menu

ताजा समाचार

जनताले यसरी माओलाई लिएर आए

यो कलाकारिता बिम्बात्मक छ र   धेरै अर्थमा  महत्त्वपूर्ण छ  ।  आफ्नो सिर्जना सबैले पढिदिऊन्, सुनिदिऊन् र  हेरिदिऊन् भन्नै चाहना सबैमा हुन्छ । आफ्नो नाम परिचित होस् भन्ने इच्छा-आकाङ्क्षा हुनु स्वाभाविक पनि हो ।  तर यति सुन्दर कलाकारिताका स्रष्टाले आफ्नो सुरक्षालाइ ध्यान दिएर नाम बाहिर ल्याएका छैनन् ।

चीनमा पुँजीवादको  पुनर्स्थापना  समाजवादी मूल्य र माओका आदर्शहरूलाई निषेध गर्ने, साम्राज्यवादसित सम्बन्ध बढाउँने, पुँजीवादी उत्पादनसम्बन्धको विकास गर्ने कामलाई सन् १९९० को दशकमा  देङ सियाओ  पिङको नेतृत्वमा तीव्र रूपमा अघि बढाइयो । अहिले त्यहाँ मजदुर-किसानमाथि तीव्र शोषण भइरहेको छ र जनतामा आक्रोस र विद्रोह उठेको छ । ठाउँठाउँमा ‘माओ अध्ययन समूह’ खोलेर क्रान्तिकारीहरूले सङ्गठननिर्माण र विभिन्न किसिमका सङ्घर्षहरू गरिरहेका छन् । माथिको दृश्यले “चीनमा माओ फर्किनु भयो” भन्ने चिनियाँ जनताको भावनात्मक पक्षलाई कलात्मक प्रतिबिम्बन गरेको छ ।जसले यो चित्र बनाए, उनले नै यसबारे विवरण दिएका छन्  ।

 माथिको दृश्यमा जर्ज बुस  सुनैसुनले भरिएको बाकस लिएर पादरीको भेषमा चीन पुगेका छन् र त्यहाँ उनले बाकस खोलेर  सबैलाई सुन बाँडिरहेका छन् । त्यो दृश्यमा रहेका पात्रहरू को को होलान्  भन्ने जिज्ञासा हुनु स्वाभाविक छ । उत्तर यस्तो छ, १. भित्तामा बीचमा खोपोजस्तोमा टाँगिएको फेाटो जियाङ जमिनको हो । उनले १९९० दसकको आरम्भमा पुँजीपतिलाई चिनियाँ कम्युनिस्ट पार्टीको  सदस्यता लिन  आह्वान गरेका थिए र पुँजीवादको ढोका पूर्णरूपमा खोलेका थिए,  ( भर्खरै उनको मृत्यु भएको छ ) । २. देब्रेतिर टाँगिएको फोटो देङको हो, जसले पुँजीवादलाई चीनमा भित्र्याउन वैचारिक र व्यावहारिक आधार तयार पारेर ढोकाका  सबै आग्लाहरू  खोलेका थिए, ३. दाहिनेतिर टाँगिएको फोटो झाओ जियाङको हो, जसले पुँजीवादलाई बलियो बनाउन, “चीनमा सबै कुरा पश्चिमीकरण गर” को नाराका साथ साम्राज्यवादलाई भित्र्याएका थिए, उनैले कम्युनिस्ट पार्टीका नेताले पश्चिमको जस्तो टाइ-सुट लगाउनु पर्ने फरमान जारि गरेका थिए र पार्टीमा गल्फ खेलको संस्कृति भित्र्याएका  थिए,४. बुसको दाहिनेतिर उभिएको पात्र चेन लियाङगिउ, पहिलेको साङ्र्घाई शाखाका सेक्रेटरी  सबैभन्दा भ्रष्ट र बदनाम  व्यक्ति हुन्, जो एउटा दलाल र नौकरसाही  पुँजीपति वर्गको प्रतिनिधिका रूपमा चीनमा बढी परिचित छन्, ५.  लियाङ गिउको नजिक चस्मा लगाउने व्यक्ति झाङ वे याङ हुन्, जो एउटा सभ्रान्त वर्गको बुद्धिजीवीको प्रतिनिधिका रूपमा चीनमा परिचित छन् र ७. ढोकाको छेउमा दाहिनेतिर  कुर्सीमा बसेको पात्र चीनको सबैभन्दा ठूलो उद्योगपति, व्यापारी  रेन झिक्विङ हुन् ।

चीनका यी ‘ठूला’ मान्छेहरूमाझ चिनियाँ समाजवाद र चिनियाँ जनताको किनबेचको सौदा चलिरहेको बेला जनतालाई यो सह्य हुँदैन र उनीहरूले माओलाई गुहार्छन् । माओ येनानकालको पहिरनमा आक्रोसित भएर अचानक सौदाबाजी चलिरहेको त्यस ठाउँमा प्रवेश गर्नुहुन्छ । चिन्नुहोस् पछाडिका दुईजना जनता को  हुन् – यी  चिनियाँ महान् र्सवहारा सांस्कृतिक क्रान्तिका बेला संशोधनवादका विरुद्ध र क्रान्तिका पक्षमा बहुचर्चित भएको अपेरा रातो लालटिन का पात्रहरू- बाबु लि युहे र छोरी लि तेइमेइ हुन् । उनीहरूले हातमा रातो लालटिन पनि बोकेका छन् । उनीहरूले चिनियाँ विशाल जनताको प्रतिनिधित्व गर्दै कमरेड माओलाई यी कपुतहरूको चर्तिकला देखाउन बोलाएर ल्याएका छन्, अर्थात् हेर्नुहोस्- तपाईंको नेतृत्त्वमा निर्माण भएको समाजवादी चीनको यिनीहरू कस्तो सौदा गर्दैछन् !

क्रान्तिकारी यी कलाकारको यस कलाकार्यले  वर्तमान चीन कता जाँदैछ र चिनियाँ जनता के चाहन्छन्  भन्ने  कुरा प्रस्ट पार्दछ । यो कलाकार्य सन् २००५ मै तयार पारिएको थियो । चीनमा माओवादी आन्दोलन नयाँ किसिमले विकसित हुन थालेसँगै यस किसिमको प्रचार तीव्र बनेको छ । त्यहाँ फेरि बिग पोस्टर अभियान सुरु भएको छ । चिनियाँ जनताबीच एकदमै लोकप्रिय भएको चिनियाँ वेबसाइट http://www.wyzxsx.com मा राखिएको यो कलात्मक अभिव्यक्तिलाई अनुवाद गरी हामीले पाठकसमक्ष प्रस्तु गरेका छौँ । तर अब यो वेबसाइटलाई चिनियाँ प्रतिक्रान्तिकारीहरूले बन्द गराएका छन्।


भिडियो फिचरview all