menu

ताजा समाचार

भारूका कारण भ्रष्टाचारीहरूमा खैलाबैला

आजको 'कारोबार' दैनिकमा प्रकाशित समाचारअनुसार गत कात्तिक २४ गते पाँच सय र एक हजार रुपियाँका नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएको छ  र यसले नेपालमा भारु सँकट गहिरिने भएको छ  ।

नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि भारु उपलब्ध नगराउने भएको कुराको जानकारी गराएका छन् ।

भारतीय प्रतिबन्धसँगै नेपालमा पनि ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लागेको छ । भारतले पुस १६ गतेसम्म पुराना नोट साट्ने समयसीमा दिए पनि नेपालमा भएका यस्ता नोटका बारेमा भने कुनै निर्णय भएको छैन ।

भारुको सन्दर्भलाई लिएर व्यापारी मात्र नभई मधेशवादी नेता तथा माओवादी केन्द्रलगायत बिभिन्न पार्टीका भ्रष्टाचारीहरूमा खैलाबैला मच्चिएको छ ।  

भिडियो फिचरview all