ताजा समाचार
नेतृत्व र कार्यकर्ता
माओत्सेतुङ
हाम्रो पार्टीले शुद्धीकरण आन्दोलनको ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना र आत्मालोचनामार्फत अन्तर्विरोधहरूलाई हल गर्ने तरिका पनि हो । यसपटक यस आन्दोलनको निसाना नोकरशाही प्रवृत्ति, सङ्कीर्णतावाद र मनोगतवादजस्ता तीनवटा खराब शैलीहरू हुने छन् । हामीले शुद्धीकरणमार्फत सादा जीवन र कठोर सङ्घर्षको हाम्रो पार्टीपरम्परालाई अघि बढाउने भगीरथ प्रयास गर्नैपर्छ ।
हामीले क्रान्तिमा विजय प्राप्त गरेदेखि यता हाम्रा कतिपय कमरेडहरूको क्रान्तिकारी सङ्कल्प ओइलाउ“दै गएको छ, तिनको क्रान्तिकारी उत्साह मर्दै आएको छ । दिलो ज्यानले जनताको सेवा गर्ने तिनको भावनामा सुस्ती आइरहेको छ र त्यसैगरी शत्रुविरुद्धको लडाइंमा मुत्युलाई हाँक दिन तिनले प्रदर्शन गरेको भावनामा पनि सुस्ती आइरहेको छ । त्यसको साथसाथै उनीहरू पद र चर्चाका निम्ति मरीमेट्न थालेका छन्, आफ्नो लवाइ-खुवाइमा विशेष बन्न थालेका छन्, पैसाका लागि होडबाजी गर्ने र नाम तथा लाभका निमित्त हुरुक्क हुन थालेका छन्—यस्तै सारा मनोवृत्तिहरू हुर्किरहेका छन् । गत वर्ष कार्यकर्ताहरूको प्रमोसन गर्ने क्रममा कतिपय कमरेडहरू डाँकोको छोडेर रोए र तिनले अचम्मको गाईजात्रा देखाए रे भन्ने सुनेको छु ।
मान्छेका दुइटा आँखा छन्, होइन र ? ती आँखाबाट बगेर आउने पानीलाई आँसुसु भन्ने गरिन्छ । तिनले चिताएजस्तो गरी प्रमोसन नभएपछि तिनका गालाबाट आँसुसुका धारा बग्न थाल्छन् । च्याङ् काइ–सेक विरोधी युद्धकालमा, अमेरिकी अतिक्रमणको प्रतिरोध गर्ने र कोरियालाई सहयोग गर्ने युद्धकालमा, कृषिसुधार र प्रतिक्रान्तिकारीहरूको दमनकालमा तिनले कहिल्यै एक थोपा आँसु झारेनन्, न त समाजवादको निर्माणकालमा नै तिनले आँसु झारे, तर तिनका निजी स्वार्थमा असर पर्नासाथै तिनका आँखाबाट आँसुका नदी नै बग्न थाले । कसैले त तीन दिनसम्म खाना खानै मानेनन् रे भन्ने कुरासमेत पनि मैले सुनेको छु । म त के भन्छु भने कोही एक जनाले तीन दिनसम्म खान मानेन भने त्यो केही होइन, तर त्यो एक हप्तासम्म चल्यो भनेचाहिं बडो खतरनाक हुन्छ ।
छोटकरीमा भन्ने हो भने पार्टीमा नाम र पदका निम्ति प्रतिस्पर्धा गर्ने, पैसा, खानपिन, लवाइ र सोखसयल दाँजेर हेर्ने मनोवृत्ति पैदा भएको छ । आफ्ना निजी हितहरूका निम्ति भोकहडताल गर्ने र आँसु झार्ने कुरालाई जनताबीचको एकप्रकारको अन्तर्विरोध मान्न सकिन्छ । ‘लुन चुङले राती सुइंकुच्चा ठोक्छ’ (यो दृश्य मिङ राजवंशको पालामा रचिएको तरवारको कथा भन्ने कुन चु अपेरासित सम्बद्ध छ ।) भन्ने अपेराको एउटा दृश्यको एउटा हरफ यस्तो छ—“मुटु चिरा नपरी लोग्नेमान्छेले सजिलै आँसु झार्दैन ।” हाम्रा केही कमरेडहरू लोग्नेमान्छे छन् (सके स्वास्नीमान्छे पनि होलान् ), जसको बारेमा के भन्न सकिन्छ भने प्रमोसनको कुरा नआउन्जेलसम्म उनीहरूले सजिलै आँसु झार्दैनन् । यस्तो व्यवहारलाई पनि सुधार्नैपर्छ, पर्दैन त ? सजिलै आँसु नझार्नु ठीक कुरा हो । मुटु चिरा पर्ने बेला चाहिं त्यति बेला हो, जब मजदुरवर्ग र श्रमजीवी समूहको भविष्य खतरामा पर्छ । त्यस्तो बेला मान्छेले केही थोपा आँसु झारे हुन्छ ।
तपाईंलाई जस्तोसुकै दर्जा दिए पनि र तपाईँको तह निर्धारण गलत नै भए पनि तपाईंले त्यो दर्जा स्वीकार गर्नेपर्छ र तपाईंले आफ्नो आँसु झर्न नदिई भित्रै राख्नुपर्छ । यस संसारमा पक्षपातपूर्ण काम धेरै भएका छन् र तपाईँको तह निर्धारणमा केही अन्याय भएको हुन सक्छ, तर भएको रहेछ भने पनि यसका बारेमा हल्लाखल्ला मच्चाउनुको कुनै अर्थ छैन, किनभने यसो गर्नु बेकारमात्र हुन जान्छ, र पेटभरि खान पाउन्जेलसम्म तपाईंले चित्त बुझाएर बस्नुपर्छ । जे भए पनि हाम्रो पार्टी एउटा क्रान्तिकारी पार्टी हो र कसैलाई पनि भोकभोकै मर्न नदिने कुरालाई हामीले सैद्धान्तिक प्रस्थापनाको रूपमा लिनुपर्दछ । भोकले नमरुन्जेल जो कोहीले पनि काम गर्नुपर्दछ र दत्तचित्त भएर गर्नुपर्दछ । आजभन्दा दश हजार वर्षपछि पनि मानिसहरूले मेहनतसाथ काम गर्नैपर्दछ । कम्युनिस्टहरूले त आधा चित्त वा दुईतिहाई चित्तले नभएर मेहनतका साथ काम गरेर जनताको सेवा गर्नैपर्दछ । क्रान्तिकारी सङ्कल्प ओइलाउँदै गएकाहरूको भावनालाई शुद्धीकरणद्वारा पुनर्जीवित तुल्याउनुपर्छ ।
...हामीले क्रान्तिकारी युद्धहरूका वर्षहरूमा देखाएजस्तै तागत, त्यस्तै किसिमको क्रान्तिकारी उत्साह र मुत्युलाई हाँक दिने त्यस्तै किसिमको भावना कायम राख्नुपर्छ र क्रान्तिकारी कार्यलाई आखिरीसम्म लैजानुपर्छ । मुत्युलाई हाँक दिने भनेको के हो त ? जल किनारा भन्ने उपन्यासमा मुत्युलाई हाँक दिने साइंलो भाइ सि स्यु भन्ने एउटा पात्र छ, यहाँ हामीले ठ्याक्कै उसैको जस्तो भावनालाई मनमा राखेका छौं । हामीले त्यही भावनाको सहाराले विगतकालमा क्रान्ति गर्न सकेका हौं । मानिसले एकवारको जुनी पाउंछ र यस जुनीमा ऊ त्यस्तै साठी, सत्तरी, असी वा नब्बे वर्षसम्म बाच्न सक्छ, यो कुरा हेरीहेरी हुन्छ । आफूले सकुन्जेलसम्म तपाईंले केही न केही काम गर्नुपर्छ । अनि तपाईंले यो काम उत्साह र मुत्युलाई हाँक दिने भावनाका साथ गर्नुपर्दछ । केही कमरेडहरूमा यस्तो उत्साह र भावनाको कमी हुँदैगएको छ र उनीहरूले प्रगति गर्न छाडेका छन् । यो स्वस्थ किसिमको घटनासन्दर्भ होइन, त्यसैले उनीहरूका लागि स्कुलिङको कार्य सञ्चालन आवश्यक छ ।
हाम्रा कमरेडहरूले यस कुरालाई मनमा राख्नुपर्छ : आफ्नो कार्यालयको शक्ति, आफ्नो उच्च दर्जा वा वरिष्ठताको नामले गुजारा चलाउने नगर्नोस् । वरिष्ठताको सन्दर्भमा हामी निकै वर्षदेखि काम गर्दै आएका छौं र, हाम्रो यस फेहरिस्तको महत्त्व रहन्छ नै । तैपनि हामीले यसैको सहाराले दिन काट्ने मेलो गर्नु हुँदैन । के कुरा साँचोचो हो भने तपाईंहरू भनेको दशकदेखि काम गरिआउनु भएका ठूला कार्यकर्ता हुनुहुन्छ । यी सबै हुँदाहुँदै पनि तपाईंहरूले कुनै उल्लू काम वा वाहियात कामकुरा गर्नु भयो भने जनताले माफी दिने छैनन् । विगतमा तपाईंले जतिसुकै सुकर्म गरेको भए पनि र तपाईंको पद जतिसुकै उपल्लो दर्जाको भए पनि आज तपाईं राम्ररी काम गरिरहनु भएको छैन, सही ढङ्गले समस्याहरूको हल गरिरहनु भएको छैन र जनहितलाई नोक्सान पुर्याइरहनु भएको छ भने जनताले तपाईंलाई माफी दिने छैनन् ।
त्यसकारण हाम्रा कमरेडहरूले आफ्नो वरिष्ठतामाथि नभई सही ढङ्गले समस्याहरू हल गर्ने आफ्नो क्षमतामाथि भर पर्नुपर्दछ । यहाँनिर महत्त्वपूर्ण कुरा वरिष्ठता नभएर सहीपना नै हो । आफ्नो वरिष्ठताले तपाईंलाई थेग्न नसक्ने भएकाले यसबारे तपाईंले बिर्सिदिए पनि हुन्छ । मानौं तपाईं कहिल्यै माथिल्लो तहको हुनुभएकै होइन, भनाइको तात्पर्य के हो भने ठालू वा नोकरशाहको धाक-रवाफ देखाउन छाड्नैपर्छ, आफ्नो धाक-रवाफलाई एकातिर पन्छाएर तपाईंले जनताको बीचमा तथा तपाईंका सहायकहरूका बीचमा जानैपर्छ । यो हाम्रा कामरेडहरूले र खास गरेर हाम्रा पाका कमरेडहरूले मनमा राख्नैपर्ने कुरा हो । साधारणतया नयाँ काडरहरूमाथि उति ठूलो जिम्मेवारी रहँदैन, उनीहरूको जिम्मेवारी अलि गौण नै हुन्छ । पाका काडरहरूले नयाँ काडरहरूसंग समान हैसियतबाट व्यवहार गर्नुपर्छ । पाका काडरहरू कतिपय कुरामा नयाँ काडरहरू जति असल हुन्छन् नै भन्न सकिंदैन, त्यसकारण पनि तिनले उनीहरूबाट सिक्नुपर्छ ।
(माओत्सेतुंगका संकलित रचनाहरू : भाग ५ बाट)
०००

भिडियो फिचरview all