
ओली षड्यन्त्र विरुद्ध देशव्यापी पुत्लादहन र विरोध प्रदर्शन

एमसिसी पारित गराउने कार्यमा बाधित बनेपछि महरा प्रकरण घटाएर आफू अनुकूल पात्र सभामुखमा ल्याउने ओलीको प्रयास असफल भएपछि सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमसिसी घुसाएका प्रधानमन्त्री ओली अहिले जसरी पनि अमेरिकी फौज भित्र्याउने योजनामा लागेको देखेपछि सिगो मुलुक आन्दोलित भएको हो ।
ओली सरकारले अनेक नाम र बहनामा सेना परिचालन गर्न थालेको भए पनि मूल रूपमा एमसिसी पारित गरेपछि देशभक्त शक्तिहरू सडकमा आउने अवस्था हेरेर नै सेना परिचालन गरेको कुरा प्रस्ट छ । हिजो अनेक षड्यन्त्र गरेर महाकाली सन्धि पारित गराउने ओली मार्काकाहरू अहिले यति अर्व र उति अर्वको सहयोगको कुरा गरेर मुलुकमा अमेरिकी सेना भित्र्याउने दाउमा रहेका छन् । अहिले भएका आन्दोलनलाई अझ जुझारू बनाउंदै उच्च किसिमका संयुक्त विरोध र आन्दोलनको उठान गर्नु यतिखेर समयको माग बनेको छ ।
भिडियो फिचरview all