ताजा समाचार
यो निबन्ध हो
ऋषिराज बराल
मलाई मेरै माटोको रङ्ग मन पर्छ, म यसैको गन्धमा रमाउँछु ।
अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू वरिपरको परिवेश, व्यक्तिको स्वभाव आदिइत्यादिको पनि महत्त्वपूर्ण भूमिका रहने गर्दछ । लेखन्तेहरूका आआफ्नैपन हुने गर्छन् । मलाई पीडाले बढी छुन्छ । व्यङ्ग्य, त्यो पनि देवकोटाले भोगेजस्तो व्यङ्ग्यले बढी छुन्छ । जब सत्यतथ्यलाई असत्य, अशिव र कुरूपले गाँजेको देख्छु, मलाई घतलाग्दो व्यङ्ग्यले छुन्छ । सिङ्गो परिवेश व्यङ्ग्यात्मक बनिदिन्छ । मेरो ठहर छ, देवकोटाले सबैभन्दा बढी व्यङ्ग्य देखे र व्यङ्ग्य लेखे ।
मैले कुनै ठाउँमा लेखेको थिएँ/छु—देवकोटाको कविता ‘गरिब’ घतलाग्दो व्यङ्ग्य हो । मैले त्यहाँ साह्रै घतलाग्दो व्यङ्ग्य देखेँ/भेटेँ । र म भन्छु — ‘पागल’ विश्वमै सबैभन्दा उत्कृष्ट व्यङ्ग कविता हो । जहिले पनि नयाँ, ताजा र जहिले पनि उत्तिकै सान्दर्भिक छ यो कविता । मानवजीवन छउन्जेल कहिल्यै पनि पुरानो नहुने कविता हो यो । यो त सुख्खा मौसममा हरेक बिहान देखिने शीतको थोपाजस्तै लाग्छ मलाई— सुन्दर, शान्त र मायालु । अनि धेरै अर्थपूर्ण पनि ।
त्यो पीडा र आक्रोसबाट जन्मेको व्यङ्ग्य हो । दुष्ट समाज, अमानुषता, ठालुपन, सत्ताखेल र कुटिलताबाट जन्मेको व्यङ्ग्य हो त्यो । पर्दाले ढाकेको यथार्थप्रति व्यङ्ग्य हो त्यो कविता । एउटा सामान्य मान्छे, जसलाई हामी आममान्छे भन्ने गर्छौँ, ले दिएको चुनौती हो— बेथितिलाई नै थिति मान्नेहरूविरुद्ध । यति घतलाग्दो, यति ठूलो बौद्धिक व्यङ्ग्य सायदै अरू कुनै कवितामा भेटिएला । सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर भनेर दुनियाँलाई ठग्ने जाली र राजनीतिक जुवाडेहरूको खाल-खेलप्रति साँच्चिकै चोटिलो व्यङ्गप्रहार छ त्यसमा । राजनीतिक क्षेत्रमा देखिने भैरवनाच–उन्मत्तताको ताण्डवनृत्य—लाग्छ हिजो होइन, देवकोटा अहिले बोल्दैछन् ।
हावर्ड फास्टले भनेका थिए/रहेछन् । व्यङ्ग्य यथार्थसम्म पुग्ने सबैभन्दा छोटो बाटो हो । हामी आजभोलि असाध्यै कालो व्यङ्ग्य भोगिरहेका छौँ । तर कालो व्यङ्गभन्दा पनि खतरनाक हुने रहेछ रातो व्यङ्ग्य । हेर्यो वरिपरि, भीरपहरामा पुगेर कतै अड्किएजस्तो । न माथि जाने ठाउँ छ, न वरपर, तल त हेरिनसक्नु छ, कहालिलाग्दो छ । कहाँ जाँदैछौँ हामी ? गन्तव्यविहीन जस्तो भएको छ । दिनदिनै खुम्चिएका छन् सीमाहरू । बजारिएका छन् बुटहरू छातीमा । अइया ! भन्न पनि डराउछौँ हामी—पगरी खोसिने पो हो कि भनेर । लाजै नमानी कुर्लिन्छौँ हामी—"मित्र राष्ट्र दक्षिणको हामीलाई ठूलो सहयोग छ", भनेर । कति घतलाग्दो व्यङ्ग्य । हनुमानचालिसा वाचकहरूको भीड लागेको छ भित्रबाहिर जताततै ।
रगत, हो, रगतमै टेकेर यहाँसम्म आइपुगेका हौँ हामी । फर्केर हेर्यो, ओहो, महागाथा ! कति सुन्दर इतिहास छ । मान्छे कसरी होमिँदो रहेछ सम्पूर्ण रूपमा आफूलाई खुलाएर । भित्रैबाट नखुली मान्छे कहाँ त्यसरी होमिन सक्छ ? तर अहिले गाउँखाने कथासित साटिएको छ इतिहास । बनियाँहरूको सब्जीमण्डीमा बन्धक बनेको छ इतिहास । पर कतै धुनी जगाएर एउटा बुढो मान्छे रगतको कथा यसरी सुनाउँदैछ, खोलाको कथाजस्तै—खोइ दूध ? बिरालाले खायो । खोइ बिरालो ? मुसा मार्न गयो । खोइ मुसा ? दुलामा पस्यो । खोइ दुलो ? गोरुले कुल्च्यो । खोइ गोरु ? खोलाले बगायो । खोइ खोलो ? सुक्यो । हाहाहा । खोइ रगतको इतिहास ? नेताले बोक्यो । खोइ नेता ? सिंहदरवार पस्यो । खोइ सिंहदरवार ? भारतमा पुग्यो…।
यो व्यङग्य कम घत लाग्दो छैन । प्रश्न उठेको छ । थाम्नै नसक्ने गरी उठेको छ– आँखाआँखामा व्यङ्ग्य, ओठओठमा व्यङ्ग्य । पीडा छ, आक्रोस छ । यति मात्र छैन, विद्रोह पनि छ ।
म यही पीडा र आक्रोसबाट नृसित विद्रोह लेख्छु । सक्तिन म लेख्न खुसीमा । जब म छटपटिन्छु, जब म विद्रोहले अर्कैअर्कै मान्छे हुन्छु अनि कहाँबाट हो को नि ममा अर्कै शक्ति आउँछ, साहस आउँछ । म अर्कैअर्कै मान्छे हुन्छु । फुट्छ ज्वालामुखी र निस्कन्छ तातो लाभा । भित्रैबाट मूल फुटेझैँ फुट्छ–प्रवाहमा विचारतरङ्ग। हो ,यही प्रवाह भनेकै फेर्नु हो । नभत्काई, साँधसीमाना, नफोरी पर्खाल, केही अर्कैअर्कै नगरी फेरिँदा रहेनछन् चीजहरू । पहिले आफैँभित्र, पहिले आफ्नै घरभित्र धावा बोल्नुपर्ने रहेछ ।
आजभोलि महाभारतको एउटा पात्रलाई म निकै सम्झिन्छु–एकलव्य । तल्लो जातको गरिब परिवारको पात्र थियो त्यो । तल्लो जात हुनुको पीडा थियो । गरिब हुनुको मार खायो । औँला गुमायो उसले । तर अब एकलव्य बाठो भएको छ । ब्यूँझियो ऊ निन्द्राबाट । अब औँला गुमाएर ऊ अरूलाई नायक बनाउँदैन, अब ऊ औँला गुमाएर असत्यलाई सत्य भन्दैन । गुमाए । धेरेले औँला गुमाए । घर गुमाए । परिवार गुमाए । शरीरका अङ्गहरू गुमाए । जीवन गुमाए । ‘२१ औँ शताब्दीको जनवाद’ का लागि उनीहरूले धेरैधेरै चीज गुमाए । धेरैलाई ‘नायक’ बनाए । सिसिफसको कथाझैँ टुप्पामा पुग्नपुग्न लाग्दा टुंगिएको यस नयाँ महाभारतका एकलव्यहरू आजभोलि बडो व्यङ्ग्यका साथ हेरिरहेका छन् आकासमा उडेका मालचरीका ताँतीलाई र लामो सास फेर्छन् । कस्तो व्यङ्ग्य ? मान्छेहरू खोजिरहेका छन्—हराएका सपनाहरू । र छटपटाइरहेका छन्—कतै सपनाको हत्या नहोस् भनेर ।
यस्तै स्थितिले त पोल्ने हो । हरेक सूचनाभित्र हुन्छ ‘पागल’ मान्छे । हुँडलिएको मनलाई यी सूचनाले केही बेरसम्म भने पनि केही शान्त पार्छन्, केही उद्वेलित पार्छन्, केही पीडा दिन्छन्, केही आक्रोस दिन्छन् र मान्छे जुरुक्क उठ्छ– हामीले तिमीलाई सपना दिएका थियौँ, हामीले तिमीलाई मुटुको टुक्राजस्तै छोरा दिएका थियौँ, छोरी दिएका थियौँ । रगत दिएका थियौँ, जीवन दिएका थियौँ । खोइ हाम्रा मुटुका टुक्राहरू ? खोइ हाम्रा उज्याला सपनाहरू ? अनि त मान्छे विद्रोहले उम्लिन्छ ।
पत्रिकाका टुक्राटुक्री जम्मा पार्नुको पनि भिन्नै अर्थ छ—आनन्द पनि छ र पीडा पनि । ती पढ्दापढ्दै मेले आफैँले आफैँलाई चिमोटेको पनि छु–तँ मरिस् कि क्या हो घोक्सिले माइला ! होइन, हो्इन । म मरेको छैन । छाम्छु छाती तातै छ, तातो मात्र होइन, रातो छ । भुतभुते मात्र होइन, आगो नै छ । र म उठेर हेर्छु आकाशातिर । रातो छ । र क्षितिज पनि रातो छ ।
साँच्चै हो, पत्रिकाका टुक्राटुक्रीहरू साथी हुन् । अलिकति भए पनि केही राहत दिन्छन् । एउटा दैनिक छापामा कतै छापिएझैँ लाग्छ— सुदुरपश्चिम बैतडी हो या दार्चुला, वा अछामबाटबाट कसैले पठाएको सूचनाटुक्रा । कवितात्मक शैलीमा थियो त्यो । शीर्षक यस्तै तियो— ''बज्जीरे काका ! काठमाडौँ कहाँ छ ?" काठमाडौँप्रति भनौँ सिङ्गै हामीले भोग्दै गरेको समकालीनताप्रतिको व्यङ्ग थियो, त्यो कविता-चिठी । राजनीतिदेखि लिएर सबै किसिमका फोहरमैला र विकृतिको डङ्गुरले भरिएको छ यतिबेर यो काठमाडौँ भन्ने ठाउँ, यो खाल्डो ! हामी अहिले यही फोहोरमैलाबाट मुक्त हुन खोजिरहेका छौं । तर खोइ, माथिबाट आएको पहिरोले झैँ र बाटो खन्दाखन्दै ढिस्कोले पुरिएर हराएझैँ जति निस्कन खोज्छौँ, त्यति भास्सिदै पो जान्छ l
सुदुरपश्चिम, सुदूर हुनुको सिङ्गो पीडा खपिरहेको छ । टिस्टा र काङ्गडाहरू, ब्रम्हपुत्र र सतलजको छेउछाउको इतिहास छातीमा राखेर काठमाडौँलाई प्रश्न सोधिरहेछन्— कुन अपराधीले मेटायो हाम्रो इतिहास ? कर्णाली हुनुको पीडा कर्णालीले भोगिरहेको छ । विकास र निर्माणका ठूलाठूला गंजेडीगफ चलेका छन् । नयाँ संरचना र सङ्घीयताका वाक्क लाग्दा बकवासहरू दिनदिनै सुनिन्छन् । सिंहदरवारका क्याबिनहरू र पाँचतारे होटलहरूमा सेती, महाकाली र कर्णालीको चित्रे गफसँगै कराडौंको बजेट पनि चल्छ र हरेक वर्ष समाचारले अभिलेख दिन्छ : '' कर्णालीडफ भोक, र रोगले मर्नेको संख्या...।"
राता दिनहरूमा घुमेको छु म सेतीमहाकालीका भीरपहराहरू । घुमेको छु कर्णालीका बिकट गाउँ र दलित बस्तीहरू । अरूको कुरा त तेस्तै हो । ती गाउँका नाममा व्यापार गर्थे । ती गरिबीका नाममा व्यापार गर्थे । हिजो पनि गर्थे, आज पनि गर्छन् । ती त्यस्तै थिए । कठै ! कति चाँडै बिर्सियौँ हामीले रगतको त्यो इतिहास । सहरको रमझममा आँटो र रोटाको पीडा बिर्सियौँ । सिस्नु र खोले-सागको कुरा पनि बिर्सियौँ । बानेश्वरको सभाघरले रगतको कुरा गर्नेहरूलाई अर्कै बनायो l बिर्सियो उसले सबै । शरीरमात्र होइन, दिमागमा पनि बोसो भरिएछ हजुर । यसो नभई यति चाँडै संस्मरण शक्ति कसरी पो गुम्दो होला र ! कसरी लम्पसार पर्न सकिन्छ होला र !
कर्णालीमा पानी होइन हजुर रगत बगेको छ । आवेगमा होइन यथार्थमै उदघोष गर्थ्यौं/ गर्छौँ—''कर्णालीका महिलाले आफ्नै कमान्डमा दुस्मनको बन्दुक खोसेर प्रतिरोध र साहसको अद्वितीय इतिहास प्रस्तुत गरे ।" र हामीले धेरैपल्ट गीत पनि गायौं—''हामी पनि लड्छौँ दाजु, उठ्दैछ कर्णाली प्रदेश…" l हामीले यो पनि गायौँ—''छोरा मर्ने आमाहरू… हामी पूरा गर्नेछौँ…तिम्रा सपनाहरू" ।
सपनाहरू बाँकी छन् कमरेड, बाँकी छन् । अलि अगाडि एउटा समाचार पढेको थिएँ—''छाक टार्ने केही नभएर भोकभोकै दुई दिनपछि एउटी आमाले छोराछारीसहित नदीमा हाम फालेर आत्महत्या गरिन् ।" भर्खरै फेरि एउटा समाचार पढें–''बझाङको लेकगाउँ गाविस खोरी गाउँकी एक महिलाले गरिबीका कारण आफ्ना दुई सन्तानसहित खोलामा हाम फालेर आत्महत्या गरेकी छिन् ।" दिमाग ठण्डा पार्न, अर्थात् ‘रिल्याक्स’ गर्न ''फूलबारीहरू'' को रमझममा एक रातमा लाखको अङ्कको बजेट नाघेको समाचार पढ्छु र भोकले आत्महत्या गर्नेहरूको समाचार अगाडि राख्छु । खोइ के के पो हुन्छ यो छाती । घरभित्र नै यसरी बाँडिएका छन् हाम्रा सपनाहरू—वर्गवर्गमा, जातजातमा । यो हाम्रै जमानाको कथा हो । हजुर ! म कुनै दन्त्य कथाको कुरा गरिरहेको छैन । म कुनै बेताल पच्चिसी पनि सुनाइरहेको छैन ।
कति ठूलो व्यङ्ग्य । यो भन्दा ठूलो व्यङ्ग्य अरू के हुन सक्छ ! भन्छन् एउटा कुहेको आलुले बोराका सबै आलु कुहाइदिन्छ । आलु आलु नै हो । सानु मात्र कुहुँदो रहेनछ, ठूलो पनि कुहुँदो रहेछ । ठूलो आलु कुहेपछि झन् नराम्रो गरी गन्हाउँदो रहेछ । साँच्चै हो, आकारमा फरक पर्ला, स्वादमा केही फरक पर्ला, विकासे हुन् या लोकल, पूर्वका हुन् या पश्चिमका आलु, आलु नै हुन् ।
दुस्मनको बन्दुकको गोलीले नहारेका हामी, माओले भनेझैँ सख्खरमा मिसाएको चक्कीको रमझमले हार्यौं । कति छिटै र कति नराम्रो गरी हामी हार्यौं । एउटा समाचारको पीडाले अहिले पनि पोलिरहेको छ—''क्यान्टोन्मेन्टबाट भर्खरै छुटेको पूर्व लडाकूद्वारा आत्महत्या ।" साँच्चिकै पीडाको समाचार थियो त्यो । दुस्मन हँसाउने समाचार थियो त्यो । उसका सपनाहरू पनि मरेर सडकमा छरपस्ट भए । त्यसका सपनाले पनि आत्महत्या गरे—बगे ती कोसी र कर्णालीका भेलसँगै। आहा ! पहिलोपल्ट हातमा बन्दुक लिँदा कति सुन्दर सपना थिए ऊ सित । भन्थ्यो—''मरे सहिद, जिते संसार साथी !"
अर्को टुक्रा झन् रोचक छ र पीडादायी पनि छ । बाहिरको पीडा, बाहिरको विकृतिका बारेमा त खुलेरै लेख्न सकिने रहेछ । गाह्रो त भित्रकै रहेछ । आफैँसित लड्नु रहेछ, आफ्नैसित लड्नु रहेछ । पद्धति, प्रक्रिया, जनवाद र केन्द्रीयता यी पनि शक्तिबिम्ब रहेछन् । कहिलेकहीँ त भ्रम पनि हुन्छ, म डार्विनवादभित्र छु कि मार्क्सवादभित्र ! हामी उत्तरआधुनिकतावादी विभ्रमका विरुद्ध जोडदार लडाइँ लडिरहेका छौँ । खुला उत्तरआधुनिकतावादका विरुद्ध लड्न सहज रहेछ । मार्क्सवादलाई उत्तरआधुनिकताको जामा लगाएर नचाउन थालेपछि हाँडीगाउँको जात्रा पर्खिनु नपर्ने रहेछ । सारा लडाइँ नै यही यथार्थ र भ्रमका बीच रहेछ । दासमालिकहरूले लामो समयसम्म दासहरूलाई स्वर्ग र नरकको भ्रममा घुमाए । भाग्यको खेलको संसारभित्र सत्यलाई सामन्तहरूले लुकाए ।
पुँजीवादको रङ्गीचङ्गी दुनियाँको पर्दा चाँडै उघ्रियो । मार्क्सले घोषणा गरे—विद्रोह गर्नु न्यायसङ्गत छ । बूढा माओले जोडदार रूपमा घोषणा गरे— ठीक हो, एकदमै ठीक हो—विरोध गर्नु जायज छ । र हामी भन्छौँ, म पनि भन्छु—भ्रमका विरुद्ध विद्रोह गर्नु न्यायसङ्गत छ ।
जहाँ लडाइँ हारियो, त्यहाँ सिद्धियो । मार्क्सवाद लडाइँबाटै विकसित भयो । मार्क्स, लेनिन, माओ सबेलै लडे लडाइँ, भित्रै लडे, बाहिरै लडे । हामी पनि त्यही लडाइँ लडिरहेका छौँ। के के देखियो, के के लडियो, लेख्दै जाउँला, भन्दै जाउँला । रोचक छन्, रमाइला छन्, घतलाग्दा छन्, व्यङ्ग्यपरक छन् । पत्र उक्काउँदै जाउँला । जति पत्र उक्काउँदै गयो, त्यति नयाँनयाँ पत्र देखिँदै जान्छन् । तर प्याज छोडाएजस्तो वा बन्दाकोभी उधारेजस्तो होइन यो । यहाँ त कटहरको बियाँ भेटिन्छ–असाध्यै पोटिलो र पोसिलो । खोलौँ यो पोको ? पीडा—आक्रोस सबै चीज छन् यहाँ । तर नडराउनोस् यो ‘पेन्डोरामा बक्स’ होइन । तपाईंहरूलाई थाहा छ, म पनि एउटा महान् इतिहास निर्माणको महान् यात्रामा लामबद्ध थिएँ—मरे सहिद, बाँचे संसार ।
त्यो दिन गजबको पीडा भयो मलाई । पीडा त थुप्रै पटक दिएका छन् तिनले । अब तिनीहरूसित तपाईं -हामीलाई दिने खुसी पनि छैन र पीडा पनि बाँकी छैन । र भित्रैदेखि भन्छु, अब मैले तिनीहरूसित लिनुपर्ने कुरा पनि केही छैन । समय आउला तिनका रकमी चाललाई बाहिर ल्याउने । हिसाबकिताब गर्ने दिन आउला l आउँछ पनि l सुरक्षित छ मसित डायरी । मेरो २२ औँ पुस्तक जनयुद्धसित गाँसिएको पुस्तक थियो त्यो । तिनले यसका विरुद्ध धावा बोले–नरमगरम दुवै एउटै पङ्क्तिमा उभिए । खरिपाटी पालुङ्टार जे जे भने पनि राजनीति विचार मात्रै होइनरहेछ, यो त जोड र कोण पनि रहेछ, मेरो अनुभवले भन्छ, बढी यही रहेछ—त्यसैले त सत्ता र संस्कृति पचेन नरमगर दुवैलाई !
तिनले किन त्यसो गरे बुझिनसक्नु छ । होइन होइन, यो सहजै बुझिन्छ ।
मैले ''आफ्नो टाउकामा आफैँले आगो लगाउने" कुरा गरेको थिएँ र भनेको थिएँ,— यो आगो टाउकाहरूबाटै सुरु गनुपर्छ । मैले ''क्रान्तिभित्र क्रान्ति" का कुरा उठाएको थिएँ र भनेको थिएँ—यसको सुरुवात माथिबाटै गर्नुपर्छ । पचेन तिनलाई । प्राविधिक नेतृत्त्व त चल्ला, चलेकै छ । तर खोइ कसरी पलाउला हजुर ! भित्रैदेखि श्रद्धा र हार्दिकता ! मलाई लाग्छ, मैले त केही पनि गुमाइन, तिनीहरूले धेरेधेरै गुमाएका छन् । सबैभन्दा बढी तिनले सपना गुमाएका छन् । अब सपना छैनन् तिनीहरूसित–लेनिनले भन्ने गरेको सपना । म सपनाको मृत्यूविरुद्ध लडिरहको छु । म सपनाको मृत्यूको घोषणा गर्नेहरूविरुद्ध लडिरहेछु । लडिरहन्छु । एक्लै भए पनि लडिरहन्छु l
यताक दिनमा जे जे देखेँ, मेरीबास्सै देख्ने-नदेख्ने सबै देखेँ–नाङ्गै l अनि त्यसलाई पनि लेखेँ । पचेन बढे कमरेडहरूलाई । म हनुमान चालिसा लेख्न सक्तिन । कालोलाई कालो भन्छु र सेतोलाई सेतो। मैले सपनाहरूलाई टुकुचामा फ्यालेको छैन र सिंहदरवारको कुनै गोप्य फाइलमा पनि थन्क्याएको छैन । न त 'पेरिस डाँडा' कै हावामहलमा उडाएको छु । न त 'बुद्धनगर' को पोखरीमा l
मलाई थाहा छ सपना छउन्जेल, आगो रहुन्जेल तातो मर्दैन । निभेको छैन मभित्रको आगो । विद्रोह बोल्छ यो आगो । चिमोट्ता अझै मलाई दुख्छ । मभित्रको मान्छे मरेको छैन । एउटा लडाइँ हार्दैमा सम्पूर्ण लडाइँ हारेको म मान्दिन । एउटा मोर्चा सिद्धिदैमा सबै मोर्चा सिद्धिएको भन्न मिल्दैन । सपना, रगतसित जोडिएको सपना, यसका लागि लड्न बाँकी नै छ—अन्तिम लडाइँ । यो लडाइँमा उहाँ हजुरहरू कुन ठाउँमा उभिनु हुन्छ, यो भने हेर्न बाँकी नै छ ।
मलाई विश्वास छ, भौतिक रूपबाट कसैको हत्या भए पनि उसको विचारको हत्या हुन सक्तैन । अरूको उदाहरण लिनै पर्दैन, मेरा गुरु कमरेड ऋषि देवकोटालाई सम्झिए पुग्छ । हिजो आगो बालेकै हो । पूर्ण विरामको कविताले भनेझैँ आगो बाल्नेले आगो बालेकै हो । अब खरानीको थुप्रो देखेर त्यहाँ कुनै दिन आगो बलेको/बालेको रहेछ त भन्न सकिएला, तर त्यसलाई आगो नै भन्न सकिँदैन । खरानी आगो होइन, त्यो खरानी नै हो । चिसिएको खरानीमा हात घुसारेर तातोको बहाना गर्नु दुनियाँलाई ठग्नु मात्र हो, आफैँलाई ठग्नु मात्र हो । मलाई यो ठगकलादेखि घृणा छ ।
टुकुचाडाँडा : यो अब घृणाको अर्को नाम हो l मैले बुद्धनगरको बाटो पनि बिर्सिसकेको छु र ''उत्तर-वाद" (post-ism) का हिमायतीहरूलाई पनि प्रियसूचीबाट हटाइसकेको छु l मलाई त प्रोमेथियसको कथाले छुन्छ l
अग्लाअग्ला बिम्बहरू पिउरीका ‘पहाड’मा फेरिएकै हुन् । तर चुलिँदै छन् 'लालभञ्ज्याङ' हरू । कुरा अलि पुरानै हो, खरिपाटी भेलाका सन्दर्भमा एउटा कु-टिप्पणीप्रति मैले प्रतिटिप्पणी गरेँ । एकजना भालुभुत्तेले मलाई सडकमा उभ्याएर गोली ठोक्ने हुँकार गर्यो । सत्ताको जुठोपुरो र रक्तचन्दन र यार्चा गुम्बाको रमाइलोमा रमाउनेहरूको सेराफेरोमा रहनेहरूबाट आउने कुरा यिनै हुन् । रगतको इतिहाससित जोडिएका तिनका सपनाहरू अब मरिसकेका छन् र सत्यको उदघाटन गर्दा तिनलाई भित्रैसम्म पोल्छ—सिखण्डीहरू ! ती त, ती भए, एकजना जल्दाबल्दा भनिएका 'नेता' को गलत भनाइप्रति टिप्पणी गरें, गर्नैपर्ने थियो l फेसबुके हनुमानले ज्यान मार्ने धम्की दियो, एउटै रहेछ् बिउ l हावापानी मात्र फरक रहेछ—जहाँका भए पनि आखिर हुल्लड़बाजहरूको चरित्र एउटै हुँदोरहेछ l
यी त दासमालिक प्लेटोभन्दा पनि निकृष्ट देखिए, कमसेकम प्लेटोले त सत्यको उदघाटन गर्ने लेखकहरूलाई फूलमाला र भेडाको उनको लुगा लगाएर देश निकाला गर्ने फर्मान जारी गरेका थिए । यिनले त सडकमा उभ्याएर गोली ठोक्ने हुकूम जारी गरे, ज्यान मार्ने फरमान जारी गरे । क्याबात ! अब यही बाँकी छ । तर खुलेर भन्छु, छाती ठोकेर भन्छु— मर्ने छैनन् मेरा सपनाहरू गोलीले । यी महान् सहिदका रतगसित गाँसिएका छन् ।
मलाई विश्वास छ, विचार-व्यवसाय गर्नु हुन्न, कलमलाई बेच्नु हुन्न, विचारको आगोलाई निभ्न दिनु हुन्न, देख्न पाइन्छ सबै कुरा । लेख्न पाइन्छ सबै कुरा । इमान, स्वाभिमान र कलम गुम्यो, गुम्यो सबै कुरा । 'लालभञ्ज्याङ' का बारेमा मलाई अर्तिउपदेश दिएर निकै दर्शन-सुदर्शन छाट्नेहरूबारे रोचक समाचार पनि मैले पढेको हुँ, पढिरहेको छु ।
एउटा साप्ताहिकमा छापिएको एउटा समाचारले त मलाई असाध्यै स्तब्ध तुल्यायो । खोइ, यसलाई समाचार भनौँ कि सूचना । शीर्षकमा धेरैबेरसम्म आँखा केन्द्रित भइरहे—‘जनसेनाको गाँस काटेर आफनै जय’ । सम्झना ओली, दहवनका नाममा आएको यस सूचना–चिठीले मलाई मात्र होइन, छातीमा आगो बोकेर बाँचेकाहरू, सपना पूरा गर्न अझै रगत बगाउन तमतयार भएकाहरू सबैलाई स्तब्ध पार्दछ । लामो सास फेर्न बाध्य पार्दछ । कता पुग्यो होला त्यत्रो पैसा ! उत्तरआधुनिकतावादी–उपभोक्तावादी रमझममा रमाइरहेकाहरूका लागि यो सामान्य हुनसक्छ । तर छातीमा तातो हुनेहरूलाई यसले छट्पटिको स्थितिमा पुर्याउँछ । थाहा छ सबैलाई, लेनिन र स्टालिनका सपनाभन्दा ट्रटस्की र ख्रुस्चेबका सपनाहरू भिन्न थिए । त्यो समाचार टुक्रा पनि राखेको छु मैले । ओहो ! कसरी लड्यौँ हामीले त्यत्रो युद्ध । परेवाहरूको बथानमा कसरी थाहै नपाई पसेछन् मलसाप्राहरू ! लोककथामा मात्र पढेको थिएँ —रङ्ग पोतिएको स्यालको कथा ।
अब बेला आएको छ । खबरदारी गर्नुपर्छ । छातीमा आगो हुनेहरू एकजुट होऔँ, सपना हुनेहरू एकजुट होऔँ। सपनाको हत्याविरुद्ध एकजुट होऔँ । ‘राजाको राँगो’ फुकेको बेला छ । चोरलाई चौतारो छ र साधुहरू सुलीमा चढ्नु परेको स्थिति छ । साँढेहरू मदमत्त भएर विचरण गरिरहेका छन् l होइन भने लालभन्ज्याङहरू आगोमा डढिरहनेछन् र हनुमान चालिसाका खातका खात लाग्नेछन् । अपराधीहरू सुरम्य दृश्यमा रमाइरहने छन् र सपना देख्नेहरूले आफ्नो ज्यान जोखिममा परेको अनुभूत गरिरहने छन् ।
साथीहरू ! लडाइँ सकिएको छैन, लड्दै जानुपर्छ । लड्ने आआफ्ना तरिका हुन्छन् । तर जितिन्छ । जित सत्यकै हुन्छ । सपना हुने कमरेडहरू, छातीमा आगो र तातो हुने मित्रहरू, आउनोस्, फेरि एकपल्ट समवेत स्वरमा गीत गाऔँ—''छोरा मर्ने आमाहरू… हामी पूरा गर्ने छौँ तिम्रा सपनाहरू…।"
ठूला कमरेडहरू हेलि (हेलिकप्टर –यो हामीले युद्धकालमा प्रयोग गर्ने शब्द हो l ) चढेर जनयुद्ध दिवस मनाउन थवाङ पुगेकै दिन समाचार सुनेको थिएँ –''कृष्ण सेन इच्छुक ब्रिगेडअन्तर्गत सैनामैना क्याम्पको सहायक कमान्डरद्वारा आत्महत्या।"
अब त अभ्यस्त भइसक्यो मन पनि l
कस्तो व्यङ्ग्यात्मक स्थिति !
सूचनाटुक्रा सत्य बोलिरहून् l र हामी दृढताका साथ भन्छौँ, मर्ने छैनन् सपनाहरू, रगतसित गाँसिएका सपनाहरू । सपनाको हत्याविरुद्ध उठौँ, सपना मार्नेहरूविरुद्ध जुटौँ । एकलव्यहरू भ्रमान्त भएका छन् l अब एकलव्यहरू औँला गुमाएर अरूलाई नायक बनाउँने छैनन् l
०००

कालो व्यङ्ग भन्दा पनि खतरनाक हुने रहेछ रातो व्यङ्ग्य । हेर्यो वरिपरि,
भीरपहरामा पुगेर कतै अड्किएजस्तो । न माथि जाने ठाउँ छ, न वरपर, तल त
हेरिनसक्नु छ, कहालिलाग्दो छ । कहाँ जाँदैछौँ हामी ? गन्तव्यविहीन जस्तो
भएको छ । दिनदिनै खुम्चिएका छन् सीमाहरू । बजारिएका छन् बुटहरू छातीमा ।
अइया ! भन्न पनि डराउछौँ हामी—पगरी खोसिने पो हो कि भनेर । लाजै नमानी
कुर्लिन्छौँ हामी—"मित्र राष्ट्र दक्षिणको हामीलाई ठूलो सहयोग छ", भनेर ।
कति घतलाग्दो व्यङ्ग्य । हनुमानचालिसा वाचकहरूको भीड लागेको छ भित्रबाहिर
जताततै ।
हावर्ड फास्टले भनेका थिए/रहेछन् । व्यङ्ग्य यथार्थसम्म पुग्ने सबैभन्दा छोटो बाटो हो । हामी आजभोलि असाध्यै कालो व्यङ्ग्य भोगिरहेका छौँ । तर कालो व्यङ्गभन्दा पनि खतरनाक हुने रहेछ रातो व्यङ्ग्य । हेर्यो वरिपरि, भीरपहरामा पुगेर कतै अड्किएजस्तो । न माथि जाने ठाउँ छ, न वरपर, तल त हेरिनसक्नु छ, कहालिलाग्दो छ । कहाँ जाँदैछौँ हामी ? गन्तव्यविहीन जस्तो भएको छ । दिनदिनै खुम्चिएका छन् सीमाहरू । बजारिएका छन् बुटहरू छातीमा । अइया ! भन्न पनि डराउछौँ हामी—पगरी खोसिने पो हो कि भनेर । लाजै नमानी कुर्लिन्छौँ हामी—"मित्र राष्ट्र दक्षिणको हामीलाई ठूलो सहयोग छ", भनेर । कति घतलाग्दो व्यङ्ग्य । हनुमानचालिसा वाचकहरूको भीड लागेको छ भित्रबाहिर जताततै ।
रगत, हो, रगतमै टेकेर यहाँसम्म आइपुगेका हौँ हामी । फर्केर हेर्यो, ओहो, महागाथा ! कति सुन्दर इतिहास छ । मान्छे कसरी होमिँदो रहेछ सम्पूर्ण रूपमा आफूलाई खुलाएर । भित्रैबाट नखुली मान्छे कहाँ त्यसरी होमिन सक्छ ? तर अहिले गाउँखाने कथासित साटिएको छ इतिहास । बनियाँहरूको सब्जीमण्डीमा बन्धक बनेको छ इतिहास । पर कतै धुनी जगाएर एउटा बुढो मान्छे रगतको कथा यसरी सुनाउँदैछ, खोलाको कथाजस्तै—खोइ दूध ? बिरालाले खायो । खोइ बिरालो ? मुसा मार्न गयो । खोइ मुसा ? दुलामा पस्यो । खोइ दुलो ? गोरुले कुल्च्यो । खोइ गोरु ? खोलाले बगायो । खोइ खोलो ? सुक्यो । हाहाहा । खोइ रगतको इतिहास ? नेताले बोक्यो । खोइ नेता ? सिंहदरवार पस्यो । खोइ सिंहदरवार ? भारतमा पुग्यो…।
यो व्यङग्य कम घत लाग्दो छैन । प्रश्न उठेको छ । थाम्नै नसक्ने गरी उठेको छ– आँखाआँखामा व्यङ्ग्य, ओठओठमा व्यङ्ग्य । पीडा छ, आक्रोस छ । यति मात्र छैन, विद्रोह पनि छ ।
म यही पीडा र आक्रोसबाट नृसित विद्रोह लेख्छु । सक्तिन म लेख्न खुसीमा । जब म छटपटिन्छु, जब म विद्रोहले अर्कैअर्कै मान्छे हुन्छु अनि कहाँबाट हो को नि ममा अर्कै शक्ति आउँछ, साहस आउँछ । म अर्कैअर्कै मान्छे हुन्छु । फुट्छ ज्वालामुखी र निस्कन्छ तातो लाभा । भित्रैबाट मूल फुटेझैँ फुट्छ–प्रवाहमा विचारतरङ्ग। हो ,यही प्रवाह भनेकै फेर्नु हो । नभत्काई, साँधसीमाना, नफोरी पर्खाल, केही अर्कैअर्कै नगरी फेरिँदा रहेनछन् चीजहरू । पहिले आफैँभित्र, पहिले आफ्नै घरभित्र धावा बोल्नुपर्ने रहेछ ।
एकलव्य बाठो भएको छ । ब्यूँझियो ऊ निन्द्राबाट । अब औँला गुमाएर ऊ
अरूलाई नायक बनाउँदैन, अब ऊ औँला गुमाएर असत्यलाई सत्य भन्दैन । गुमाए ।
धेरेले औँला गुमाए । घर गुमाए । परिवार गुमाए । शरीरका अङ्गहरू गुमाए ।
जीवन गुमाए । ‘२१ औँ शताब्दीको जनवाद’ का लागि उनीहरूले धेरैधेरै चीज गुमाए
। धेरैलाई ‘नायक’ बनाए । सिसिफसको कथाझैँ टुप्पामा पुग्नपुग्न लाग्दा
टुंगिएको यस नयाँ महाभारतका एकलव्यहरू आजभोलि बडो व्यङ्ग्यका साथ हेरिरहेका
छन् आकासमा उडेका मालचरीका ताँतीलाई र लामो सास फेर्छन् ।
आजभोलि महाभारतको एउटा पात्रलाई म निकै सम्झिन्छु–एकलव्य । तल्लो जातको गरिब परिवारको पात्र थियो त्यो । तल्लो जात हुनुको पीडा थियो । गरिब हुनुको मार खायो । औँला गुमायो उसले । तर अब एकलव्य बाठो भएको छ । ब्यूँझियो ऊ निन्द्राबाट । अब औँला गुमाएर ऊ अरूलाई नायक बनाउँदैन, अब ऊ औँला गुमाएर असत्यलाई सत्य भन्दैन । गुमाए । धेरेले औँला गुमाए । घर गुमाए । परिवार गुमाए । शरीरका अङ्गहरू गुमाए । जीवन गुमाए । ‘२१ औँ शताब्दीको जनवाद’ का लागि उनीहरूले धेरैधेरै चीज गुमाए । धेरैलाई ‘नायक’ बनाए । सिसिफसको कथाझैँ टुप्पामा पुग्नपुग्न लाग्दा टुंगिएको यस नयाँ महाभारतका एकलव्यहरू आजभोलि बडो व्यङ्ग्यका साथ हेरिरहेका छन् आकासमा उडेका मालचरीका ताँतीलाई र लामो सास फेर्छन् । कस्तो व्यङ्ग्य ? मान्छेहरू खोजिरहेका छन्—हराएका सपनाहरू । र छटपटाइरहेका छन्—कतै सपनाको हत्या नहोस् भनेर ।
यस्तै स्थितिले त पोल्ने हो । हरेक सूचनाभित्र हुन्छ ‘पागल’ मान्छे । हुँडलिएको मनलाई यी सूचनाले केही बेरसम्म भने पनि केही शान्त पार्छन्, केही उद्वेलित पार्छन्, केही पीडा दिन्छन्, केही आक्रोस दिन्छन् र मान्छे जुरुक्क उठ्छ– हामीले तिमीलाई सपना दिएका थियौँ, हामीले तिमीलाई मुटुको टुक्राजस्तै छोरा दिएका थियौँ, छोरी दिएका थियौँ । रगत दिएका थियौँ, जीवन दिएका थियौँ । खोइ हाम्रा मुटुका टुक्राहरू ? खोइ हाम्रा उज्याला सपनाहरू ? अनि त मान्छे विद्रोहले उम्लिन्छ ।
पत्रिकाका टुक्राटुक्री जम्मा पार्नुको पनि भिन्नै अर्थ छ—आनन्द पनि छ र पीडा पनि । ती पढ्दापढ्दै मेले आफैँले आफैँलाई चिमोटेको पनि छु–तँ मरिस् कि क्या हो घोक्सिले माइला ! होइन, हो्इन । म मरेको छैन । छाम्छु छाती तातै छ, तातो मात्र होइन, रातो छ । भुतभुते मात्र होइन, आगो नै छ । र म उठेर हेर्छु आकाशातिर । रातो छ । र क्षितिज पनि रातो छ ।
साँच्चै हो, पत्रिकाका टुक्राटुक्रीहरू साथी हुन् । अलिकति भए पनि केही राहत दिन्छन् । एउटा दैनिक छापामा कतै छापिएझैँ लाग्छ— सुदुरपश्चिम बैतडी हो या दार्चुला, वा अछामबाटबाट कसैले पठाएको सूचनाटुक्रा । कवितात्मक शैलीमा थियो त्यो । शीर्षक यस्तै तियो— ''बज्जीरे काका ! काठमाडौँ कहाँ छ ?" काठमाडौँप्रति भनौँ सिङ्गै हामीले भोग्दै गरेको समकालीनताप्रतिको व्यङ्ग थियो, त्यो कविता-चिठी । राजनीतिदेखि लिएर सबै किसिमका फोहरमैला र विकृतिको डङ्गुरले भरिएको छ यतिबेर यो काठमाडौँ भन्ने ठाउँ, यो खाल्डो ! हामी अहिले यही फोहोरमैलाबाट मुक्त हुन खोजिरहेका छौं । तर खोइ, माथिबाट आएको पहिरोले झैँ र बाटो खन्दाखन्दै ढिस्कोले पुरिएर हराएझैँ जति निस्कन खोज्छौँ, त्यति भास्सिदै पो जान्छ l
सुदुरपश्चिम, सुदूर हुनुको सिङ्गो पीडा खपिरहेको छ । टिस्टा र काङ्गडाहरू, ब्रम्हपुत्र र सतलजको छेउछाउको इतिहास छातीमा राखेर काठमाडौँलाई प्रश्न सोधिरहेछन्— कुन अपराधीले मेटायो हाम्रो इतिहास ? कर्णाली हुनुको पीडा कर्णालीले भोगिरहेको छ । विकास र निर्माणका ठूलाठूला गंजेडीगफ चलेका छन् । नयाँ संरचना र सङ्घीयताका वाक्क लाग्दा बकवासहरू दिनदिनै सुनिन्छन् । सिंहदरवारका क्याबिनहरू र पाँचतारे होटलहरूमा सेती, महाकाली र कर्णालीको चित्रे गफसँगै कराडौंको बजेट पनि चल्छ र हरेक वर्ष समाचारले अभिलेख दिन्छ : '' कर्णालीडफ भोक, र रोगले मर्नेको संख्या...।"
कठै ! कति चाँडै बिर्सियौँ हामीले रगतको त्यो इतिहास । सहरको रमझममा आँटो र
रोटाको पीडा बिर्सियौँ । सिस्नु र खोले-सागको कुरा पनि बिर्सियौँ ।
बानेश्वरको सभाघरले रगतको कुरा गर्नेहरूलाई अर्कै बनायो l बिर्सियो उसले
सबै । शरीरमात्र होइन, दिमागमा पनि बोसो भरिएछ हजुर । यसो नभई यति चाँडै
संस्मरण शक्ति कसरी पो गुम्दो होला र ! कसरी लम्पसार पर्न सकिन्छ होला र !
राता दिनहरूमा घुमेको छु म सेतीमहाकालीका भीरपहराहरू । घुमेको छु कर्णालीका बिकट गाउँ र दलित बस्तीहरू । अरूको कुरा त तेस्तै हो । ती गाउँका नाममा व्यापार गर्थे । ती गरिबीका नाममा व्यापार गर्थे । हिजो पनि गर्थे, आज पनि गर्छन् । ती त्यस्तै थिए । कठै ! कति चाँडै बिर्सियौँ हामीले रगतको त्यो इतिहास । सहरको रमझममा आँटो र रोटाको पीडा बिर्सियौँ । सिस्नु र खोले-सागको कुरा पनि बिर्सियौँ । बानेश्वरको सभाघरले रगतको कुरा गर्नेहरूलाई अर्कै बनायो l बिर्सियो उसले सबै । शरीरमात्र होइन, दिमागमा पनि बोसो भरिएछ हजुर । यसो नभई यति चाँडै संस्मरण शक्ति कसरी पो गुम्दो होला र ! कसरी लम्पसार पर्न सकिन्छ होला र !
कर्णालीमा पानी होइन हजुर रगत बगेको छ । आवेगमा होइन यथार्थमै उदघोष गर्थ्यौं/ गर्छौँ—''कर्णालीका महिलाले आफ्नै कमान्डमा दुस्मनको बन्दुक खोसेर प्रतिरोध र साहसको अद्वितीय इतिहास प्रस्तुत गरे ।" र हामीले धेरैपल्ट गीत पनि गायौं—''हामी पनि लड्छौँ दाजु, उठ्दैछ कर्णाली प्रदेश…" l हामीले यो पनि गायौँ—''छोरा मर्ने आमाहरू… हामी पूरा गर्नेछौँ…तिम्रा सपनाहरू" ।
सपनाहरू बाँकी छन् कमरेड, बाँकी छन् । अलि अगाडि एउटा समाचार पढेको थिएँ—''छाक टार्ने केही नभएर भोकभोकै दुई दिनपछि एउटी आमाले छोराछारीसहित नदीमा हाम फालेर आत्महत्या गरिन् ।" भर्खरै फेरि एउटा समाचार पढें–''बझाङको लेकगाउँ गाविस खोरी गाउँकी एक महिलाले गरिबीका कारण आफ्ना दुई सन्तानसहित खोलामा हाम फालेर आत्महत्या गरेकी छिन् ।" दिमाग ठण्डा पार्न, अर्थात् ‘रिल्याक्स’ गर्न ''फूलबारीहरू'' को रमझममा एक रातमा लाखको अङ्कको बजेट नाघेको समाचार पढ्छु र भोकले आत्महत्या गर्नेहरूको समाचार अगाडि राख्छु । खोइ के के पो हुन्छ यो छाती । घरभित्र नै यसरी बाँडिएका छन् हाम्रा सपनाहरू—वर्गवर्गमा, जातजातमा । यो हाम्रै जमानाको कथा हो । हजुर ! म कुनै दन्त्य कथाको कुरा गरिरहेको छैन । म कुनै बेताल पच्चिसी पनि सुनाइरहेको छैन ।
कति ठूलो व्यङ्ग्य । यो भन्दा ठूलो व्यङ्ग्य अरू के हुन सक्छ ! भन्छन् एउटा कुहेको आलुले बोराका सबै आलु कुहाइदिन्छ । आलु आलु नै हो । सानु मात्र कुहुँदो रहेनछ, ठूलो पनि कुहुँदो रहेछ । ठूलो आलु कुहेपछि झन् नराम्रो गरी गन्हाउँदो रहेछ । साँच्चै हो, आकारमा फरक पर्ला, स्वादमा केही फरक पर्ला, विकासे हुन् या लोकल, पूर्वका हुन् या पश्चिमका आलु, आलु नै हुन् ।
दुस्मनको बन्दुकको गोलीले नहारेका हामी, माओले भनेझैँ सख्खरमा मिसाएको चक्कीको रमझमले हार्यौं । कति छिटै र कति नराम्रो गरी हामी हार्यौं । एउटा समाचारको पीडाले अहिले पनि पोलिरहेको छ—''क्यान्टोन्मेन्टबाट भर्खरै छुटेको पूर्व लडाकूद्वारा आत्महत्या ।" साँच्चिकै पीडाको समाचार थियो त्यो । दुस्मन हँसाउने समाचार थियो त्यो । उसका सपनाहरू पनि मरेर सडकमा छरपस्ट भए । त्यसका सपनाले पनि आत्महत्या गरे—बगे ती कोसी र कर्णालीका भेलसँगै। आहा ! पहिलोपल्ट हातमा बन्दुक लिँदा कति सुन्दर सपना थिए ऊ सित । भन्थ्यो—''मरे सहिद, जिते संसार साथी !"
अर्को टुक्रा झन् रोचक छ र पीडादायी पनि छ । बाहिरको पीडा, बाहिरको विकृतिका बारेमा त खुलेरै लेख्न सकिने रहेछ । गाह्रो त भित्रकै रहेछ । आफैँसित लड्नु रहेछ, आफ्नैसित लड्नु रहेछ । पद्धति, प्रक्रिया, जनवाद र केन्द्रीयता यी पनि शक्तिबिम्ब रहेछन् । कहिलेकहीँ त भ्रम पनि हुन्छ, म डार्विनवादभित्र छु कि मार्क्सवादभित्र ! हामी उत्तरआधुनिकतावादी विभ्रमका विरुद्ध जोडदार लडाइँ लडिरहेका छौँ । खुला उत्तरआधुनिकतावादका विरुद्ध लड्न सहज रहेछ । मार्क्सवादलाई उत्तरआधुनिकताको जामा लगाएर नचाउन थालेपछि हाँडीगाउँको जात्रा पर्खिनु नपर्ने रहेछ । सारा लडाइँ नै यही यथार्थ र भ्रमका बीच रहेछ । दासमालिकहरूले लामो समयसम्म दासहरूलाई स्वर्ग र नरकको भ्रममा घुमाए । भाग्यको खेलको संसारभित्र सत्यलाई सामन्तहरूले लुकाए ।
पुँजीवादको रङ्गीचङ्गी दुनियाँको पर्दा चाँडै उघ्रियो । मार्क्सले घोषणा गरे—विद्रोह गर्नु न्यायसङ्गत छ । बूढा माओले जोडदार रूपमा घोषणा गरे— ठीक हो, एकदमै ठीक हो—विरोध गर्नु जायज छ । र हामी भन्छौँ, म पनि भन्छु—भ्रमका विरुद्ध विद्रोह गर्नु न्यायसङ्गत छ ।
जहाँ लडाइँ हारियो, त्यहाँ सिद्धियो । मार्क्सवाद लडाइँबाटै विकसित भयो । मार्क्स, लेनिन, माओ सबेलै लडे लडाइँ, भित्रै लडे, बाहिरै लडे । हामी पनि त्यही लडाइँ लडिरहेका छौँ। के के देखियो, के के लडियो, लेख्दै जाउँला, भन्दै जाउँला । रोचक छन्, रमाइला छन्, घतलाग्दा छन्, व्यङ्ग्यपरक छन् । पत्र उक्काउँदै जाउँला । जति पत्र उक्काउँदै गयो, त्यति नयाँनयाँ पत्र देखिँदै जान्छन् । तर प्याज छोडाएजस्तो वा बन्दाकोभी उधारेजस्तो होइन यो । यहाँ त कटहरको बियाँ भेटिन्छ–असाध्यै पोटिलो र पोसिलो । खोलौँ यो पोको ? पीडा—आक्रोस सबै चीज छन् यहाँ । तर नडराउनोस् यो ‘पेन्डोरामा बक्स’ होइन । तपाईंहरूलाई थाहा छ, म पनि एउटा महान् इतिहास निर्माणको महान् यात्रामा लामबद्ध थिएँ—मरे सहिद, बाँचे संसार ।
त्यो दिन गजबको पीडा भयो मलाई । पीडा त थुप्रै पटक दिएका छन् तिनले । अब तिनीहरूसित तपाईं -हामीलाई दिने खुसी पनि छैन र पीडा पनि बाँकी छैन । र भित्रैदेखि भन्छु, अब मैले तिनीहरूसित लिनुपर्ने कुरा पनि केही छैन । समय आउला तिनका रकमी चाललाई बाहिर ल्याउने । हिसाबकिताब गर्ने दिन आउला l आउँछ पनि l सुरक्षित छ मसित डायरी । मेरो २२ औँ पुस्तक जनयुद्धसित गाँसिएको पुस्तक थियो त्यो । तिनले यसका विरुद्ध धावा बोले–नरमगरम दुवै एउटै पङ्क्तिमा उभिए । खरिपाटी पालुङ्टार जे जे भने पनि राजनीति विचार मात्रै होइनरहेछ, यो त जोड र कोण पनि रहेछ, मेरो अनुभवले भन्छ, बढी यही रहेछ—त्यसैले त सत्ता र संस्कृति पचेन नरमगर दुवैलाई !
तिनले किन त्यसो गरे बुझिनसक्नु छ । होइन होइन, यो सहजै बुझिन्छ ।
मैले ''आफ्नो टाउकामा आफैँले आगो लगाउने" कुरा गरेको थिएँ र भनेको थिएँ,— यो आगो टाउकाहरूबाटै सुरु गनुपर्छ । मैले ''क्रान्तिभित्र क्रान्ति" का कुरा उठाएको थिएँ र भनेको थिएँ—यसको सुरुवात माथिबाटै गर्नुपर्छ । पचेन तिनलाई । प्राविधिक नेतृत्त्व त चल्ला, चलेकै छ । तर खोइ कसरी पलाउला हजुर ! भित्रैदेखि श्रद्धा र हार्दिकता ! मलाई लाग्छ, मैले त केही पनि गुमाइन, तिनीहरूले धेरेधेरै गुमाएका छन् । सबैभन्दा बढी तिनले सपना गुमाएका छन् । अब सपना छैनन् तिनीहरूसित–लेनिनले भन्ने गरेको सपना । म सपनाको मृत्यूविरुद्ध लडिरहको छु । म सपनाको मृत्यूको घोषणा गर्नेहरूविरुद्ध लडिरहेछु । लडिरहन्छु । एक्लै भए पनि लडिरहन्छु l
म हनुमान चालिसा लेख्न सक्तिन । कालोलाई कालो भन्छु र सेतोलाई सेतो। मैले
सपनाहरूलाई टुकुचामा फ्यालेको छैन र सिंहदरवारको कुनै गोप्य फाइलमा पनि
थन्क्याएको छैन । न त पेरिस डाँडाकै हावामहलमा उडाएको छु । न त बुद्धनगरको
पोखरीमा l
यताक दिनमा जे जे देखेँ, मेरीबास्सै देख्ने-नदेख्ने सबै देखेँ–नाङ्गै l अनि त्यसलाई पनि लेखेँ । पचेन बढे कमरेडहरूलाई । म हनुमान चालिसा लेख्न सक्तिन । कालोलाई कालो भन्छु र सेतोलाई सेतो। मैले सपनाहरूलाई टुकुचामा फ्यालेको छैन र सिंहदरवारको कुनै गोप्य फाइलमा पनि थन्क्याएको छैन । न त 'पेरिस डाँडा' कै हावामहलमा उडाएको छु । न त 'बुद्धनगर' को पोखरीमा l
मलाई थाहा छ सपना छउन्जेल, आगो रहुन्जेल तातो मर्दैन । निभेको छैन मभित्रको आगो । विद्रोह बोल्छ यो आगो । चिमोट्ता अझै मलाई दुख्छ । मभित्रको मान्छे मरेको छैन । एउटा लडाइँ हार्दैमा सम्पूर्ण लडाइँ हारेको म मान्दिन । एउटा मोर्चा सिद्धिदैमा सबै मोर्चा सिद्धिएको भन्न मिल्दैन । सपना, रगतसित जोडिएको सपना, यसका लागि लड्न बाँकी नै छ—अन्तिम लडाइँ । यो लडाइँमा उहाँ हजुरहरू कुन ठाउँमा उभिनु हुन्छ, यो भने हेर्न बाँकी नै छ ।
मलाई विश्वास छ, भौतिक रूपबाट कसैको हत्या भए पनि उसको विचारको हत्या हुन सक्तैन । अरूको उदाहरण लिनै पर्दैन, मेरा गुरु कमरेड ऋषि देवकोटालाई सम्झिए पुग्छ । हिजो आगो बालेकै हो । पूर्ण विरामको कविताले भनेझैँ आगो बाल्नेले आगो बालेकै हो । अब खरानीको थुप्रो देखेर त्यहाँ कुनै दिन आगो बलेको/बालेको रहेछ त भन्न सकिएला, तर त्यसलाई आगो नै भन्न सकिँदैन । खरानी आगो होइन, त्यो खरानी नै हो । चिसिएको खरानीमा हात घुसारेर तातोको बहाना गर्नु दुनियाँलाई ठग्नु मात्र हो, आफैँलाई ठग्नु मात्र हो । मलाई यो ठगकलादेखि घृणा छ ।
टुकुचाडाँडा : यो अब घृणाको अर्को नाम हो l मैले बुद्धनगरको बाटो पनि बिर्सिसकेको छु र ''उत्तर-वाद" (post-ism) का हिमायतीहरूलाई पनि प्रियसूचीबाट हटाइसकेको छु l मलाई त प्रोमेथियसको कथाले छुन्छ l
कुरा अलि पुरानै हो, खरिपाटी भेलाका सन्दर्भमा एउटा कु-टिप्पणीप्रति मैले
प्रतिटिप्पणी गरेँ । एकजना भालुभुत्तेले मलाई सडकमा उभ्याएर गोली ठोक्ने
हुँकार गर्यो । सत्ताको जुठोपुरो र रक्तचन्दन र यार्चा गुम्बाको रमाइलोमा
रमाउनेहरूको सेराफेरोमा रहनेहरूबाट आउने कुरा यिनै हुन् । रगतको इतिहाससित
जोडिएका तिनका सपनाहरू अब मरिसकेका छन् र सत्यको उदघाटन गर्दा तिनलाई
भित्रैसम्म पोल्छ—सिखण्डीहरू ! ती त, ती भए, एकजना जल्दाबल्दा भनिएका
'नेता'को गलत भनाइप्रति टिप्पणी गरें, गर्नैपर्ने थियो l फेसबुके हनुमानले
ज्यान मार्ने धम्की दियो, एउटै रहेछ् बिउ l हावापानी मात्र फरक रहेछ—आखिर
हुल्लड़बाजहरूको चरित्र एउटै हुँदोरहेछ l
अग्लाअग्ला बिम्बहरू पिउरीका ‘पहाड’मा फेरिएकै हुन् । तर चुलिँदै छन् 'लालभञ्ज्याङ' हरू । कुरा अलि पुरानै हो, खरिपाटी भेलाका सन्दर्भमा एउटा कु-टिप्पणीप्रति मैले प्रतिटिप्पणी गरेँ । एकजना भालुभुत्तेले मलाई सडकमा उभ्याएर गोली ठोक्ने हुँकार गर्यो । सत्ताको जुठोपुरो र रक्तचन्दन र यार्चा गुम्बाको रमाइलोमा रमाउनेहरूको सेराफेरोमा रहनेहरूबाट आउने कुरा यिनै हुन् । रगतको इतिहाससित जोडिएका तिनका सपनाहरू अब मरिसकेका छन् र सत्यको उदघाटन गर्दा तिनलाई भित्रैसम्म पोल्छ—सिखण्डीहरू ! ती त, ती भए, एकजना जल्दाबल्दा भनिएका 'नेता' को गलत भनाइप्रति टिप्पणी गरें, गर्नैपर्ने थियो l फेसबुके हनुमानले ज्यान मार्ने धम्की दियो, एउटै रहेछ् बिउ l हावापानी मात्र फरक रहेछ—जहाँका भए पनि आखिर हुल्लड़बाजहरूको चरित्र एउटै हुँदोरहेछ l
यी त दासमालिक प्लेटोभन्दा पनि निकृष्ट देखिए, कमसेकम प्लेटोले त सत्यको उदघाटन गर्ने लेखकहरूलाई फूलमाला र भेडाको उनको लुगा लगाएर देश निकाला गर्ने फर्मान जारी गरेका थिए । यिनले त सडकमा उभ्याएर गोली ठोक्ने हुकूम जारी गरे, ज्यान मार्ने फरमान जारी गरे । क्याबात ! अब यही बाँकी छ । तर खुलेर भन्छु, छाती ठोकेर भन्छु— मर्ने छैनन् मेरा सपनाहरू गोलीले । यी महान् सहिदका रतगसित गाँसिएका छन् ।
थाहा छ सबैलाई लेनिन र स्टालिनका सपनाभन्दा ट्रटस्की र ख्रुस्चेबका सपनाहरू
भिन्न थिए । त्यो समाचार टुक्रा पनि राखेको छु मैले । ओहो ! कसरी लड्यौँ
हामीले त्यत्रो युद्ध । परेवाहरूको बथानमा कसरी थाहै नपाई पसेछन्
मलसाप्राहरू ! लोककथामा मात्र पढेको थिएँ मैले—रङ पोतिएको स्यालको कथा ।
मलाई विश्वास छ, विचार-व्यवसाय गर्नु हुन्न, कलमलाई बेच्नु हुन्न, विचारको आगोलाई निभ्न दिनु हुन्न, देख्न पाइन्छ सबै कुरा । लेख्न पाइन्छ सबै कुरा । इमान, स्वाभिमान र कलम गुम्यो, गुम्यो सबै कुरा । 'लालभञ्ज्याङ' का बारेमा मलाई अर्तिउपदेश दिएर निकै दर्शन-सुदर्शन छाट्नेहरूबारे रोचक समाचार पनि मैले पढेको हुँ, पढिरहेको छु ।
एउटा साप्ताहिकमा छापिएको एउटा समाचारले त मलाई असाध्यै स्तब्ध तुल्यायो । खोइ, यसलाई समाचार भनौँ कि सूचना । शीर्षकमा धेरैबेरसम्म आँखा केन्द्रित भइरहे—‘जनसेनाको गाँस काटेर आफनै जय’ । सम्झना ओली, दहवनका नाममा आएको यस सूचना–चिठीले मलाई मात्र होइन, छातीमा आगो बोकेर बाँचेकाहरू, सपना पूरा गर्न अझै रगत बगाउन तमतयार भएकाहरू सबैलाई स्तब्ध पार्दछ । लामो सास फेर्न बाध्य पार्दछ । कता पुग्यो होला त्यत्रो पैसा ! उत्तरआधुनिकतावादी–उपभोक्तावादी रमझममा रमाइरहेकाहरूका लागि यो सामान्य हुनसक्छ । तर छातीमा तातो हुनेहरूलाई यसले छट्पटिको स्थितिमा पुर्याउँछ । थाहा छ सबैलाई, लेनिन र स्टालिनका सपनाभन्दा ट्रटस्की र ख्रुस्चेबका सपनाहरू भिन्न थिए । त्यो समाचार टुक्रा पनि राखेको छु मैले । ओहो ! कसरी लड्यौँ हामीले त्यत्रो युद्ध । परेवाहरूको बथानमा कसरी थाहै नपाई पसेछन् मलसाप्राहरू ! लोककथामा मात्र पढेको थिएँ —रङ्ग पोतिएको स्यालको कथा ।
अब बेला आएको छ । खबरदारी गर्नुपर्छ । छातीमा आगो हुनेहरू एकजुट होऔँ, सपना हुनेहरू एकजुट होऔँ। सपनाको हत्याविरुद्ध एकजुट होऔँ । ‘राजाको राँगो’ फुकेको बेला छ । चोरलाई चौतारो छ र साधुहरू सुलीमा चढ्नु परेको स्थिति छ । साँढेहरू मदमत्त भएर विचरण गरिरहेका छन् l होइन भने लालभन्ज्याङहरू आगोमा डढिरहनेछन् र हनुमान चालिसाका खातका खात लाग्नेछन् । अपराधीहरू सुरम्य दृश्यमा रमाइरहने छन् र सपना देख्नेहरूले आफ्नो ज्यान जोखिममा परेको अनुभूत गरिरहने छन् ।
साथीहरू ! लडाइँ सकिएको छैन, लड्दै जानुपर्छ । लड्ने आआफ्ना तरिका हुन्छन् । तर जितिन्छ । जित सत्यकै हुन्छ । सपना हुने कमरेडहरू, छातीमा आगो र तातो हुने मित्रहरू, आउनोस्, फेरि एकपल्ट समवेत स्वरमा गीत गाऔँ—''छोरा मर्ने आमाहरू… हामी पूरा गर्ने छौँ तिम्रा सपनाहरू…।"
सूचनाटुक्रा सत्य बोलिरहून् l र हामी दृढताका साथ भन्छौँ, मर्ने छैनन्
सपनाहरू, रगतसित गाँसिएका सपनाहरू । सपनाको हत्याविरुद्ध उठौँ, सपना
मार्नेहरूविरुद्ध जुटौँ । एकलव्यहरू भ्रमान्त भएका छन् l अब एकलव्यहरू औँला
गुमाएर अरूलाई नायक बनाउँने छैनन् l
ठूला कमरेडहरू हेलि (हेलिकप्टर –यो हामीले युद्धकालमा प्रयोग गर्ने शब्द हो l ) चढेर जनयुद्ध दिवस मनाउन थवाङ पुगेकै दिन समाचार सुनेको थिएँ –''कृष्ण सेन इच्छुक ब्रिगेडअन्तर्गत सैनामैना क्याम्पको सहायक कमान्डरद्वारा आत्महत्या।"
अब त अभ्यस्त भइसक्यो मन पनि l
कस्तो व्यङ्ग्यात्मक स्थिति !
सूचनाटुक्रा सत्य बोलिरहून् l र हामी दृढताका साथ भन्छौँ, मर्ने छैनन् सपनाहरू, रगतसित गाँसिएका सपनाहरू । सपनाको हत्याविरुद्ध उठौँ, सपना मार्नेहरूविरुद्ध जुटौँ । एकलव्यहरू भ्रमान्त भएका छन् l अब एकलव्यहरू औँला गुमाएर अरूलाई नायक बनाउँने छैनन् l
०००
भिडियो फिचरview all