ताजा समाचार
कथा : थुप्रै बिन्देसरहरू
ऋषिराज बराल
एकाबिहानै मान्छे कल्याङमल्याङ गरेजस्तो, कराएजस्तो आवाज आयो । झ्यालढोका बन्द भएकाले होला, आवाज नजिकको हो कि टाढाको हो ठम्याउन गाह्रो थियो । कहिले आफूआफू बोलेजस्तो लाग्थ्यो र कहिले चर्को स्वर सुनिन्थ्यो । साँझतिर भए कोही मात्तिएर आयो होला भन्नेहुन्थ्यो । यो त बिहान हो । अचम्ममा परेँ म ।
आवाज फेरि चर्को किसिमले आयो ।
“ मालिक ! ”
“ चन्दर सर ! ”
एक समय स्कुलको मास्टर भएकाले मलाई धेरजसोले सर भन्छन्—चन्द्र सर, चन्दर सर । कतिपयले मालिक पनि भन्छन् । अप्ठ्यारो लाग्छ रे उनीहरूलाई । “मालिक”, मधेसमा आफूभन्दा माथिकालाई सम्बोधन गर्ने यो पुरानो शैली हो ।
“को आयो यति बिहानै खेतीबाट ?” ठम्याउन खोजेँ ।
“ चन्दर सर...।” फेरि आवाज आयो ।
हेरेँ झ्यालको कुनाबाट । तीनजना रहेछन् । एकजना केटा थियो र दुईजना अधबैँसे थिए ।
“ रे, कि भेलोँ किया भोरे भोरे घनघोर मचौने छे । ”
नजिकै पुगेँ ।
एकजना जोगेसोर थियो र अर्को फेकुवा । तेस्रोलाई मैले ठम्याउन सकिन ।
“नि मालिक ओ का बिन्देसर के घर मेँ...।”
“की बिन्देसर बिन्देसर करैछे, बोल् की भेल ओकर घर मेँ ।”
उनीहरू आत्तिएका देखिन्थे र अनुहारमा बेचैनी पनि थियो ।
श्रीमती रातीदेखि छाती दुखेर बेहोस परिछे । डाक्टरकोमा लाने पैसा त के हिजोदेखि घरमा आगो बलेको रहेनछ । एउटा छोरा जेलमा, अर्कोलाई पनि पुलिसले खोजिरहेको । त्यही बेला पैसा उठाउन आएछ नेता पनि । आत्तिएछ । देखेन छ कतै बाटो र लिन पठाएको रहेछ मलाई ।
सरसरती मैले बुझेको कुरा यही थियो ।
उताका बिहारी र यताका अपराधी गिरोहले मधेस मुक्ति र क्रान्तिका नाममा एकएक बहाना गरेर बोलाएर अपहरण गरेर पैसा असुल्नेदेखि लिएर हत्यासम्म गरेका थुप्रै घटनाहरू छन् । उनीहरूको निसानामा परेको मान्छे म । धेरैपल्ट भौतिक आक्रमणबाट बचेको मान्छे म— “पहाडिया” मास्टर चन्द्र खत्री ।
एकपल्ट तलदेखि माथिसम्म हेरेँ ।
“कहाँ गए त तिमीहरूका नेताहरू ? किन चाहियो पहाडिया ?”
मनमा आए पनि भनिन । अहिले यसो भन्ने समय होइन भन्नेलाग्यो ।
“जसरी पनि मालिकलाई लिएर आइज भनेको छ”—अधवैँशेको बोलीमा याचनाभाव थियो ।
घोरिएँ म ।
“मारो साला पहारियाको !”
“मारो साला टोपीको !”
यो आवाजले अझै पनि मेरो कानवरिपरि फन्का मारिरहेको छ ।
थाहै नपाई मेरा हात टाउकोमा पुगे ।
०००
विराटनगरको पुरानो हवाइफिल्डबाट पूर्वतिर लागे जतुवा, मझारे, बुधनगर आउँछ । दक्षिणपूर्व भारतीय सिमानातिर लागे मटिहरवा, भेडियारी, आउँछ पुराणमा उल्लेखित भनिएको विराट राजाको दरबार ।
यसैको छेउछाउमा एउटा देहाती गाउँ छ—झुप्राझाप्रीहरू छन् । पहाडियाहरूको पनि खेती छ यहाँ । थारू-चौधरीहरू, यादव, धानुक, मुुसहर, मुसलमान, दुसाध सबैथरीको बसोबास छ यहाँ । र पनि यहाँ दुई जना जमिनदारकै चकचकी छ । अरू त उसका कामदार मात्र हुन् । पहिलेको जस्तो जमिनदारी हैकम नभए पनि सत्ता र शक्तिसितको पहुँचका कारण त्यहाँ उनीहरूकै चलेको छ । उनीहरूको बढी बसोबास विराटनगरमै हुन्छ । उनीहरूलाई चिनाउने आधारचाहिँ कामतघर हुन्छ । माटीकोरेहरूका छाप्राहरूका बीचमा त्यो कामत घर महलजस्तै परैबाट देखिन्छ, चिनिन्छ ।
त्योभन्दा अलि वर पहाडियाहरूका छाप्राहरू छन् । सुकुम्बासी टोल हो त्यो । अहिले यो पहाडिया टोल भएको छ । अधिकांश पहाडबाट झरेका सुकुम्बासी छन्— दलित र खत्रीहरू र एकाध घर बाहुनका पनि । आसाम र बर्माबाट विस्थापित भएकाहरू पनि छन् । यहाँ गोर्खा राइफलका पूर्व सैनिकहरूका कामत पनि छन् । धेरै टाढा छैन भारतको सिमाना जोगबनी, यो ठाउँबाट । सुनिन्छ रेलको आवाज पुउँ....। पहिले असाध्यै चोरी हुन्थ्यो । पाकेको धान खेतैबाटै चोरी हुन्थ्यो, दाउनी गरेको खलोबाटै चोरी हुन्थ्यो । खेती गर्ने बेलामा गोरु चोरी हुन्थे र बथनाहाको हाटमा विक्री हुन्थे । आफ्नो गोरु त्यही हो भन्दा पनि दाबी गरेर भन्नसक्ने स्थिति पनि हुँदैनथ्यो । यताका र उताका चोरहरू मिलेका हुन्थे । बोल्नसक्ने स्थिति हुँदैनथ्यो ।
त्यसैले सबैका गोरुहरू एकै ठाउँमा राखिएका हुन्थे–साझा खलोमा । दाउँनी पनि एकै ठाउँ हुन्थ्यो । यसका लागि साझा पहरेदार हुन्थ्यो ।
यही गाउँमा मास्टर थिएँ म—माध्यमिक स्कुलको हेडसर । निकै वर्ष काम गरेँ मैले यहाँ । हिउँदमा धुलो, बर्खामा कम्मरकम्मरसम्म पानी, ठाउँठाउँमा खाल्डा— साइकल आधी चढ्ने र आधी बोक्नुपर्ने हुन्थ्यो । रूप नै अर्कै भएको हुन्थ्यो स्कुल पुग्दा । लामो समयसम्म काम गर्दा म त्यो गाउँको सदस्यजस्तै भएको थिएँ, घर नै त्यहीँ छ जस्तो । थाहा नपाएका मान्छेले मेरो घर नै त्यहीँ छ भन्ने ठान्थे ।
त्यो समय अलि अर्कै थियो ।
त्यहाँ पहाडबाट झरेका र मधेसका मान्छेहरू थिए, तर “पहाडिया” र “मधेसिया” थिएनन् । त्यहाँ दुइटा मात्र जात र थर थिए—जमिनदार उसका कामदारहरू, अर्थात् मालिक र खेतीहर मजदुर । जमिनदार र कामदारहरूबीच मात्र नभएर त्यहाँ बेलाबेलामा जमिनदार जमिनदारबीच पनि केही मारामार पथ्र्यो । देखावटी कारण अर्कै भए पनि मूल कुराचाहिँ गाउँमा कसको वर्चस्व हुने भन्ने नै थियो । एउटा पुरानो हुँ भन्थ्यो—पञ्चायती कालमा एकपल्ट प्रधानपञ्च पनि भएको थियो । अर्को थियो लब्का जमिनदार—गाउँमा उसको परिचय थियो—लब्का अर्थात् नयाँ जमिनदार । पारिपट्टि अररियामा थियो उसको ससुराली । छोराको बिहे पनि उतै गरेको थियो । उसको धेरजसो उठबस र आवतजावत सिमानापारि नै हुन्थ्यो ।
कहिलेकाहीँ धान रोप्ने बेलामा र दाउनीको बेलामा दुई थरीबीच पर्थ्यो । एउटाको काममा लागेपछि त्यो नसिध्याई अर्कोको काममा गए त्यसलाई आफ्नो बेइज्जत भएजस्तो ठान्थे उनीहरू । यस्तो बेला पारिपट्टि सम्पर्क भएको जमिनदारले उताबाट सस्तोमा कामदार ल्याउँथ्यो । पथ्र्यो त्यसपछि । उताकाले सस्तोमा गरिदिएपछि मारामार नचल्ने कुरै भएन । खेतमै मारामार चल्थ्यो ।
“उताका जनहरू यता ल्याउन पाइँदैन ।”
“रेटभन्दा तल काम गर्न पाइँदैन । ”
“मास्टरले गाउँका सोझा मुसहरलाई उकास्यो” ।
मसित सिडिओले धेरैपल्ट यो सन्दर्भ उठाएको थियो ।
पञ्चायत गयो, बहुदल आयो ।
घरैपिच्छेजस्तो साइनबोर्डहरू थिए । कुन पार्टीमा लाग्दा बढी पैसा पाइन्छ–चर्चा नै यसैको हुन्थ्यो ।
फेरि ‘लोकतन्त्र’ आयो ।
लोकतन्त्र त झन् हराभरा । आज एउटा पार्टीमा भोलि अर्को पार्टीमा–दलबदल बहादुरी बन्थ्यो । पहिले त भित्रचित्रै चल्थ्यो सङ्केतात्मक भाषा भारु कि नेरु ? अब त सबै कुरा खुला ।
पहाडिया र मधेसिया—अब नयाँ नारा खुलेर छिरेको थियो । एकैचोटि छिर्यो नारा, कताबाट छिर्योछिर्यो । नेता र साइनबोर्ड फरक थिए—कोभन्दा को बढी ‘मधेसवादी’ । तर सारतत्त्वएउटै थियो—“पहाडियालाई लखेट घरजमिन कब्जा गर ।”
“पहाडिया टोपी ? मधेस छोड्”
यस्ता नारा लाग्नथाले । यस्ता नारा लेखिनथाले । पर्चा बाँडिनथाले
गाउँमा थरीथरीका अनुहारहरू देखिन्थे । सिमानाको गाउँ । यताका थोरै उताका धेरै हुन्थे । लुटपाट, बलात्कार, पहाडियाहरू एक्लै बाटामा निस्कन गाह्रो । सबै चलेको थियो मधेसका नाममा ।
चियापसल अखडा बनेको थियो :
पहिले पञ्च, अनि काङ्ग्रेसको झण्डा बोकेर भोट माग्ने यादव मास्टर अब फोरम नेता भएको थियो र बोली नै पिच्छे उसको मुखबाट निस्किन्थ्यो : “स्साला पहाडिया” ।
गाउँ मा ऊ तेजुवा डाका भनेर चिनिन्छ । अहिले उसले नाम पनि अर्कै राखेको थियो—चट्टान सिङ । हत्या र अपहरणका दुईदुईओटा मुद्दा लागेपछि भागेर उता फारबिसगन्जमा बसेर यता लुटपाट चलाइरहेको तेजुवा महतो पनि खैनी मोल्दै कराइरहेको हुन्थ्यो— “अब मधेस मुक्ति...सार् पहाडिया सबको भगा दो, ओकरा बिबीबेटी सब के...।”
हलल्ल हाँसो हुन्थ्यो । ताली पिटिन्थ्यो ।
अब ठर्रा पसलहरूको सङ्ख्या पनि पनि बढेको थियो । हातमा लाठी, भाला र कट्टा बोकेका उरन्ठेउला केटा उसको वरिपरि हुन्थे । यसैलाई तेजुवाले “मधेस मुक्ति सेना” भनेको थियो । भट्टीबाट हल्लिँदै निस्कन्थे र नारा लाउँथे :
मधेस मुक्ति : जिन्दाबाद !
टोपी चोर मधेस छोड् !
एउटा पहाडियालाई कुटेको यति पैसा । बलात्कार गरेको यति पैसा—बोलकबोलसमेत चल्थ्यो ।
यही बेला एउटा गजबको घटना घटेको थियो
एकाबिहानै आइपुगेका थिए सूर्य मुखिया ।
र म हतारिँदै त्यता कुदेको थिएँ ।
हेरिनसक्नु थियो सुकुम्बासी टोल । घरहरूमा आगो लगाइएको थियो । कतिपय सामान बाहिर फ्यालिएका थिए । धेरजसो डढेका थिए । रातको समय । गाईवस्तुसमेत परेका थिए । लुटपाट चलेछ । के के चलेछ के के । भागेर कोही कता, कोही कता पुगेछन् । सबैभन्दा हृदयविदारक दृश्य त राईबाको थियो । खुकुरी लिएर एकछिन त लडेछन् उनी । रातको बेला त्यत्रो हूल । उनको शरीर रगतले लथपथ थियो ।
म पुग्नेबित्तिकै तीन–चारजना आए । सबै रक्सीले मातिएका थिए एकाबिहानै । हातमा लट्ठी थियो । अलिअलि गरेर मान्छे थपिँदै गए । गाउँका बुढापामा पनि थिए । मैले चिनेका केटाहरू दुईजना मात्र थिए–फेकुवा र बुधना । अरू सबै नयाँ ।
रगतपच्छे राईबाको शरीर त्यस्तै छ ।
“के हो यो ? किन यस्तो गरेको ?” आक्रोसित भएँ म ।
तेजुवा पनि आइपुग्यो । वरिपरि लट्ठी बोकेकाहरू लगाएर ।
“जय मधेस !”
“मधेस क्रान्ति : जिन्दावाद !
उसका लठैतहरू पनि कराए—“जिन्दावाद” !
त्यसपछि खैनी पिच्च गर्दै राईबाको रगतपच्छे शरीरमा थुक्यो ।
“यी बुढा मान्छेले के गरेका थिए तेरो...”— सूर्य मुखियाले भुइँको लट्ठी टिपे ।
“ ए सार् पहरिया तोरा हिँ ढेर करदेव । ”
एउटाले लट्ठी उज्यायो ।
एकजना बुढा मधेसीले हे हे हे भनेर कराए । तर त्यो लट्ठी उज्याउनेले उल्टै उनैलाई कुटुँलाझैँ गर्यो —“बज्बे, बज्बे..।”
होहल्ला बढ्दैथियो ।
मैले आक्रोसित अनुहार र आँखा पारेर खैनी माड्दै गरेको तेजुवातिर हेरेँ ।
तेजुवाले एउटा केटालाई इसारा गर्यो ।
“पहाडिया टोपी : मधेस छोड् !”
“मधेस छोड्” !—नारा लगाए ।
“आजदेखि यो गाउँ हाम्रो भयो—”एकजना केटाले खल्तीबाट एउटा कागज निकाल्यो र लट्ठीमा राखेर भुइँमा गाड्यो ।
त्यो भारतीय झण्डा थियो ।
रोक्न सकिन । त्यसलाई कच्याकुचुक पारेर फ्यालिदिएँ–दाह्रा किट्तै ।
“मार् साला पहारियाको । ”
त्यसपछि बर्सिए लाठी । कति बर्सिए थाहा छैन । हातले छेक्न सकुन्जेल छेकेँ । टाउकोमा अजङ्गको प्रहारपछि म ढलेको थिएँ । फुटेको थियो टाउको र रगत ह््वालह्वालती बगेको थियो । मर्यो भनेर छोडेका थिए उनीहरूले ।
यो त्यतिबेलाको कुरा थियो ।
०००
मैले तलदेखि माथिसम्म हेरेँ । ती निन्याउरो अनुहार पारेर मलाई हेरिरहेका थिए । म अलिकति व्यङ्ग्यले मुस्कुराएँ पनि ।
“किन जाने ? फेरि डन्डा खान ? तिमीहरूका नेताहरू छैनन् त्यहाँ ?”
उनीहरूले घोसेमुन्टो लगाए । त्यतिबेरको घटनामा फेकुवा पनि थियो र ऊ अहिले मेरो सामु उभिएको थियो ।
“त्यतिबेला सर, सर ! ”
फेकुवाले कुरा नसिध्याउँदै अधबैँसेले रोक्यो ।
अलिअलि विश्वास अलिअलि अविश्वासका साथ म हिँडेँ । पुगेँ बिन्देसरको घर । घर के भनौँ छाप्रो थियो । मान्छे टन्न थिए । सामान बाहिर फ्यालिएका थिए । भित्र होहल्ला थियो । मान्छे रोएजस्तो, चिच्याएजस्तो पनि लाग्थ्यो । वरिपरि अरू मान्छे पनि थिए । “मरगेले हो... मरगेले ...” भनेर उसकी जहान कराइरहेकी थिई । म पुग्नेबित्तिकै खुट्टामै छाँद हालौँजस्तो गर्यो बिन्देसरले—“मालिक !” ।
मलाई अप्ठ्यारो लाग्यो—कस्तोकस्तो ।
“ कति दिनदेखि बिरामी छे...रगत मात्रै छाद्छे..।” रुँलाझैँ गर्यो ।
यो देहातका धेरजसो मान्छेलाई रगत छाद्ने रोग छ । जति परिश्रम गरे पनि खान पुग्दैन । बेलुका फेरि ठर्रा नलगाई हुँदैन । खाली पेटमा धानका बोरा उचाल्यो, ग्याँस्टिक, हुन्छ टिबी हुन्छ । औषधी छैन, झारफुक ग¥या, ओझा लगायो । यो बिन्देसर पनि यस्तै थियो, हाडछाला मात्र भएको । रातभरि खोक्थ्यो । बस्ने ठाउँ थिएन । त्यो जमिन्दारको चिसो छाप्रोमा बस्थ्यो श्रीमतीसित । बँधुवा मजदुरजस्तै थियो ऊ । उडाउँथे उसलाई— “एइ बिन्देसर ! तेरो छोराको अनुहार त...।” उनीहरूको इसारा जमिनदारको भाइतिर हुन्थ्यो, जो बेलाबेलामा गाउँमा मोटरसाइकल लिएर आउँथ्यो ।
उत्तरमा बिन्देसर हिँ हिँ मात्र गर्थ्यो ।
इमानदारजस्तो लागेर एक हल गोरु किनिदिएर साझा छाप्रोमा बस्ने चाँजो मिलाइदिएका थिए सूर्य मुखिया र हिक्मत राईहरूले । मेहनती थियो । यसैबाट उसले दस कट्ठा जमिन जोडेको थियो ।
“यसरी कति जनाको उद्धार गर्नुहुन्छ मास्टरसाहब ! ”–एकपल्ट जमिनदारले मप्रति व्यङ्ग्य पनि गरेको थियो ।
मलाई थाहा छ, मेरो टाउको फुटाउन अघि सर्नेमा यही बिन्देसरको छोरो पनि थियो । मधेसवादी युवा नेता, मधेस क्रान्तिको कमान्डर भन्थ्यो आफूलाई, जता पैसा बढी उतै कुद्थ्यो । जतिबेर पनि त्यही ज्यानमारा तेजुवाको पछिपछि हुन्थ्यो—टिल भएर । हातमा अलिअलि पैसा परेपछि बिन्देसर पनि मख्ख थियो ।
त्यही बिन्देसर अहिले रुन्चे अनुहार लिएर मेरा सामु उभिएर सफाइ दिइरहेको थियो : “ती डाकाहरूले बलात्कार गरेर मेरी छोरीलाई मारे र पहाडियाले गरेको भन् भने...।” “ मेरो छोराले पुलिसलाई गोली हानेको होइन मालिक, त्यसैले फसायो ...।”
“ए चूप कर्”—बीचैमा कसैले रोक्यो उसलाई । अर्थात् भरे तँलाई आएर फेरि के के गर्छ तेजुवाले ।
“भन्छु, आज सबै कुरा भन्छु । अब के जान्छ मेरो” —झन् सुर्रिएर भन्नथाल्यो ऊ ।
“ पहिले जति चाहिन्छ लैजा पैसा भन्यो । अहिले तेरो छोराले यति, तैले यति भनेर हुँदै नभएको हिसाब देखाएर पैसा माग्छ, ब्याज भन्छ, कागज गर् भन्छ, उठेर जा भन्छ, जमिनदारसित मिलेको छ, मालिक, त्यो तेजुवा । राती त्यसका मान्छे आएर घरका सारा सामान बाहिर फ्यालिदिए, यो ठाउँ छोड् भने । त्यतिबेर चाहिँ पहाडियालाई लखेटेपछि सबै जग्गा तिमीहरूको हुन्छ भन्थ्यो ।”
भन्दाभन्दै स्वाँ ! गर्यो —लगातार स्वाँ ! स्वाँ !
एउटा छोरो जेलमा थियो र अर्को छोरोलाई पुलिस खोज्दैथियो ।
“मालिक ! मेरो छोरी...मेरो छोरा...”—रुन थाल्यो बिन्देसर दुई हातले मुख छोपेर ।
छाती दुख्यो भनेर छटपटिएकी श्रीमती पनि डाँको छोडेर रुनथाली— “माइ गे ! हमार बेटा, हमार बेटी.. ।”
“मालिक ! मेरो छोराको केही गल्ती छैन । त्यसलाई छुटाइदिनोस् मालिक ! पुसिसलाई कुट्ने बथनाहाको त्यो सहनी थियो । त्यो पकेटमार । यताको सामान उता गर्ने मान्छे हो । त्यताबाट यता आउँछ, अनि लुटपाट गररे उता भाग्छ, त्यो तेजुवाको गार्ड हुँ भन्छ । उसैले गोली ठोकेको हो । मेरो छोरा फसायो मालिक ! अर्को छोरोलाई चोरीमा फराउने पनि त्यही हो । यो चतुरियाले त्यही पीरले रगत छादेकी हो मालिक...।”
एकहोरो खोक्न थाल्यो बिन्देसर —सबैको ध्यान तान्नेगरी ।
के भनौँ, के भनौँ भएँ म । पत्याउन गाह्रो, नाटक हो कि सत्य हो, छुट्याउन गाह्रो ।
मैले एकपल्ट सबैको अनुहार पढेँ । मेरा आँखा चौधरी मास्टरको अनुहारमा पुगेर रोकिए ।
“म यहीँको मान्छे, मलाई त मार्लान् जस्तो गरे । तँ पहाडियाको पक्ष लिन्छस् भने । बोलिस् भने सिध्याइदिन्छौँ भने । म सत्यको पक्ष लिन्छु पहाडिया र मधेसिया होइन भनेँ । मलाई बथनाहा पुर्याएर तीन दिनसम्म थुने, कागज गराए, पैसा लिएर छाडे ।”
चौधरी मास्टरले एकै सासमा भनीसिध्यायो ।
“यताबाट रेलको लिग जाने भएपछि यो जग्गाको भाउ रातारात बढ्ने भो’ । जमिनदार र तेजुवाको आँखा यसैमा परेको हो ।”
चौधरी मास्टरले फेरि थप्यो ।
“पहिले पहाडिया र मधेसिया भन्यो, अब आएर मधेसियालाई नै उठिबास लाउँदैछ”— कसैले भन्यो । अनुहार देखिएन । तर सबैले हो हो गरे । समर्थनमा मुन्टो हल्लाए ।
यत्तिकैमा दुई जना मान्छे मोटरसाइकलमा आए ।
एक जना आफूलाई मधेसी नेता भनेर चियापसलमा गफ हाँक्ने मान्छे थियो ।
अर्कोचाहिँ मैले नचिनेको थियो । सायद तेजुवाको मान्छे थियो ।
मैँ हुँ झैँ गरी मेरा सामु आयो— “तपाईँ यहाँ आएर मधेसीहरूलाई भड्काउने ? ”
बिहानै लगाएछ । गन्हायो, बान्ता आउलाजस्तो भयो ।
व्यङ्ग्यले मुस्कुराएँ म ।
उसको बोली सकिन नपाउँदै वरिपरिका कराए —“अब तिमीहरूको कुरामा हामी आउनेवाला छैनौँ, हामीले बुझ्यौं तिमीहरूको सबै चाल, गइहाल यहाँबाट ।”
उनीहरूबीच चर्काचर्की पर्यो । निकै पर्यो । हात हालाहालजस्तो भयो ।
“अब चल्दैन यो गाउँमा मधेसिया र पहाडिया, जे भयो पहिल्यै भयो ।”
चौधरी मास्टरले औँला ठड्यायो तिनीहरूतिर ।
मैले चौधरी मास्टरको काँधमा हातले दरिलो गरी समातेँ ।
“हो सर, अब चल्दैन । पहाडिया र मधेसियाको खेल नचलेपछि यी छाप्रा हटाउने जिम्मा लिएका छन् यिनले, रेल चलेपछि जग्गाको भाउ बढ्छ भनेर ।”
सबैले चौधरी मास्टरको अनुहारतिर हेरे ।
ती दुई जनाले अलि पर गएर खासखुस गरे र जमिनदारको कामतघरतिर पसे ।
बिन्देसरले दुबै हातले आँसु पुछ्यो ।
अघि मरेँमरेँ भनेर छटपटिने उसकी जहान पनि अहिले चुप थिई र टुलुटुलु मतिर हेरिरहेकी थिई ।
एकपल्ट चारैतिर हेरेँ— कलुवा, ताराचन्द, चन्देसर, फुलवा..बिलट. । लाग्यो, त्यहाँ थुप्रै बिन्देसरहरू छन्—जीउ सुकेका, आँखा सुन्निएका, अनुहारमा रगत नभएका, आत्मसम्मान हराएका !
रोकौँ भन्दाभन्दै पनि भित्रैबाट लामो वाफ निस्कियो ।
बाहिर घन्टीको आवाज सुनियो—गोरुको घाँटीमा बाँधेको घन्टी ।
धनेसर ततमा बयलगाडामा धानका बोरा लिएर मिल्स एरियातिर लाँदैथियो र गीत पनि गाइरहेको थियो— “ अब चलि रे ...पुर्बैया....।
(बर्की नम्बर १३९९९ बाट)

भिडियो फिचरview all