
भारतमा चलिरहेको जनयुद्धलाई समर्थन

सो वक्तव्यअनुसार भारतीय नक्सलबाडी सशस्त्र किसान सङ्घर्ष थालनीको ५० वर्ष पुगेको अवसरमा २० मे, २०१७ मा विशेष कार्यक्रम गर्ने, भारतीय माओवादी जनयुद्धलाई सहयोग र समर्थन गर्ने पत्रकार तथा बौद्धिक समुदायको उपस्थितिमा युरोपमा विशेष अन्तर्क्रियात्मक कार्यक्रम गर्ने तथा जि २० को बैठकमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी युरोप आउँदा ह्याबर्गमा ७/८ जुलाईमा विरोधको विशेष कार्यक्रमको आयोजना गर्ने ।
यसैबीच समर्थन कमिटीले मोदीको विरोधका सम्बन्धमा पर्चा सार्वजनिक गर्दै भनेको छ:
“ ‘इन्टर्नेस्नल कमिटी इन सपोर्ट अफ पिपुल्स वार इन्डिया’ ले भारतीय जनताको हत्यारा फासिवादी नरेन्द्र मोदी जि २० को बैठकमा ह्यामबर्गमा आउने समय पारेर जुलाई ७ र ८ का दिन विशेष विरोधको कार्यक्रम तय गरेको छ । भारतमा ‘अप्रेसन ग्रिन हन्ट’ का नाममा जन हत्यामा संलग्न मोदीलगायत साम्राज्यवादीहरूको जमघट सारतः उत्पीडित जनताका विरुद्ध नीति निर्माणको जमघट भएकाले जि २० को बैठक विरुद्धको प्रदर्शनमा सहभागी हुन अनुरोध गर्दछौँ ।”
समर्थन कमिटीले चारओटा नारा पनि तय गरेको छ :
फासिवादी मोदी : मुर्दावाद !
अप्रेसन ग्रिन हन्ट : बन्द गर !
भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ !
भिडियो फिचरview all