
भारतीय बुद्धिजीवीहरूको आह्वान

यसरी आह्वान गर्ने संस्थाहरूमा भारतमा पहिलेदेखि काम गरिरहेका संस्थाहरू ‘कमिटी फर प्रोटेक्सन अफ डेमोक्रेटिक राइट्स’, (सिपिडिआर), ‘पिपुल्स युनियन फर सिभिल राइट्स (पियुसियल), ‘एसोसिएसन अफ डेमोक्रेटिक राइट्स (एफडिआर), एसोसियसन फर प्रोटेक्म्सन अफ डेमोक्रेटिक राइट्स, (पिडिआर), सियलसी, सिओआर, लगायत दिल्ली, मणिपुर, पंजाव, बङ्गाल, मुम्बई, आसाम, तमिलनाडुमा क्रियाशील मानअधिकारवादी संस्थाहरू रहेका छन् ।
'कमिटी फर प्रोटेक्सन अफ डेमोक्रेटिक राइटस्’, (सिपिडिआर),का महासचिव बहुचर्चित बुद्धिजीवी तथा लेखक आनन्द तेलतुंबडेले एक वक्तव्य जारी गर्दै सर्बोच्च अदालतले छिटोभन्दा छिटो जेल पठाइकाहरूको सम्बन्धमा कारण देखाउ आदेश जारी गरेर रिहाइको पहल गर्नुपर्ने, मुठभेडका नाममा निर्दाष नागरिकको हत्या रोक्नुपर्ने र यस्तो कार्यमा संलग्न प्रहरी तथा अधिकारीहरूमाथि कारबाही गर्नुपर्ने र हालै छत्तीसगढमा मुठभेडका नाममा गरिएका हत्याका घटनाहरूको सही छानबिनका लागि सर्बोच्च अदालतका न्यायाधीश र नागरिक समाजका प्रतिनिधि सम्मिलित निष्पक्ष आयोग गठन हुनुपर्ने माग गरेका छन् ।
स्मरण रहोस्, जेलमा राखिएका मानवअधिकारवादीहरूमा तेलङगना-आन्ध्र हाइकोर्टका वकिल वाला रविन्द्रनाथ, चिक्कुड प्रभाकर, पत्रकार राजेन्द्रप्रसाद, सामाजिक कार्यकर्ता बि. दुर्गाप्रसाद, आन्ध्रस्थित संस्था ‘कुला निर्मूलन पुराता समिति’ का अध्यक्ष डि. प्रभाकर तथा आदिवासी मानवाधिकारवादी आर. लक्ष्मैया र विद्यार्थी मो. नजिर रहेका छन् । उनीहरू सबै ‘तेलङगना डेमोक्रेटिक फ्रन्ट’ का सदस्यहरू हुन् ।
भिडियो फिचरview all