menu

ताजा समाचार

इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रियामा जनयुद्धको पक्षमा प्रदर्शन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड किसेनजीको हत्या भएको दिन २४ नोभेम्बर पारेर ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले  आह्वान गरेको कार्यक्रम विश्वव्यापी रूपमा सम्पन्न भएका छन् ।

यसै क्रममा इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रिया लगायतका युरोपेली तथा ल्याटिन अमेरिकी मुलुकहरूमा भित्ते लेखन, जनप्रदर्शन तथा जनसभाहरू सम्पन्न भएका छन् ।  राता ब्यानर बोकेर सडकमा निस्केका माओवादी नेता–कायकर्ताहरू  तथा साम्राज्यवाद विरोधी मोर्चाका कार्यकर्ता तथा समर्थकहरूले कमरेड किसेनजीप्रति श्रद्धान्जली प्रकट गर्दै कमरेड अजिथ, कमरेड कोबाध गान्धी लगायतका सम्पूर्ण राजबन्दीहरूलाई बिना सर्त रिहाइ गर,  जनतामाथि लादिएको हत्या अभियान, ‘अपरेसज ग्रिन हन्ट’ बन्द गर, तथा भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ भन्ने नारा लगाएका थिए ।  इटालीमा भएको कार्यक्रममा महिलाहरूको सहभागिता उल्लेखनीय थियो ।

यसैबीच ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले यही जनवरी २०१७ मा माओवादी जनयुद्धसित सम्बद्ध नेता, बुद्धिजीवी तथा पत्रकारहरूको सहभागितामा युरोपमा अन्तर्राािष्ट्रय स्तरको विशेष कार्यक्रम गर्ने कुरा पनि आयोजक समितिले जनाएको छ ।
भिडियो फिचरview all