ताजा समाचार
कामरेडहरूले बिर्सेकै हुन् त सेरसिंहलाई ?
भक्तबहादुर श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका एकजना महत्वपूर्ण हस्ति हुनुहुन्छ । वि.सं १९९० मा मकवानपुर जिल्लामा जन्मिनु भएको भक्तबहादुर श्रेष्ठको निधन २०६८ साल पुस २७ मा भएको थियो ।
२०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको श्रेष्ठ निरन्तर रूपमा कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभयो । क्रान्तिकारी विचारका पक्षमा निरन्तर वैचारिक सङ्घर्ष चलाउँदै जाने क्रममा वहाँ २०३१ सालमा गठित नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को केन्द्रीय नेता हुनुभयो । आन्दोलनका क्रममा वहाँ २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को महामन्त्री बन्नुभयो ।
कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न किसिमका विचलनका विरुद्ध सङ्घर्ष गर्दै अघि बढ्ने क्रममा निर्माण भएको नेकपा (माओवादी) को वहाँ एकजना कुशल नेता हुनुहुन्थ्यो । निधन हुँदाको समयमा उहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्थ्यो । पंचायती काल र बहुदलीय कालमा समेत जेल र हिरासत भोग्नु भएको श्रेष्ठले दर्शन, अर्थशास्त्र र राजनीतिका क्षेत्रमा कलम चलाउनु भएको छ । इतिहास र साहित्यिकलामा समेत विशेष रुचि राख्नुहुने भक्तबहादुर श्रेष्ठको योगदान नेपालको कम्युनिस्ट आन्दोलनमा सदैव स्मरणीय रहने छ ।
उहाँको पाचौं स्मृति दिवसका सन्दर्भमा जनमेल टिम उहाँप्रति क्रान्तिकारी श्रद्धान्जली अर्पण गर्दछ र महामन्त्री हुनुभएको समयमा उहाँद्वारा प्रस्तुत दस्ताबेजको मूल अंश यहाँ प्रस्तुत गर्दछ ।अहिले पनि यो दस्ताबेज उत्तिकै सान्दर्भिक र अहिले हामीले भोगेको यथार्थसित मेल खान्छ ।
----------------------------------------------------------------
नेपाल कम्युनिस्ट पार्टी चौथो केन्द्रीय समितिको प्रथम प्लेनममा महामन्त्री शेरसिंहद्वारा प्रस्तुत प्रतिवेदन
कमरेड प्रेसिडियम,
क्रान्तिकारी प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरू, क्रान्तिकारी लाल अभिवादन !
देशको तानासाही व्यवस्थासँग लड्दै जेलनेलको परवाह नगरेर विभिन्न यातना र दुःखकष्ट झेलेर, क्रान्तिकारी भावना र जोसले ओतप्रोत भएर सामन्तवाद, साम्राज्यवाद, सामाजिक साम्राज्यवाद, प्रभुत्ववाद र विस्तारवादविरोधी सङ्घर्षको अगुवा पङ्क्तिमा रहेर नेपालमा भावी समाजवाद र साम्यवादको प्रतिस्थापना गर्न नयाँ जनवादी क्रान्तिमा लागिरहनु भएका तपाईँ क्रान्तिकारी कमरेडहरू ¤ यो तानासाही दबदबामा पनि यसरी भविष्यको आशा र विश्वास लिएर यस प्लेनममा उपस्थिति हुनु भएकोमा सर्वप्रथम पार्टीको केन्द्रीय समितिका तर्फबाट म हार्दिक स्वागत गर्दछु । आज कस्तो बेलामा यो प्लेनम हुँदैछ र हामीले कस्तो जिम्मेवारी पूरा गर्नुपर्नेछ भन्ने विषयमा गम्भीरतापूर्वक यस प्लेनमले वस्तुवादी भएर सही र ठोस किसिमको निर्णय लिनेछ भन्ने कुरामा केन्द्रीय कमिटी दृढ विश्वास गर्दछ ।
यस्तो भूमिगत अवस्थामा प्लेनम किन आवश्यकता पर्यो ? यसबारे सबैलाई खुल्दुली हुनु स्वाभाविकै हो । हुनत यस विषयमा सबैलाई थाहा भएकै कुरा हो, हामी एउटा ठूलो आँट र हिम्मत लिएर यस्तो किसिमको टुङ्कोमा पुग्न भेला भइरहेका छौँ, जसबाट हामी मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको सैद्धान्तिक अडानलाई दृढतापूर्वक रक्षा गर्ने पङ्क्तिमा उभिन सकौँ । यसले हाम्रो पार्टी सानै भए पनि मार्क्सवाद-लेनिनवादको रक्षाका निम्ति दृढ अडानमा रहेछ भन्ने कुरा साबित गराइदिनेछ । तसर्थ यस प्लेनमले ऐतिहासिक भूमिका राख्दछ ।
माओको मृत्युपछि चिनियाँ कम्युनिस्ट पार्टीको विभिन्न गतिविधि देखेर पार्टीभित्र निकै खुल्दुली मच्चिँदै आयो । तैपनि यसका सम्बन्धमा बिनाअध्ययन निर्णय गर्नु मनोगतवादी कुरा हुन्थ्यो । त्यसैले गत वर्षहरूमा हाम्रो पार्टीले सम्बन्धित सामग्रीहरूको छानबिन र अध्ययन गर्नेतिर विशेष ध्यान दियो । अन्त्यमा सत्रौँ केन्द्रीय समितिको बैठकमा एकमतले चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान नेतृत्वले संशोधनवादी बाटो समातेको निर्णय भयो । तर यो गम्भीर विषय भएकाले यसबारे पार्टीभित्र तलैसम्म खुला छलफल चलाउने र त्यसबारे विचार गर्न प्लेनम बोलाउने निर्णय भयो । प्लेनमले यसबारे विस्तृत छलफल पछि ‘चीनमा प्रतिक्रान्ति’ भन्ने दस्ताबेज पारित गरेको छ ।
पार्टीको सङ्क्षिप्त राजनीतिक भूमिका
चोथो महाधिवेशन भएको यति थोरै अवधिमा नै पार्टीले सङ्गठनात्मक र राजनीतिक दिशामा निकै विकास गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको झन्डालाई दक्षिणपन्थी र उग्रपन्थीसँगको सङ्घर्षबाट जोगाउँदै ल्याएको छ र पार्टी आज यो अवस्थामा पुगेको छ । यसको मुख्य कारण चौथो महाधिवेशनको राजनीतिक दिशा मूलतः सही हुनु हो । हाम्रो पार्टी दुस्मनवर्गका सामु कहिल्यै झुकेन । सामन्तवाद, सामाजिक साम्राज्यवाद, प्रभुत्ववाद र विस्तारवादका विरुद्ध सङ्घर्ष गरेर देशको राष्ट्रियता र जनतन्त्रको निम्ति हाम्रो पार्टीले आफ्नो शक्तिले भ्याएसम्म आवाज उठाउँदैआएको छ । राजतन्त्रको विरुद्धमा हाम्रो पार्टीले स्पष्ट र ठोस भूमिका खेल्दैआएको छ ।
हामीले राजापरस्त, काङ्ग्रेसपरस्त तत्वहरूको जोडदार रूपमा भन्डाफोर गर्यो । हाम्रो पार्टीले सिद्धान्तलाई छोडेर कहिल्यै काम गरेन । त्यसैले देशी र विदेशी प्रतिक्रियावादीहरूको कुदृष्टि हाम्रो पार्टीमाथि बढी परेको छ, । प्रतिक्रियावादी वर्गहरूको कुदृष्टि पर्नुको कारण हो—हामीले कहिल्यै उनीहरूसँग सम्झौता नगर्नु र सङ्घर्ष गरिरहनु । राष्ट्रियता र जनतन्त्रलाई दरोगरी समातेको हुनाले नै आज पार्टी यो अवस्थामा पुगेको छ । गतकालमा उग्रवामपन्थी र दक्षिणपन्थी झुकाउबाट पार्टीलाई केही क्षति पुगेको थियो । तर पार्टीले यी दुवै झुकावलाई सच्चाएर अगाडि बढ्ने प्रयत्न गर्दैआएको छ । हाम्रो पार्टीले राजतन्त्र, तानासाही व्यवस्था र विदेशी प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध लगातार सङ्घर्ष गर्दैआएको छ । यही सङ्घर्षको क्रममा नै योजनाबद्ध रूपमा सङ्गठन र सङ्घर्षको प्रक्रिया मिलाउँदै पार्टी यो रूपमा आएको छ, एउटा शक्तिको रूपमा विकास गर्दैआएको छ । तर हामी अझै दुस्मनशक्ति भन्दा धेरै नै कमजोर छौँ । यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ, तर पनि अनुपातिक दृष्टिकोणले हेर्दा हाम्रो पार्टीको विकास एउटा राम्रो गतिले अघि बढ्दैगएको छ । आजसम्म चौथो महाधिवेशनले जुन कार्यक्रम र कार्यनीति दिएको छ राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको जुन विश्लेषण गरेको छ, त्यो मूलतः सही साबित हु“दैआएको छ ।
०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको देशव्यापी आन्दोलनलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गरी यसलाई लगातार अगाडि बढाउने कोसिस गर्यो । तर अन्य प्रतिक्रियावादी– अवसरवादी गुटहरूले यस सङ्घर्षलाई धोका दिए, अक्षम्य अपराध र गद्दारी गरे । तैपनि आन्दोलन रोकिएन र सङ्घर्षलाई भ्रममा पार्न राजाले बाध्य भएर जनमतसङ्ग्रहको घोषणा गर्नपर्यो । वी.पी. रायमाझी, पी.एल. र मनमोहन गुटहरू, त्यो कथित जनमतसङ्ग्रहलाई समर्थन गरी आन्दोलनको विरोधमा उत्रिए, तर हाम्रो पार्टीले ‘जनमतसङ्ग्रह’ को वहिष्कार गरी आन्दोलन उठाउन जोड गर्यो । अन्य विभिन्न दक्षिणपन्थी र अवसरवादी तत्वहरूले सङ्घर्षप्रति गद्दारी गरेपछि हाम्रो पार्टीका अगाडि दुइटा विकल्प बा“की रहेका थिए : उनीहरूका पछाडि लागि गद्दारीको बाटो समात्ने वा आफ्नो स्वतन्त्र भूमिका कायम राखेर सङ्घर्षलाई लगातार अगाडि बढाउन प्रयत्न गर्ने । हाम्रो पार्टीले पछिल्लो बाटो समात्यो । अन्य दक्षिणपन्थी तत्वहरूको गद्दारीपछि हाम्रो पार्टीको काँधमा करिबकरिब एक्लै सङ्घर्षलाई अगाडि बढाउने जिम्मेवारी आएको थियो । एक्लै पर्ने सम्भावनाबाट बच्न सङ्घर्षबाट भाग्नु वा दक्षिणपन्थी तत्वहरूसित मेलमिलाप गर्नु दक्षिणपन्थी गल्ती हुन्थ्यो, हाम्रो पार्टीले त्यसप्रकारको नीति अँगालेन । हाम्रो पार्टीले प्रतिक्रियावादी र दक्षिणपन्थी अवसरवादीहरूले जस्तो यस ‘जनमतसङ्ग्रह’ लाई ‘निगाहबाट प्राप्त भएको’ ‘महान् उपलब्धि’ इत्यादि रूपमा लिएको थिएन । यो केवल सङ्घर्षलाई भाँड्ने चाल हो । तसर्थ यो कथित जनमतसङ्ग्रह धोका हो भनेको थियो । जनमतसङ्ग्रहको भूलभूलैयामा नपरी सङ्घर्षलाई अघि बढाएर जनतान्त्रिक व्यवस्था ल्याउन हाम्रो पार्टीले ठूलो जोड लगायो । तर अरू प्रतिक्रियावादी र दक्षिणपन्थी तत्वहरूको गद्दारी र सङ्घर्ष भनी पर पन्छने उग्रवादी तत्वहरूले गर्दा सङ्घर्ष शिथिल भएर गयो । कथित जनमतसङ्ग्रहको दौरानमा हाम्रो पार्टीका तर्फबाट पनि केही दक्षिणपन्थी र ‘उग्रवामपन्थी’ गल्तीहरू भए । तर हाम्रो केन्द्रीय समितिले छिट्टै तिनीहरूलाई सुधार्यो ।
बहुदलीय र निर्दलीय व्यवस्थाबारेमा पनि दक्षिणपन्थीहरूको र ‘उग्रवामपन्थीहरू’ को भन्दा हाम्रो पार्टीको बेग्लै सोचाइ छ । दक्षिणपन्थीहरूले कथित जनमतसङ्ग्रहबाट बहुदलीय व्यवस्था प्राप्त गर्ने सम्झौतावादी नीति लिए भने उग्रवादीहरूले बहुदलीय व्यवस्था र पञ्चायती व्यवस्थालाई समान पङ्क्तिमा राखेर निष्कृय बहिष्कारतिर लागे । हाम्रो पार्टीले निर्दलीय व्यवस्थाको तुलनामा बहुदलीय व्यवस्थालाई प्रगतिशील मानेको थियो । तर दक्षिणपन्थीहरूले जस्तो जनमतसङ्ग्रहबाट होइन, सङ्घर्षबाट प्राप्त गर्ने कुरामा जोड दिएको थियो । यसबारे पार्टीको दृष्टिकोण एकदम यथार्थवादी, वस्तुपरक थियो । कार्यनीतिमा हुनुपर्ने मुख्य विशेषता हो : स्थितिमा हुने परिवर्तन अनुसार नीतिलाई लचिलो पार्नु । जनमतसङ्ग्रहको दौरानमा पार्टीले यो विशेषतालाई कुशलतापूर्वक कार्यान्वयन गर्यो । सुरुमा पार्टीले बहिष्कारमा जोड दिएर सङ्घर्षलाई अगाडि बढाउने र सम्झौतापरस्त तत्वहरूको भन्डाफोर गर्ने कुरामा जोड दियो । तर दक्षिणपन्थी तत्वहरूको धोका र गद्दारी तथा केही हदसम्म ‘उग्रवामपन्थी’ तत्वहरूको असहयोगात्मक र फूटपरस्त नीतिले गर्दा पनि आन्दोलनले व्यापक रूप लिन सकेन । त्यही बीचमा करिब एक महिनाभित्र नै चुनावको मिति तोकिएपछि सङ्घर्षको तयारीका लागि समय पनि बाँकी रहेको थिएन, त्यो अवस्था उग्रवादी सोचाइले जस्तो बहिष्कार गरी निष्कृय रूपमा बस्नु निर्दलीय पक्षलाई सहयोग पु¥याउनु हुने थियो । त्यसकारण आखिर बहुदललाई विजय गराउन पार्टीले जनमतसङ्ग्रहलाई उपयोग ग¥यो । यसबाट हाम्रो पार्टी दक्षिणपन्थी र उग्रपन्थी दुवै धारणाबाट मुक्त भएको छ ।
कथित जनमतसङ्ग्रहमा सरकारले त्यस्तो धा“धली गर्दा पनि, सरकारी ढुकुटी रित्याउ“दा पनि, सत्ताको धाकरवाफ देखाउँदा पनि बहुदल पक्षको २० लाख मतलाई काट्न सकेन । ४ लाखभन्दा बढीले विजयी गराउने हिम्मत गर्न सकेन । यसबाट तानासाही पञ्चायती व्यवस्था काफी बदनाम भएको प्रमाणित हुन्छ । जनताको व्यवस्था विरोधी सङ्घर्षलाई रोकी राजा र व्यवस्थास“ग घु“डा टेक्न जाने प्रतिक्रियावादी र दक्षिणपन्थीहरूले ठूलो गद्दारी गरेका छन् ।
‘जनमतसङ्ग्रह’ को कथित विजयपछि राजाले आफ्ना भरौटेहरू राखी नाम मात्रको ‘संविधान सुधार सुझाव आयोग’ गठन गरे । यसले एउटा निरङ्कुश, तानासाही र प्रतिक्रियावादी स्वरूपको ‘संविधान’ पेश ग¥यो । हुन त यो एउटा नाटक मात्र थियो । यसको तर्जुमा पहिले नै भइसकेको थियो । यस संविधानले राजालाई सम्पूर्ण रूपबाट निरङ्कुश बनायो । जनताका मौलिक हकहरू कठघरामा राखिए । निर्दलीय तानासाही व्यवस्थालाई नै स्वीकार गरियो । झन् कठोर र जनघाती संविधान आयो । यस्ता सबै कुरालाई छाडेर कथित बालिग मताधिकारका आधारमा हुने चुनाउने कुनै महत्व राख्दैनथ्यो । त्यसैले हाम्रो पार्टीले त्यस संविधानअन्तर्गत हुने कथित आमचुनावलाई सबैभन्दा पहिले सक्रिय बहिष्कार गर्ने घोषणा ग¥यो । ने.का. मनमोहन गुट र पुष्पलाल गुटले प्रजातान्त्रिक अभ्यास गर्ने ठाउ“ छ भने, संविधानका केही बुँदाहरूलाई लिएर ती बुँदाहरू बदल्न राजालाई दबाब दिए, तर सफल हुन सकेनन् । आफू इज्जतसाथ छिर्न पाउने कुनै बाटो नदेखेपछि आखिरमा उनीहरूले पनि बहिष्कार गरे । उनीहरूको बहिष्कार र हाम्रो पार्टीको बहिष्कारमा मौलिक अन्तर छ । उनीहरूको बहिष्कार दबाब दिएर सम्झौतामा ल्याउने बहिष्कार थियो भने हाम्रो बहिष्कार सम्झौताहीन क्रान्तिकारी किसिमको, तानासाही व्यवस्थालाई नै उखेलेर फ्याँक्ने भूमिका तयार पार्ने बहिष्कार थियो । उनीहरूमा अवसरवादिताको गन्ध छ भने हाम्रो क्रान्तिकारी छ । उनीहरूले बहिष्कार गरे पनि सक्रिय रूपमा सङ्घर्षमा देखापरेनन् । हाम्रो पार्टी तानासाही व्यवस्थाको विरुद्ध व्यापक सङ्घर्षमा उत्रेको छ र बहिष्कारको पक्षमा भूमिका खेलेको छ । यसरी हाम्रो पार्टीले हरेक राजनीतिक घटनामा आफ्नो क्रान्तिकारी छविलाई जनतामा स्पष्ट पार्दै लैजाने कुरामा सफलता प्राप्त गर्दैआएको छ ।
पार्टी सुदृढीकरणको आवश्यकता
आज तेस्रो युद्धमा विश्वलाई फसाउन अमेरिकी साम्राज्यवाद र रूसी सामाजिक साम्राज्यवादले जोडतोड गरिरहेका छन् । यसले गर्दा राष्ट्रिय जनक्रान्तिलाई एकदमै नजिक ल्याइदिएको छ । साम्राज्यवादी शक्ति एवम् प्रतिक्रियावादी शासकहरू यी दुई अतिमहाशक्तिको कट्टर सत्रु खेमामा संलग्न रहेका छन् । यसरी आकासमा काला बादलहरू मडारिन थालेका छन् । जनताको क्रान्तिकारी सङ्घर्ष एवम् मजदुर, किसान तथा अन्य उत्पीडित जनताले गर्ने सत्ता कब्जाको राजनीतिलाई रोक्न नसके साम्राज्यवादले तेस्रो विश्वयुद्धको थालनी गर्नेछ । देशभित्र तानासाही व्यवस्था आतङ्क मच्याउँदैछ । त्यसकारण क्रान्तिकारी सङ्घर्षका वस्तुगत आधारहरूलाई माक्र्सवादी–लेनिनवादीहरूले एकदम समात्नुपर्दछ । यस्तो किसिमको अवसरमा माक्र्सवादी–लेनिनवादीहरूका बीचमै गम्भीर समस्या र चुनौतीहरू देखिएका छन् । यसमा हामी सर्तक र सचेत हुनुपर्छ ।
यस्तो अवसरलाई पकडमा लिन त्यस पार्टीले मात्र सक्दछ, जुन पार्टी व्यापक रूपमा जनतामा पस्न सकेको छ, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलाई सही ढङ्गले अठ्याउन सकेको छ र जुन पार्टी अनुशासनबद्ध, ठोस र बोल्सेविक स्पिरिटले ओतप्रोत भएको छ । के यस्तो किसिमको अवस्थामा हाम्रो पार्टी पुगेको छ ? यदि हामीले छ भन्दछौँ भने त्यो आकासमा महल खडा गरेजस्तै मनोगतवादी कुरा हुनजान्छ । हामीमा जति बोल्सेविक स्पिरिट हुनु पर्दछ, त्यसमा हामी अझै पुगिसकेका छैनौँ, न गोप्यता र अनुशासनकै दृष्टिले त्यति परिपक्व छौँ, न तल्ला वर्गका जनतामा नै हामी पुग्न सकिरहेका छौँ । त्यसकारण सबैभन्दा पहिले यी कुराहरूलाई ध्यानमा राखी पार्टी सुदृढीकरणमा जोड दिएनौँ भने हाम्रो पार्टी जनताबाट अलग, खुकुलो किसिमको, छाडावादी बुर्जुवा पार्टीजस्तो हुनेछ । यस्तो किसिमको पार्टीले जस्तोसुकै राम्रो परिस्थिति आए पनि त्यसलाई सही ढङ्गले पकड्न सक्दैन । त्यसकारण पार्टी सङ्गठनलाई मजबुत पार्नेतिर पार्टीका सबै सदस्यहरूले विशेष रूपले आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । पार्टीभित्र जनवादी केन्द्रीयताको आधारमा सुदृढ एकता कायम गर्दै माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित कम्युनिस्ट स्पिरिटलाई दिगो र दरिलो बनाउँदै अगाडि बढाउनेतिर हामी लाग्नुपर्दछ ।
देशका अन्य पार्टी र गुटहरूको दाँजोमा हाम्रो पार्टीका साथीहरू अत्यन्त अनुशासित र सङ्घर्षशील छन् । आजसम्म जुनसुकै कठिन सङ्घर्षका मैदानमा पनि दुस्मनका विरुद्ध लड्दै आइरहेका छन् । माक्र्सवाद– लेनिनवाद र माओविचारधारालाई आत्मैदेखि ग्रहण गरी लगनताका साथ हिँडेका छन् । तर हाम्रा अगाडि बढिरहेका जिम्मेवारीहरूमाथि ध्यान दिँदा हामीले अहिलेका सफलताहरूबाट सन्तुष्ट हुनु हुँदैन । हामीले हाम्रो सङ्गठनमा निकै सुधारहरू गर्नुपर्दछ । तत्काल हामीले तलका कुराहरूमाथि ध्यान दिनुपर्ने आवश्यकता छ ।
१. केन्द्रीय कार्यालयले देशव्यापी रूपमा प्रभावशाली रूपले ठोस राजनीतिक र सङ्गठनात्मक भूमिका खेल्न सकिरहेको छैन ।
खासगरेर देशव्यापी रूपमा पार्टीसङ्गठन, विभिन्न मोर्चाहरूको काम, देशमा चलिरहेका विभिन्न आन्दोलनहरूको लगातार जाँचबुझ, अध्ययन र मूल्याङ्कन गरेर उनीहरूलाई लगातार निर्देशन दिइराख्ने र उनीहरूका बीचमा सामञ्जस्यता कायम गर्नेबारे हाम्रो केन्द्रीय कार्यालय पछाडि परेको छ । वास्तवमा आज हाम्रो केन्द्रीय कार्यालय एउटा भूमिगत पार्टीको मुटु बन्नुको सट्टा खुकुलो प्रकारको सम्पर्क कार्यालय मात्र बनेको छ । पार्टी र आन्दोलनको हितमा केन्द्रीय कार्यालयको विद्यमान कार्यप्रणालीमा आमूल परिवर्तनको आवश्यकता छ ।
२. केन्द्रीय कार्यालयको आन्तरिक व्यवस्थाबारे पनि कयौँ कमजोरीहरू छन् । मुख्यतः विभिन्न स्थानहरूबाट आएका पत्र, रिर्पोट आदिको तुरुन्त जवाफ र निर्देशन दिने, स्टाफका लागि क्लासको व्यवस्था, उनीहरूसित व्यवहारको तौरतरिका, कामको खटनपटन, केन्द्रीय कार्यालयमा गोप्यता, अनुशासन, कार्यविभाजन कार्यकर्ताको हेरचाह, पुस्तक र कागजपत्रको सुरक्षा आदि कुराहरूमा कमजोरी देखापरेको पाइन्छ । केन्द्रीय कार्यालयमा विद्यमान यसप्रकारका कमजोरीहरूबाट देशभरि नै नराम्रो असर पर्दछ । यो स्थितिमा सुधार ल्याउन तुरुन्त ठोस कदम चालिनु आवश्यक छ ।
३. देशका विभिन्न भागहरूबाट गिरफ्तार साथीहरूको हेरचाह, सम्पर्क, किताब औषधि आदिको व्यवस्थाका लागि कम ध्यान गएको छ । यसमा बढी ध्यान जानु आवश्यक छ ।
४. विभिन्न झुठा मुद्दाहरूमा परेका साथीहरूलाई कानुनी सहायता पु¥याउनेबारे पनि सन्तोषजनक किसिमले काम हुन सकिरहेको छैन । त्यता पनि हाम्रो ध्यान जानुपर्दछ ।
५. हाम्रा सबै मोर्चाहरूका काम एकदमै सन्तोषजनक छैनन् । विद्यार्थी मोर्चाको धेरै नै महत्वपूर्ण सङ्घर्षशील भूमिका रहँदैआएको छ । तर सङ्गठनात्म पक्ष अत्यन्त कमजोर छ । किसान र महिला मोर्चा अत्यन्त निष्क्रिय अवस्थामा छन् । उनीहरूका बीच केन्द्र र स्थानीय एकाइहरूका बीचमा सामान्य प्रकारको सम्बन्धसम्म स्थापित हुनसकेको छैन । मजदुर मोर्चामा प्रारम्भिक प्रकारको काम पनि हुन सकेको छैन । सांस्कृतिक मोर्चामा पनि हामी अत्यन्त पछाडि छौँ । त्यसकारण विभिन्न मोर्चाहरूलाई सक्रिय पार्न, सङ्गठनलाई व्यवस्थित पार्न, केन्द्र र स्थानीय एकाइहरूका बीचमा जीवित सम्पर्क बनाउन र विभिन्न मोर्चाहरूलाई, विभिन्न जनवर्गका मागहरू तथा मौलिक हकहरूका लागि सङ्घर्षमा उर्तान विशेष ध्यान दिनुपर्दछ ।
६. पार्टीमा स्कुलिङ आदिबारे सन्तोषजनक किसिमले काम हुन सकिरहेको छैन । साथीहरूको सैद्धान्तिक स्तर उठाउन र स्थानीय तथा क्षेत्रीय स्तरमा स्कुलिङलाई सङ्गठित र व्यवस्थित पार्नेतर्फ प्रयत्न गर्नुपर्दछ ।
७. पार्टीमा कतिपय स्थानहरूमा पार्टीभित्रका झगडाहरू खुला र सार्वजनिक रूपमा देखापरेका छन् । हामीले आपसी अन्तर्विरोधहरूलाई मैत्रीपूर्ण किसिमले समाधान गर्नका लागि प्रयत्नशील हुनुपर्दछ । यसका लागि केन्द्रीय स्तरमा छुट्टै संयन्त्र बनाउनुपर्दछ ।
८. पार्टीनीतिको उलङ्घन गर्ने कमिटी वा पार्टी सदस्यमाथि उनीहरूको गल्तीको अवस्था, सम्बन्धित व्यक्तिको स्तर तथा स्पिरिटमाथि ध्यान दिँदै आवश्यक अनुशासनको कार्बाही गर्नु आवश्यक छ । यसमा देखिने कुनै पनि शिथिलता वा उदारताले भोलि पार्टीभित्र झन् ठूलो अनुशासनविहीनता, पारस्परिक गलतफहमी, अविश्वास, व्यक्तिगत क्टुता, गुटबन्दी र फूटलाई जन्म दिनेछ । त्यसकारण अनुशासनसम्बन्धी प्रश्नहरूमा प्रथम श्रेणीको निष्पक्षता र दृढताको आवश्यकता छ ।
९. पार्टीप्रकाशनको बिक्रीवितरणमा गम्भीर प्रकारको अस्तव्यस्तता र अनियमितता छ । केन्द्रबाट गएका पुस्तक र पत्रपत्रिकाहरूको जिल्लाहरूबाट नियमित रूपले पैसा आउँदैन । त्यो नै आज पार्टीको आर्थिक सङ्कटको मुख्य कारण बनेको छ । प्रकाशनहरूको नियमित रूपले पैसा नआउँदा केन्द्रीय कार्यालयले अन्य कार्यहरू सुचारुरूपले चलाउन सकिएको छैन । यहाँसम्म कि मशाल पनि नियमित रूपले प्रकाशित हुनसकेको छैन । त्यसकारण प्रत्येक साथीले पार्टी प्रकाशनको ठीकसँग हिसाब राख्ने र त्यो रकम तुरुन्त केन्द्रमा पठाउनेबारे ध्यानदिनु आवश्यक छ ।
१०. क्षेत्रीय ब्युरो वा जिल्ला समितिहरूबाट केन्द्रलाई आउने लेबी, कोटा वा प्रतिशत नियमित रूपले आउँदैन । त्यसले केन्द्रीय कार्यालयलाई आफ्नो जिम्मेवारी पूरा गर्न बढो मुस्किल पर्दछ । कतिपय कमिटीहरूमा खाली स्थानीय कामलाई मात्र महत्व दिएर केन्द्रलाई कुनै सहयोग नगर्ने प्रवृत्तिहरू पनि देखापरेका छन् । स्थानीय समस्या वा आर्थिक कठिनाइको बाध्यता भन्दाभन्दै पनि केन्द्रीय कार्यालयको काम नै बन्द भएपछि स्थानीय कमिटीहरूको काम पनि ठीकसँग सम्पन्न हुनसक्ने छैन । यो तथ्यप्रति सबै स्थानीय पार्टी कमिटीहरूले ध्यान दिनुपर्ने आवश्यकता छ ।
११. विभिन्न कमिटी र मोर्चाका सदस्यहरूले आपसमा अनावश्यक रूपले सम्पर्क गर्ने, एकअर्काको कमिटीका बारे बताउने, असम्बन्धित कमिटीका मानिसहरूको आलोचना गर्ने कामहरूलाई रोक्न प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आवश्यकता छ ।
१२. केन्द्रीय कार्यालय वा उच्च कमिटीहरूबाट कुनै निर्देशन दिएपछि त्यो काम कार्यन्वयन भएनभएको जाँच्ने परिपाटी एकदमै छैन भने पनि हुन्छ । केन्द्रदेखि सबै नेतृत्वदायी कमिटीहरूले यसबारे ध्यान दिनुपर्ने आवश्यकता छ ।
१३. पार्टीका कार्यकर्ताहरूको हेरचाह, संरक्षण, सैद्धान्तिक विकास, जेलमा परेका साथीहरूबारे आवश्यक ध्यान दिने विषयमा कमजोरी रहेको छ । यतातिर पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।
पार्टीमा माथि लेखिएका बाहेक अन्य पनि थुप्रै कमजोरीहरू छन् । पार्टीभित्र देखापरेका यी सबै कमजोरीहरूका लागि सर्वप्रथम केन्द्रीय समिति नै जिम्मेवार छ । त्यसकारण यी सबै कमजोरीहरूको समाधानका लागि केन्द्रीय समितिले ठोस पहल कदमी गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीका अगाडि उपस्थित क्रान्तिकारी कार्यहरू पूरा गर्नका लागि एउटा ‘मिलिटेन्ट’, भूमिगत, अनुशासित तथा क्रान्तिकारी त्याग र बलिदानको भावनाले ओतप्रोत सङ्गठनसयन्त्रको आवश्यकता पर्दछ । यस दृष्टिले आजको पार्टीको अवस्था अत्यन्त असन्तोषजनक छ । यो अवस्थामा सुधार गरेर क्रान्तिकारी प्रकारको पार्टी सङ्गठनको निर्माण गर्नका लागि हाम्रो पार्टीले पूरा ध्यान दिनुपर्ने आवश्यकता छ । अन्यथा हामी हाम्रा अगाडि उपस्थित क्रान्तिकारी उद्देश्यहरू पूरा गर्न असमर्थ हुनेछौँ ।
अन्त्यमा, कमरेडहरू ¤ यस प्लेनमले गरेका निर्णयहरूलाई अपार उत्साह र प्रेरणा लिएर आ–आफ्ना क्षेत्रमा सक्रिय रूपले अनुशासित ढङ्गबाट लागू गर्नुहुनेछ र पार्टीको कामलाई तीव्र रूपमा अगाडि बढाउनु हुनेछ भन्ने कुरामा हामीलाई भरपर्दो र दृढ विश्वास छ ।
०००

भिडियो फिचरview all