
भारतीय विस्तारवाद खुलेरै आयो
भारत सरकारको आधिकारिक विज्ञप्तिका रूपमा भारतीय दूतावासबाट जारी विज्ञप्तिमा संविधान संशोधन प्रस्ताव पारित गर्न आव्हान गरिएको छ । संविधान संशोधन महत्वपूर्ण कदम भएकाले यो पारित भए मात्र नेपाल अघि बढ्ने जनाउँदै संशोधनका पक्षमा उभिन पनि निर्देशित गरिएको छ ।
विज्ञप्तिमा भारत नेपालको राजनीतिक प्रक्रियाको सहयोगी रहंदै आएको भन्दै एक हिसाबले नेपालको राजनीतिमा हक-दाबीको माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ :
'' नेपालको शान्ति, स्थिरता र प्रगति भारत र नेपाल दुवैको हितमा छ भन्नेमा भारत दृढ छ । त्यसैले हामी नेपाल सरकारले संवैधनिक प्रक्रियाबाट संवादका माध्यमबाट समाजका सबै पक्षका भावनालाई सम्बोधन गर्न गरेको प्रयासप्रति सहयोगी बन्दै आएका छौँ । संविधानमा सबै पक्षका भावना समेट्ने प्रयासअन्तर्गत नेपाल सरकारले नोभेम्बर २९ मा संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक महत्त्वपूर्ण कदम हो । एक निकट छिमेकी मुलुकका रूपमा भारतले नेपालको शान्ति, स्थिरता र टीव्रतर रूपमा आर्थिक विकासका लागि नेपाली जनता र सरकारको प्राथमिकता बमोजिम सबै खालका सहयोगलाई निरन्तरता दिनेछ । "
सारकारले भन्न नसके पनि विज्ञप्तिले वर्तमान सरकारले कसका लागि संविधान संशोधन गर्न लागेको रहेछ भन्ने कुरा प्रस्ट पारेको छ र यो सरकार नेपाल र नेपाली जनताको हितका लागि नभएर भारतीय स्वार्थका लागि काम गरिरहेको छ भन्ने कुरा पुस्टि भएको छ ।
संबिधान संसोधनलाई लिएर चौतर्फी विरोध भएपछि प्रचण्डकै अनुरोधमा भारत सरकारले विज्ञप्ति जारी गरेको कुरा पनि चर्चामा आएको छ ।
भिडियो फिचरview all