
एमसिसी विरुद्ध एघार ‘दल’ को विरोध कार्यक्रम

ओली सरकार जसरी पनि असार १५भित्र राष्ट्रघाती सो सम्झौता पारित गर्न लागेको कारण यसका विरुद्ध सिङ्गै मुलुक आन्दोलित अवस्थामा रहेको अवस्था छ । यो सम्झौता पारित भए मुलुक अमेरिकी उपनिवेशको हिस्सा बन्ने र सिङ्गै यो क्षेत्कोर भू-राजनीति प्रभावित हुने भनेर यसका विरुद्ध देशभक्त नेपाली र यस क्षेत्रका नागरिकले आवाज उठाइरहेका छन् ।
आज माइतिघर मण्डलामा भएको विरोध कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) एवं देजमो नेपालको तर्फबाट स्थायी समिति सदस्य सिपि गजुरेल, मसाल र जनमोर्चाको तर्फबाट दुर्गा पौडेल, राष्ट्रिय जागरण मञ्चको तर्फबाट नरबहादुर कार्की, जनसमाजवादी पार्टीबाट सुवासराज काफ्ले, नेकपा ऋषि कट्टेलबाट लोकनारायण सुवेदी, नेकपा माओवादी केन्द्रबाट कर्णजित बुढाथोकी र नेकपा माओवादीका संयोजक विमल अधिकारीले बोलेका थिए ।
नेकपा मालेका नेता कृष्ण रानाले संचालन गरेको सो विरोध कार्यक्रममा बक्ताहरुले एमसिसी परियोजना राष्ट्रघाती भएको भन्दै उक्त परियोजना लागु भएमा देश पराधीन् बन्ने भन्दै उक्त परियोजना संसदबाट पास नगर्न चेतावनी दिएका छन्।
०००
भिडियो फिचरview all