ताजा समाचार
प्रश्न सेना र बन्दुक कसको हातमा छ भन्ने हो
पेरिस कम्युनको ऐतिहासिक अनुभवले सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वका लागि क्रान्तिकारीले हतियारलाई आफ्नो पकडमा राखिराख्नु सबैभन्दा महत्त्वपूर्ण काम हो भन्ने कुरा पूर्णरूपमा प्रमाणित गरेको छ ।
पेरिस कम्युनको अनुभवको व्याख्या गर्दै लेनिनले एङ्गेल्सको महत्त्वपूर्ण प्रस्थापना— फ्रान्समा हरेक क्रान्तिमा श्रमजीवीहरू हतियारका साथ उत्रिए, तर त्यतिबेर राज्यको हर्ताकर्ता रहेका बुर्जुवाहरूले श्रमजीवीलाई निशस्त्र पार्ने कामलाई पहिलो प्राथमिकतामा राखे । एङ्गेल्सको भनाइको निचोड निकाल्दै लेनिनले भन्नुभयो : “कुराको चुरो के हो भने –जे जे भने पनि मूल कुरा सत्ताकै प्रश्नमा निहित छ (के उत्पीडित वर्गसित हतियार छ ?) भन्ने कुरालाई यहाँ गम्भीरताका साथ आत्मसात गरिएको छ ।"
पेरिस कम्युनको जन्म क्रान्तिकारी सशस्त्र सङ्घर्ष र प्रतिक्रान्तिकारी सशस्त्र सङ्घर्षका बीचबाट भएको थियो । पेरिस कम्युनका ७२ दिनहरू ७२ दिन नै सशस्त्र क्रान्ति, सशस्त्र सङ्घर्ष र सशस्त्र प्रतिरोधका दिनहरू थिए । खाँटी कुरा के हो भने पेरिस कम्युनका क्रान्तिकारीहरूले बन्दुकलाई आफ्नो पकडमा लिएका थिए र उनीहरूले बुर्जुवा प्रतिक्रियावादीहरूको मुटुलाई थर्कमान पारेका थिए । र पेरिस कम्युनको घातक कमजोरी मूलरूपमा के थियो भने यसले प्रतिक्रान्तिप्रति अलि बढी नै भद्रता देखायो र तुरुन्तै भर्सेइतर्फ मार्च गरेन, जसले प्रतिक्रियावादी वर्गका उत्तराधिकारीहरूलाई सास फेर्ने मौका दियो र उसका प्रतिक्रियावादी सेना एकत्रित पारेर पेरिस कम्युनका क्रान्तिकारीहरूको आमहत्या गर्ने अवसर प्राप्त भयो । जस्तो एङ्गेल्सले भन्नुभएको छ : “बुर्जुवाहरूका विरुद्ध सशस्त्र जनप्रतिरोधको प्राधिकार हु“दैनथ्यो भने पेरिस कम्युन एक दिन पनि टिक्ने अवस्था थियो र ? थिएन, बरु यसको खुलेर प्रशस्त मात्रामा प्रयोग नगर्नु चाहि“ आलोचनाको विषय छ ।”
कमरेड माओले सशस्त्र सङ्घर्ष र जनसेनाको महत्त्वलाई सारगर्भितरूपमा समेट्तै यसलाई यसरी वैचारिक रूप दिनुभएको छ : “सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ” । वहाँ थप प्रस्ट पार्नुहुन्छ : “सत्तासम्बन्धी मार्क्सवादी सिद्धान्तअनुसार सेना राज्यसत्ताको प्रमुख अङ्ग हो । जो कोही सत्ता प्राप्त गर्न र त्यसमा पकड कायम राख्न चाहन्छ, ऊसित एउटा दरिलो सेना हुनैपर्छ ।”
हिंसात्मक क्रान्ति सर्वहारा क्रान्तिको विश्वव्यापी सिद्धान्त हो । कुनै पनि मार्क्सवादी–लेनिनवादी पार्टीले यस विश्वव्यापी सिद्धान्तलाई ग्रहण गर्नुपर्छ र आफ्नो देशको ठोस परिस्थितिमा यसलाई व्यवहारमा लागू गर्नुपर्छ । ऐतिहासिक अनुभवले प्रमाणित गरेको कुरा के हो भने खास देशमा उत्पीडित जनता र सर्वहाराले सत्ता प्राप्त गर्ने र त्यसलाई विजयसम्म पुर्याउने काम सदैव बन्दुकको ताकतद्वारा सर्वहारा पार्टीको नेतृत्वमा मात्र पूरा गर्न सक्छ, साथै यो काम खास देशको विशिष्ट अवस्थाअनुसार काम गरेर, विस्तारै जनताको सशस्त्र सेना निर्माण गरी आमजनताको व्यापक सहभागिता र परिचालनमा जनयुद्ध लडेर र निरन्तर साम्राज्यवादीहरू तथा प्रतिक्रियावादीहरूका विरुद्ध सङ्घर्ष चलाएर मात्र सम्पन्न गर्न सकिन्छ । यो रूसी क्रान्ति, चिनियाँ क्रान्ति र अल्बानिया, भियतनाम, कोरिया र अन्य मुलुकहरूले प्रस्तुत गरेको सत्य हो, यसको अपवाद कतै छैन ।
अर्कोतिर यदि एउटा क्रान्तिकारी पार्टी यसरी जान सक्तैन, अथवा क्रान्तिकारी सशस्त्र सेनालाई परित्याग गर्छ भने क्रान्तिमा उसले धक्का खान्छ, यसको गम्भीर शिक्षा हाम्रा सामु छ । केही पार्टीहरू, जसले बन्दुकमाथि आफ्नो पकड कायम गर्न सकेनन्, ती साम्राज्यवादीहरू तथा त्यसका तलुवा चटुवाहरूद्वारा अचानक गरिएका प्रतिक्रान्तिकारी दमन र हमलाको सामना गर्न असमर्थ भए, फलस्वरूप लाखौँ क्रान्तिकारी जनताको आमनरसंहार गरियो । केही घटनाहरूमा, जहाँ क्रान्तिकारी जनताले पहिले हतियार उठाएका थिए, त्यहाँ उल्लेखनीय किसिमले विकास भएको थियो, तर पार्टीहरूले जनताको सशस्त्र सेनालाई प्रतिक्रियावादीहरूलाई हस्तान्तरण गरे र क्रान्तिको फल खान भनेर तँछाडमछाड गर्दै लामबद्ध भए । उनीहरू बुर्जुवा सरकारमा ठूलाठूला पदाधिकारी बनेर बस्न चाहन्थे, उनीहरू अन्ततः प्रतिक्रियावादीहरूद्वारा पथभ्रष्ट बनाइए ।
विगतका दशकहरूमा थुप्रै कम्युनिस्ट पार्टीहरूले चुनाव र संसद्मा भाग लिएका थिए, तर कसैले पनि यसका माध्यमद्वारा सर्वहारा अधिनायकत्व कायम गर्न सकेनन् । कुनै कम्युनिस्ट पार्टीले संसद्मा बहुमत ल्याएर सरकारमा सहभागी भए पनि यसले पुरानो राज्यसत्तालाई ध्वस्त पार्ने कुरा त परैजाओस् बुर्जुवाहरूको राजनीतिक शासनको चरित्र सम्ममा पनि कुनै परिवर्तन गर्न सक्तैन । प्रतिक्रियावादी सत्ताधारी वर्गले चुनाव धाँधलीपूर्ण भयो भनेर अमान्य घोषित गर्छ, संसद् विघटन गर्छ, अथवा कम्युनिस्ट पार्टीलाई हटाउन ठाडै हिँसाको प्रयोग गर्छ । यदि सर्वहाराको पार्टीले आफूलाई जनताबीच लाँदैन, सशस्त्र सङ्घर्षलाई परित्याग गर्छ र संसदीय राजनीतिमा भर गर्छ भने त्यो पार्टीले जनतालाई दिग्भ्रमित पार्नुका साथै आफूलाई समेत भ्रष्ट तुल्याउँछ । बुर्जुवाहरूले संसदीय चुनावमार्फत कम्युनिस्ट पार्टीलाई खरिद गर्छन् र यसलाई संशोधनवादी पार्टी, बुर्जुवाहरूको पार्टीमा फेर्छन्–इतिहासमा यस्तो नभएको कतै छ र ?
सर्वहाराले राज्यसत्ता प्राप्त गर्न बन्दुक उठाउनै पर्छ र यसको रक्षा गर्न पनि बन्दुक समाउनै पर्छ । मार्क्सवादी–लेनिनवादी पार्टीको नेतृत्वमा रहेको जनसेना सर्वहारा अधिनायकत्वको सुरक्षाकवच हो र पुँजीवादको पुनस्थार्पनालाई रोक्ने थुप्रै तत्त्वहरूमध्ये यो एउटा प्रमुख तत्त्व हो । मार्क्सवादी–लेनिनवादी विचारले सुसज्जित जनसेना भएपछि नै सर्वहाराले घरेलु तथा अन्तर्राष्ट्रिय वर्गसङ्घर्षको जटिलतालाई सहज किसिमले झेल्न सक्छ र सर्वहाराको राज्यसत्ताको रक्षा गर्नसक्छ ।
('सर्वहाराको अधिनायकत्त्व अमर रहोस्' नामक पुस्तिकाबाट)
०००

भिडियो फिचरview all