
साम्राज्यवाद विरुद्ध ह्यामवर्गमा जनप्रदर्शन

सरकारी पत्रपत्रिकाले आतङ्कवादी समूहहरू तथा भारत, पेरू र टर्कीलगायतका कम्युनिस्टहरूलाई समर्थन गर्नेहरूद्वारा गठित अन्तर्राष्ट्रिय सङ्गठन ‘लिग एग्नेस्ट इम्पेरियल एग्रेसन’ ले आतङ्कवादीहरूसित मिलेर विरोधका कार्यक्रम गर्दैछन् भनेर वातावरणलाई तनावपूर्ण बनाएका थिए
कडा सुरक्षाका बीच ‘लिग एग्नेस्ट इम्पेरियल एग्रेसन’ ले सहरको मुख्य भाग बैठकस्थल नजिक जनप्रदर्शनका तयारी गरेको थियो ।
जर्मनीका क्रान्तिकारी जनसङ्गठनहरू तथा आप्रवासी क्रान्तिकारी युवाहरू सम्मिलित कम्युनिस्ट पार्टीको झन्डा बोकेका २००० भन्दा बढीको जुलुस सहरको मूल चोक हुँदै अघि बढेको थियो । चारैतिरबाट प्रहरीले घेराबन्दी गरेको सो जनर्यालीमा ‘युद्धपिपासु ओसेक र जि ट्वान्टी को विरोध गरौँ !' ‘जनताका प्रतिरोध अभियान जिन्दावाद’ ! को नारा लागेको थियो । जुलुस बैठक स्थलतिर जान खोजेपछि दोहोर झडप भएको थियो र पानीगोलाको प्रहार गरेर प्रहरीले जुलुसलाई तितरवितर पारेको थियो ।
भिडियो फिचरview all