
विस्तारवादी हस्तक्षेप र नेपाल सरकारको आत्मसमर्पणवादी प्रवृत्ति विरुद्ध आवाज उठाउन कमरेड किरणको आह्वान

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले एक वक्तव्य जारी गरी नेपालको भूमिबाट एकलौटी रूपमा सडक खन्ने भारतीय विस्तारवादको निन्दा गर्दै नेपाल सरकारको लाचारीप्रति पनि खेद प्रकट गरेका छन् ।
साथै उनले नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ” भनेका छन् ।
वक्तव्यमा भनिएको छ :
“नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्रयाक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सो काम रोक्नका लागि तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ । ”

भिडियो फिचरview all