
एमसिसी विरुद्ध दश वाम दल सङ्घर्षमा

वक्तव्यमा भनिएको छ :
''अतिक्रमित नेपालको भूमि प्राप्त गर्ने काममा हामी एक कदम अघि बढेको खुशियाली मनाउन नपाउँदै नेपालको सार्वभौमिकतामाथि नै दखल दिने किसिमको एमसिसी सम्झौता ट्रम्प प्रशासनसँग गर्ने ओली सरकारको जबर्जस्त तयारीले हामीलाई उद्वेलित बनाएको छ । अमेरिकी सरकारको रक्षा विभागव्दारा तयार पारिएको ‘हिन्द प्रशान्त रणनीति’ अन्तर्गतको ‘मिलेनियम च्यालेंज कर्पोरेसन’ (एमसिसी) राष्ट्रघाती परियोजना भएकोले नेपाल सरकारले गर्न लागेको त्यससम्बन्धी सम्झौता खारेज गरिनु पर्दछ भन्ने माग पनि हामीले सँगसँगै उठाउँदै आएका थियौं । देशभक्त शक्तिहरू, नेपाली जनता र सत्ताधारी पार्टीका अधिकांश नेता र कार्यकर्ताको तीब्र विरोधका बाबजुद ओली सरकार प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेससँग मिलेर उक्त सम्झौता कुनै पनि हालतमा संसदको यसै शत्रबाट अनुमोदन गराउन मरिमेटेर लागि परेको छ । देशको सार्वभौमिकताको रक्षा गर्न र नेपाललाई अमेरिकाको सुरक्षा छातामुनि लैजाने र अन्तमा विदेशी शक्तिहरुको रणभूमिमा परिणत गर्ने अमेरिकी योजनालाई असफल पार्नु अनिवार्य भएको छ । यसका लागि एकताबद्ध आन्दोलन बाहेक हाम्रो अगाडि कुनै विकल्प छैन ।”
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।

भिडियो फिचरview all