ताजा समाचार
प्रतिक्रियावादी प्रचण्ड सरकारविरुद्ध चौतर्फी आक्रोस
यतिखेर सडकमा टाएर बलेका छन्, प्रचण्डका पुत्ला जलेका छन् र काठमाडौँको आकाश धुवाँ र धुलोले दिउँसै अन्धकार बनेको छ । भारतीय प्रतिक्रियावादी सत्ताधारीहरू हर्ष बढाइँ गरिरहेका छन् र “प्रचण्ड ने साहसिक काम किया” भनेर प्रचण्डलाई धाप मार्दै राष्ट्रघात र जनघातका लागि थप उक्साइरहेका छन् । अर्थात् भारतीय विस्तारवाद मादल बजाइरहेको छ र प्रचण्ड राष्ट्रघातको तालमा छमछम नाचिरहेका छन् ।
अहिले अधिकांश पत्रपत्रिका, अनलाइन माध्यमहरू र सामाजिक सञ्जालहरूमा सबैभन्दा बढी टिप्पणीको केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेका छन् र उनले जे गरिरहेका छन्, यस किसिमको टिप्पणी हुनु स्वाभाविक छ । यो अचम्मको विषय होइन । प्रश्न प्रचण्डको विरोध अथवा टिप्पणी भयो भन्ने पनि होइन, प्रश्न उनको नाममा माओवादी पदावली र सिङ्गो माओवादी विचार र सिङ्गो दस बर्से जनयुद्ध विरुद्ध जसरी प्रहार भइरहेको छ, यो चाहिँ पीडा र चिन्ताको विषय भएको छ । प्रचण्डले माओवादका विरोधीहरू र जनयुद्धको गरिमामय इतिहासका दुस्मनहरूलाई बोल्ने, खेल्ने र प्रहार गर्ने आधार दिएका छन् ।
प्रचण्डले साम्राज्यवाद र विस्तारवादका सामु घुडा टेकेर राष्ट्रिय स्वार्थप्रति गद्दारी गरेका छन् र महान् सहिदहरूको इतिहासलाई कलङ्कित पारेका छन् । सबैभन्दा पीडा र आक्रोसको विषय उनले माओवाद पदावलीकै वदनाम गरेका छन् र माओवादी आन्दोलनको बदनाम गरेका छन् । यस्तो अवस्थामा जनता घृणा र आक्रोसका साथ सडकमा आउनु अचममको विषय होइन । यो जनआक्रोसको विष्फोट वर्गीय समस्या हल गर्नका लागि, नयाँ जनवादी क्रान्तिमा अघि बढ्नका लागि हुनुपर्दथ्यो । तर यसबाट जनताको ध्यान अन्यत्र मोड्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले सङ्घीयता र पहिचानवादको जालो फ्यालेका छन्, कथित नेताहरू यसै जालोमा अल्झिइका छन् र सिङ्गो मुलुकलाई यताको दस वर्ष यसै जालोमा अल्झाइको छ । वर्गीय प्रश्न र नयाँ जनवादी क्रान्तिको मुद्दा ओझेलमा परेको छ र जनताको ऊर्जालाई सङ्घीयता र पहिचानवादको माखोसाङ्लोमा खर्च गरिएको छ ।
यो संविधान जनताको संविधान होइन, यो संसदीय व्यवस्तथालाई बलियो बनाउन ल्याइएको संविधान हो । सारमा यो प्रतिक्रियावादी संविधान नै हो । आधारभूत पक्ष यथावत राखेर गरिएको फेरबदलको खासै अर्थ छैन , यसमा क्रान्तिकारीहरूले टाउको दुखाउनु पर्ने काम पनि छैन । तर अहिले गर्न थालिएको संसोधन नियोजित र निर्देसित योजनाबद्धता हो । दीर्घकालीन रूपमा नेपालको जल, जमिन र जनसङ्ख्यालाई आफनो पकडमा राख्ने खालको संविधान नभएका कारण भारतीय विस्तारवाद यो संविधानमा फेरबदल चाहन्छ, एकैचोटि सम्भव नभए अंशअंशमा यसमा फेरबदल गरेर यो संविधानलाई आफूले चाहेजस्तो बनाउन चाहन्छ । अहिलेको संविधान संशोधनको मुद्दा यसै उद्देश्यद्वारा अभिप्रेरित र निर्देशित छ । यो संशोधनले भूगोल भाषा र नागरिकताका सम्बन्धमा भारतीय स्वार्थ पूरा गर्न ढोका खुल्ने हुँदा संशोधन हुनलागेको सन्दर्भको विरुद्ध देशभक्त नागरिक सडकमा आउनु स्वाभाविक छ र भारतीय प्रतिक्रियावादको गोटी बनेर राष्ट्रघाती कार्यमा लागेका कारण काङ्ग्रेस–माओवादी प्रतिक्रियावादी सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जल्नु पनि स्वाभाविक छ ।
प्रचण्डले नेतृत्च गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नवप्रतिक्रियावादमा पतन भएको छ र प्रचण्ड नवप्रतिक्रयावादका नवनायक बनेका छन् । यतिबेर माओवादी क्रान्तिकारीहरूले सकारात्मक वस्तुगत स्थितिअनुरूप कसरी आत्मगत स्थितिलाई सुदृढ बनाउनेतर्फ चिन्ता र चिन्तन केन्द्रित गर्नु आवश्यक छ । माओवादको आवरणमा प्रतिक्रियावादको अभ्यास गरिहेको प्रचण्डभ्रमका विरुद्ध व्यापक भण्डाफोर अहिलेको आवश्यकता हो । पुराना प्रतिक्रियावादीहरूभन्दा नयाँ प्रतिक्रयावादीहरू बढी खतरनाक हुन्छन् भन्ने यथार्थलाई आत्मसात गर्दै सङ्घीयता र पहिचानवादी माखेसाङ्लोबाट मुक्त भएर नयाँ जनवादी क्रान्तिका लागि आत्मगत स्थितिलाई सुदृढ पार्ने दिशामा अघि बढ्नु क्रान्तिकारीहरूको अहिलेको आवश्यकता हो ।

भिडियो फिचरview all