
संसोधनवादीहरूबाट विद्रोह गर्ने क्रम जारी

मालेमा अहिलेको युगको मार्क्सवाद हो र यसले देखाएको बाटोमा अघि बढेर मात्र अबको क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने उनीहरूको ठहर छ l उनीहरू भन्छन् :
''हामीहरू मार्क्सवादी-लेनिनवादी-माओवादी हौँ । मालेमा आजको युगको मार्क्सवाद हो । यो उत्पीडनको अन्त्यसित सम्बद्ध क्रान्तिकारी सिद्धान्त हो, जुनचाहिँ कम्युनिस्ट आन्दोलनका व्यवहारका माध्यमबाट विकसित भएको हो । मार्क्सवाद-लेनिनवाद-माओवाद, महान् क्रान्तिकारी आन्दोलनको निरन्तरता—पेरिस कम्युन, बोल्सेविक क्रान्ति, चिनियाँ क्रान्ति र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता आन्दोलनबाट विकसित भएको हो ।"
त्यसैगरी संसारभरिका उत्पीडितहरूको स्वार्थ समान भएकाले क्रान्तिकारीहरूसित संयुक्त मोर्चा बनाएर अघि बढ्ने घोषणा उनीहरूले गरेका छन् l उनीहरू भन्छन् :
''विश्वभरिका उत्पीडित जनताको स्वार्थ एउटै हो र हाम्रो स्वार्थ पनि उनीहरूसित गाँसिएको छ l अमेरिकी साम्राज्यवादबाट मुक्त हुन चाहनेहरू प्रतिरोध गरिरहेका छन् l अमेरिकी जनताले लडेको लडाइँ विश्वभरिका जनताले साम्राज्यवादका विरुद्ध लडेको लडाइंसित लडाइंसित गाँसिएको छ । भारत, फिलिपिन्स र अन्यत्र बढिरहेको क्रान्तिकारी आन्दोलनले विश्वलाई विजयको नजिक ल्याउँने छ । पुँजीवाद एक्लै रहन नसकेझैँ पुँजीवाद विरुद्धको सङ्घर्ष पनि विश्वव्यापी सङ्घर्षसित गाँसिएको छ ।"
भिडियो फिचरview all