ताजा समाचार
पार्टी स्थापनाको २० औँ वर्षगाँठका अवसरमा भाकपा (माओवादी) को अपिल
२८ जुलाई, १९७२ मा जेलमै नक्सलवाडी किसान आन्दोलनका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएपछि वैचारिक मतभेदका कारण मूल पार्टी विभिन्न चिरामा विभाजित भयो । कमरेड चारु मजुमदारको विरासतको कुरा गर्दै विभिन्न थरीका पार्टीहरू गठन भए । तीमध्ये अधिकांशले संशोधनवादी बाटो अँगाले । तर भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी कम्युनिस्ट केन्द्र (MCC) ले आधारभूत रूपमा क्रान्तिकारी राजनीतिक लाइनका साथ आफ्ना गतिविधि अघि बढाए । यसै क्रममा २१ सेप्टेम्बर,२००४ मा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी कम्युनिस्ट केन्द्र (MCC) बीच पार्टीएकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना भयो ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यसै २१ सेप्टेम्बरलाई माओवादी पार्टी स्थापना मिति मानेर हरेक वर्ष विभिन्न कार्यक्रमका साथ पार्टी स्थापना दिवस मनाउँदै आएको छ । यो वर्ष पनि उसले २० औँ पार्टी स्थापना दिवस भव्यताका साथ मनाउन १ महिने कार्यक्रम तय गरेको छ र त्यसका सन्दर्भमा पार्टी पङ्क्ति र उत्पीडित जनताका नाममा एउटा लामो अपिल प्रकाशित गरेको छ । यसमा नक्सलवाडी आन्दोलनदेखिको इतिहास, खास गरेर सन् २००४ देखि हालसम्म भारतीय प्रतिक्रियावादी सत्ताले गरेको दमन, आतङ्क र त्यसका विरुद्धको प्रतिरोध मूलत: जनयुद्धका क्रममा शहादत प्राप्त गरेका कमरेडहरूबारे जानकारी दिनुका साथै पार्टीका उपलब्धि र कमीकमजोरीको पनि उल्लेख गरिएको छ । यसमा पार्टी एकता, वैचारिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका कार्यहरूका साथै पार्टीको भावी नीति र कार्यक्रमका सम्बन्धमा पनि प्रकाश पारिएको छ । अपिलमा सहरी क्षेत्रका साथै संयुक्त मोर्चाका कामकारवाहीको पनि चर्चा गरिएको छ र पराजयवादी चिन्तनप्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै चुनौतीपूर्ण घडीमा आम उत्पीडत जनताको साथ लिएर पार्टीलाई नयाँ किसिमले अघि बढाउन आह्वान गरिएको छ ।
सो अपिलको खासखास अंश तल प्रस्तुत गरिएको छ :
हाम्रो माओवादी पार्टी स्थापनाको २० औँ वर्षगाँठको खुसीको अवसरमा भाकपा (माओवादी) समग्र पार्टी पङ्क्ति, जनमुक्ति सेना, क्रान्तिकारी जन कमिटी र जनसङ्गठनहरू, एवम् जेलमा रहेर पनि लाल झन्डा उठाइरहेका हजारौँ कमरेडहरू र देशैभरिका हाम्रो सङ्घर्षका क्षेत्रहरूका क्रान्तिकारी जनताप्रति पार्टी हार्दिक शुभकामना प्रकट गर्दछ । तपाईँहरूले पछिल्ला दुई दशकको समयमा अथाह यातना, दुखकष्ट, पीडा र नोक्सानीको सामना गरेर पनि पार्टी र क्रान्तिका लागि जिउज्यान दिएर महत्वपूर्ण उपलब्धि दिलाउनु भएको छ । हाम्रो केन्द्रीय कमिटी विश्वभरिका मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीहरू, भारतका समस्त जनवादी, प्रगतिशील शक्तिहरू एवम् विभिन्न क्षेत्रका जनहितकारी प्रमुख शक्तिहरू सबैलाई हृदयदेखि नै शुभकामना प्रकट गर्दछ, जसले भारतीय क्रान्तिका साथ एकजुट भएर पाइला चालेका छन् र प्रतिक्रियावादी भारत सरकारद्वारा चलाइएको ‘अपरेसन ग्रिनहन्ट’, ‘समाधान’, ‘सुरज कुण्ड योजना’ र यसै मातहत अहिले चलाइएको ‘अपरेसन कगार’ जस्ता फासिवादी बर्बर, क्रूर नरसंहारकारी युद्धका विरुद्ध अघि सरेर साहसिक चरित्र प्रस्तुत गरेका छन् ।
यस अवसरमा हाम्रो पार्टीको केन्द्रीय कमिटी, समग्र पार्टी पङ्क्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनसत्ता कमिटी, जनसङ्गठनहरू एवम् जनतामा पार्टी स्थापनाको २० औँ वर्षगाँठ १ महिने अभियानका रूपमा महत्वपूणर् लक्ष प्राप्तिका लागि क्रान्तिकारी उत्साहका साथ मनाउँन अपिल गर्दछ, जसबाट क्रान्तिकारी आन्दोलनले सामना गर्नुपरेको चुनौतीलाई स्वीकार गर्दै तीन जादुगरी हतियार पार्टी, जनमुक्ति सेना तथा संयुक्त मोर्चालाई थप बलियो बनाएर ब्राम्हणवादी हिन्दूत्व फासिवादी शासक वर्गको सरकारद्वारा पार्टी एवम् क्रान्तिकारी आन्दोलनलाई सखाप पार्ने उद्देश्यका साथ चलाइएको ‘अपरेसन कगार’ लाई वर्गसङ्घर्ष एवम् छापामार युद्धद्वारा मुकाबिला गर्दै, जनाधार एवम् आत्मगत शक्तिमा वृद्धि गर्दै, पार्टी एवम् क्रान्तिकारी आन्दोलनलाई बचाउँदै विजयको मार्गमा अघि बढाउन सकियोस् ।
२१ सेप्टेम्बर, २००४ मा एकीकृत हाम्रो पार्टी गठनपछिका २० वर्षमा क्रान्तिकारी लक्ष हासिल गर्ने क्रममा केन्द्रीय कमिटीका हाम्रा प्यारा २२ जना सदस्यहरू (जसमा ६ जना पोलिटब्युरो सदस्य छन् ।) समेत ५, २४९ जना हाम्रा कमरेडहरूले आफ्नो अमूल्य जीवनको वलिदान गरेका छन् । यसमा १००० महिला कमरेडहरू छन् । महान् नक्सलवारी क्रान्तिकारी किसान सङ्घर्षको समयदेखि भारतीय क्रान्तिकारी आन्दोलनमा हजारौँ ज्ञातअज्ञात कमरेडहरू सहिद भएका छन् । यसमा प्रत्येक नोक्सानी, खास गरेर हाम्रा प्रमुख नेताहरूको नोक्सानी हाम्रो पार्टीका लागि गम्भीर धक्का थियो । परन्तु, सहिदको बगेको रगतले हाम्रो भारतीय क्रान्तिको मार्ग अझ लालिमय बनेको छ । यसले भारतीय क्रान्तिको दीर्घकालीन जनयुद्धको लाइन अझ समृद्ध बन्न पुगेको छ । सहिदका आदर्श र उनीहरूको कम्युनिस्ट सपनाले जनताको सेवा गर्न र पार्टीले लिएको महत्वपूर्ण केन्द्रीय एवम् अन्य महत्वपूर्ण जिम्मेवारी पूरा गर्न हामीलाई थप शक्तिशाली ऊर्जा प्रदान गरेको छ । हाम्रो केन्द्रीय कमिटी, जसको रगतले हाम्रो पार्टी, जनछापामार सेना तथा संयुक्त मोर्चा र यसको नेतृत्वमा भएको नयाँ जनवादी क्रान्तिलाई षोषित गरेको छ, सिर झुकाएर हृदयदेखि नै श्रद्धाञ्जली अर्पण गर्दछ । यो सहादत सहिदहरूको त्यस विरासतको हिस्सा हो, जसमा भारतीय क्रान्तिका निर्माता, हाम्रो पार्टीका संस्थापक नेताद्वय एवम् शिक्षक कमरेड चारु मजुमदार (CM) र कमरेड कन्हाइ चटर्जी (KC) सामेल हुनुहुन्छ । केन्द्रीय कमिटी र सिङ्गो पार्टी वहाँहरूको बलिदानबाट, नयाँ सत्ता तथा नयाँ समाज निर्माणमा बहाँहरूको सिर्जनात्मक भूमिकाबाट सदैव प्रेरणा लिन्छ । त्यसै गरी पछिल्ला दुई दशकमा विश्व समाजवादी क्रान्तिका सन्दर्भमा विभिन्न मुलुकमा भएका आन्दोलनहरूमा आफ्नो प्राणको आहुति दिने अनगिन्ती क्रान्तिकारी नेता तथा सदस्यहरूप्रति हाम्रो केन्द्रीय कमिटी भावभिनी श्रद्धाञ्जली अर्पण गर्दछ । यस अवसरमा तमाम सहिदहरूका सर्वश्रेष्ठ आकाङ्क्षा पूरा गर्नका लागि हाम्रो पार्टी दुई गुना सङ्कल्पका साथ काम गर्ने प्रण गर्दछ ।
प्रिय कमरेडहरू तथा जनसमुदाय !
वीस वर्षअघि देशका दुई प्रमुख क्रान्तिकारी धारबीच एकीकरण भएर गठित हाम्रो पार्टी भाकपा (माओवादी) को स्थापनाको समयमा हामीले हाम्रो लक्ष र कार्यभारलाई जनताका सामु यसरी प्रस्तुत गरेका थियौँ :
''यो नयाँ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले भारतीय सर्वहारा वर्गको एउटा सङ्गठित राजनीतिक अग्रगामी दस्ताका रूपमा आफ्नो कार्यलाई जारी राख्नेछ । मार्क्सवाद-लेनिनवाद-माओवाद यसको सैद्धान्तिक आधार हुनेछ । यो नै पार्टीचिन्तन तथा गतिविधिका सबै क्षेत्रमा पथप्रदर्शन गर्ने वैचारिक आधार हुनेछ । दक्षिणपन्थी र ‘वामपन्थी’ प्रवृत्तिका विरुद्ध मूलतः दक्षिणपन्थी प्रवृत्तिलाई भारतीय कम्युनिस्ट आन्दोलनका लागि मुख्य खतराका रूपमा लिएर पार्टीले सङ्घर्ष जारी राख्नेछ । यसले पार्टीबाहिर रहेका सबै सच्चा माओवादी समूहहरूलाई एकताबद्ध गर्दै लैजाने प्रयास जारी राख्नेछ ।
यो एकीकृत माओवादी पार्टीको प्रमुख कार्यभार भनेको विश्व सर्वहारा क्रान्तिको अङ्गका रूपमा देशमा चलिरहेको नयाँ जनवादी क्रान्तिलाई निरन्तरता दिएर अघि बढाउनु हो । अप्रत्यक्ष शासन, शोषण र नियन्त्रण भनौं नव-औपनिवेशिक शैलीमा जारी अर्धसामन्ती तथा अर्धऔपनिवेशिक व्यवस्थालाई फ्याल्नु क्रान्तिको अहम् कार्यभार रहेको छ । यो क्रान्ति साम्राज्यवाद, सामन्तवाद र दलाल नोकरसाही पुँजीवाद विरुद्ध जारी रहनेछ । यो क्रान्ति सशस्त्र कृषि क्रान्तिकारी युद्ध अर्थात् दीर्घकालीन जनयुद्धको बाटोमार्फत सम्पन्न हुनेछ । हतियारबद्ध शक्तिद्वारा सत्ता कब्जा गर्नु नै यसको प्रमुख कार्यभार हुनेछ । ग्रामीण इलाकाबाट सहरहरूलाई घेरेर अन्ततः राज्य सत्ता कब्जा गरिनेछ ।
तसर्थ पार्टी कामको अहम् हिस्सा ग्रामीण क्षेत्र र दीर्घकालीन जनयुद्ध नै हुनेछ । सहरी आन्दोलनहरू यसका लागि पूरक हुनेछन् । किन भने नयाँ जनवादी क्रान्तिमा सशस्त्र सङ्घर्ष नै सङ्घर्षको उन्नत र प्रधान स्वरूप हुनेछ र जन सेना नै सङ्गठनको प्रधान स्वरूप हुनेछ । सशस्त्र सङ्घर्ष मार्फत सत्ता कब्जाका लागि संयुक्त मोर्चा निर्माण गरिनेछ । जनसंगठन र जनसङ्घर्ष आवश्यक मात्र नभएर अपरिहार्य छन् र तिनीहरूको उद्देश्य जनयुद्धलाई सघाउ पुर्याङउने हुन्छ ।
यो नयाँ पार्टीले आत्मनिणर्यका लागि लडिरहेका राष्ट्रहरूको सङ्घर्षलाई समर्थन गर्छ र यी आन्दोलनहरूमा भएका राज्य दमनको विरोध गर्दछ । यसले महिलालाई क्रान्तिको शक्तिशाली शक्तिको रूपमा परिचालन र सङ्गठित गर्न विशेष ध्यान दिनेछ र सबै प्रकारका सामाजिक उत्पीडन र विभेद, विशेष गरी छुवाछुत र जातजातिवादका विरुद्ध लड्नेछ । यसले सबैभन्दा खतरनाक हिन्दू फासिवादी शक्तिलगायत सबै साम्प्रदायिक शक्तिहरूको भण्डाफोर गर्छ र उनीहरूलाई, अलग्याउने र पराजित गर्ने कार्य जारी राख्नेछ ।
यसले भारतीय शासक वर्गको विस्तारवादी नीति र त्यसलाई सहयोग गर्ने साम्राज्यवादी सरदारहरू, विशेष गरी अमेरिकी साम्राज्यवादको भण्डाफोर गर्नुका साथै त्यस विरुद्धको प्रतिरोधलाई जारी राख्नेछ । त्यसै गरी पेरू , फिलिपिन्स, टर्की र अन्यत्रका माओवादी पार्टीको नेतृत्वमा भएका जनयुद्धलाई पनि यसले साथ दिनेछ । यसले साम्राज्यवाद र प्रतिक्रियावाद विरुद्धका सबै जनसङ्घर्षलाई समर्थन गर्ने छ । यसले विश्वभरिका मजदुर वर्गका आन्दोलन र अन्य जनआन्दोलनहरूलाई पनि समर्थन गर्नेछ ।
एकीकृत पार्टीले सर्वहारा अन्तर्राष्ट्रियतावादको झण्डालाई माथि उठाउँदै र अन्तर्राष्ट्रिय स्तरमा सच्चा माओवादी शक्तिलाई एकताबद्ध गर्न अझ सशक्त रूपमा आफ्नो योगदानलाई जारी राख्नेछ । यति मात्र नभएर यसले विश्वका सम्पूर्ण उत्पीडित जनता र राष्ट्रहरूसँग एकताबद्ध भएर साम्राज्यवाद र तिनका लुटेराहरूका विरुद्ध विश्व सर्वहारा क्रान्तिलाई अगाडि बढाउन उनीहरूसँग काँधमा काँध मिलाएर लड्नेछ र त्यसले समाजवाद र त्यसपछि साम्यवादको अनुभूति गर्ने मार्ग प्रशस्त गर्नेछ ।''
यी दुई दशकमा पार्टीले दुस्मनको पाशविक दमनको सामना गर्दै, गम्भीर नोक्सान बेहोर्दै, सामुन्नेमा आएका ठूलाठूला चुनौतीहरूको सामना गर्दै आफ्नो लक्ष एवम् कार्यभारलाई पूरा गर्न धैर्यका साथ काम गर्यो् । नयाँ पार्टी गठनबाट भयभित भारतको दलाल शोषक-शासक वर्गले हाम्रो एकीकृत पार्टी देशको आन्तरिक सुरक्षाका लागि सबैभन्दा खतराका रूपमा रहेको घोषणा गर्यो । साम्राज्यवादीहरूले भाकपा (माओवादी) लाई विश्वको एउटा खतरनाक आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरे । देशभित्रका प्रतिक्रान्तिकारी सरकारहरूले देशैभरि पार्टी तथा क्रान्तिकारी आन्दोलनलाई पूणर्रूपमा सखाप पार्ने उद्देश्यले साम्राज्यवाद-प्रायोजित प्रतिक्रान्तिकारी एल.आइ.सी. रणनीति एवम् कार्यनीति अन्तर्गत सन् २००५ पछि एकपछि अर्को गरेर लगातार ‘सरकारी मिलिसिया अभियानहरू’/‘हत्यारा गिरोहका आक्रमण’, ‘अपरेसन ग्रिनहन्ट’, ‘समाधान’, सुरजकुण्ड योजना’ को नाममा देशका क्रान्तिकारी ग्रामिण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमा पनि रणनीतिक प्रतिक्रान्तिकारी आक्रमण अभियान चलाए । साम्राज्यवादी निर्देशनमा भारतीय शासक वर्गद्वारा हाम्रो पार्टी र आन्दोलनलाई पूरै सखाप पार्न बेलाबेलामा चलाइएको प्रतिक्रान्तिकारी विशेष दमन अभियान वास्तवमा ‘जनता विरुद्धको युद्ध’ नै थियो ।
एकीकृत पार्टी गठनपछि, दुस्मनका भीषण आक्रमणका कारण भएको गम्भीर नोक्सानीका बीचमा पनि जनदिशा र वर्गदिशा लागु गरेर दुस्मनका गतिविधिको मुकाबिला गर्ने क्रममा हाम्रो पार्टीले हासिल गरेको एउटा ठूलो सफलता, दुस्मनका अनेक चुनौतीहरू पार गर्दै गरिएको कार्य—सफलतापूर्वक पार्टीको ९औँ ऐतिहासिक महाघिवेशन सम्पन्न गरेर पार्टी एकतालाई मजबुत गराउनु थियो । २०१३ को डिसेम्बरमा भाकपा (माओवादी) र भाकपा (माले) नक्सलवारी एउटै पार्टीका रूपमा सङ्गठित हुनु अर्को महत्वपूर्ण सफलता थियो । हाम्रो एकीकृत पार्टीको संस्थापकद्वय कमरेड चारु मजुमदार र कमरेड कन्हाइ चटर्जीद्वारा रेखाङ्कित भारतीय क्रान्तिको बुनियादी लाइनअनुसार चलाइएको नयाँ जनवादी कार्यक्रमलाई एकता महाधिवेशनले थप समृद्ध बनाएर र त्यसलाई पार्टीको बुनियादी दस्ताबेज बनाएर व्यवहारमा जाँच गर्ने र समृद्ध बनाउने क्रममा पार्टी थप मजबुत बन्यो । सबै राज्यलाई समेटेर पार्टीकेन्द्रले रिजनल ब्युरो एवम् रिजनल ब्युरो कमान्ड गठन गर्योथ ।
पार्टीले अन्तर्राष्ट्रिय सर्वहाराप्रतिको आफ्नो कर्तव्यअन्तर्गत देश-दुनियाँका विभिन्न गलत रुझानका विरुद्ध सैद्धान्तिक सङ्घर्षमा सक्रिय रूपमा भाग लियो । दक्षिण एसियाका माओवादी पार्टी तथा संस्थाहरूको समन्वय केन्द्र (CCOMPOSA) को स्थापनामा तथा प्रचण्ड-भट्टराईको आधुनिक संशोधनवाद विरुद्ध लड्ने कार्यमा पार्टीले महत्वपूर्ण भूमिका खेल्यो । अन्तर्राष्ट्रिय संस्था निर्माणका सन्दर्भमा हामीले पत्रमार्फत आफ्नो धारणा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सामु प्रस्तुत गर्यौँय । पार्टीले विभिन्न रूपहरूमार्फत विभिन्न क्रान्तिकारी सङ्घसंस्थाहरूसित सम्बन्ध बनाएर कम्युनिस्ट आन्दोलनमा भाइचारा सम्बन्ध विकास गर्ने प्रयास गर्यो।
भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्दै, भारतीय प्रतिक्रियावादले गरेको दमनअभियानलाई रोक्न र राजनीतिक बन्दीहरूको रिहाइको माग गर्दै सन् २०११ देखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय स्तरमा भाइचारा आन्दोलन चलिरहेका छन् । फिलिपिन्सको जनयुद्धको समर्थनमा हाम्रो पार्टीले २०१३ र २०२२ मा भाइचारा आन्दोलन चलायो । त्यसै गरी फिलिपिन्स कम्युनिस्ट पार्टीले जुन-जुलाई २०२४ मा भारतमा चलिरहेको जनयुद्धको समर्थन र ‘अपरेसन कगार’ का विरुद्ध भाइचारा आन्दोलन चलायो । यसले हाम्रो पार्टी र जनयुद्धका साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सकारात्मक प्रभाव पर्योो ।
सहर र गाउँ दुवै क्षेत्रमा दुस्मनका पछिल्ला उच्च स्तरका आक्रमण र दमनले क्रान्तिकारी गतिविधिहरूलाई अघि बढाउन केही समस्या परेको भए पनि समग्रमा दुस्मनले वर्तमानमा चलाएको ‘कगार अपरेसन', घेराबन्दी र जनता र जनयुद्ध विरुद्धको युद्धलाई पार्टीले अभूतपूर्व किसिमले डटेर सामना गरिरहेको छ । हाम्रो पार्टी र जनमुक्ति छापामार सेना, सयुक्त मोर्चा एवम् भारतीय क्रान्तिको रक्षाका लागि महत्वपूर्ण शक्तिका रूपमा देखापरेको छ । यसका साथै दुस्मनको आक्रमणले एकातिर हाम्रो पार्टीको कमीकमजोरीलाई पनि बाहिर ल्याएको छ भने अर्कोतिर हाम्रो पार्टी पङ्क्तिमा, दृढताका साथ उभिएर साहसिक किसिमले युद्धकौशलको उपयोग गर्दै सही कार्यनीतिका साथ लडेर अघि बढ्ने परिस्थिति पनि पैदा गरिहेको छ । जो दीर्घकालीन जनयुद्धको लाइन हाम्रो परिस्थिति अनुकुल छैन भनेर अनेक कुतर्क गर्ने गर्छन्, त्यो एकएक बहाना बनाएर आफ्नो पराजयवादलाई ढाकछोप गर्ने गलत रुझान मात्र हो । दुस्मनले फ्याँकेको टुक्रामा कतिपय कमजोर मान्छेहरू सिकार हुने गर्छन् । यस किसिमका व्यक्तिहरूलाई परीक्षाको घडीले एकपछि अर्को गरेर नाङ्गेझार पारेको छ ।
अवश्य पनि दुस्मनको साम, दान,दण्ड, भेदको नीतिका कारण जनताको एउटा तप्कामा सिथिलता आएको छ । र कतिपयले दुस्मनका सामु घुँडा टेकेका छन् । यथार्थ के पनि हो भने मालेमाको सैद्धान्तिक आलोकमा, थुप्रै रगत बगाएर हासिल गरेको अपार अनुभव, मूल्यवान शिक्षा, पार्टीको जुझारुपन एवम् बलिदानको चेतना ग्रहण गरेर व्यवहारमा दृढताका साथ जानु जरुरी छ । यी सबैका बारेमा सिङ्गो पार्टीमा समान धारणा निर्माणका साथ सहमति कायम गरेबिना वर्तमान परिस्थितिमा अनुकूल पक्षहरूलाई बुझन् सम्भव छैन । क्रान्तिकारी आन्दोलन लहरहरूका झैँ अघि बढ्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो क्रान्तिकारी लक्ष एवम् कार्यभारहरूलाई हासिल गर्ने कार्यमा अवरोधक बनेका पक्षहरूलाई सच्याउँदै र सुधार्दै अघि बढ्न र पार्टीलाई मजबुत बनाउनका लागि हामीसित एउटा शक्तिशाली हतियार छ । यो हतियार हो मार्क्सवाद-लेनिनवाद-माओवाद । यसलाई अझ सटिक र दरिलो गरी व्यवहारमा लागु गर्रौ । यही हो पार्टीको बोल्सेवीकरणको सार ।
प्रिय कमरेड तथा आम जनसमुदाय !
साम्राज्यवादीहरूको समर्थनमा हाम्रो पार्टी तथा आन्दोलनलाई ध्वस्त पार्न जतिसुकै आक्रामकताका साथ क्रूर हमला गरे पनि भारतको शासक वर्ग गम्भीर आर्थिक सङ्कटमा फसेको छ । समाज विकासमा कडा अवरोध बनेको साम्राज्यवाद तथा भारतको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक व्यवस्था मरणासन्न अवस्थामा छ । यो सङ्कट जतिजति तीव्र बन्दै जान्छ, उनीहरू त्यतित्यति नै क्रूर बन्दै जान्छन् र उनीहरूले बढीभन्दा बढी उत्पीडित जनताको विरोधको सामना पनि गर्दै जानुपर्ने हुन्छ, यो इतिहासले प्रस्तुत गरेको शिक्षा हो ।
साम्राज्यवादी भूमण्डलीकरणका नीतिहरूका कारण अहिले साम्राज्यवादी व्यवस्था विश्वव्यापी रूपमा गम्भीर वित्तीय एवम् आर्थिक सङ्कटमा फसेको छ । अमेरिकी साम्राज्यवाद र उसका सहयोगी शक्तिहरूका कारण खास गरेर चीन र रूससित उसले प्रतिस्पर्धा गर्नु परेको कारण कतिपय मुलुकहरू युद्धमा धकेलिएका छन् । हाम्रो देशमाथि यसको प्रभाव परेको छ । विश्वभरि भारतजस्ता पिछडिएका मुलुकहरूमा प्राकृतिक स्रोतसाधन, सस्तो श्रम एवम् बजारमाथि अधिक लूटपाट मच्चाउन साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी एवम् विभिन्न देशका तिनका दलाल शासक वर्ग भरमग्दूर प्रयास गरिरहेका हुन्छन् । यसका लागि उनीहरू फासिवाद (हाम्रो देशमा ब्राम्हणवादी हिन्दूत्व फासिवाद) को सहयोग लिइरहेका हुन्छन् । ‘फुटाउ र शासन गर’ को नीतिअनुसार एकातिर जनताबीच विभाजनको स्थिति उत्पन्न गर्ने गर्छन् र अर्कोतिर सङ्घर्षरत जनतामाथि पाशविक दमन चलाइरहेका हुन्छन् ।
हाम्रो देशमा मोदी सरकार जनतालाई आतङ्कित पारेर ‘झुकाउनका लागि’, जनताबीचको एकतालाई टुक्र्याएर आफ्नो अधीनमा ल्याउनका लागि निरन्तर हत्याकाण्ड मच्चाइरहेको छ । खास गरेर जम्मु कश्मिरमा १० लाख सैनिक, अर्धसैनिक, सशस्त्र पुलिस बल, त्यत्तिकै मात्रामा पूर्वोत्तर भारतमा र माओवादी क्षेत्रहरूमा ७ लाख सैनिक, अर्धसैनिक, सशस्त्र पुलिस बल तैनाथ गरेर निरन्तर जनताको रगत बगाइरहेको छ । ड्रोन र हेलिकप्टद्वारा आक्रमण गरिरहेको छ र तोपहरूद्वारा बमबारी गरिरहेको छ । भूमण्डलीकरणको परिणाम के-कस्तो हुँदो रहेछ भन्ने कुरामा यताका दिनमा जनता प्रस्ट हुँदै गएका छन् । फलस्वरूप जनता ठाउँठाउँमा आन्दोलनमा उत्रिरहेका छन् । यो अनुकूल परिस्थितिको उपयोग गर्दै मुलुकका समस्त उत्पीडित वर्ग, उत्पीडित सामाजिक तप्का एवम् उत्पीडित जातजाति एवम् जनवादी शक्तिहरूलाई जाग्रत गराएर सङ्गठित गर्नु आवश्यक छ । खास गरेर महँगीका विरुद्ध, मजदुरको ज्याला वृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, आवास समस्या, भ्रष्टाचार, जनवादी अधिकार, सामाजिक न्याय, छुवाछुत, महिलामाथि अत्याचार, हिन्दूवादी फासिवादीहरूद्वारा गरिएको अत्याचार आदि मुद्दालाई लिएर जनआन्दोलन चलाउनु आवश्यक छ । साथै यस्तो अनुकूल परिस्थितिमा हामीले आफ्नो नोक्सानीलाई कम गर्दै र कमजोरीबाट बच्तै, दृढ सङ्कल्प तथा आत्मबलिदानको चेतना र सामर्थ्यका साथ सही कार्यनीति अँगाल्दै जनयुद्धलाई अघि बढाउनु आवश्यक छ ।
जनयुद्धको माध्यमद्वारा देशमा नयाँ जनवादी क्रान्ति सफल बनाएर अन्त्यमा विश्वभरि समाजवाद-साम्यवाद स्थापनाका लागि अन्तर्राष्ट्रिय सर्वहारा वर्ग एवम् तमाम श्रमिकहरूका साथ, उत्पीडित राष्ट्रियताका साथ, कम्युनिस्ट क्रान्तिकारीहरूका साथ काधमा काँध मिलाएर अघि बढ्नका लागि थुप्रै अवसरहरू हाम्रा सामु विद्यमान् छन् । क्रान्तिकारी युद्धको नेतृत्व गर्ने हाम्रो पार्टीप्रति उत्पीडित जनताको विश्वास छ । अहिले हाम्रो क्रान्तिकारी आन्दोलन केही कमजोर स्थितिमा भएको भए पनि देशका व्यापक उत्पीडित जनता एवम् उत्पीडित सामाजिक तप्काका लागि एउटा उज्ज्वल विकल्पका रूपमा उपस्थित भएर उत्पीडित तह र तप्कालाई आकर्षित गर्न हामी सक्षम भएका छौँ । हाम्रो पार्टी र क्रान्तिकारी युद्धबाट आफ्नो सत्तालाई कति खतरा छ भन्ने कुरा प्रतिक्रियावादी वर्गलाई भलिभाँती थाहा छ । त्यसैले उसले हाम्रो पार्टीलाई सखाप पार्न अत्यन्तै क्रूर किसिमले आक्रमण गर्ने गरेको छ ।
इतिहासमा एउटा अर्को पाठ पनि छ । एउटा सानो शक्तिले ठूलो शक्तिलाई हराउन सक्छ , कमजोर शक्तिले शक्तिशाली शक्तिलाई ध्वस्त पार्न सक्छ । कुनै पनि देशमा अल्पसङ्ख्यामा रहेको शोषक वर्ग र त्यसका सशस्त्र बलबाट सत्ता कब्जा गर्नका लागि क्रान्तिकारी युद्धको सफलता बहुसङ्ख्यक जनताको सामथ्र्यमाथि निर्भर हुन्छ । आरम्भमा सानो र कमजोर शक्तिका रूपमा रहेको पार्टी यो रणनीतिमा पूर्णरूपले निर्भर रहेर सङ्घर्षका क्रममा बलियो हुन्छ र शक्तिशाली दुस्मनलाई पराजित गर्न सक्षम हुन्छ । यो विश्वमा भएका थुप्रै क्रान्तिमा पटकपटक साबित भएको कुरा हो । हाम्रो सन्दर्भमा खास गरेर स्थानीय साधनस्रोतमा आधारित भएर निम्न गुणस्तरकै हातहतियार र कम प्रशिक्षित हाम्रा योद्धाहरूबाट जनयुद्धकै क्रममा यो सफलता प्राप्त हुने गरेको छ । दुस्मन ठूलो सङ्ख्यामा माओवादीहरूको हत्या गरेको हल्ला गर्ने गर्दछ । वास्तवमा युद्ध अथवा दोहोरो भिडन्तमा नभएर कपटपूर्ण किसिमले उसले जनहत्याको कार्य गर्ने गरेको छ । असली भिडन्तमा त उनीहरू पुच्छर लुकाउँदै भाग्ने गरेका छन् । कतिपय भिडन्तमा मारिएका उनीहरूका सशस्त्र बलका सदस्यहरूका बारेमा उनीहरू एकदमै मौन बस्ने गर्दछन् ।
दुस्मनले जतिसुकै दमनअभियान चलाओस्, उसले पार्टी र जनछापामार सेनाको प्रतिबद्धतालाई कमजोर तुल्याउन सक्तैन । कृषि क्रान्ति कति उत्पीडित जनताको पक्षमा छ भन्ने कुरा हामीले प्रत्यक्ष रूपमा भोगेका छौँ । त्यसैले पहिलेका कमरेडहरूका झैँ हामीले हाम्रा कामहरू निरन्तर जारी राख्नुपर्छ । हाम्रो भविष्य हाम्रै हातमा छ । इतिहासबाट सिक्नका लागि अध्ययन आन्दोलन चलाउनुबाहेक अर्को प्रभावशाली बाटो अरू कुनै पनि छैन । परन्तु, जनयुद्धको मातहत, असली जनतन्त्र हासिल गर्नका लागि अघि बढ्ने क्रममा जनदृष्टिकोणबाट, जनतामा क्रान्तिकारी र देशभक्तिको स्फुर्ति प्रज्वलित गरेर, त्यसलाई अघि बढाउने पक्षमा अभियान चलाउनु आवश्यक छ । पार्टीलाई मजबुत र एकताबद्ध बनाएर अघि बढ्यौँ भने जनताको मुक्तिको बाटो सहज बनाउन सक्छौँ र उत्पीडित वर्ग, समुदाय र जातजातिहरूको जीवन एवम् आजीवीकालाई बचाउन सक्छौँ, नयाँ जनवादी क्रान्ति सफल बनाउन सक्छौँ ।
साम्राज्यवादीहरू र विश्वका उत्पीडित राष्ट्रहरू र उत्पीडित जनताबीच अन्तर्विरोध दिनदिनै तीव्र हुनुका साथै विश्वभरि नै क्रान्तिका लागि वस्तुगत परिस्थिति एकदमै अनुकूल बन्दै गइराखेको छ । अमेरिका, ब्रिटेन, जर्मनी, फ्रान्स, इटालीजस्ता साम्राज्यवादीहरूको पूरा समर्थन र निर्देशनमा इजरायलद्वारा प्यालेस्टाइन जनतामाथि गरिएको नरसंहारकारी उन्मादी युद्धमा अहिलेसम्म ४० हजार प्यालेस्टाइन जनताको हत्या भएको छ र ९० हजार घाइते भएका छन् । मारिनेमा अधिकांश महिला र केटाकेटी छन् । गाजामा प्यालेस्टाइन जनता त्यस क्षेत्रबाट पूणर्रूपमा विस्थापित हुनुका साथै आवास भवनहरू, शैक्षिक संस्थानहरू र सरकारी कार्यालयहरू पूणर्रूपमा ध्वस्त भएका छन् । कुनै पनि किसिमको मानवीय सहायता पुग्नबाट वञ्चित गरेर गाजा क्षेत्रबाट उनीहरूलाई इजिप्टको सिनाय मरुभूमिका पुर्यािएर सम्पूणर् प्यालेस्टाइन भूमिलाई कब्जा गर्ने आफ्नो पहिलेदेखिको योजनालाई पूणर्ता दिन इजरायल आफ्नो बाटो सहज बनाइरहेको छ । यसका विरुद्ध प्यालेस्टाइन जनता र सम्बद्ध प्रतिरोधी संस्थाहरू साहसपूर्वक लडिरहेका छन् । इजरायलको दूराक्रमणकारी युद्धलाई रोक्न, इजरायलसितको सम्बन्ध विच्छेद गर्न एवम् नरसंहारकारी सरकारलाई समर्थन गर्ने इजरायली कम्पनीहरूलाई बहिष्कार गर्न दबाबी माग कतिपय देशका नागरिकले आफ्नो देशको सरकारसामु गरिरहेका छन् । यो बाहेक हालैमा अमेरिकादेखि युरोपसम्मका विश्वविद्यालयमा विद्यार्थी आन्दोलन चर्किरहेको स्थिति छ ।
अफ्रिकी देश केन्यामा सरकार टाट पल्टियो । यो सरकारले अन्तर्राष्ट्रिय मुद्राकोश एवम् अफ्रिकी ब्याङ्कबाट लिइएको खराब कर्जाको परिणाम थियो । त्यसपछि सरकारले अन्तर्राष्ट्रिय मुद्राकोशद्वारा प्रायोजित आर्थिक विधेयक पारित गरेर कर बढाएर जनतामाथि आर्थिक बोझ थोपर्यो् । यसले जनता विद्रोहमा उत्रिए र संसदभवनमाथि आक्रमण गरे । फलस्वरूप सरकारले आफ्नो निणर्य रद्द गर्नुपर्यो् । बङ्गलादेशमा बहुराष्ट्रिय विदेशी कम्पनीहरू, भारतीय विस्तारवादीहरू, त्यहाँका दलाल पुँजीपति वर्ग र सामन्तहरूको आडभरोसा पाएकी शेख हसिना सरकारका जनविरोधी नीतिका कारण, खास गरेर जनअनुमोदन गुमाएको आरक्षण लागू गर्ने नीतिका विरुद्ध विद्यार्थीहरू र जनवादी शक्तिहरू विद्रोहमा उत्रिए । फलस्वरूप शेख हसिना भारत पलायन हुनुपर्योन । यसरी समग्र पिछडिएका मुलुकहरूमा साम्राज्यवाद विरोधी र दलाल नोकरसाही शासक वर्ग विरोधी जनआन्दोलनहरू बृहत् रूपमा चर्किरहेका छन् । साम्राज्यवादी-पुँजीवादी मुलुकहरूमा मजदुर वर्ग आफ्नो देशको पुँजीपति वर्गका विरुद्ध आन्दोलन गरिरहेको छ ।
यस किसिमको परिस्थितिको उपयोग गर्दै क्रान्तिकारी राष्ट्रिय-मुक्तिका लागि क्रान्तिकारीहरू र जनवादी शक्तिहरू विश्वव्यापी रूपमा विस्तारित भइरहेका छन् । मालेमावादी पार्टीहरू निर्माण भएर शक्ति आर्जन गरिरहेका छन् । अल्प विकसित देशका कतिपय मालेमावादी पार्टीहरूले कृषि क्रान्ति र वर्गसङ्र्षलाई तीव्र पार्दै जनयुद्धको तयारीमा जुटिरहेका छन् । तसर्थ, पुँजीवादी देशहरूमा पनि मजदुर वर्ग र क्रान्तिकारी शक्तिहरूद्वारा समाजवादी क्रान्तिको तयारी गर्नु समयको माग बनेको छ । त्यसै गरी अन्तर्राष्ट्रिय तहमा हरेक देशमा साम्राज्यवादका विरुद्ध व्यापक संयुक्त मोर्चा निर्माण गर्दै उत्पीडित जनता तथा उत्पीडित राष्ट्रहरूको आन्दोलनलाई गोलबद्ध गरिनु पर्दछ । यसै पृष्टभूमिमा भारत तथा फिलिपिन्समा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय भाइचारा आन्दोलन व्यापक बनिरहेका छन् । भारतमा चलिरहेको जनयुद्ध थप विकसित हुँदै जाँदा विश्व समाजवादी क्रान्तिलाई थप शक्ति प्रदान गर्न सक्छ भन्ने विश्वास सर्वत्र जागेको छ । यो विश्वासलाई साकार पार्ने जिम्मेवारी हामीले लिनु पर्दछ ।
आउनुहोस्, हाम्रो देशमा विद्यमान् दुखकष्ट, शोषण, उत्पीडन, दमन एवम् भेदभावको कारक बनेको साम्राज्यवाद र दलाल नोकरसाही पुँजीपति तथा सामन्त वर्गको प्रतिनिधित्व गर्ने अर्धऔपनिवेशिक तथा अर्धसामन्ती व्यवस्थालाई जरैसित उखेलेर फाल्ने उद्देश्यका साथ नयाँ जनवादी क्रान्ति गरिरहेको पार्टी तथा क्रान्तिकारी आन्दोलन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को २० औँ वर्षगाँठमा यसलाई बचाइराख्न कम्मर कसौँ । ‘अपरेसन कगार’ को मुकाबिला गरौँ । जनताको आफ्नो क्रान्तिकारी पार्टी भएन भने शोषक शासक वर्गको घोर शोषण, उत्पीडन, यातना र ताडना, दमन र अत्याचार बेलगाम बढ्नेछ । उत्पीडित जनताको जिन्दगी अकथनीय किसिमले अस्तव्यस्त हुनेछ । माओवादी क्रान्तिकारी विचारधारा, क्रान्तिकारी सिद्धान्त एवम् क्रान्तिकारी गतिविधि नहुने हो भने उत्पीडत वर्ग एवम् समुदायको कुनै पनि समस्याको हल हुँदैन र सामाजिक मौलिक परिवर्तन पनि सम्भव हुँदैन । देशमा क्रान्तिकारी आन्दोलन नहुने हो भने उत्पीडित जनताका लागि केही पनि हुने स्थिति छैन । भारतमा असली स्वतन्त्रता, जनतन्त्रको स्थापना, राष्ट्रहरूको आत्मनिणर्यको अधिकार रहेको व्यवस्थाको स्थापना एवम् छुवाछूत-जातिप्रथाको अन्त्य-सामाजिक न्यायको स्थापनाको लक्ष एवम् राष्ट्रिय जनतान्त्रिक क्रान्तिको विजयका लागि व्यापक जनसमुदायलाई तीन मुख्य दुस्मनका विरुद्ध आन्दोलनमा गोलबद्ध गर्दै र जनाधार र आत्मगत शक्तिमा वृद्धि गर्दे दुस्मनका विरुद्ध दृढताका साथ लडेर क्रान्तिकारी आन्दोलनलाई विजयपथमा अघि बढाऔँ ।
केन्द्रीय समिति
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
अनु. ऋषिराज बराल
०००
भिडियो फिचरview all