menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) को यो नारा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को हालै बसेको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णयहरू सार्वजनिक गरेको छ । बुँदा नम्बर ९ बाहेक अन्य बुँदा सही र सान्दर्भिक छन् । जस्तो बुँदा नम्बर ९ मा भनिएको छ :

''पार्टीले पहिल्यैदेखि उठाउँदै आएको पहिचानसहितको सङ्घीयता र स्वायत्त शासनको मागलाई लत्याएर भूगोलका आधारमा सङ्घीय संरचना निर्माण गर्ने वर्तमान प्रतिक्रियावादी व्यवस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरोध गर्दै पार्टीले उक्त मागलाई पुनस् सशक्त रुपमा उठाउने र नेपालमा पहिचान सहितको सङ्घीय संरचनाको स्वरुपबारे गहन अध्ययन गरी त्यसको खाका छिटै प्रस्तुत गर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।"

नेपालको विशिष्ट भू-राजनीति र ऐतिहासिक सातत्य र सन्दर्भका दृष्टिले  'पहिचानको राजनीति'  (identity politics)  र ‘पहिचानसहितको  सङ्घीयता’ र वैज्ञानिक र मार्क्सवादसम्मत छैन, यसको ठाउँमा ‘स्थानीय स्वायत्तता’ सही र वैज्ञानिक छ । वर्गराजनीति भन्दा 'पहिचान' मा जोडे दिने 'पहिचानको राजनीति'  (identity politics) 'उत्तर-मार्क्सवाद' को एउटा प्रमुख नारा हो, जसले पहिचानवादको वकालत गर्छ  ।  ‘जनमेल’ ले यो कुरा हिजोका दिनदेखि उठाएको हो र त्यतिबेरको नेकपा-माओवादीको सातौँ महाधिवेशनको समयमा पनि  यसलाई लिएर पार्टीमा फरक मत राखेको हो ।  त्यतिबेर देव गुरुङ र सुरेश आले वर्गभन्दा महत्वपूर्ण ‘पहिचान’ हो भनेर उफ्रिन्थे र रोइलो मच्चाउँथे, आजभोलि कता छन्, थाहा छैन ।

पछिल्लो समयमा नेकपा ( क्रान्तिकारी माओवादी) मा एकताका नाममा पहिचानवादी–जातिवादीहरूको ओइरो लागेपछि 'पहिचानको राजनीति' (identity politics) र ''पहिचानसहितको  सङ्घीयता"  को नारा अलि चकै रूपमा उठ्न थालेको छ । यो नाराले एकातिर सो पार्टीलाई कुन दिशातिर लैजाने हो टुङ्गो छैन, अर्कोतिर यसले ५ नम्बर बुँदामा अघि सारिएको :

"क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको तर आत्मगत परिस्थिति भने कमजोर रहेको स्थितिमा छिरलिएका सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनका लागि पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवाद वा विचारधारा मान्ने र नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह एवम् व्यक्तित्वहरुलाई संवादको प्रक्रियामा अगाडि बढ्न हार्दिक आह्वान" लाई सङ्कुचन गर्छ  ।
भिडियो फिचरview all