menu

ताजा समाचार

दोर्दीखोला लघु जलविद्युत् निर्माण हुने

पाल्पा, कार्तिक ६ । दोर्दीखोला लघु जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि सेयर खुल्ला गरेको छ । लमजुङको दोर्दी–१ मा निर्माण हुन लागेको १२ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि कम्पनीले आज रामपुरमा नागरिकसँग छलफल समेत गरेको छ । उक्त आयोजनाको आगामी जेठभित्र निर्माणको ठेक्का सम्झौता गरी काम सुरु गर्ने आयोजनाका कर्मचारी चुडामणी पाण्डेले सो अवसरमा जानकारी दिनुभयो ।

रु दुई अर्ब २९ करोडको लागतमा तीन वर्षभित्र काम सम्पन्न गर्ने उद्देश्यका साथ सो आयोजनाको कार्य अगाडी बढाइएको उहाँले बताउनुभयो । उक्त आयोजनाका लागि दोर्दीखोलामा एक सय रोपनी जग्गा खरिद गरिएको बताइएको छ ।
भिडियो फिचरview all