
विप्लवद्वारा गोर्खा भर्तीकेन्द्र खारेजी र नेपाली युवाहरूलाई भाडावाल लडाकु नबन्न अपिल

यही असार ६ गते जारी विज्ञप्तिमा उनले भारत–चीनबीच सीमा क्षेत्रमा भएको द्वन्द्वमा गोर्खा रेजिमेन्ट खटाउने कुरा असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध भएको र नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको कुरा पनि उल्लेख गरेका छन् । महासचिव विप्लवले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गरेका छन् ।
भारत तथा ब्रिटेनले गोर्खा रेजिमेन्टलाई सबैभन्दा खतरनाक मिसनमा पठाउने गरेका छन् । भारतले पाकिस्तानसित भएको कारगिल युद्धमा पनि गोर्खा रेजिमेन्टको प्रयोग गरेको थियो र अहिले पनि गोर्खाली सेनालाई क्याम्पमा हाजिर हुन आह्वान गरेको छ ।
विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ :

भिडियो फिचरview all