ताजा समाचार
रिमको नेतृत्त्व जनयुद्ध हाँक्ने पार्टीले लिनु उपयुक्त हुन्छ : पिसिआर-आरसीपी
पिसिआर- आरसीपी, क्यानडा अर्थात् माओवादी पार्टी क्यानाडाले हालै आफ्नो वैचारिक प्रकाशन आर्सनल प्रकाशित गरेको छ । त्यसमा सो पार्टीको अन्तर्राष्ट्रिय विभागले तयार परेको दस्ताबेज ''क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को अनुभव र अन्तर्राष्ट्रिय स्तरमा माओवादी शक्तिहरूलाई एकजुट गर्नका लागि लडनुपरेको लडाइं" पनि समाविष्ट गरिएको छ l
यस दस्ताबेजमा ''क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन" (रिम)को निर्माणदेखि अहिलेसम्मको इतिहास, अनुभव, यसका समस्या र अब कसरी जाने भन्ने विषयको राम्रो लेखाजोखा गरिएको छ । रिम निर्माणका क्रममा माओवादलाई त्यति महत्त्व नदिएको, सबैभन्दा पहिले माओवादलाई दस्ताबेजीकरण गर्ने पेरू कम्युनिस्ट पार्टीको भूमिकालाई उचित स्थान नदिइएको, गोन्जालो प्रकरणको जटिलतालाई ठम्याउन रिम सक्षम नभएको, युरोपेली माओवादीहरूको भूमिकालाई बेवास्ता गरिएको, प्रचण्ड-बाबुरामसित सम्बन्ध विच्छेद गरिसकेपछि नेपालका क्रान्तिकारी माओवादीसितिको भूमिका समन्वयकारी हुन नसकेको, रिमको मृत्यु गराउन आरसिपी, अमेरिका जिम्मेवार रहेको लगायत मालेमा र जनयुद्धको राजनीतिलाई केन्द्रमा राखेर अबको रिम निर्माणमा फिलिपिन्स तथा भाकपा (माओवादी) को प्रधान भूमिका हुनुपर्ने विचार यस दस्ताबेजमा प्रस्तुत गरिएको छ ।
माओवादीहरूको नयाँ केन्द्र निर्माणका सन्दर्भमा बहस-छलफल चलिरहेको अवस्थामा यस लेखले विश्वका माओवादीहरूको ध्यानाकर्षण गर्नु स्वाभाविक छ l
तल सो लेखको पूर्ण पाठ प्रस्तुत गरिएको छ :
------------------------------------------------------------------------------------
क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को अनुभव र अन्तर्राष्ट्रिय स्तरमा माओवादी शक्तिहरूलाई एकजुट गर्नका लागि लडनुपरेको लडाइं : पिसिआर- आरसीपी
विश्वका विभिन्न भागमा रहेका माओवादी पार्टी तथा सङ्गठनहरूलाई एकत्रित पारेर एकजुट पार्न गरिने प्रयास, क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को दुई दशकभन्दा लामो अनुभवको ठोस र सारगर्भित समीक्षाबिना सफल हुनसक्तैन । यो आलेखलाई यस विषयमा हाम्रो कामको थालनीका रूपमा लिइनु पर्छ । यो आलेख माओइस्ट रोड जर्नलमा प्रकाशित हाम्रो आलेखको परिमार्जित रूप हो ।
केही महत्त्वपूर्ण वैचारिक तथा राजनीतिक कमजोरीका अतिरिक्त पनि रिमको १९८४ को स्थापना घोषणापत्र विश्वव्यापी रूपमा मार्क्सवादी-लेनिनवादी, माओ विचारधारा (त्यतिबेला विचारधारा भनिन्थ्यो) र चीनको रक्षाका लागि एउटा नयाँ अन्तर्राष्ट्रिय बनाउने निर्णयलाई समर्थन गर्न सही र पुग्दो थियो । रिमको स्थापना, चिनियाँ संशोधनवादीहरूबाट हाम्रो आन्दोलनलाई छुट्याउन र माओका अमूल्य योगदानहरूलाई होग्जावादी जडसूत्रवादी संशोधनवादबाट रक्षा गर्न एउटा महत्त्वपूर्ण कदम थियो ।
घोषणामा केही कमजोरीहरू थिए, जसमा खासगरेर सबैभन्दा प्रमुख कमजोरी अन्तर्राष्ट्रिय सर्वहारा वर्गको विचारधाराको विकासको तेस्रो चरणका रूपमा माओवादलाई मान्यता नदिनु र यसको विचारधारधारात्मक पक्षलाई मार्क्सवाद-लेनिनवाद-माओवादको रूपमा संश्लेषण नगर्नु थियो । आखिर एउटा लामो वैचारिक बहसछलफलपछि, त्यसमा पनि पेरू कम्युनिस्ट पार्टीका कमरेडहरूको जोडदार वैचारिक सङ्घर्षपछि सन् १९९३मा रिमद्वारा “मार्क्सवाद-लेनिनवाद-माओवाद जिन्दावाद !” को वक्तव्य जारी गरिएको थियो ।
हामीलाई लाग्छ बिस वर्षपछि पनि त्यो विचार त्यत्तिकै सान्दर्भिक छ । यसलाई अहिले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारीहरू र विभिन्न किसिमका अवसरवादीहरू तथा संशोधनवादीहरूलाई छुट्याउने सही र न्यूनतम आधारका रूपमा लिन सकिन्छ ।
राजनीतिक तहमा सन् १९८४मा गरिएको घोषणापत्रमा साम्राज्यवादी मुलुकका कम्युनिस्ट पार्टी र सङ्गठनका कामका सम्बन्धमा ध्यान दिनैपर्ने कमीकमजोरी र केही अपुग कुराहरू थिए, जसको परिपूर्ति गर्नु आवश्यक थियो । यो घोषणापत्र पहिले चिनियाँ कमरेडहरूले सन् १९६३ मा अघि सारेका ‘२५ बुँदै पत्र’ भन्दा अघि जान सकेको देखिएन । खासगरेर यसले सन् १९६० र ७० को दशकमा युरोपमा भएका श्रमजीवीहरू तथा कम्युनिस्टहरूका आन्दोलनका साथै अस्तव्यस्तताको स्थितिको महत्त्वपूर्ण अनुभवको लेखाजोख गर्न सकेन ।
१९८४को घोषणामा रिमले विश्वक्रान्तिको भ्रूणकेन्द्रका रूपमा आफूलाई प्रस्तुत गरेको थियो र कम्युनिस्ट पार्टी नभएका ठाउँहरूमा पार्टीहरू निर्माणको जिम्मेवारी पनि लिएको थियो । घोषणपत्रमा ६ ओटा प्रतिबद्धता जाहेर गरिएका थिए : १) अन्तर्राष्ट्रिय पत्रिका प्रकाशन गर्ने, २) नयाँ मार्क्सवादी-लेनिनवादी पार्टीहरूलाई प्रशिक्षित पार्ने र विद्यमान पार्टीहरूलाई बलियो तुल्याउने, ३) संयुक्त र समन्वयात्मक अभियानहरू चलाउने, ४) अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेका नीतिहरूलाई व्यवहारमा लागू गर्ने, ५) क्षमताका आधारमा कम्युनिस्ट एकताको बढोत्तरीका लागि आर्थिक श्रोत जुटाउने र ६) कम्युनिस्टहरूबीच वैचारिक, राजननीतिक र सङ्गठनात्मक एकताको प्रक्रियालाई सर्वोपरि राखेर नेतृत्व प्रदान गर्नका लागि एउटा भ्रूणकेन्द्र बनाउने ।
गरिएका प्रतिबद्धताहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण काम ए वल्र्ड टु विन को प्रकाशनको सुरुवात थियो । अन्य प्रतिबद्धताहरूमा पनि केही सफलता हासिल गरिएका थिए तापनि, ती अब छैनन् । भारत, नेपाललगायत भारतीय उपमहाद्विपमा माओवादी पार्टीहरूको निर्माण गर्न रिमले सक्रिय भूमिका खेल्यो । रिमले भारतमा ‘माओवादी कम्युनिस्ट सेन्टर’ र भाकपा (माले) ‘पिपुल्स वार’ बीचको मारामार साम्य पार्न मद्दत गर्यो । यस सन्दर्भमा कम्पोसा (कोअर्डिनेसन कमिटी अफ दि मार्आइस्ट पार्टीज एन्ड अर्गनाइजेसन्स अफ साउथ एसिया) अन्तर्गतका पार्टीहरूबीच रिमले खेलेको भूमिका निकै फलदायी रह्यो ।
पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालो १९९२ मा पक्राउ पर्दा उनको जीवनरक्षाका लागि रिमले चलाएको अभियान इतिहासमै सबैभन्दा राम्रो अभियान थियो । नेपालमा यस अभियानको निकै ठूलो प्रभाव परेको थियो, जहाँ अविमाइल गुजमानको रिहाइका लागि विशेष कार्यक्रमहरू चलाइएका थिए । यसबाट नेपालका कमरेडहरूलाई आफ्नो भूमिका विस्तार गर्न पनि राम्रो अवसर मिलेको थियो । फुजिमोरो शासनकालमा पेरू कम्युनिस्ट पार्टीमा चलेको दक्षिणपन्थी अवसरवाद विरुद्धको दुई लाइन सङ्घर्ष, जुन चिठी प्रकरणका रूपमा सन् १९९३ मा बाहिर आएको थियो, त्यसलाई सही किसिमले बुझ्न ‘कोरिम’ सक्षम नहुँदा, रिमले गोन्जालोको जीवनरक्षा अभियान परित्याग गर्यो , जसलाई थप विस्तारका साथ निरन्तरता दिनु जरुरी थियो ।
हाम्रो बुझाइमा रिमजस्तो सङ्गठन, त्यसमा पनि विश्वक्रान्तिको केन्द्रका रूपमा विकसित हुनथालेको सङ्गठनले वैचारिक नेतृत्व मात्र नगरी राजनीतिक आन्दोलनको नेतृत्वको उद्देश्य पनि राखिएको हुनुपथ्र्यो । अन्तर्राष्ट्रिय अभियानको माध्यमद्वारा हरेक देशका क्रान्तिकारीहरूबीच एकतामा वृद्धि गर्दै, एकअर्कालाई सहयोग प्रदान गर्न माओवादी शक्तिहरूबीच समन्वय गर्दै विभन्न मुलुकमा चलिरहेका जनआन्दोलन तथा जनयुद्धको समर्थनमा आम जनतालाई परिचालन लगायतका कामहरू गर्दै र एउटा अन्तर्राष्ट्रिय सङ्गठनका रूपमा राजनीतिक नेतृत्व गर्दै यो अगाडि आउनु आवश्यक थियो, त्यसो नहुँदा यसले कमजोर दिशा समात्नु स्वाभाविक थियो । रिममा यस्तै भयो ।
रिमसित सम्बद्ध पार्टी—पेरू, टर्की, नेपालसित सम्बद्ध पार्टीहरूको नेतृत्वमा चलेको जनयुद्धका सम्बन्धमा ए वल्र्ड टु विन पत्रिकाले दिएको समाचार र रिपोर्टहरूले क्रान्तिलाई लोकप्रिय बनाउन निकै सघाउ पुर्यायो । तर सरसरती भन्नुपर्दा रिम बैचारिक केन्द्र हुनुका रूपमा मात्र बुझियो । पेरू र नेपालको जनयुद्धको समर्थनको प्रधान स्वरूप पनि वैचारिक मात्र रह्यो, र यी सङ्घर्षहरूप्रति ऐक्यबद्धताका लागि गरिनुपर्ने ठोस आह्वान पनि पुग्दो मात्रामा हुनसकेको थिएन ।
कुनै पनि अन्तर्राष्ट्रिय संस्थामा प्रभावशाली नेतृत्वको सर्वोपरि महत्व रहन्छ । वैचारिक रूपमा जनयुद्धको नेतृत्व गर्ने सङ्गठनले नै नेतृत्वको अगुवाइ गर्नुआवश्यक हुन्थ्यो । तर रिममा त्यस्तो भएन । प्रारम्भिक चरणमा, जनयुद्धको अलिकति पनि अनुभव नभएका सङ्गठनहरू नै रिम निर्माणमा बढी सक्रिय भए ।
माओको मृत्यु र चीनमा देङ गुटको विजयपछि आरसिपी, अमेरिकाले माओको क्रान्तिकारी विरासतको रक्षाका पक्षमा साथै मार्क्सवादी-लेनिनवादी विचारप्रति देखावटी विश्वास र शब्दाडम्बरभित्र लुकेको होक्जावादी दक्षिणपन्थी लाइनको विरुद्ध कदम चाल्यो । क्रान्तिकारी शक्तिहरूको नेतृत्व गर्न माओको विरासतलाई आधार बनाएकोमा आरसिपी, अमेरिका धन्यवादको पात्र छ । यसैकारण आरसिपी, अमेरिकाले अन्तर्राष्ट्रिय माओवादी आन्दोलनमा उच्च किसिमको परिचय प्राप्त गर्यो । यसले माओ पक्षधरहरू, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको रक्षा र कथित “ग्याङ अफ फोर” को रक्षामा उभिएकाहरूलाई एकै ठाउँमा ल्याउन केन्द्रीय भूमिका खेल्यो । यस अर्थमा आरसिपी, अमेरिकाले रिमको नेतृत्व लिनु नियमसङ्गत र “स्वाभाविक” थियो पनि भन्न सकिन्छ ।
अन्त्यमा पेरू कम्युनिस्ट पार्टी (पार्टीडो कम्युनिस्टा डेल पेरू) सहभागी भए पनि रिम निर्माणमा उसको भूमिका त्यति सक्रिय थिएन । तर पेरूमा चलिरहेको जनयुद्धमाथि विश्वको ध्यान केन्द्रित भइरहेको थियो । यसले रिमको प्रभावलाई विस्तार गर्न सहयोग पुर्यायो । तर विभिन्न कारणले गर्दा पेरू कम्युनिस्ट पार्टीले रिमको संरचनाभित्र कहिल्यै पनि नेतृत्वको भूमिका खेलेन ।
मार्क्सवाद-लेनिनवाद र माओवादलाई क्रान्तिको विज्ञान मान्ने पहिलो पार्टी पेरू कम्युनिस्ट पार्टी थियो । मार्क्सवादपछि सर्वहारा क्रान्तिलाई अघि बढाउन मार्क्सवाद -लेनिनवादले महत्त्वपूर्ण भूमिका खेलेको थियो । तर त्यतिबेला, “मार्क्सवाद–लेनिनवाद” लाई जसरी बुझिएको थियो र यसको प्रयोग भइरहेको थियो, पछिका दिनमा यसलाई यसरी बुझेर मात्र पुग्दैन भन्ने निष्कर्षमा हामी पुग्यौँ । केही सङ्गठनहरू, जो आफूलाई मार्क्सवादी–लेनिनवादी भन्थे, ती क्रान्तिकारी थिएनन्, कतिपय यसका नाममा संसद्वादको निकृष्ट रूप प्रयोग गरिरहेका थिए । आफ्नो आधिकारिक विचार मार्क्सवाद-लेनिनवाद भन्दै तिनीहरू आफूलाई कम्युनिस्ट पनि भन्थे, तर वास्तवमा तिनीहरू पुँजीवादी सत्ताको निर्माणमा लागेका थिए । माथि भनेझैँ, माओवादका लागि पेरूभेली कमरेडहरूलाई धन्यवाद दिनुपर्छ, अन्ततः रिमले पनि १९९३ मा मार्क्सवाद –लेनिनवाद-माओवादलाई ग्रहण गर्यो ।
अध्यक्ष गोन्जालोको गिरफ्तारी पछि पेरू कम्युनिस्ट पार्टी निसहाय रूपमा देखापर्यो, र नेपालमा आरम्भ भएको जनयुद्धले फेरि रिमको विकासमा महत्त्वपूर्ण भूमिका खेल्यो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पेरू कम्युनिस्ट पार्टी, यसले नेपालको वस्तुगत स्थिति, जहाँ अझै सामन्तवादी उत्पादन सम्बनध जब्बर रूपमा थियो, त्यहाँ मालेमाको सिर्जनात्मक प्रयोग गरेर जनयुद्ध आरम्भ गर्यो । १९०६ देखि २००५ सम्मको जनयुद्धमा, आरम्भका दिनमा यसले प्राप्त गरेको सफलताले विश्वका विभिन्न क्षेत्रका क्रान्तिकारी जनतामा क्रान्तिप्रति आकर्षण जगाउन एकदमै महत्त्वपूर्ण काम गर्यो । तर रिम फेरि यहाँ पनि चुक्यो, यसले नेपाली क्रान्तिको रक्षाका लागि व्यापक किसिमले दरिलो जनआन्दोलनको निर्माण गर्ने प्रयास नै गरेन ।
आज विश्वमा कतै पनि, कुनै पनि समाजवादी क्याम्प छैन, जसबाट क्रान्तिकारी आन्दोलनहरू र जनयुद्धले ठूला साम्राज्यवादी शक्तिहरूसितको सङ्घर्षमा आडभरोसा प्राप्त गर्न सकून् । खास मुलुकमा विजयोन्मुख जनयुद्धले यदि दिगो किसिमले सर्वहाराको जनसत्ता स्थापित गर्न खोज्यो भने, साम्राज्यवादी सेनाको ठूलो चुनौतीको सामना नगरी अघि बढ्ने स्थिति छैन । नेपालका कमरेडहरू मुलुकको विभिन्न स्थानमा जनसत्ता स्थापित गर्न सफल भएका थिए र रणनीतिक सन्तुलनको चरणमा पुगेका थिए, तर प्रचण्ड-बाबुराम नेतृत्वको आत्मसमर्पणका कारण नेपालका कमरेडहरूले सत्ता प्राप्तिको प्रश्न समाधान गर्दै क्रान्तिकारी केन्द्रीय सत्ता निर्माण गर्न सक्षम भएनन् ।
रिम र बाहिर रहेका अन्य क्रान्तिकारी शक्तिहरूले सक्रिय र ठोस सहयोग र समर्थन गरेको भए नेपाल कम्युनिस्ट पार्टी एकीकृत (माओवादी) भित्र रहेका क्रान्तिकारीहरू अवश्य पनि लाभान्वित हुन्थे । नेपाली क्रान्तिका विरुद्ध अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा चालिएको निरन्तर षड्यन्त्र (कतिपय सन्दर्भमा प्रचण्ड–बाबुरामसित सहकार्य पनि) विरुद्ध व्यापक अभियानको आवश्यकता थियो । यसो हुन सकेन–अथवा प्रयासले व्यापक रूप लिन सकेन । आज नेपाल कम्युनिस्ट पार्टी-माओवादीभित्र अगाडि बढ्न नयाँ बाटो खोजिरहेका क्रान्तिकारीहरू र अन्य कम्युनिस्ट समूहहरूलाई सहयोगको आवश्यकता छ र यसले हाम्रो आन्दोलनलाई भरथेग नै गर्दछ ।
नेपालमा जो अहिले क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित र सङ्गठित गरी अघि बढाउने प्रयासमा लागेका छन्, उनीहरूलाई गरिने सहयोग र समर्थनको सार्थकता र प्रभावकारिताले नेकपा (एमाओवादी) भित्रको गलत प्रवृत्तिको आलोचना गरेपछि नै पूर्णता पाउँछ र यो आवश्यक पनि छ । उनीहरूले सामना गरेका गारासाङ्ग्राहरूलाई समर्थन गर्ने आधार वैचारिक तथा राजनीतिक पक्षहरू नै हुन् र हुनुपर्छ । तर यस किसिमको सहयोग त्यस्ता पार्टी तथा सङ्गठनहरूबाट एकदमै कम प्राप्त हुन्छ, जोसित क्रान्तिकारी व्यवहारको कुनै अनुभव छैन र आआफना मुलुकमा तथाकथित “क्रान्तिकारी वस्तुस्थिति” को सम्भावना देखापर्ला भनेर कुरेर बसिरहेका हुन्छन्, आखिर यस्तो चाहिँ कहिल्यै हुँदैन ।
विभिन्न माओवादी पार्टी तथा सङ्गठनहरूले क्रान्तिकारी जनयुद्धलाई समर्थन गर्ने कार्य जारी राख्नुपर्छ—जसरी पेरू र नेपालको जनयुद्ध १९८० देखि २१ औँ शताब्दीको आरम्भसम्म विकशित भएको थियो—यस्तो सहयोगी शक्तिहरूको निर्माण, जसले खास देशमा जनयुद्ध आरम्भ गर्नका लागि सहयोग प्रदान गरोस् । यति अन्यत्र पनि ठोस किसिमको क्रान्तिकारी विकास भएको भए नेपालको जनयुद्ध एक्लो पर्ने अवस्था कमै हुन्थ्यो, क्रान्तिकारी जनताको विजयको सम्भावना प्रबल हुन्थ्यो ।
समग्रमा रिममा इच्छाशक्तिको सर्वथा अभाव रह्यो र यसले आन्दोलनको सही राजनीतिक नेतृत्व लिन सकेन । हाम्रो विचारमा यो कमजोरी जनयुद्ध र यसको व्यावहारिक प्रयोगको सार्वभौम सिद्धान्तप्रतिको बुझाइमा रहेको त्रुटीसित सम्बद्ध छ । र प्रस्टताका साथ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिका (आरसिपी, युएसए) जसले रिमको कमिटी (कोरिम) नेर्तत्व गथ्र्यो, रिमको अवसानका लागि मूलरूपमा उही जिम्मेवार छ ।
केही वर्षपछि आरसिपी, अमेरिकाले आफ्नो अध्यक्ष बब अभाकियनले अघि सारेको “नयाँ संश्लेषण” लाई मार्क्सवाद-लेनिनवाद-माओवादको विकास भन्दै सबै माओवादी शक्तिहरूले यसलाई अँगाल्नुपर्छ भन्यो । तथाकथित संश्लेषणलाई स्वीकार गरेबिना कुनै पनि क्रान्तिकारी गतिविधि सम्भव छैन भन्ने अडानमा आरसिपी, अमेरिका पुग्यो । हामी माओवादी पार्टी अफगानिस्तानका कमरेडहरूको अभाकियनको “न्यु सिन्थेसिस” “उत्तर–मालेमा” हो भन्ने ठहरप्रति सहमत छौँ, आखिर यो दक्षिणपन्थी अवसरवादबाहेक अरू केही होइन, जसले सर्वहारा अधिनायकत्वको परित्याग गर्छ र समग्र रूपमा निम्नबुर्जुवा दृष्टिकोण र पद्धतिमा आत्मसमर्पण गर्छ ।
आज रिम नभएको स्थितिमा मालेमालाई आफ्नो देशको विशिष्ट परिस्थितिमा लागू गर्ने काममा लागेका माओवादी पार्टी तथा सङ्गठनहरूबीच यथाशीघ्र पुनर्गठित र सङ्गठित हुन आवश्यक छ । यसले सबैलाई वैचारिक तथा राजनीतिक बहसछलफलबाट लाभ लिने तथा एकताबद्ध हुने अवसर प्राप्त हुनेछ ।
हाम्रो पार्टी बहस-छलफल चलाउने, माओवादी पार्टी तथा सङ्गठनहरूबीच सम्भव भएसम्म एकता कायम गर्ने तथा पुनर्गठनमार्फत एकतालाई बलियो बनाउने प्रक्रियाको समर्थन गर्छ । यस कार्यमा अन्तर्राष्ट्रिय प्रकाशन माओवादी बाटो ९ःबयष्कत च्यबम० पत्रिकाको पुर्नप्रकाशन, दुईपक्षीय संवादमा वृद्धि गर्ने, माओवादी पार्टी तथा सङ्गठनहरूको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बैठक राख्ने, भारतमा भाकपा (माओवादी)को नेतृत्वमा चलिरहेको जनयुद्धका विरुद्ध भारतीय प्रतिक्रियावादी सत्ताले चलाएको प्रतिक्रान्तिकारी युद्ध विरुद्ध हामीले चलाएको साझा अभियानजस्तै साझा मुद्दामा अन्तर्राष्ट्रिय अभियान चलाउने लगायतका विषयहरूलाई यसमा समाविष्ट गराउन सकिन्छ ।
अन्तर्राष्ट्रिय केन्द्रको पुनर्निर्माणको कार्य अत्यावश्यक देखिए पनि यसमा हामीले एकदमै हतारपतार गर्नुचाहिँ हुँदैन । सिद्धान्तहीन एकता र देखिनेगरी बोध हुने केन्द्रवादले हाम्रो आन्दोलनलाई कमजोर पार्ने काम मात्र गर्छ । कुनै पनि अन्तर्राष्ट्रिय (क्षेत्रीय पनि) प्रयासले यी कमजोरीहरूलाई सम्बोधन गर्नुपर्छ र खुला वैचारिक तथा राजनीतिक सङ्घर्षका लागि स्वीकृति दिनुपर्छ : अन्तर्राष्ट्रिय सर्वहाराको क्रान्तिकारी सङ्घर्षका लागि हामीले साझा बुझाइको मिलनबिन्दु खोज्न चाहेका हौँ भने यसलाई आवश्यक सर्तका रूपमा लिनुपर्छ, यो हाम्रो उद्देश्यलाई सहयोग पुर्याउने खालको हुनुपर्छ ।
अन्त्यमा, हरेका देशमा माओवादी पार्टी निर्माण गर्न तथा अघि बढाउन एउटा अन्तर्राष्ट्रिय सङ्गठन अत्यावश्यक छ । यस्ता पार्टीहरूले आफनो देशको आन्तरिक वस्तुस्थिति, त्यसमा पनि समाजवाद र साम्यवाद (कम्युनिस्ट कार्यक्रमका लागि यी दुई केन्द्रीय तत्त्व हुन्) प्राप्तिका लागि आवश्यक पर्ने आफ्नो समाजको वर्गसम्बन्ध र क्रान्तिकारी रणनीतिको सही विश्लेषण गर्नु आवश्यक छ र अनि यो रणनीतिको व्यवहारमा लागू गर्नुपर्छ । आफ्नो हकमा, अन्तर्राष्ट्रिय सङ्गठनले हरेक देशका सङ्गठनहरूमाझ सम्बन्धको समन्वय गर्नेछ, साझा अभियान चलाउने छ र पार्टीहरूबीच कुनै प्रकारको मतभिन्नता भयो भने त्यसलाई समाधान गर्न सहयोग पुर्याउने छ । यसो गर्दा यसले केन्द्रीय नेतृत्वदायी संस्थाका रूपमा विचारको तहमा मात्र नभएर राजनीतिक तहमा पनि आफ्नो काम गर्ने क्षमताको अभिवृद्धि गर्नेछ र आफूलाई स्थापित गर्न पनि सफल हुनेछ ।
सम्भव भएसम्म एकताको आधार हरेक समूहको विशिष्टतालाई समेट्ने खालको हुनुपर्छ । यसो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा, राष्ट्रिय यथार्थहरू एकदमै फरक छन् भन्ने कुरा प्रस्ट छ । कतिपय मुलुकहरू किसानहरूको ठूलो सङ्ख्याको उपस्थितिसहित अझै पनि प्राक-पुँजीवादी उत्पादन सम्बन्धको गम्भीर कोपभाजनमा परेका छन् । राष्ट्रियता (नतिओनल्य) को मुद्दा हल नभएका कतिपय साम्राज्यवादी मुलुकहरू पनि छन् । कतिपय ठूलो भूगोल ओगटेका र कतिपय साना मुलुकहरू छन् । कतिपय मुलुकसित मजबुत क्रान्तिकारी विरासत छ, कसैको छैन । यस्तैयस्तै ।
सङ्ठनात्मक तहमा यस्ता केही अप्ठ्याराहरू छन् । विश्वक्रान्तिको “समाजवादी गृहभूमि” र उन्नत पुँजीवादी मुलुकहरूका सर्वहाराले नै विश्वक्रान्तिको नेतृत्व गर्छन् भन्ने धारणा नै केही मात्रामा तेस्रो अन्तर्राष्ट्रियको असफलताको परिणाम थियो । त्यो अवधारणा खासगरेर औपनिवेशिक मुलुकहरूका लागि चित्तबुझ्दो थिएन, युरोपमा जे भइरहेको थियो, त्यो उनीहरूका लागि मेलखाने खालको थिएन । हुन त, अन्तर्राष्ट्रियका प्रमुख नेताहरूले यो भिन्नताप्रति ध्यान दिने गर्ने प्रयास गरेका हुन् । तर यथार्थमा जुन अवधारणा युरोपका लागि उपयुक्त थियो, त्यो चीन र भारतका लागि पनि सही हुन्छ भन्नु जरुरी थिएन ।
उदाहरणका लागि सन् १९६३ मा रूससित सम्बन्ध विच्छेद गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ अन्तर्राष्ट्रिय स्थापनाका लागि पहल नगरेको उदाहरणलाई लिन सकिन्छ । अझै पनि “क्रान्तिकारी मोडेल” र दुईपक्षीय सम्बन्ध मात्र अन्तर्राष्ट्रिय स्तरमा क्रान्तिकारीहरूलाई एकताबद्ध पार्न पुग्दो छैन ।
नयाँ अन्तर्राष्ट्रियका लागि समूहबद्ध पार्न सबैलाई मिल्ने केकस्तो सङ्गठनात्मक स्वरूप हुनसक्छ भन्ने कुरामा रिमले कहिल्यै पनि प्रस्ट खाका अगाडि सारेन । १९८४को घोषणामा यसले प्रश्न त उठायो : “ विश्व पार्टीको धारणा र कोमिन्टर्नको अति-केन्द्रीकरणले ल्याएको परिणामको समीक्षा गरिनुपर्छ जसबाट उचित शिक्षा ग्रहण गर्न सकियोस् र साथसाथै पहिलो, दोस्रो र तेस्रो अन्तर्राष्ट्रियका सकारात्मक उपलब्धिको पनि समीक्षा गर्न जरुरी छ । चिनियाँ कम्युनिस्ट पार्टीको कोमिन्टर्नप्रतिको नकारात्मकताप्रति आक्रोसपूर्ण प्रतिक्रियाको पनि आवश्यक समीक्षा गर्नु जरूरी छ, जसले अन्तर्राष्ट्रिय स्तरमा मार्क्सवादी–लेनिनवादीहरूको सङ्गठनात्मक एकता निर्माणका लागि आवश्यक भूमिका खेल्नु आवश्यक ठानेन ।”
एकताको सङ्गठनात्मक आधार वैचारिक तथा राजनीतिक पक्षमा भर पर्छ । त्यो आधार सिद्धान्त र व्यवहार दुवै पक्ष्यमा सार्वभौमिकतामा आधारित हुनुपर्छ । रिमभित्र मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको विज्ञान मान्ने कुरा स्थापित भइसकेको कुरा हो । समाजवादी चीनको अनुभवको सार खिच्ता मार्क्सवादी-लेनिनवादी आन्दोलनले सर्वहारा अधिनायकत्वअन्तर्गतको वर्गसंघर्षले निरन्तर आवश्यक रूपमा अनगिन्ती सांस्कृतिक क्रान्ति भएर गुज्रनुपर्दो रहेछ भन्ने शिक्षा दिन्छ ।
पेरू कम्युनिस्ट पार्टीले ठीकै भनेको छ : “माओवादको आधारभूत पक्ष भनेको के हो ? माओवादमा सत्ता नै आधारभूत पक्ष हो । कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सशस्त्र सेनामा आधारित सर्वहाराका लागि सत्ता, सर्वहाराको अधिनायकत्वका लागि सत्ता । अझ प्रस्टताका साथ भन्नुपर्दा, १) जनवादी क्रान्तिमा सर्वहाराको नेतृत्वअन्तर्गत सत्ता, २) समाजवादी तथा सांस्कृतिक क्रान्तिहरूमा सर्वहाराको अधिनायकत्वका लागि सत्ता, ३) कम्युनिस्ट पार्टीद्वारा नेतृत्व गरिएको सशस्त्र सेनाद्वारा विजय प्राप्त गरेको तथा रक्षा गरिएको सत्ता ।” (मार्क्सवाद-लेनिनवाद-माओवादका सम्बन्धमा , पेरू कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन) ।
त्यसैबेला रिमको १९९३ को दस्ताबेज “मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद ! ” ले भनेको थियो — “लेनिनले भन्नुभयो, ‘त्यो नै मार्क्सवादी हो, जो वर्गसङ्घर्षलाई सर्वहारा वर्गको अधिनायकत्वका रूपमा स्थापित गर्छ ।’ माओ त्सेतुङले नेतृत्व गर्नुभएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले अगाडि सारेको बहुमूल्य शिक्षाको प्रकाशले यो विभाजनलाई थप तीव्र पारेको छ । अब के कुरा प्रस्ट पार्न सकिन्छ भने त्यो नै मार्क्सवादी हो, जसले वर्गसङ्घर्षलाई सर्वहारा वर्गको अधिनायकत्वकसम्म लैजान्छ, जसले पार्टीभित्र बुर्जुवा वर्ग र विचारको उपस्थितिको वस्तुगत अवस्थालाई स्वीकार्छ र पार्टीमा सर्वहारा वर्गको अधिनायकत्वमा समाजवाद हुँदै साम्यवाद स्थापना नहोउन्जेलसम्म समग्र अवधिभरि निरन्तर वर्ग सङ्घर्ष चलिरहन्छ भन्ने कुरा स्वीकार गर्छ । जस्तो माओले जोडदार रूपमा भन्नुभएको छ, ‘यस प्रश्नप्रतिको प्रस्टताको अभावले संशोधनवादतर्फ प्रवृत्त गराउँछ ।’”
क्रान्तिको विज्ञान हुनुको नाताले मार्क्सवाद-लेनिनवाद-माओवाद सार्वभौम छ भन्ने कुरामा हामी प्रस्ट छौँ । जनयुद्ध माओका अमर योगदानहरूकै एउटा महत्त्वपूर्ण अङ्ग भएको कारण यसको पनि सार्वभौम चरित्र छ । यसलाई गायब गरिनुअघि रिमले यसलाई आधिकारिक रूपमै स्वीकार गर्यो । आरसिपी, अमेरिकासमेतले पनि यसलाई स्वीकार्यो—परन्तु कागजमा मात्र । यद्यपि, यसको व्यावहारिक प्रयोगका सम्बन्धमा निकै मतमतान्तरहरू रहेका छन् । कतिपयका भनाइमा कुनै पनि साम्राज्यवादी देशमा यसरी क्रान्ति हुन निकै गारो छ । यो माओको विचारको यान्त्रिक प्रयोग हो
हाम्रो विचारमा जनयुद्ध दीर्घकालीन मात्र हुन्छ । र अवश्य पनि यो खासदेशको विशिष्ट स्थितिमा लागू गर्ने गरिन्छ । आफ्नो देशको विशिष्ट स्थितिमा, आफ्नो भूमिमा जनयुद्धको तयारीको पहल गर्नु हरेक माओवादी पार्टीको जिम्मेवारी हो । जनयुद्धको तयारीको पहलमा क्रियाशील हुनु भनेको सबै पार्टीहरू सशस्त्र सङ्घर्ष आरम्भ गरिरहेका छन् भन्ने कुराको सुनिश्चितता गर्नु हो । थाहा भएकै कुरा हो, संशोधनवादीहरू तथा ट्रट्स्कीवादीहरू, जो कानुनी दायरामा मात्र आफूलाई सीमित राख्छन्, उनीहरू पत्रिका बिक्री गर्ने अथवा ट्रेड युनियनका वैधानिक गतिविधिमा मात्र सीमित हुन्छन् र सुधारवादी पार्टीहरू कहिले पनि क्रान्तिका लागि शक्तिहरूलाई एकीकृत गरेर परिचालन गर्दैनन् । यदि कुनै पार्टी जुझारु जनकारबाहीमा सहभागी हुन्छ भने, यदि यसले आफूलाई नयाँ किसिमको क्रान्तिकारी गतिविधिमा आफूलाई होम्छ भने, यसले समकालीन सन्दर्भप्रतिको आलोचनामा मात्र आफूलाई सीमित नगरी खासरूपमै क्रान्तिप्रति आफूलाई समर्पित गराउँछ भने त्यसले अवश्य पनि शक्ति आर्जित गर्दछ ।
साझा रणनीतिक दृष्टिकोण जनयुद्धप्रति प्रस्ट भएपछि नै नयाँ अन्तर्राष्ट्रिय सङ्गठन निर्माणका लागि एकताका आधारको अभिवृद्धि हुनसक्छ । हरेक देशमा जनयुद्ध कसरी अघि बढाउने भन्ने कुरामा मतभिन्नता हुनसक्छ । तर यस विषयमा एउटा न्यूनतम समझदारी बनाएर हामी सशस्त्र सङ्घर्षको तयारीमा लाग्नसक्छौँ, बुर्जुवा सत्ताको ध्वंश र नयाँ सत्ताको स्थापनासित जोडिएको यस किसिमको सङ्घर्ष अन्तर्राष्ट्रिय गोलबद्धताको आधार निर्माणका लागि जरुरी छ । कुरा के हो भने जनयुद्धलाई अघि बढाउन सबै पार्टीहरूको प्रतिबद्धताले उनीहरूबीच छलफलका लागि महत्त्वपूर्ण आधार निर्माण गर्छ ।
सारमा, नयाँ अन्तर्राष्ट्रिय गोलबद्धतका लागि हाम्रो पार्टी तल उल्लेखित बुँदालाई एकताको आधार स्वीकार गर्नुपर्छ भन्ने ठान्दछ : १) क्रान्तिको विज्ञानका रूपमा मालेमा, २) समाजवादअन्तर्गत पनि वर्गसङ्घर्षको निरन्तरता, जसमा सांस्कूतिक क्रान्ति चलाउनुपर्ने आवश्यकता, र ३) कुरामा मात्र होइन, व्यवहारमै दीर्घकालीन जनयुद्धको सार्वभौमिकताप्रति प्रतिबद्धता । कम्तीमा पनि सबै पार्टी तथा सङ्गठनहरू तेस्रो बुँदालाई खारेज नगरी खुला बहसमा आउनु आवश्यक छ ।
यसका साथै मालेमालाई अँगाल्ने तथा रक्षा गर्ने सन्दर्भमा मात्र नभएर यसलाई व्यवहारमा लागू गर्नका लागि पनि माओवादी पार्टी तथा सङ्गठनहरूलाई अन्तर्राष्ट्रिय केन्द्रको आवश्यकता पर्छ । अभाकियनवादीहरूले मार्क्सवाद-लेनिनवाद-माओवादलाई “नजरअन्दाज” गर्ने बहाना खोजेभन्दा भिन्न हामी मार्क्सवाद-लेनिनवाद-माओवादलाइ सिद्धान्तको विकासका क्रममा आएको छलाङका रूपमा लिएर वर्तमान सन्दर्भमा यसको सही व्याख्या र बुझाइका साथ विश्वक्रान्तिमा यसको महत्त्वलाई अलिकति पनि कम नगरेर प्रचारप्रसार गरिरहेका छौँ । हामीले अहिलेको साम्राज्यवादी विश्वव्यवस्थाको राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय तहमा यसको वर्तमान अन्तर्विरोध, आन्तरिक अन्तर्विरोध र खास मुलुक अथवा क्षेत्र र अन्तर्राष्ट्रिय तहको अन्तर्विरोधबीचको सम्बन्ध, “उँदाउँदो अर्थतन्त्र” का नाममा बढ्दो रूपमा पुजीवादको विकास भएका मुलुकहरू उदाहरणका रूपमा भारत र ब्राजिलको सन्दर्भ र यसको विश्वक्रान्तिमा परेको प्रभाव, विज्ञान र प्रविधिको विकासले उत्पन्न गरेका चुनौतीहरू र विश्वका विभिन्न मुलुकहरूमाथि भइरहेका साम्राज्यवादी आक्रमणका अनुभवहरू आदिको पनि हामी क्रान्तिकारीहरूले गहन विश्लेषण गर्दै साझा समझदारी बनाउनु आवश्यक छ । यी सैद्धान्तिक विकाससित सम्बद्ध पक्षहरू हुन्, जसले हाम्रो आन्दोलनलाई फड्को मार्न सहयोग पुर्याउँछन् ।
सँगसँगै अहिले चलिरहेको जनयुद्धलाई समर्थन गर्ने भन्ने कुरा कुनै क्रान्तिकारी पार्टी तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय गोलबद्धताका लागि महत्वपूर्ण छ । गोन्जालोको जीनवरक्षा तथा नेपालमा चलिरहेको जनयुद्धको निर्माण र विकासमा प्रचारअभियानको अहम् महत्त्व रहेको कुरा हामीले माथि नै उल्लेख गरिसकेका छौँ । फ्रान्समा मे १९६८ भएको जनआन्दोलनले भियतनामी जनताको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको थियो, जुन छोटो अवधिसम्म टिके पनि फ्रान्समा व्यापक मात्रामा विस्तारित भएको थियो ।
सही अर्थको अन्तर्राष्ट्रिय एकताबद्धता निर्माण गर्ने कुनै पनि प्रयासका लागि जनयुद्ध चलाइरहेका तथा साँच्चै नै चलाउनका लागि तत्परता देखाइरहेकाहरूका लागि केही विशेष भूमिका छुट्याउनै पर्ने हुन्छ । अन्तर्राष्ट्रिय केन्द्र निर्माणका क्रममा कागजमा मात्रै आफूलाई सीमित पार्नेहरूभन्दा फिलिपिन्स कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का कामकारबाहीहरू अन्तर्राष्ट्रिय केन्द्र निर्माणमा निकै महत्त्वका छन् । जहाँसम्म हाम्रो कुरा छ, विश्वक्रान्तिको एउटा हिस्साका रूपमा क्यानडामा क्रान्तिकारी आन्दोलन अघि बढाउन हामी दृढतापूर्वक प्रतिबद्ध छौँ र विश्वका माओवादी शक्तिहरूलाई गोलबद्ध पार्ने काममा हाम्रो भूमिकाप्रति हामी सचेत छौँ ।
मार्च २०१४/२०१६
अनु : डा. ऋषिराज बराल

भिडियो फिचरview all