
माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रको गाडचिरोली जिल्लाको सुरजपुरमा हिजो अर्थात् यही २४ तारिखका दिन बहुराष्ट्रिय कम्पनी ल्वायड मेटल्स एन्ड इनर्जी कम्पनीसित सम्बद्ध ७० ओटा जति गाडीहरू माओवादी छापामारहरूले जलाइदिएका छन् । सो क्षेत्रमा सो खानीले बनजङ्गल अतिक्रमण गरेको, आदिवासीहरूलाई विस्थापन गरेको, प्रदूषण फैलाएको र खानी सुरक्षाका नाममा प्रहरी गतिविधि बढाएकाले त्यहाँबाट सो फलाम खानी हटाउनुपर्छ भनेर स्थानीय जनता तथा माओवादीहरूले विरोधका विभिन्न कार्यक्रमहरू गर्दैआएका छन् ।
प्रहरीले ३५ ओटा ट्रक भभने पनि ७ ० ओटा ट्रकमा नोक्सान पुगेको कुरा सम्बद्ध पक्षले जानकारी गराएको छ ।
रातको समय भएको र माओवादीले माइन बिछ्याएको हुनसक्ने भएकाले आफूहरू घटनाका बेला त्यहाँ जान नसकेको कुरा प्रहरीले जनाएको छ । प्रहरीले माओवादीहरू छत्तीसगढको नारायनपुरबाट त्यहाँ आएको हुनसक्ने भनेको छ । घटनास्थलबाट प्रहरी कार्यालय ५ किलोमिटरको दुरीमा रहेको कुरा पनि समाचारमा उल्लेख छ ।
यसैबीच जिल्लामा भएका आदिवासीहरूमाथि भएको दमन तथा र माओवादीहरूमाथि भएको निरन्तर हत्यालगायतका मुद्दाहरूलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले २५ डिसेम्बर अर्थात् आजदेखि ३ जनवरीसम्म जिल्ला बन्दको घोषणा गरेको छ ।
भिडियो फिचरview all