menu

ताजा समाचार

नेकपा (क्रान्तकारी माओवादी) का थुप्रै नेता–कार्यकर्ता पक्राउः महासचिवद्वारा अविलम्ब रिहाइको माग

आज फागुन १ गते जनयुद्ध दिवसका दिन नेकपा (क्रान्तकारी माओवादी) ले एमसिसी खारेजीको नारासहित साँझ काठमाडौँमा निकालेको मशाल जुलुसबाट प्रहरीले पार्टीका पोलिटब्युरो सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।
 
एमसिसी खारेज गर, !  राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ ! दलाल सरकार मुर्दावाद ! को नारासहित साँझ एकैचोटि  अमेरिकी राजदूतावास अगाडि गोपाल चोक, संसद भवन वानेश्वर र मन्त्री आवास ललितपुरमा  प्रदर्शित मशाल जुलुसबाट पार्टीका पोलिटब्युर सदस्य दिनेश शर्मा, केन्द्रीय सदस्य इश्वर तिम्सिना, वसन्त बोगटी, कृष्णभक्त महर्जन, अमिर महजर्नलगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई  पक्राउ गरिएको छ । 
यसैबीच सो पार्टीका महासचिव कमरेड किरणले वक्तव्य प्रकाशित गरी सो गिरफ्तारीको निन्दा तथा भ्रत्र्सना गर्दै पक्राउ गरिएका नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्नुभएको छ । 

 वक्तव्यमा भनिएको छ : ''अमेरिकी साम्राज्यवादलाई खुसी पार्न दलाल तथा राष्ट्रघाती देउवा सरकारले गरेको यस गिरफ्तारीको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ र गिरफ्तार गरिएका सम्पूर्ण कमरेडहरुलाई तुरुन्त बिनाशर्त रिहा गर्न माग गर्दछ । साथै, राष्ट्रघाती एमसीसी खारेजीका लागि आवाज बुलन्द गर्न र संघर्षमा उत्रिन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी समूह, समुदाय तथा व्यक्तित्वहरुमा हार्दिक अपिल  गर्दछौं" 

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

भिडियो फिचरview all