menu

ताजा समाचार

अफगानिस्तान घटनाका सन्दर्भमा कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तानको प्रेस वक्तव्य

अफगानिस्तानमा हालै भएको राजनीतिक घटनाका सम्बन्धमा अफगानिस्तानको माओवादी पार्टीले यही अगस्त २० तारिखका दिन वक्तव्य प्रकाशित गरी सो घटना ‘कठपुतली सत्ताको पतन, अमेरिकी साम्राज्यवादको लज्जास्पद पराजय र तालिवान कट्रतावादीको सत्ताको उत्थान’ भनेको छ । वक्तव्यमा भनिएको छ :

तालिवानको हातमा काबुल पुगेको दिन अमेरिकी राजदूतावास खालि गर्न हजारौँ अमेरिकी सेना काबुल एयरपोर्टमा तैनाथ थिए । तालिवानहरू काबुल प्रवेश गर्ने प्रवेशद्वारमा पुगेको बेला  अमेरिकी र पश्चिमा कूटनीतिज्ञहरू ‘शान्तिपूर्ण  सत्ता हस्तान्तरण’ का लागि पर्खिन याचना गरिरहेका थिए । ...राजदूतावास छोड्नदेखि लिएर कुनै जानकारी नै नदिई बागराम क्याम्पबाट मध्यरातमा बाहिरिने यो समग्र परिघटना अफगानिस्तानमा अमेरिकी साम्राज्यवादी योजनाको राजनीतिक र सैन्य पराजयको आश्चर्यजनक प्रदर्शन हो ।... अफगानिस्तानमा अमेरिकी पराजय, अरू केही नभएर साम्राज्यवादीहरू कागजी बाघ हुन् भनेर देखाउँछ । यो कागजी बाघ साँच्चै नै पतन र सिद्धिनुको चरणमा छ ।  यो पराजयले यसको प्रभुत्वको  क्षयीकरण, कमी र यसको कूटनीतिको अस्थिर प्रभाव, र यसको आपराधिक र  विशाल र महँगो सैन्य क्षमताको प्रभावहीनतालाई पनि  प्रदर्शित गर्दछ ।

प्रस्तुत छ वक्तव्यको पूर्ण  पाठ :

कठपुतली सत्ताको पतन, अमेरिकी साम्राज्यवादको लज्जास्पद पराजय र तालिवान कट्रतावादीको सत्ताको उत्थान

अगस्त ३१ सम्म साम्राज्यवादी आक्रमणकारी सेना फिर्ता लैजाने अन्तिम मिति तय गरिएको थियो, तर काबुलको कठपुतली सरकार अगस्त १५ मै पतन भयो । ‘साइगोन स्थिति’ दोहोरिनै छैन भनेर बराबर अमेरिकी अधिकारीहरूले रटान दिए पनि काबुलको स्थिति बिग्रियो नै ।
तालिवानको हातमा काबुल पुगेको दिन अमेरिकी राजदूतावास खालि गर्न हजारौँ अमेरिकी सेना काबुल एयरपोर्टमा तैनाथ थिए । तालिवानहरू काबुल प्रवेश गर्ने प्रवेशद्वारमा पुगेको बेला  अमेरिकी र पश्चिमा कूटनीतिज्ञहरू ‘शान्तिपूणर् सत्ता हस्तान्तरण’ का लागि पर्खिन याचना गरिरहेका थिए ।

अमेरिकी तथा पश्चिमा राजदूतावासको कार्यालयबाट संवेदनशील सामग्रीहरू डढाएर निस्केको बाक्लो कालो धुवा निस्किरहेको थियो । राजदूतावास छोड्नदेखि लिएर कुनै जानकारी नै नदिई बागराम क्याम्पबाट मध्यरातमा बाहिरिने यो समग्र परिघटना अफगानिस्तानमा अमेरिकी साम्राज्यवादी योजनाको राजनीतिक र सैन्य पराजयको आश्चर्यजनक प्रदर्शन हो ।

अब आएर अमेरिकी साम्राज्यवादीहरू अफगानिस्तानमा आफ्नो लज्जास्पल हारलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन् । उनीहरूले अफगानिस्तानमा आफ्नो प्रोजेक्ट अलकाइदामा  केन्द्रित थियो र सन् २०११मा अ‍ोसामा बिन लादेनको कारबाहीका साथै यसको पूणर्ता भएको भएको भन्न थालेका छन् । बाइडेन र उनका मतियारहरूले दिने गरेको  आधुनिक राज्यको निर्माण गर्ने र ‘मानव अधिकार र महिला अधिकार’ रक्षा गर्ने तिनका नारा पनि अर्थहीन भएका छन् । यसको असफलताका लागि बाइडेनले जनतामाथि दोष थोपरेका छन्, जो उनीहरूको  साम्राज्यवादी र नश्लवादी विश्वदृष्टिकोण अनुसारको  सद्भावमा रहन असमर्थ छन् ।

अहिल बाइडेन र अमेरिकी साम्राज्यवादीहरू अफगानिस्तानमा ४० बर्षदेखिको सङ्कट र अराजकता उत्पन्न गर्नमा आफ्नो भूमिका रहेको यथार्थ लुकाउन खोजिरहेका छन् ।  तथापि उनीहरू यो तथ्यलाई लुकाउन उनीहरूलाई निकै गारो परेको छ, किनकि वर्तमान सङ्कट र अराजकता सिर्जना गर्नमा अमेरिकी साम्राज्यवादी भूमिकाको इतिहास छ भन्ने यथार्थलाई राम्रोसँग बुझिएको छ र  दस्ताबेजीकरण भएको छ ।
अफगानिस्तानमा अमेरिकी पराजयले अरू केही नभएर साम्राज्यवादीहरू कागजी बाघ हुन् भनेर देखाउँछ । यो कागजी बाघ साँच्चै नै पतन र सिद्धिनुको चरणमा छ ।  यो पराजयले यसको प्रभुत्वको  क्षयीकरण, कमी र  यसको कूटनीतिको अस्थिर प्रभाव, र यसको आपराधिक र विशाल र महँगो सैन्य क्षमताको प्रभावहीनतालाई पनि  देखाउँछ ।

अमेरिकाले बुसको शासनकालको अन्त्यतिरै अफगानिस्तानमा आफ्नो असफलता महसुस गरेको थियो ।  ओबामा प्रशासनले उनीहरूको घाटा कम गर्ने र अफगानिस्तानबाट सेना फिर्ता हुने बहस गरिरहेको थियो ।  र पनि ओबामा प्रशासनले पेन्टागन र सैन्य-औद्योगिक परिसरको दबाबमा तालिबानमाथि प्रभुत्य कायम  गर्न अमेरिकी सेना बढाउने निधो गर्योद ।  ‘अफगान राष्ट्रिय सुरक्षा बल’ (एएनडीएसएफ) को गठन अफगानिस्तान कब्जा गरेको शक्तिद्वारा अघि सारिएको “राष्ट्रिय पुनर्निर्माण” परियोजनाको सबैभन्दा महत्वपूणर् र महँगो परियोजना थियो ।
जनवरी २०१५ देखि अमेरिकी कब्जाकारी सेनाले अफगानिस्तानमा अमेरिकी साम्राज्यवादी युद्धको नाम ‘अपरेसन एन्ड्युरिङ फ्रिडम’ अर्थात् स्थायी स्वतन्त्रता अभियमान समापन गरेको थियो र युद्धको जिम्मेवारी एएनडीएसएफलाई सुम्पिएको थियो ।  जसरी पनि देशमाथिको कब्जा जारी रह्यो, यद्यपि कब्जा गर्ने सेनाहरु जमिनी युद्ध मैदानबाट पर रहे र हवाइ सहायता मात्र प्रदान गरे र एएनडीएसएफलाई प्रशिक्षण दिने कार्यलाई जारी राखे । तैपनि तालिबान विद्रोह जारी रह्यो र  एएनडीएसएफलाई निकै नोक्सान पुर्याखयो ।

एएनडीएसएफ गरीब र बेरोजगारहरूबाट भर्ती गरिएको थियो र साम्राज्यवादको कब्जामा राखिएको दलाल पुँजीपति राज्य निर्माण परियोजना को लागी तोपका रूपमा  प्रयोग गरियो । बाइडेनले अप्रिलमा अमेरिकी सेना फिर्ता गर्ने घोषणा गर्दै एक पत्रकार सम्मेलनमा तालिबानको ,७५,००० को तुलनामा एएनडीएसएफ ३५०,००० भएको बताएका थिए । बाइडेनले अफगान सेनाहरू तालि प्राप्त  र सस्त्रअस्त्रले सुसज्जित छन् पनि भनेका थिए ।  अनि अमेरिकी हवाइ समर्थनबिना पनि पकड कायम गर्न एएनडीएसएफ सक्षम हुनेछ भन्ने अमेरिकी सरकारलाई लाग्यो । तर उनीहरूको बुझाइ गलत साबित भयो, एएनडीएसएफ भरौटे शक्ति थियो, जसमा प्रतिबद्धता र लड्नको लागी राजनीतिक इच्छाशक्तिको अभाव थियो ।

कठपुतली शासन कुख्यात र नामी भ्रष्ट थियो । भगौडा अन्तिम राष्ट्रपति घानीले एएनडीएसएफलाई मूल रूपमा परिचालन गर्ने भ्रष्टाचारको मुटु, आन्तरिक मन्त्रालयको बैठक डाके । माथिदेखि तलसम्मका सरकारी अधिकारी र सिपाहीहरूले यसलाई यही हो केही हात पार्ने  भन्ने अवसरका रूपमा लिए । जब अमेरिकी हवाइ सहयोग फिर्ता जाने घोषणासँगै एएनडीएसएफ लल्याकलुलुक्क भयो र उनीहरूले तालिबानका सामु आत्मसमर्पण गरेर सुइँकुच्चा ठोके । उनीहरू दलाल पुँजीपति वर्गमातहतको सरकारका लागी लड्न र मर्न इच्छुक थिएनन् भन्ने कुरा प्रस्ट थियो ।

राज्य संयन्त्रहरू जनताका लागि बोझ र दमनको प्रणालीका रूपमा थिए जनताले गरेको सेवाभन्दा थोरै प्राप्त गर्दथे र भ्रष्टाचार, दमन र मनपरितन्त्रका कारण पीडित थिए । यो राज्य  धनीहरू र तिनका  आसेपासेहरूका लागि मात्र राम्रो थियो । त्यहाँ राजनीतिक अभिजात वर्गका  बीच कसको हवेली र दरबार ठूलो भन्ने कुराको  प्रतिस्पद्र्धा थियो । अथवा घरदेखि कार्यालयसम्म अघिपछि  सेनाप्रहरी लगाएर बुलेटप्रुफ गाडीमा को-कसरी जान्छ भन्ने कुरा प्रमुख हुन्थ्यो ।

विस वर्षदेखि अमेरिकी साम्राज्यवादीहरूको सेवा गर्दै आएको शासक वर्ग दुई क्याम्पको मेलबाट बनेको थियो । त्यहाँ पश्चिमी शिक्षित टेक्नोक्रेटको एउट क्याम्प थियो, जो पश्चिमी नीति निर्माताहरूका लागि  मनपर्ने खाले थिए; उनीहरूसँग राजनीतिक शक्तिको सिंहासनका हिस्सा थिए । भगौडा राष्ट्रपति, असरफ घानी पहिलो क्याम्पका राम्रो उदाहरण हुन्, किनभने, २००१ मा अफगानिस्तान आउनुभन्दा पहिले उनी जोन हप्किन्स विश्वविद्यालयमा प्रोफेसर थिए ।

शासनसत्ताको दोस्रो क्याम्पमा नामुद युद्धसरदारका रूपमा परिचितहरू थिए । यी युद्ध सरदारहरूले अफगानिस्तानमा आक्रमण गर्न अमेरिकी साम्राज्यवादीहरूलाई सघाएका थिए ।  उनीहरूले अमेरिकी साम्राज्यवादी कब्जाका लागि पैदल सैनिकको रूपमा काम गरेका थिए । दुबै क्याम्प समान रूपले भ्रष्ट, जनता विरोधी र  आफ्ना साम्राज्यवादी मालिकहरूको अधीनमा रहेर काम गरिरहेका थिए ।

उनीहरूको पहिलो काम भनेको  सम्पति आर्जन गर्नु थियो ।  सरकारी संयन्त्रहरू धन आर्जन गर्ने र  धनी बन्ने सजिलो माध्यम बनेका थिए । उदाहरणका लागि कारजाइ र भिपी फहिम र उनीहरूका आसेपासेहरूले काबुलको एउटा निजी ब्याङ्कबाट करिब एब बिलियन डलर हात पारेर लुटे, सरकारी सम्पति  केही खास मान्छेहरूको हातमा पुग्यो । बितेका २० वर्षमा सरकारी जमिनको ठूलो हिस्सा सत्ताधारी वर्गका केही मान्छेहरूको हातमा पुग्यो । इतिहासमा यसअघि नभएको  सरकारी धनसम्पतिको ठूलो हिस्सा निजी सम्पतिमा परिणत गरियो ।

मुलुकको इतिहासमा  शासक वर्गको धन र शक्ति असाधारण किसिमले वृद्धि भयो  । जनता जसलाई यी नवधनाढय दलालहरू धन र शक्तिको प्रदर्शन गरेर प्रभावित गर्न कोसिस गरिरहेका थिए, ती जनताले पनि यिनलाई घृणा गर्थे ।  स्थितिले शक्ति र भ्रष्टाचारको दुरूपयोगलाई प्रोत्साहित र सामान्य बनायो ।  तसर्थ, राज्यव्यवस्था माथिदेखि तलसम्म भ्रष्ट थियो, यहाँ सम्म कि सरकारी सैनिकहरू गोला बारुद, तेल र ग्यास चोरेर प्रायः गरेर  उनीहरूले  दुस्मन भनेका तालिबानलार्ई बेचिरहेका थिए ।

काबुलमा कठपुतली शासनको सङ्कट र  अमेरिकी साम्राज्यवादको सङ्कटको प्रकृति उस्तै हो, र त्यो भनेको वैधताको सङ्कट हो । वैधताको अभावको कठपुतली शासन यस्तो शासन थियो, जुन चाहिँ साम्राज्यवादी कब्जामातहतको शासन थियो । सिपाहीहरूको नजरमा पनि यसको वैधता थिएन । सिपाहीहरूको  पनि कठपुतली शासनको खोक्रा नारामाथि विश्वास थिएन, सबै पैसाका लागि मात्र हुन् र कठपुतली शासनका शीर्ष अधिकारीहरू पनि आफ्नै नारामा विश्वास गर्दैनन् भन्ने कुरा उनीहरूलाई थाहा थियो ।

कठपुतली सरकारको खोक्रोपन र सडल प्रवृत्तिका कारण तालिवानहरूले छिट्टै जित्न सफल भएका हुन् ।  कठपुतली सत्ता बचाउन अमेरिकी साम्राज्यवादले ‘दोहा शान्ति प्रक्रिया’ को पनि थालनी गर्यो  । दोहा प्रक्रियाको उद्देश्य कठपुतली शासन र तालिबानबीच शान्ति कायम गर्न सत्तामा रहेकाहरूसित तालिबानीहरूलाई पनि एकीकृत गरेर सरकार बनाउनु थियो ।

सत्ताप्रति बेवास्ता गरेर अमेरिकी साम्राज्यवादीहरूले तालिबानसँग लामो समयसम्म वार्ता गरे ।   अब यो एकदम स्पष्ट छ कि दोहा अमेरिकी कूटनीतिक प्रयास एकदमै विफल भएको छ भन्ने कुरा प्रस्ट छ, तालिवानलाई अन्तर्राष्ट्रिय मंच प्रदान गरेर उनीहरूले तालिबानको प्रतिष्ठा मात्र बढाएका छन्, र काबुलमा कठपुतली शासनको वैधानिकताको सङ्कटलाई तीव्र बनाएका छन् ।

काबुलमा तालिवानको  कब्जासँगै हामी अमेरिकी सैन्य प्रयासहरूको हार मात्र देखिरहेका छैनौँ, स्पष्ट रूपमा त्यो भन्दा बढी अमेरिकी कूटनीतिक असफलता देखिरहेका छौँ । अमेरिकी सेनाले अगस्त ३१ सम्ममा अफगानिस्तान छोड्ने भन्ने थियो, त्यति बेलासम्म पनि अमेरिकाले तालिबानलाई राजधानी कब्जा गर्नबाट रोक्न सकेन ।

आफूहरू भविष्यको राजनीतिक प्रणालीको सही आकारको बारेमा परामर्शको प्रक्रियामा रहेको  भनेर काबुलमा पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले भनेका छन् ।  उनीहरूको विजयको निरन्तर गतिले तालिबानलाई पनि कसरी जाने भन्ने कुराले कक्रक्क पारेको कुरा बुझ्न सकिन्छ ।  तालिबानसँग आफ्नो भविष्यको राजनीतिक प्रणालीको ठोस विचार र रूपरेखा छैन ।
 
उनीहरू अब हुने आफ्नो राज्यप्रणाली ‘इस्लामिक’ र ‘समावेशी’ हुने छ भनेर जोड दिइरहेका छन् ।  तालिवानले विदेशी प्रतिक्रियावादी शक्ति पाकिस्तानको सहयोगमा युद्ध जितेका छन् र उनीहरूले राज्यप्रणालीको स्वरूपबारे निर्देशित गर्नेछन् । जे होस्, तालिवानीहरू इस्लामिक राज्यव्यवस्थाको पुनस्र्थापनाको वैचारिक प्रतिबद्धता र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने दोहोरो मागका बीचमा फसेका छन् ।

यो तनावले उनीहरूको आन्दोलनभित्र आन्तरिक घर्षण चर्किने स्थिति बन्छ ।  उनीहरूको सरकारको प्रणाली, जसलाई उनीहरू इस्लामिक इमिरेट्स भन्छन्,यो भनेको एक सर्वोच्च धार्मिक नेताको नेतृत्वमा मुल्लाहरूको परिषद्द्वारा शासित सरकारको प्रणाली हो र यो  अत्यन्तै अलोकप्रिय छ भन्ने कुरा तालिबानहरूलाई थाहा छ ।

आफूहरू छलफलमा रहेको कुरा तालिबानका प्रवक्ताले सङ्केत गरेका छन् र उनीहरूले आफ्नो राज्य  प्रणालीलाई  अलि फरक नाम पनि  दिन सक्छन् ।  इस्लामिक इमिरेट्स बाहेक आफ्नो राज्य प्रणालीको नाम राख्नका लागि तालिबान राजनीतिक लचिलोपन र साम्राज्यवादी हितसित सम्बद्ध शासक वर्गका अन्य शक्तिहरू उनीहरूसँग सायद राजनीतिक सत्ता साझेदारीका लागि ईच्छा पनि जाहेर गरिरहेका छन् ।
जे होस्, तालिबानको अब हिंसामा एकाधिकार छ ।  अब लागू गरिने राजनीतिक प्रणाली, चाहे त्यसको शीर्षक जस्तोसुकै होस्, तालिबानको प्रभुत्व अन्तर्गतको अल्लाहवादी शासन हुनेछ । यो कट्टर इस्लामिक साशनसत्ताद्वारा परिचालित सामन्ती पुँजीवादी दलाल वर्गको तानाशाही शासनसत्ता हुनेछ ।  अल्लाहवादी इस्लामिक शासनले महिला, धार्मिक र राष्ट्रिय अल्पसङ्ख्यकहरूमाथि सामाजिक उत्पीडन बढाउनेछ ।  अल्लाहको शासनअन्तर्गत जातजातिगत र लैङ्गिक अराजकता भयावह हुनेछ ।

तसर्थ, क्रान्तिकारी शिविरले अगामी सङ्घर्षका लागि तमतयार रहनु पर्छ । अहिलेको प्रधान अन्तर्विरोध अफगानिस्तानका जनता र सामन्ती र दलाल पुँजीपति वर्ग र  तिनका साम्राज्यवादी मालिकहरूबीच रहेको छ ।  शासक वर्गका बिभिन्न प्रतिक्रियावादी क्याम्पहरूबीचको  अन्तर्विरोध र सहकार्य जारी रहनेछ, बिभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी विदेशी शक्तिहरूबीचको अन्तर्विरोध र सहकार्य  पनि प्रतिबिम्बित भइरहनेछ ।  उनीहरूबीच जे-जस्तो  अन्तर्विरोध रहे पनि अफगानिस्तानको अहिलेको नयाँ अर्ध-सामन्ती/अर्ध-औपनिवेशिक शासनसत्ता विदेशी साम्राज्यवादीहरूकै अधीनमा हुने निश्चित छ  ।

यस क्षेत्रमा अमेरिकी साम्राज्यवादीहरुको प्रभावको ह््राससँगै नयाँ शासन रसियाली साम्राज्यवादीहरू र चिनियाँ सामाजिक साम्राज्यवादीहरूको नजिक र अधीनस्थ हुनेछ ... र निस्सन्देह अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरू पनि अफगानिस्तान र यस क्षेत्रको मामिलामा हस्तक्षेप जारी राख्नेछन् । अफगानिस्तान र यस क्षेत्रका अन्य देशहरू अझै पनि अन्तर्साम्राज्यवादी प्रतिद्वन्द्वतामा हुनेछन्, जसले विभिन्न प्रतिक्रियावादी क्याम्पहरूबीचको अन्तर्विरोधलाई तीव्र बनाउनेछ । जे होस्, अमेरिकी साम्राज्यवादीहरूले तालिबान शक्तिको केन्द्रीयतामा सामन्ती तथा दलाल पुँजीपति वर्गहरूको अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक शासनलाई नै समर्थन गर्नेछन् ।
आम जनता तालिवानलाई घृणा गर्छन् । त्यसैले, धेरै मानिसहरू उनीहरूको चङ्गुलबाट बाहिर जान चाहन्छन् ।  तालिबानको प्रतिक्रियावादी स्वभावले उसलाई जनताबाट अझ टाढा गराउँनेछ, फलस्वरूप यसले जनतालाई लड्न र तालिबानको प्रतिक्रियावादी र जनविरोधी नीतिहरूको प्रतिकार गर्न प्रेरित गर्नेछ ।
 
क्रान्तिकारी शिविरले आगामी चुनौतिहरू र अवसरहरूका लागि तमतयार रहनु पर्छ । नयाँ उदीयमान शासनसत्ता वर्ग, लिङ्ग र उत्पीडित  जातजातिहरूको सग्लो स्वरूप हुनेछ— जुन दमन र शोषणको कारक अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक सत्ता विरुद्धको सङ्घर्षलाई सुनिश्चित गर्ने छ ।   अफगानिस्तानको कम्युनिस्ट (माओवादी) पार्टीले क्रान्तिकारी शिविरलाई बलियो बनाउन र  क्रान्तिकारी विकल्प प्रदान गर्न आफ्नो भूमिका थप सक्रिय पार्ने प्रयास गर्नुपर्छ ।

कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान

२०अगस्त २०२१
अनु . ऋषिराज बराल


भिडियो फिचरview all