menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्य सुरेश श्रेष्ठमाथि प्रहरीद्वारा निर्मम प्रहार, कमरेड दिनेश शर्मासहित दर्जनौँ नेता तथा कार्यकर्ता पक्राउ

देउबा सरकारले जर्बजस्ती रूपमा राष्ट्रघाती अमेरिकी परियोजना एमसिसी परियोजना  संसदबाट पारित गराउने खोजेको सन्दर्भमा आज काठमाडौँमा भएको विरोध प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी )का दर्जनौँ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
 
नेकपा (क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्य कमरेड  दिनेश शर्मा सागर र  कमरेड सुरेश श्रेष्ठको नेतृत्वमा  एमसिसी खारेजीको नारासहित अघि बढेको जुलुसमाथि   नयाँ बानेश्वरमा   प्रहरीले अन्धाधुन्ध लाठी प्रहार  गरेर क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य सुरेश श्रेष्ठलाई मरणासन्न घाइते बनाउनुको साथै पोलिटब्युरो सदस्य कमरेड दिनेश शर्मासहित केन्द्रीय सदस्यहरू शारदा महत, वसन्त बोगटी, दीपक शाही, हरिकृष्ण गजुरेल, प्रदेश सदस्य, ढोगप्रसाद अधिकारी, दिनेश बर्तौला, काठमाडौ जिल्ला सेक्रेटरी अमर सहित २ दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई  पक्राउ  गरेको छ ।

 राष्ट्रघाती परियोजना  पारित गर्न  क्रान्तिकारी तथा देशभक्त नागरिकमाथि देउवा सरकारले गरेको फासिवादी आक्रमणको हामी घोर निन्दा तथा भ्रत्र्सना गर्दछौँ ।साथै घाइते कमरेडको उपचार र गिरफतार कमरेडहरूको अविलम्ब रिहाइको माग गर्दछौँ । 


भिडियो फिचरview all