
जनवरी २८ देखि मे २०सम्म विशेष कार्यक्रम

यही डिसेम्बर २२ का दिन जारी गरेको विज्ञप्तिअनुसार भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि जनवरी २८ देखि विशेष हप्ता आरम्भ हुनेछ । यसमा ४ फेब्रवरीका दिन इटालीमा भारतमा चलिरहेको जनयुद्धसम्बन्धी विशेष बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ । कमिटीले जनाएअनुसार पहिले गोप्य किसिमले गरिने यस किसिमको छलफल कार्यक्रम पत्रकारहरूका लागि खुला गरिनेछ । यस कार्यक्रममा माओवादी आन्दोलनसित सम्बद्ध राजनीतिक प्रतिनिधिहरू, साम्राज्यवाद विरोधी संस्थासित सम्बद्ध प्रतिनिधिहरूका साथै बुद्धिजीवीरूलाई आमन्त्रित गरिने छ । साथै युरोपका विभिन्न ठाउँमा भेटघाटसहित औपचारिक–अनौपचारिक कार्यक्रमहरू पनि तय गरिएको छ ।
यस किसिमको कार्यक्रमका ३ ओटा बुँदामा छलफल हुने छ :
१.नोभेम्बर २४, २०१६ देखि डिसेम्बर २८ सम्म गरिएका कामहरूको समीक्षा,
२. भारतलगायत युरोपका प्रतिनिधिहरूको बारेमा निर्णय तथा कार्यक्रमको रूपरेखा,
३. नक्सलबाडी आन्दोलनको ५० औँ वार्षिकोत्सव कसरी प्रभावकारी बनाउने छलफल ।
यो ६ महिने कार्यक्रमलाई व्यापक प्रचारमा लैजान युरोपभरि प्रदर्शन तथा भित्ते लेखन गर्ने भनेर पनि कमिटीको वक्तव्यमा उल्लेख गरिएको छ ।
भिडियो फिचरview all