
फिडेल क्यास्ट्रो देशभक्त योद्धा : किरण

श्रद्धाञ्जली वक्तव्य
२६ नोवेम्बर २०१६ मा क्युबाका पूर्व राष्ट्रपति तथा एक देशभक्त राजनीतिक योद्धा फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । उनको नेतृत्वमा क्युबाको पुरानो सकारलाई पल्टाएर नयाँ सरकार बनाइएको थियो । उनलाई सत्ताच्यूत सत्ता गर्न अमेरिकी साम्राज्यवादद्वारा धेरै असफल प्रयत्न गरियो । उनी साम्राज्यवादको विरोध र देशभक्तिको पक्षमा सशक्त रूपमा उभिए । उनको निधनवाट क्युबा मात्र होइन, विश्वले समेत एउटा सच्चा देशभक्त मित्र गुमाएको अनुभूति भएको छ । यस दुःखद अवसरमा हाम्रो पार्टी सामान्तवाद विरोधी एक देशभक्त योद्धा तथा मित्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त क्युबाली जनताप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछ ।
मिति १२ आइतावार २०७३
भिडियो फिचरview all