
नक्सा पाससँगै भारतीयहरूमा खैलाबैला

भारतले जे गरे पनि नेपालले मान्नु पर्छ भन्ने धारणा पाल्दै आएका भारतीयहरू नेपालले नयाँ नक्सा जारी गरेसँगै छट्पटिको स्थितिमा हुनु अनौठो कुरा होइन । नक्सा पारित सँगै अब कब्जा गरेको भूमिबाट भारतीयलाई फिर्ता पठाउने र दक्षिणी सिमाना तथा पूर्वको ताप्लेजुङ, पाँचथर र इलामसित जोडिएको क्षेत्रलाई भारतीय अतिक्रमणबाट मुक्त गर्ने काम बाँकिरहेको छ । हिजोका दिनमा नेपालले आर्जन गरेको जमिन पूर्वमा टिस्टा र पश्चिममा काङ्गडा भए पनि सुगोली सन्धिलाई मान्दै आएको अवस्थामा यसैका आधारमा नेपालको नक्सालाई आधार मानेर अगगागि बढ्नु सान्दर्भिक नै देखिन्छ । सुगौली सन्धि भारतले नमान्ने हो भने त्योभन्दा अघि बढ्नु सान्दर्भिक छ ।
नेपालले आफ्नो भूमि समेटेर नक्सा पारित गरेसँगै एकोहोरो किसिमले चिच्याइरहेका भारतीय माध्यमहरू सदनले नक्सा पारित गरेसँगै झन् कोकोहोलो मच्चाइरहेका छन् । उनीहरू चीनको उक्साहटमा नेपालले भारतको जमिन कब्जा ग¥यो भनेर रुवावासी गरिरहेका छन् । “नेपालको कम्युनिस्ट सरकारले चीनको कम्युनिस्ट सरकारको उक्साहटमा आएर भारतको जमिन कब्जा गरेको” भनेर भ्रम दिनुका साथै उत्तेजना फैलाइरहेका छन् ।
मोदीका गोदी माध्यमहरूले मात्र नभएर भारतका संशोधानवादी पार्टीहरू भारतीय कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) सम्बद्ध माध्यमहरूका साथै वामपन्थी विचार राख्ने भनिएका अनलाइनहरू पनि नेपालले भारतीय भूमि कब्जा गर्यो भन्ने राग अलापिरहेका छन् ।
नक्सा जारी गरेको समयमा भारतीय सेनाको प्रमुखले जसरी उत्तजना फैलाउने काम गरेका थिए, अहिले भाषा र स्वर फेरे पनि उनीहरूले कुनै पनि बेला जे पनि गर्न सक्छन् र भारतीय विस्तारवादले कुनै पनि समयमा जस्तो पनि षड्यन्त्र गर्न सक्छ भन्ने कुराप्रति देशभक्त नेपाली जनता सचेत र सतर्क रहनु आवश्यक छ । भारतीय विस्तारवादका विरद्ध मात्र नभई नेपालका सत्ताधारीका विरुद्ध पनि खबरदारी आवश्यक छ ।
भिडियो फिचरview all