menu

ताजा समाचार

पार्टीको १८ औँ वार्षिकोत्सव क्रान्तिकारी उत्साहका साथ मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को अपिल

कमरेड चारु मजुमदारको विरासतलाई क्रान्तिकारी निरन्तरता दिइरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सन् २००४ मा माओवादीका नाममा पार्टी स्थापना भएको मितिमा  विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सवका मनाउँदै  आएको छ । सन् २००४ मा ‘भाकपा (माले) पिपुल्स वार’  र ‘माओइस्ट कम्युनिस्ट सेन्टर’ बीच एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भएको थियो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी ) ले चारु मजुमदार र कन्हाई चटर्जीलाई संस्थापक नेताका रूपमा मान्छ । यसैक्रममा  यस वर्ष पनि १८ औँ वासिर्षकोत्सव मनाइरहेको छ ।  १८ औँ वासिर्षकोत्सवको सन्दर्भमा सो पार्टीले प्रेस  वक्तव्य जारी गरेर यही सेप्टेम्बर २१  देखि  २७ सम्म क्रान्तिकारी उत्साहका साथ  सप्ताहव्यापी वार्षिकोत्सव मनाउन आह्वान गरेको छ । प्रस्तुत छ सो वक्तव्यको पूर्ण पाठ :
-----------------------------------------------------------------------------------------------------

२०२२, सेप्टेम्बर २१ देखि २७ गतेसम्म  पार्टीको १८औं वार्षिकोत्सव  क्रान्तिकारी उत्साहका साथ मनाऔं 

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिले पार्टीको सम्पूर्ण तह, जनछापामार सेना, क्रान्तिकारी जनसङ्गठनहरू र क्रान्तिकारी जनतालाई पार्टीको १८औँ वार्षिकोत्सव देशभरका ग्रामीण तथा सहरी क्षेत्रमा क्रान्तिकारी उत्साह र दृढ इच्छाशक्तिका साथ मनाउन आह्वान गर्दछ । पार्टी, देशका कुना-कुनामा जनआधार बढाउन, पार्टीलाई बलियो बनाउन र भारतमा जनयुद्ध अगाडि बढाउन र प्रतिक्रान्तिकारी रणनीतिक ‘समाधान’ प्रहार आक्रमणलाई परास्त गर्न आह्वान गर्दछ ।

पार्टीको केन्द्रीय समिति १८औँ वार्षिकोत्सवको अवसरमा पार्टीका प्रिय संस्थापक नेता कामरेड चारु मजुमदार र कामरेड कन्हाइ चटर्जीलगायत जनताको मुक्तिको लागि आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाका साथ क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दछ । पेरू कम्युनिष्ट पार्टीका नेता कमरेड गोन्जालो,  फिलिपिन्स कम्युनिस्ट पार्टीका प्रवक्ता कमरेड का ओरिस र ग्यालिसिया माओवादी कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड मार्टिन नया जस्ता नेतृत्व तहमा रहेका थुप्रै कमरेडहरूको सहादतले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुर्याएको छ ।

जनछापामार सेनाका  घाइते योद्धाहरूप्रति केन्द्रीय समिति गहिरो हार्दिकता प्रकट गर्दछ र उहाँहरूरू छिट्टै निको भई जनयुद्धको मैदानमा उत्रिने विश्वास व्यक्त गर्दछ ।  क्रान्तिको रातो झण्डा बोकेर कारागारमा बन्दी अवस्थामा रहनुभएका बसेका वरिष्ठ नेता पोलिट ब्युरो  सदस्य कमरेड कमरेड किसनदा, केन्द्रीय समितिका कमरेडहरू सिलाडी, कञ्चनदा, कृष्णमूर्ति र विजयकुमार आर्यलगायत सबै कामरेडहरूप्रति केन्द्रीय समिति क्रान्तिकारी अभिवादन  प्रकट गर्दछ । 

शत्रुको चरम फासिवादी आक्रमणका बीचमा पार्टीको १७ औँ वार्षिकोत्सवको अवसरमा गत वर्ष निर्धारित गरिएका कार्यहरू पार्टीका जनसङ्गठनहरू, जनमुक्ति छापामार सेना र रणनीतिक र कार्यनीतिक संयुक्त मोर्चाले पूरा गर्न जसरी निरन्तर प्रयास जारी राखेका छन्, यो महत्वपूर्ण पक्षहरूमध्येको एउटा मुख्य पक्ष हो । 

वैचारिक सामथ्र्य, राजनीतिक शिक्षा, सैन्य सीपको विकास, जनताको राज्यसत्ता र जनसङघर्षका संयन्त्रहरू विस्तार गर्ने जस्ता सबै क्षेत्रमा सापेक्षित विकास भएको छ । क्रान्तिकारी जनसत्ताका अङ्गहरूले जिल्ला तहसम्म काम गरिरहेका छन् र विकासको वैकल्पिक मोडललाई  भ्रूणको चरणका रूपमा गति दिएका छन् ।  यी सबै क्षेत्रमा अझै धेरै उपलब्धी हासिल गर्न बाँकी छ ।

मुलुक अहिले संस्थागत सैन्यीकरण विरुद्ध ‘चोतर्फी जनआन्दोलन’ को साक्षी रहेको छ । गत वर्ष छत्तीसगढको सिलिङ्गरबाट सुरु भएको सङ्घर्ष भारतमा मात्र नभएर विश्वमै जनसङ्घर्षको प्रतिक बनेको थियो । तेलङ्गानाका आदिवासीहरू आफ्नो पोडु भूमि जोगाउनका लागि वर्षौँदेखि लडिरहेका छन् । क्रान्तिकारी आन्दोलनसित सम्बद्ध  सबैजसो क्षेत्रमा सङ्घर्षहरू भए । जनसङघर्षको क्रममा पार्टीले सशस्त्र सङ्घर्षका माध्यमबाट राजनीतिक सत्ता कब्जाको राजनीतिक प्रचारप्रसारको प्रयासलाई निरन्तरता दियो । 

अन्तर्राष्ट्रिय परिस्थितिको कुरा गर्दा साम्राज्यवादी आर्थिक र वित्तीय सङ्कट गहिरिँदै गएको छ । साम्राज्यवादीहरूले सङ्कटबाट मुक्त हुन र आफ्नो शक्ति सन्तुलनअनुसार विश्वलाई विभाजन र शोषण गर्न विश्वव्यापीकरणको नीतिहरू बढीभन्दा बढी लागू गरिरहेका छन् । धनी र गरिबबीचको विभेदमा अभूतपूर्व वृद्धि भएको छ । पिछडिएका एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरू पूर्णरूपमा परनिर्भर मुलुक बन्न पुगेका छन् । युक्रेन युद्धले खाद्यान्न, बेरोजगारी र अन्य कुराको सङ्कटलाई तीव्र बनाएको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबीचको अन्तर्विरोध झनै चर्किएको छ । साम्राज्यवादीहरूबीच फेरि शीतयुद्ध सुरु भएको छ । नाटो, क्वाड र औकुस जस्ता गठबन्धनका आधारमा अमेरिकाले शक्ति पुनर्गठन गर्न खोज्दा  हरेक क्षेत्रमा अमेरिका र रुसचीन बीच युद्धको परिस्थिति बनेको छ ।

भारतमा हिन्दुत्ववादी फासिवादी मोदी सरकारले भूमण्डलीकरणको नीति अँगालेको छ र आत्मनिर्भरताको नारा लगाउँदै भारतलाई ‘आश्रित’ बनाएको छ ।  लोकतान्त्रिक अधिकारको दमन मुलुकमा सामान्य कुरा भइसकेको छ । शोषण, उत्पीडन, दमन र भेदभाव जारी रहेसम्म उत्पीडित वर्ग, तप्का र जातजातिहरूले वर्गसङ्घर्ष जारी राख्नेछन् । एक वर्षसम्म चलेको भीषण किसान सङ्घर्षलाई देशले देखिसकेको छ, जसका कारण मोदी सरकार तीनवटा कृषि ऐन फिर्ता लिन बाध्य भएको  थियो ।  ब्याङ्क, बिमा कम्पनी र अन्य सार्वजनिक तथा निजी क्षेत्रका श्रमिक र  कर्मचारीहरू निजीकरण विरुद्ध सङ्घर्षको बाटोमा छन् । देशका सबै उत्पीडित वर्ग, जातजाति र विभिन्न तप्काहरू फासिवादी शासनको विरुद्ध  जुर्मुराएका छन् । 
 
मुलुकको यस किसिमको स्थितिबीच पार्टीको १८औँ वार्षिकोत्सवको अवसरमा भाकपा (माओवादी)को केन्द्रीय समिति, वर्गसङ्घर्ष र जनसङ्घर्षको विकास गर्दै दीर्घकालीन जनयुद्धको बाटोमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँछ ।

अभय
प्रवक्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समिति
१० सेप्टेम्बर, २०२२

अनु : 'जनमेल' 
भिडियो फिचरview all