menu

ताजा समाचार

क्रान्तिकारी माओवादीद्वारा एमसिसी विरुद्ध मशाल जुलुस: संसद भवनअगाडि दलाल सरकार मुर्दावादको नारा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को काडमाडौँ जिल्ला समितिको आयोजनामा आज फागुन १ गते साँझ बानेश्वरमा एमसिसी विरुद्धमा मशाल जुलुस प्रदर्शन भएको छ । सो मशाज जुलुस नयाँ वानेश्वरको हनुमान स्थान अगाडिबाट आरम्भ भएर संसद भवनको मूलद्वारा पुगुर समाप्त भएको थियो । माओवादी नेता तथा कार्यकर्ताहरूले  संसद भवनको गेटमै  एमसिसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, दलाल सरकार मुर्दावादको नारा लगाएका थिए । सो मशाल जुलुसमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) ३ नम्बर प्रदेशका सेक्रेटरी सुरेश श्रेष्ठ, पार्टीकी कामाडौँ इन्चार्ज शारदा महत, सेक्रेटरी खगेन्द्र छन्त्याल र जिल्ला नेता ढोगप्रसाद अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।
 
यसपल्ट देशव्यापी रूपमा बडो क्रान्तिकारी उत्साहका साथ जनयुद्ध दिवस मनाइरहेको सन्दर्भमा गरिएको यस किसिमको मशाल जुलुसले विशिष्ट अर्थ राख्ने कुरा प्रस्ट छ ।
भिडियो फिचरview all