी सुविधा पनि उपलब्ध गराइएको छैन । पहिले जेलमा उपलब्ध गराइएका सामान्य सुविधा औषधी, ओढ्नेओछ्याउने तथा फलफूलहरू इत्यादिसमेत यसपल्ट प्रयोग गर्न स्वीकृति दिइएको छैन । स्वास्थ्य एकदमै कमजोर भएको छ । उहाँलाई छिटोभन्दा ओषधीउपचारको आवश्यकता छ । उहाँको स्वास्थ्यको विषयमा कुरा गर्न जेलको माथिल्लो अधिकारीलाई भेट्ने इजाजत पनि मलाई दिइएन । हेम मिश्राको स्वास्थ्य पनि एकदमै खराब छ भन्ने जानकारी पाएँ ।''
भिडियो फिचरview all