ताजा समाचार
विश्वका क्रान्तिकारीहरूको संयुक्त अपिल
विश्वका क्रान्तिकारीहरूको साझा केन्द्र ‘क्रान्तिकारी अनतर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) विघटनको स्थितिमा पुगेपछि विश्वका क्रान्तिकारीहरूबीच एकताभाव पैदा गर्न तथा बहसछलफल र वैचारिक आन्दोलनका बीचबाट नयाँ केन्द्रको निर्माणतर्फ अग्रसर हुने उद्देश्यका साथ युरोपका माओवादी पार्टीहरू खास गरेर इटालीको माओवादी पार्टीको पहलमा मे दिवसका दिन विश्वभरिका क्रान्तिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्ने अभियान चलाएका हुन् । सन् २०१० देखि आरम्भ यो अभियानमा सन् २०१२ देखि नेपालका क्रान्तिकारीहरू पनि सहभागी हुँदै आएका छन् ।
पहिले ३१ वटा माओवादी पार्टी, सङ्गडन र मञ्चहरू समावेश भए पनि विभिन्न कारणले यसमा पनि विभाजन आएको छ । खास गरेर कतिपय विषयमा ल्याटिन अमेरिकी मुलुकका साथै कतिपय युरोपेली मुलुकका माओवादी सङ्गठनहरूले प्रश्न उठाएपछि अहिले यस किसिमको वक्तव्य पनि दुइटा प्रकाशित हुने गरेका छन् । यसयल्ट पनि त्यस्तै भएको छ ।
कोरोना महामारीले गत वर्षहरूका झैँ व्यापक र विशेष कार्यक्रमका साथ मे दिवस मनाउने अवस्था नरहे पनि विश्वभरिका माओवादी पार्टीहरू तथा तीसित सम्बद्ध मजदुर सङ्गठनहरूले आआफ्नो मुलुकको स्थितिअनुसार मे दिवस मनाउने तयारी गरेका छन् र अन्तर्राष्ट्रिय स्तरमा पनि साझा उद्देश्य र क्रान्तिकारी अभियानलाई निरन्तरता दिन संयुक्त वक्तव्य जारी गरेका छन् । नेपाललगायत अन्य मुलुकका पार्टीहरू तथा मञ्चहरू सहभागी भएको संयुक्त अपिलको सारसक्षेप तल प्रस्तुत गरिएको छ ।
दुवै वक्तव्य पुँजीवादी नाफा संसारका कारण कोरोना महामारी व्याप्त भएको कुरामा केन्द्रित छन् र पुँजीवादी/साम्राज्यवादी शक्तिहरू आफ्नै कारणले गर्दा महामारीको कोपभाजनमा परेका हुन् भनिएको छ । दुवै वक्तव्यले 'क्रान्तिका तीन जदुगरी हतियार' को महत्त्वमाथि प्रकाश परेका छन् र अहिलेको सङ्कटबाट मुक्त हुने बाटो भनेको समाजवादको बाटो हो र यसका लागि मार्क्सवाद-लेनिनवाद-माओवादको दिशामा अघि बढेर आआफ्नो मुलुकको विशिष्टतामा नयाँ जनवादी क्रान्ति तथा समाजवादी क्रान्ति सम्पन्न गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । दुवै वक्तव्यको जोड विश्वका माओवादी क्रान्तिकारीहरू एक भएर नयाँ केन्द्र बनाउनु पर्छ भन्ने छ ।
इटालीको माओवादी पार्टीको अगुवाइमा तयार पारिएको वक्तव्य केही छोटो छ भने ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको अगुवाइमा तयार पारिएको वक्तव्य केही लामो छ ।। यहाँ हामीले दुवै वक्तव्यको सारसंक्षेप प्रस्तुत गरेका छौ:

------------------------------------------------------------------------------------
विश्व सर्वहाराको सङ्घर्षको दिन अन्तराष्ट्रिय मे दिवस: अमर रहोस् !
हामीलाई पहिल्यै थाहा थियो, विश्वका सर्वहारा आम जनताका लागि यो विश्व बाँच्नलायक छैन भन्ने कुरा हाम्रो मनमस्तिष्कले पहिले नै थाहा पाइसकेको थियो । यताका महिनामा जे देखिएको छ, त्यो कुरा हामीलाई थाहा पाइसकेका थियौं । आँखा चिम्लेर नक्कली सपना देख्ने मान्छेले पनि साम्राज्यवादी विश्व व्यवस्था सम्बन्धी सबै भ्रमहरू टुक्राटुक्रा भएर धुवाँझैँ हावामा हराउँदै गरेको देखेको छ ।
गलत नाम दिइएको ‘कोरोना क्राइसिस’, जसले सबैभन्दा गरिब र कमजोरलाई नै आफ्नो आहारा बनाउँछ, यो महामारी दशकौँदेखि आम जनतासित सम्बद्ध जनस्वास्थ्य सम्बन्धी नीतिलाई निरन्तर परित्याग र आपत र महामारीका समयमा गर्नु पर्ने तयारीप्रतिको बेवास्ताको परिणाम हो, वास्तवमा यो स्वास्थ्य सेवालाई नाफा आर्जनमा फेर्ने ‘निजीकरण’ को नीति र योजनाहरू चलाउने हिजोका साम्राज्यवादी मुलकुहरू तथा आजको नोकरसाही पुँजीवादको उपज हो । फलस्वरूप आपतकालीन र महामारीका समयमा अस्पतालहरू रोगव्याधीसित जुध्ने सामथ्र्य राख्दैनन्, त्यहाँ स्वास्थ्यकर्मीहरू र साधनहरूको अभाव छ । वास्तवमा सम्भावित समस्याप्रति सत्ताधारीहरूको चासो नै छैन । नत्र भने चीनको उहानमा 'कोभिड-१९' को महामारी चलेको बेला नै उनीहरू सचेत हुनु आवश्यक थियो । त्यस्तो बेला “अर्थतन्त्रलाई नोक्सान नपुर्याउने भनेर” चीनमै पनि पूर्व संचेतना देखिएन र न त संयुक्त राज्य अमेरिका, स्पेन र इटालीमा देखियो । यही हो ‘कोरोना क्राइसिस’ को सङ्क्षिप्त कथा, यसले साम्राज्यवादभित्रको आम सङ्कटलाई घोषणा गर्छ ।
यो सङ्कट उत्पादन शक्तिहरूको विनासको बाटो हो, जुन दोस्रो विश्वयुद्धपछि देखिएको थिएन–यस किसिमको हिउँपहिरोलाई ध्यानमा राखेर प्रतिक्रियावादी सरकारहरूले पहिले महामारी विरुद्ध लड्न आवश्यक छ भनेर ध्यान अन्यत्र मोडेका छन्, जब कि साम्राज्यवादीहरू, प्रतिक्रियावादीहरू र संशोधनवादीहरूकै गलत परिचालनका कारण ‘कोभिड-१९’ महामारीका रूपमा फैलिएको हो र यो विश्वका आम जनताको आम नरसंहारको माध्यम बन्न पुगेको हो । गलत नाम दिइएको ‘कोरोना सङ्कट’, ले सबैजसो साम्राज्यवादी तथा नोकरसाही सामन्ती राज्यसत्ताहरूलाई तानेको छ र गम्भीर राजनीतिक सङ्कटमा डुबाएको छ, यसले अन्तर्राष्ट्रिय तहमा सबै आधारभूत अन्तर्विरोधहरूलाई तीव्र बनाउँछ, जुन यस मामिलामा विशिष्ट अवस्थामा छन् ।
साम्राज्यवादी र तिनका दलालहरू नै यस किसिमका विपत्तिहरूका लागि जिम्मेवार छन् ।
चीनको उहानमा महामारीको थालनी भएपछि साम्राज्यवादीहरूको चिन्ता मुख्यतः “आपूर्तिको सञ्जाल” मा अवरोधप्रति थियो, अर्थात् एकाधिकारका कारण यसले ठाडै उत्पादनमा समस्या उत्पन्न गराउँथ्यो । त्यसैले तिनीहरूले महामारीको विस्तार रोक्नका लागी कुनै कदम चालेनन् । यस वर्षको जनवरीको आरम्भमा देखापरेको यो व्याधी विस्तारै महामारीमा परिणत हुन थालेको छ भने कुरा सुरुका दिनमै प्रस्ट भइसकेको थियो, एइरोनटिकल र टुरिस्ट कम्पनीहरूले नाफामा गिरावट ल्याउने छन् भनेर उनीहरूले यसप्रति बेवास्ता गरे । महामारीले पश्चिमी युरोपलाई गाँज्न थालेपछि स्कुलहरू बन्द गरिए पनि रेस्टुरेन्टहरू र वेश्यालयहरू खुला छोडिदिए–भन्नलाई चाहिँ साना व्यापारीलाई नोक्सानीबाट बचाउन भनियो, मूल उद्देश्य चाहिँ सबै ‘फ्रेन्चाइजी’ र ठूला थोक बिक्रेता एकाधिकारवादीहरूको रक्षा गर्नु थियो । जब कारखानाहरू बन्द हुन थाले, अनि मात्र साम्राज्यवादी मुलुकहरूले उपायको खोजी गर्न थाले । यसबाट प्रतिक्रियावादी राज्यहरूले जसरी पनि हुन्छ एकाधिकारको अस्तित्वको ग्यारेन्टी गर्दछन् भन्ने कुरा प्रस्ट हुन्छ । राज्य एकाधिकार पुँजीवादको अनियन्त्रित विकास भएको ठाउँहरूमा जनउत्तरदायित्वलाई उनीहरूले जेसुकै होस् भन्ने गर्छन् । विश्वमा याङ्की साम्राज्यवादले थोपरेको आर्थिक र जर्मन साम्राज्यवादले ‘युरोपियन युनियन’ भित्र थोपरेको ‘आर्थिक नीति’ नै ती देशहरूमा हजारौँ हजारौँको मुत्युको दोषी छ ।
यी केही तथ्यहरूले साम्राज्यवादी मुलुकहरूले नाफालाई मूल चासो र चिन्ता बनाएर महामारीको व्यवस्थापन गर्छन् र आफ्नो राजनीतिक तथा सैन्य स्वार्थका लागि साम्राज्यवादी मुलुकहरू पुँजीपतिहरूसित मिलेर विशेष गरी उत्पीडित जनताको अत्यधिक शोषण गर्न आफ्ना दमकनकारी नीति अघि सार्छन् भन्ने कुरा देखाउँछन् ।अहिले उनीहरू पुँजीवादी 'भगवान' का सामु बली चढेर मर्न हामीलाई आव्हान गर्छन् । उनीहरूलाई बचाउनका लागि हामीले आफूलाई वलिदान गर्न माग गरिएको छ ।
साम्राज्यवादीहरू आफ्नो बाटोबाट टसमस हुँदैनन्, उनीहरू आफ्नै कुतर्कलाई लागु गर्छन्, विश्वको ध्यान ‘कोरोना सङ्कट’ मा केन्द्रित भएको अवस्थालाई उनीहरू आफ्नो फाइदामा उपयोग गर्न खोज्छन् । क्यारेबियन क्षेत्रमा भेनेजुएलाको बिरूद्ध याङ्की साम्राज्यवादको मनपरी आक्रमण, उत्तरी समुद्रमा रूसको नौसैनिक परिचालन र इरानका बिरूद्ध इङ्लिस च्यानलमा याङ्कीहरूको वर्चस्व तोड्न जर्मनीको नेतृत्वमा ‘इयु’ को अग्रसरता, ओपेक र रूसलाई उनीहरूको तेल उत्पादनलाई लिएर ट्रम्पले दिएको धम्की, यस्ता थोरै ‘घटनाहरू’ हुन्, जसबाट यी साम्राज्यवादी रक्तपिपासु पशुहरूको स्वभावमा कुनै परिवर्तन भएको छैन भन्ने कुरा पुष्टि हुन्छ । अध्यक्ष माओले भनेझैँ साम्राज्यवाद कहिल्यै पनि अहिंस्रक बुद्धमा परिणत हुँदैन ।
बढ्दो आर्थिक र राजनीतिक सङ्कटको परिदृश्यमा, यी सबै बर्बरताको कसले भुक्तानि गर्नु पर्ने हो भन्ने कुरा प्रस्ट छ । गन्हाएको यो व्यवस्थामा जहिले पनि ती कामदारहरू, मुख्यतः ‘कागजात बिना’ का मान्छेहरू र आम जनता नै यसको भागिदार बन्नु पर्ने कुरा प्रस्ट छ । साम्राज्यवादी मुलुकहरूमा लाखौँको सङ्ख्यामा बेरोजगारहरू भौँतारिइरहेका छन् । ठूलो बोझ मजदुर र जनताको पिठ्यूमै हुनेछ, साम्राज्यवादद्वारा उत्पीडित देशहरूमा चाहिं यो बोझ मुख्यतया किसानहरूमा पर्नेछ । भारतमा मात्रै करोडौँ कामदारहरूले एकै दिनमा आफ्नो खानपिनको स्रोत गुमाएका छन् र बाँच्नका लागि उनीहरूलाई गाउँमा फर्किन बाध्य हुनु परेको स्थिति छ । यो अर्ध-सामन्ती आधारलाई नष्ट गर्नुको साटो थप मजबुत बनाउने साम्राज्यवादी शोषणको अर्को उदाहरण हो ।
चिलीमा ‘क्वारेन्टाइन’ लागु हुन थालेपछि ठूला थोक व्यापारीहरू, नोकरसाही पुँजीपतिहरूले रोटीको मूल्य एकै दिनमा २०प्रतिसत बढाउने घोषणा गरे । कस्तो अपराध ! पहिले, सत्ताधारीहरूले दैनिक गुजारा चलाउनका लागि के-के कुराको जगेडा गर्नु पर्छ भन्ने कुरामा आम जनतालाई सही किसिमले सूसुचित गर्दैनन्, उल्टै बेवास्ता गर्छन्, त्यसपछि, तिनीहरू नभइ नहुने आधारभूत खाद्यान्नको मूल्यमा ठूलो मात्रामा बृद्धि गर्छन् । इक्वेडरमा मृतकका लासहरू गुयाक्विलको सडकमा कति दिनसम्म लडिरहे– कीराफट्याङ्ग्राको संसारको जस्तै, यसले पुरानो सामन्ती नोकरसाही राज्यतन्त्रको घीनलाग्दो स्थितिलाई देखाउँछ । ब्राजिलमा फासिवादी बोल्सोनारो र सैन्य उच्च कमान्डर प्रतिक्रान्तिकारी सत्ताका लागि एकआपसमा सङ्घर्ष गरिरहेका छन्, तर, ठूला पुँजीपतिहरू, जमिनदारहरू र याङ्कीको हितसित गाँसिएको नीति तथा योजनामा उनीहरू एक भएका छन्, ‘कोभिड -१९' सित लड्ने नाममा लाखौँ कामबाट हटाइएका छन्, बेरोजगारको सङ्ख्या बढ्दो छ, कतिपयको ज्याला घटाइएको छ, भोकमरी र उत्पीडन तीव्र बनेको छ, जनता असहाय स्थितिमा छन् ।
यस सङ्कटको जिम्मेवार साम्राज्यवादी परजीवीहरू हुन्, याङ्की साम्राज्यवादको प्रभुत्वमा रहेका ‘विश्व ब्याङ्क’ र ‘अन्तर्राष्ट्रिय मुद्राकोष’ बडो धुर्त्याइँपूर्वक नकच्चरो तालले ‘सहयोग’ को प्रस्ताव गर्छन् । यी संस्थाहरूले पराधीनता, उत्पीडन, शोषण, भोक र पीडा दिनुबाहेक अरू केही जान्दैनन् भन्ने कुरा विश्वका मानिसहरूले राम्ररी बुझेका छन् । ती दासमालिकहरू दासहरूलाई बेसमारी कुट्छन्, दासहरू मरणासन्न भएर भुइँमा नलडुन्जेलसम्म कुट्छन् र उनीहरूलाई अझ बलियो साङ्लोले बाँध्नका लागि हात पसारेर उठाउने गर्छन् । उत्पीडितहरूले यसलाई कसरी सहिरहून् ।
दमनले प्रतिरोध उत्पन्न गर्दछ र साम्राज्यवादी व्यवस्थाको सङ्कटलाई बढाउँछ, यो पतनको अर्को सङ्केत हो, फलस्वरूप यसले वर्षौँसम्म चुनौतीलाई निरन्तरता दिएर विश्वभरि जनताको आन्दोलनमा थप वृद्धिका लागि सहयोग पुर्याउँछ । एकपल्ट फेरि क्रान्तिले आफ्नो विशेषतालाई ऐतिहासिक र राजनीतिक सिद्धान्तका रूपमा व्यक्त गर्छ । साम्राज्यवादीहरू र उनीहरूका भरौटेहरूका सबै अपराधहरूलाई विश्वभरिका क्रान्तिकारी जनताले बढीभन्दा बढी सजाय दिनेछन् । राष्ट्रिय मुक्तिको सङ्घर्षमा वृद्धि हुने छ र त्यो भन्दा पनि बढी जनसङ्घर्षको महान् विष्फोटले सम्पूर्ण विश्वलाई हल्लाउनेछ । अन्तर्राष्ट्रिय सर्वहारा र विश्वका जनता साम्राज्यवादको सबैभन्दा खराब महामारीको अन्त्य गर्न महान् फड्को मार्ने छन् । फोहोरमैलाको जगमा उभिएको त्यो अजङ्गको पहाड सदाका लागि फ्यालिनेछ ।
साम्राज्यवाद र पुरानो सत्ताका बिरूद्ध : युद्ध र प्रतिरोध !
हामी विश्वका कम्युनिस्टहरूले वर्तमान राजनीतिक अवस्थालाई राम्ररी बुझ्नुपर्दछ र पहलकदमी, शक्ति र सामर्थ्य अनुसारको जिम्मेवारी ग्रहण गर्नु पर्दछ, आम जनता हथौडा र हँसियासहितको रातो झण्डा माथि उठाउन अग्र पङ्क्तिमा रहेर सङ्घर्र्ष गरिरहेका छन् । साम्राज्यवादी व्यवस्थामा गहिरिँदै गएको सङ्कटले जनताको राजनीतिलाई अगाडि बढाउन कम्युनिस्टहरूका लागि उन्नत परिस्थितिको निर्माण गरेको छ, जनतासित घनिष्ठ किसिमले गाँसिएर, व्यापक रूपमा सम्बन्ध विस्तार गरेर यतिखेर विभिन्न मुलुकहरूमा कमरेडहरू लडिरहेका छन्, यसले क्रान्तिकारी पार्टी, सेना र मोर्चाका तीन हतियारहरूको निर्माणमा केन्द्रित भएर अघि बढ्न सहयोग पुर्याउँछ । यसो नगरे हुने अवस्था छैन, मुख्य कुरा भनेको कम्युनिस्ट पार्टी, एउटा क्रान्तिकारी पार्टी निर्माणमा ध्यान केन्द्रित गर्नु हो, चाहे यो काम पुनर्गठनबाट होस् अथवा नयाँ गठनबाट, अथवा पहिल नै गठन गरिएको होस् । मोर्चाको निर्माण–क्रान्तिको संयुक्त मोर्चा, जनवादी र समाजवादी हुनु आवश्यक छ र यसको नेतृत्व सर्वहाराको हातमा हुनु पर्दछ भन्ने कुरामा विशेष ख्याल राख्नु पर्ने हुन्छ । हरेक मुलुकको क्रान्तिको विकासको विशिष्ठ स्थितिअनुरूपको मोर्चाको स्वरूप हुनु पर्दछ, जुन वर्ग मोर्चाका रूपमा रहोस् र क्रान्तिको केन्द्रीय र उच्च काय सशस्त्र सङ्घर्ष–जनयुद्धसित मेल खाने खालको होस्, जसबाट सर्वहारा र जनताको रक्षा गर्न र विजय प्राप्त गर्न सकियोस् । यस किसिमको मोर्चा तथा सङ्घर्ष हरेक देशको खास परिस्थिति र क्रान्तिको चरित्रअनुरूप निर्माण गर्ने गरिन्छ ।
यसले हामीलाई के कुरामा ध्यान दिन जोड दिन्छ भने : एकताबद्ध होऊ, प्रस्ट होऊ र अगाडि बढ ! मोर्चाको सही परिचालनले हरेक देशका कम्युनिस्टहरूलाई बागोटिङ्गो बाटो लिन पनि स्वीकृति दिन्छ र उनीहरू खास मुलुकको विशिष्ट स्थितिअनुसार उनीहरू आम जनतासित हातेमालो गर्दै र नेतृत्व प्रदान गर्दै साम्राज्यवादी महामारीका विरुद्ध क्रान्तिलाई अघि बढाउँछन् । मूल कुरा प्रस्ट हुनु हो, अन्योलता होइन । ठीक ढङ्गले लान नसकेमा जसको सेवा गर्नु पर्ने हो र जसको विरोध गर्नु पर्ने हो, त्यो उल्टो पर्न जान्छ । यसका लागि पार्टीलाई मार्क्सवाद–लेनिनवाद-माओवादका आधारमा निर्माण गरी त्यसैका आधारमा क्रान्तिकारी व्यवहारमा लैजानु आवश्यक हुन्छ ।
वर्गसङ्घर्ष तीव्र भएका क्षणहरूमा यसलाई लामो अवधिसम्म कायम राख्नु पर्ने र निरन्तरता दिनु पर्ने हुन्छ । के कुराको ख्याल राख्नुस् भने, सबै कुरा समान तहमा विकसित हुन सक्तैनन्, कतिपय कुराको असमान विकास पनि हुन्छ । यो विकासको नियम हो । विकास असमान किसिमले पनि हुन्छ र यस्तो सधैँ हुने गर्छ । कम्युनिस्टहरूले जनसङ्घर्षलाई अघि बढाउन सटिक र सङ्क्षिप्त नारा अघि सार्नु जरुरी छ र ‘कोरोना भाइरससित लड्ने’ नाममा प्रतिक्रियावादी सरकारले अघि सारेको ‘राष्ट्रिय एकता’ को ढोङलाई तोड्नु पर्ने पनि हुन्छ ।
कम्युनिस्टहरूले कर्पोरेट निकायहरूका कामकारबाहीहरूलाई उदाङ्याउनु पर्छ र पुरानो राज्यसत्ताले अघि सारेका सबै भ्रमहरूलाई हावामा उडाइदिनु पर्छ । जनता शोषणको फलामे चक्रव्यूहबाट बाहिर निस्कने एक मात्र बाटो भनेको कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सर्वहाराच वर्गको नेतृत्वमा हुने क्रान्ति हो भन्ने तथ्यलाई अगाडि बढाउन आन्दोलन र प्रचार–प्रसारलाई केन्द्रित गर्नुपर्दछ । दैनिक समस्यासित सम्बद्ध मागहरूलाई लिएर सङ्घर्ष आवश्यक छ र गर्नु पनि पर्छ, र पनि सङ्घर्ष सर्वहारा वर्ग र जनताको सत्ताका लागि केन्द्रित हुनु पर्दछ । यहाँ के कुरामा प्रस्ट हुनु पर्छ भने राजनीतिक सङ्घर्ष प्रमुख हो र सर्वहारा वर्ग र मजदुरहरूको आर्थिक सङ्घर्ष यसको आधार हो । ज्याला, काम गर्ने घण्टा, सर्त र अधिकार सम्बद्ध समस्याहरू— जस्तो सङ्गठन खोल्ने अधिकार, हडताल गर्ने र सभासम्मेलन गर्ने, विचार अभिव्यक्ति र आन्दोलन आदि जस्ता समस्याहरू छन् र यी अत्यन्त महत्वपूर्ण छन्, यी बिना हाम्रो टेक्ने आधार हुँदैन, हामीले यिनको बेवास्ता ग¥यौँ भने हामीले क्रान्तिका लागि आम सहभागिताको विकास गर्न सक्दैनौँ ।
पुरानो सत्ताले आफू नराम्रो गरी सङ्कटमा फसेको बेला जनतामाथि बोझ थप्तछ भन्ने कुरामा ध्यान दिनु पर्छ । यस्तो बेला जनताले रगत बगाएर आर्जन गरेका अधिकारहरू, प्राप्त सुविधा र स्वतन्त्रतामाति बन्देज लगाइन्छ, कटौती गरिन्छ र प्रतिबन्ध लगाइन्छ र अनेक नाममा शोषण र दमनको प्रक्रियालाई तीव्र बनाइन्छ । यसलाई लागु गर्न प्रतिक्रियावादीहरूले अन्य ‘सामाजिक उपायहरू’ अथवा ‘सुधारका उपायहरू’ अघि सार्नु पर्नेमा जोड दिनु पर्ने हुन्छ, यस्तो बेला हामीले हाम्रो झण्डा फ्याल्यौँ भने उनीहरूले अवसरलाई आफ्नो फाइदाका लागि उपयोग गर्छन् । हामी कम्युनिस्टहरू सचेतता अँगालिरहेका छौँ र हामीमाथि शोषण गर्न उनीहरूलाई कुनै पनि किसिमको अवसर दिने छैनौँ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनु पर्छ । उनीहरूलाई असफल पार्न हामीले निरन्तर प्रहार गरिरहनु पर्छ र उनीहरूलाई प्रतिक्रान्तिकारी बर्कोबाट बाहिर निकान्नु पर्छ । उनीहरूको मूल स्वार्थ केमा छ भन्ने कुरा जनता भलिभाँति जान्दछन् । आम जनतामाथि विश्वास गरौँ, उत्पीडित जनतामाथि विश्वास गरौँ । सधैँ मनमस्तिष्कमा राखौँ : “जनता र केवल जनता नै इतिहासका निर्माता हुन् ।”
जनताको तर्फबाट विश्वको वर्तमान अवस्थालाई यसरी ठोस गर्न सकिन्छ : विश्वमा जन विष्फोट अझ तीव्र बन्नेछ र यो अझ शक्तिशाली भएर प्रस्फुटन हुनेछ । हाम्रो जिम्मेवारी यो विष्फोटक स्थितिबारे प्रस्ट हुनु र सर्वहारा र आम जनताको हितमा यसलाई उपयोग गर्न पहलकदमी लिएर जनयुद्धको विकास गर्नु हो । कसरी लड्ने भन्ने कुरा हामीले जानेका छौँ । हामीले युद्धका नियमहरू लागु गर्नुपर्दछ । त्यसपछि अध्यक्ष माओले सङ्घर्षका आम रूपहरूका सन्दर्भमा भन्नु भएको उद्देश्य, उपलब्धि र सीमाहरू सम्बन्धी मान्यतालाई लागु गर्नु पर्दछ ।
जसरी विश्वभरिका साम्राज्यवादी, प्रतिक्रियावादी र संशोधनवादीहरूले अति नै ठूलो धुर्त्याइँका साथ आफूहरूले ब्यहोर्नु परेको सङ्कटको महामारीलाई उपयोग गर्दै आफ्नो विशेष स्वार्थका लागि अन्तर्रा्ष्ट्रिय सर्वहारावर्ग र विश्वका जनतामाथि जाइ लाग्छन्, उत्पीडित राष्ट्रहरूमाथि उत्पात मच्चाउँछन्, लुटतन्त्र मच्चाउन आफ्ना फलामे हातहरू बाहिर निकाल्छन्, जनताको हत्या गर्छन्, सर्वहारा वर्ग र जनताले यसको विरुद्ध सङ्गठित रूपमा जाइलाग्नु पर्छ । यसलाई कम्युनिस्टहरूले दिने जवाफ भनेको एउटै हो—अन्तर्राष्ट्रिय सर्वहाराको एकजुटता । हामीले सिद्धान्त र व्यवहार दुवैमा सर्वहारा अन्तर्राष्ट्रियतावादलाई माथि उठाउनै पर्छ र, संशोधनवाद विरुद्ध सर्वहारा क्रान्तिको पक्षमा अघि बढ्नका लागि जनयुद्धको आरम्भ गरेर विकास गरिहेका पेरू, भारत, फिलिपिन्स, टर्की र तयारीमा लागेका र आरम्भ गर्न थालेका सबै मुलुहरूलाई मार्क्सवाद-लेनिनवाद–-माओवाद, मूलतः माओवादका आधारमा ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन’ (आइसियएम) लाई एकताबद्ध तुल्याउन सङ्घर्ष गर्नु पर्छ ।
आज, विश्वका कम्युनिस्टहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने कार्यमा अघि बढिरहेका छन् र दृढताका साथ माओवादीहरूको ‘अन्तर्राष्ट्रिय एकताबद्ध सम्मेलन’ तर्फ अग्रसर छन्, जसले सर्वहाराको नयाँ अन्तर्राष्ट्रिय सङ्गठनलाई मूर्त रूप दिने छ ।
यो एकताको समय हो । फूट, विखण्डन, दलबदल र फोहोरी लडाइँ अब पुग्यो । जो माओवाद र जनयुद्धका पक्षमा छन् र जसले गम्भीर सैद्धान्तिक गल्ती गरेका छन्, उनीहरूले आत्मा–आलोचना गर्नै पर्छ, प्रश्न विधि र पद्धति र सम्बन्ध विच्छेदको मात्र नभएर मूलतः उनीहरूको वर्ग स्रोतको हो । अभाकियन र प्रचण्डको दृष्टिकोणबीच पाइने समानतालाई राम्रोसँग बुझ्नु पर्ने कुरा के हो भने यी दुई मुसाले मार्क्सवादमा कुनै पनि योगदान दिएका छैनन्, यी सदैव संशोधनवादी मात्र रहिआएका हुन् । ‘आइसीएम’ मा माओवादी पार्टी तथा सङ्गठनहरूको बढ्दो सङ्ख्याले माओवादको पथ प्रदर्शनका आधारमा गौरवशाली कम्युनिस्ट अन्तर्राष्ट्रियको पुनर्निर्माणका आवाज बुलन्द गरेको छ—केही अझै हिचकिचाउँने गरेका छन् र कतिपयले केही सर्तहरू पनि अघि सारेका छन्, तर यसले पहिले नै तय गरेको त्यो लामो बाटो, जहाँ पछि फर्किने ठाउँ छैन र, समय पनि बित्दै जाँदैछ, त्यो रद्ध हुने स्थिति छैन, खास गरेर जनयुद्ध पक्षधरहरू अझ बढी सामेल भएर सिद्धान्तनिष्ठताका आधारमा विश्वका कम्युनिस्टहरूको एकता अघि बढ्ने छ ।
यो कामको समय हो । हामीले हाम्रा गतिविधिहरूलाई दोब्बर तुल्याउनु पर्छ, जनताको विद्रोहलाई उत्प्रेरणा प्रदान गर्दै स्वःस्फुर्त सङ्घर्षलाई सर्वहाराको नेतृत्वमा सचेतन सङ्घर्षमा फेर्नु पर्छ । यो समय हाम्रा असफलता र सीमाहरूका बारेमा रोइकराइ गर्ने समय होइन, सङ्घर्षकै बीचमा हामीले समयको आवश्यकतालाई अघि बढाउनै पर्छ । यसका लागि हामीले आफूलाई तमतयार राख्नुपर्छ । हामीले लडाइँमा आफैँलाई होम्नुबाहेक अर्को विकल्प छैन । अहिले यसमा जसलाई शङ्का अथवा हिचकिचाहट छ, उसले जनताको विश्वास गुमाउँछ । यसपल्टको मे दिवस कम्युनिस्टहरूको उत्साहको महान् उदाहरण हुने छ, हँसियाहथौडासहितको हाम्रा चम्किला राता झण्डाहरू हाम्रा विश्वासका प्रतीक हुन्— यी साम्यवादको उज्ज्वल भविष्य हुन्, जसले शोषण, दमनमा आधारित विश्वका पुरानो सत्ताको विरुद्ध युद्ध अघि बढाउने घोषणा गर्छन् ।
र सारांशमा : मे पहिलो दिनलाई हामी महत्वपूर्ण वार्षिकोत्सवका रूपमा मनाउँने गर्छौँ । यसपल्टको मे पहिलो दिन १३० औँ वार्षिकोत्सव मनाउने 'मे दिवस' को दिन हो । इतिहासमा पहिलो प्रदर्शन महान् कमरेड फ्रेड्रिक एङ्गेल्सको नेतृत्वमा भएको थियो, जसको २०० औँ जन्मोत्सव यो वर्ष हामी मनाइरहेका छौँ । अघि बढौँ साथीहरू हो !
मे पहिलो दिन— सर्वहाराको अन्तर्राष्ट्रिय दिन : अमर रहोस् !
पार्टी र जनता साथमा छन् भने : चमत्कारपूर्ण किसिमले सबै कामहरू सम्पन्न गर्न सकिन्छ !
सर्वहारा र विश्वका जनता : साम्राज्यवादी महामारीलाई यस पृथ्वीबाट फ्याल्न जनयुद्धको हतियारसाथ एक जुट होऔँ !
हस्ताक्षर :
कम्युनिस्ट पार्टी अफ इक्वेडर- रेड सन
पेरू पिपुल्स मोभमेन्ट (रिअर्गनाइजेसन कमिटी)
कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन)
रेड फ्याक्सन अफ द कम्युनिस्ट पार्टी अफ चिली
रेड फ्लाग कलेक्टिव फिनल्यान्ड
कमिटी फर द फाउन्डेसन अफ द (माओइस्ट) कम्युनिस्ट पार्टी अफ अस्ट्रिया
सर्भ द पिपुल -कम्युनिस्ट लिग, नर्वे
कमिटी टु रिकन्स्टिच्युट द कम्युनिस्ट पार्टी अफ युएसए
सबैभन्दा खतरनाक भाइरस साम्राज्यवादी/पुँजीवादी व्यवस्था हो !
विश्वव्यापी रूपमा सर्वहारा क्रान्तिको दिशामा अघि बढौँ !
डरलाग्दो महामारीले विश्वका हरेक कुनामा मान्छेको ज्यान लिइरहेको र साम्राज्यवादी मुलुक र सरकारहरूले कोरोना भाइरसका नाममा सङ्कटको स्थिति घोषणा गरेका कारण यो वर्ष सर्वहारा वर्गको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा एकता, सर्वहारा अन्तर्राष्ट्रियतावाद, साम्राज्यवाद र पुँजीवाद र पुँजीवाद विरुद्ध लडौँ जस्ता ब्यानर बोकेका श्रिमजीवीहरू, महिला, उत्पीडित जनसमूहले विश्वभरिका खुला चौर र चोकहरू भरिने छैनन् ।
महामारी पुँजीवादी तथा साम्राज्यवादी विश्वव्यवस्थाको उपज हो र मान्छेको मरण पुँजीवादीहरूको शोषण र नाफा आर्जनको आसक्तिको परिणाम हो, जसले विश्वको वातावरणीय अवस्थामाथि अतिक्रमण गरेर पृथ्वीमा मानवजीवन र स्वास्थको थामिनसक्नु स्थिति उत्पन्न गरेका छन् ।
पुँजीपतिहरूले आम जनताको स्वास्थ्य व्यवस्थालाई नाफामूलक निजी कम्पनीको व्यापारमा परिणत गरेका छन्, फलस्वरूप महामारीका लागि यो खुला क्षेत्र बन्यो, यसले व्यापक रूपमा आमहत्याको रूप लिएको छ र आम जनता र सर्वहाराको जीवन एकदमै जोखिमपूर्ण स्थितिमा रहेको छ ।
सबैलाई घरमा बस्न भनिएको भए पनि पुँजीपतिहरूका लागि महामारी चलेको बेलामा पनि मूल कुरा कसरी नाफा कमाउने भन्ने छ र मजदुरहरूलाई चाहिँ अत्यावश्यक वस्तु उत्पादनको सुनिश्चितताका नाममा जस्तोसुकै अवस्थामा पनि काम गर्न बाध्य पारिएको छ ।
पुँजीवादले बढीभन्दा बढी अत्याधुनिक हतियार उत्पादन गर्न विज्ञानलाई आफ्नो स्वार्थमा प्रयोग ग¥यो र अधिकाधिक साधान र स्रोत उन्नत हतियारको उत्पादनमा लगायो, साम्राज्यवादी गढमा आम जनता तथा सर्वहारालाई बढी असर गर्ने रोगहरूको निदानका लागि गर्नु पर्ने खोजअनुसन्धानप्रति बेवास्ता ग¥यो, र साम्राज्यवादबाट पीडित देशहरूको स्थिति झन् त्यो भन्दा पनि खराब भयो, फलस्वरूप महामारीको सामु विश्वको स्थिति एकदमै निरीह देखियो ।
पुँजीवादले उहानजस्ता ‘विश्वका भट्टीहरू’ तयार पारेको छ, जसबाट कामको स्थिति र जीवनलाई पुँजीवादले तयार पारेका सामाजिक सङ्गठनहरूले महामारी फैलाउन आगोमा घिउको काम गर्छन्, यही फैलाइले अहिले युरोपेली मुलुकहरूको केन्द्र र मुख्य साम्राज्यवादी शक्ति अमेरिकी मुटुलाई नै प्रकोपमा ल्याएको छ र साथै यसको खतराको व्यापकता विश्वका उत्पीडित मुलुकहरू अफ्रिकादेखि मध्यपूर्व र अरबका जनताका साथै एसिया तथा ल्याटिन अमेरिकासम्म विस्तारित भइरहेको छ ।
मानवजीवनलाई महामारीले जेजति हानीनोक्सानी पु¥याउँछ, साम्राज्यवादी र पुँजीवादीहरूका क्रियाकलापहरू मृत्यु र विनासका त्यो भन्दा पनि ठूला र डरलाग्दा साधनका रूपमा प्रस्तुत भएका छन् । महानगरीय सहरहरू गाढिएका लासहरूले भरिएका छन् र सहरहरू अस्पतालमा फेरिएका छन्, यी सबै घटना परिदृश्यले आजका दिनमा सर्वहारालाई आक्रोसित तुल्याएको छ : जनहत्यारो पुँजीवादी÷साम्राज्यवादी व्यवस्था पुग्यो अब !
विश्वभरका मुलुकहरू र सरकारहरूले माहामारीका नाममा सैन्यकरणकै स्थितिमा आपतकालीन स्थितिको घोषणा गरे, तर जीवित रहनका लागि मात्रै आग्रह गर्ने गरिब, आप्रवासी र घरवारविहीनहरूमाथि दमन र हिंसा भने जारी राखे ।
बुर्जुवाहरूले तानासाही हुकुम चलेका मुलुकहरूमा स्वास्थ सम्बन्धी आपतकालीन अवस्थालाई फासिवादी शैलीको राजनीतिक सत्ता सुदृढ गर्ने र स्थायित्व दिने अवसरका रूपमा लिए, जुनचाहिँ सदैव विश्वभरिका सर्वहारा र आम जनताको सङ्घर्ष विरुद्धका हतियार हुन् ।
यस कारणले यस मे पहिलो दिनमा विश्वका साम्राज्यवादी मालिकहरू र सबै बुर्जुवाहरू तथा साशक वर्गहरूका विरुद्ध हरतरहले अवश्य पनि आवाज बुलन्द गर्नु पर्छ : सबै विपद्को जिम्मेवार तिमीहरू हौ ! साम्राज्यवादको सर्वनास होस् !
महामारीका बाबजुद पनि कामदारहरू र जनताबाट कडा प्रतिरोध व्यक्त भयो, सङ्कटकालको घोषणा गरेर हडताल, प्रदर्शनमा रोक लगाए पनि कामदारहरूले हडताल, अवज्ञा, प्रतिरोध र हातेसाङ्लो बनाएर आफ्नो असन्तुष्टि जाहेर गरे ।
इटाली महामारीले सबैभन्दा बढी प्रभावित देशहरूमध्येको एउटा देश, जनविरोधीहरू, मालिकहरू र सरकारहरू विरुद्ध सर्वहारा र जनताको प्रतिरोध केन्द्र पनि हो, यो अहिले भाइरसबाट प्रभावित अन्य देशका लागि, अन्य पुँजीवादी मुलुक र सरकारका विरुद्ध प्रतिरोधका लागि उपयोगी साबित भएको छ । यदि सच्चा कम्युनिस्टहरू सङ्घर्षका लागि अग्रपङ्क्तिमा छन् भने तथाकथित कोरोना सङ्कटकै बीच पनि, आपतकालीन अवस्थामा पनि क्रान्तिकारी वातावरण तयार पारेर पुँजीपति वर्ग, राज्य र सरकारहरूका विरुद्ध जनताको ऐक्यबद्धता कायम गर्न र जित हासिल गर्न सम्भव छ । विश्वमा बढ्दो पुँजीवादी सङ्कटको स्थितिले सन् २००७-२००८ को अवस्था उत्पन्न गरेको थियो, जुन १९२० को दशकको स्थितिभन्दा खराब थियो र पुँजीवादी सङ्कटको यो चक्रले अब विश्वव्यापी रूपमा जीवन र प्रकृतिलाई प्रभावित पार्ने छ ।
आफ्नो अस्तित्वका लागि पुँजीवादले सङ्कटको भार विश्वका सर्वहारा र उत्पीडित जनतामाथि थोपर्ने छ, साम्राज्यवादद्वारा उत्पीडित मुलुकहरूमा पहिलेदेखि विद्यमान गरिबी, भोकमरीमा थप वृद्धि हुने छ र साम्राज्यवादी तथा पुँजीवादी केन्द्रहरूमा समेत बेरोजगारी अत्यधिक बढ्नेछ र त्यहाँ पनि अन्योल, अस्थिरता, गरिबी, भोकमरीको स्थिति उत्पन्न हुनेछ । र साँचो के पनि हो भने यस किसिमको माखेसाङ्लो आर्थिक सङ्कट र महामारीले नाफा र पुँजी आर्जनमा केन्द्रित विश्व पुँजीवादी व्यवस्था र त्यस्ता मुलुक र सरकारकाहरूको मुखुण्डो उघ्रेको छ ।
यस किसिमको स्थितिले सर्वहारा र आम जनताको सङ्घर्षलाई ऊर्जा दिन्छ र उपयुक्त आत्मगत स्थिति निर्माण गर्छ, विश्वका हरेक मुलकमा शोषणमुखी व्यवस्था फ्याल्न र नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति सम्पन्न गरेर समाजवादी समाज निर्माण गरेर साम्यवादमा अघि बढ्न साझा सङ्घर्षका लागि अनुकूल वातावरण तयार पार्छ ।
समाजवाद सर्वहाराको राज्यको हातमा अर्थतन्त्र रहेको राज्य हो र यो पुँजीवादी विश्व व्यवस्थाले आर्जन गर्न नसकेको उपलब्धि हासिल गर्न सक्षम हुन्छ । पुँजीवाद र साम्राज्यावद विनासका कारक हुन्, समाजवाद नयाँ समाज निर्माणका आधार हुन्, जसले शोषण र दमनका हरेक जंजिरहरूबाट समाजलाई मुक्त पार्दछ र मानव जीवनको स्तरोन्नति र प्रगतिका लागि स्वास्थ्यको सहजता र वातावरणीय विनासको खतराबाट मुक्त पारेर बाँचनका लागि उन्नत र विश्वासिलो स्थिति निर्माण गर्छ ।
यो स्थितिले मार्क्सवाद- लेनिनवाद-माओवादको सामर्थ्यका साथै र सर्वहाराले तीन चरणमामार्फत दिएको महान् ऐतिहासिक सन्देशको सच्चाइलाई दर्शाउँछ । पेरिस कम्युनदेखि अक्टोकर क्रान्तिसम्म, अक्टोबर क्रान्तिदेखि चिनियाँ महान् सर्वहारा क्रान्तिसम्मको इतिहासले सर्वहारा वर्ग र उत्पीडित जनताको मार्च रोक्न नसकिने कुरा हो भनेर उनीहरूले देखाइसकेका छन् । यसले क्षणिक पराजय भोग्न सक्छ, तर, अनुभवबाट विचार र कार्यको विकास गर्न ऊर्जा प्राप्त गर्छ, जसबाट उसलाई ऐतिहासिक परिस्थिति अनुसार पुँजीवाद/साम्राज्यवादका विरुद्ध र समाजवाद र साम्यवादका लागि गरिने लामो सङ्घर्षमा अझ दृढ भएर सामना गर्न सहयोग पुर्याउँछ । अहिलेको परिस्थितिले मार्क्स, लेनिन, माओ र सर्वहाराको क्रान्तिकारी सङ्घर्षका तीन चरणहरूका महान् सन्देशको सच्चाइलाई पुष्टि गर्दछ ।
हामीले यो मे दिवसमा विश्व सर्वहारा क्रान्तिको नयाँ प्रवाहको परिदृश्य देखिरहेका छौँ,जसले सर्वहारा र आम जनताको आवश्यकता र तदारुकतालाई औँल्याइरहेको छ । वर्गसङ्घर्षको अग्निज्वालाको वर्तमान स्थितिमा सर्वहाराले क्रान्तिका लागि साधनहरूको तमतयारी गरेमा वस्तुगत स्थितिको सम्भाव्यतालाई यथार्थमा फेर्न सकिन्छ ।
सर्वप्रथमतः साम्राज्यवादी मुलुकहरूद्वारा दमन गरिएका मुलुकहरूका कम्युनिस्ट पार्टीहरू, जसले दीर्घकालीन जनयुद्धको नेतृत्व गरिरहेका छन्, उनीहरूको साथ लिएर श्रमजीवी वर्गका अगुवाहरू, राजनीतिक योद्धाहरूका अगुवाहरू, युद्धका संयन्त्रहरू र जनताका अगुवाहरूलाई समाविष्ट गरेर कम्युनिस्ट पार्टीहरूको गठन गर्नु आवश्यक छ ।
सर्वहारा र आम जनताको संयुक्त मोर्चाले ‘महामारी’ स्थितिबाट ऊर्जा प्राप्त गर्छ, नाफा र धन आर्जनका लागि उत्पीडितहरू लगायत जनताको ठूलो हिस्साको जीवनलाई सदैव जोखिमपूर्ण स्थितिमा राख्ने दमनकारी व्यवस्था र मुट्ठीभर शोषकहरूको प्रभुत्वमा जनता रहन चाँहदैनन् भन्ने चाहनालाई सर्वहारा र आम जनताको संयुक्त मोर्चाले नयाँ ऊर्जा दिन्छ ।
सर्वहारा र मजदुर–किसानद्वारा निर्मित जनसेना नै सही शक्ति हो र त्यसले नै आपतकालीन स्थिति र बुर्जुर्वा व्यवस्थाका विरुद्ध आफू वरिपरिको विश्वलाई नयाँ स्वरूप दिन्छ । तसर्थ सर्वहारा र आम जनताले आफ्नो स्वास्थ्य र जीवन, साथै आफ्नो अधिकारका लागि बुर्जुवा व्यवस्थाका लागि सङ्घर्षको आवश्यकता बोध गर्नु आवश्यक छ र अनुभवले सर्वहारा र उत्पीडित जनतामाथि थोपरिएको युद्धको जवाफमा वर्ग युद्ध, क्रान्तिकारी युद्ध, जनयुद्धको आवश्यकता पर्छ भन्छ ।
यो मे दिवसका दिन खुला चौर र चोकहरू खालि हुन सक्छन्– र पनि विश्वका अधिकांश भागहरूमा सर्वहाराको आजको विशेष दिनमा क्रान्तिको रातो झण्डा गायब हुने छैन— र सत्य के हो भने साम्राज्यवादले जुन किसिमको स्थिति उत्पन्न गरेको छ, यी चोकहरू शक्तिशाली क्रान्तिकारी आन्दोलनले भरिने छन्, सर्वहारा र जनताको सशस्त्र महासागरले हरेक देशको आफ्नो विशिष्ट स्थितिमा एउटा समवेत स्वर गुन्जाउने छ : साम्राज्यवाद मुर्दावाद ! निश्चय पनि समाजवाद र साम्यवादको सूर्य उदाउने छ ।
श्रमजीवी वर्ग र जनतामाथि सङ्कट थोपर्न पाइँदैन !
कोरोना भाइरसका नाममा जनतामाथि सङ्कटकाले युद्ध खारेज गर ! विद्रोह गर्नु अधिकार हो !
स्वास्थ सेवालाई जनताको सेवामा लगाऊ !
सर्वहाराका लागि आवश्यक स्वास्थ्य, काम र ज्यालाको सङ्घर्षलार्ई अघि बढाऔँ !
बढिरहेको आर्थिक मन्दीका विरुद्ध सर्वहारा र उत्पीडित जनताको सङ्घर्षलाई अघि बढाऔँ !
आर्थिक सङ्कट/महामारीको साम्राज्यवादी अग्निज्वालाबीच मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीको निर्माण र जनतासितको घनिष्ठ सम्बन्ध बनाएर नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको तयारीमा लागौँ ।
सर्वहारा अन्तर्राष्ट्रियतावादका लागि सर्वहारा र उत्पीडित जनता एक जुट होऔँ !
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद !
पहिलेभन्दा अझ जोडतोडका साथ विश्वका कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय एकतालाई अझ अगाडि बढाऔँ !
सङ्कटग्रस्त पुजीवाद/ साम्राज्यवाद मुर्दावाद !
समाजवाद र साम्यवाद : जिन्दावाद !
हस्ताक्षर :
माओवादी कम्युनिस्ट पार्टी रिकन्सट्रकसन कमिटी, ग्यालिसिया, स्पेनिस राज्य
कम्युनिस्ट न्युक्लिअस, नेपाल
कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
टर्की कम्युनिस्ट पार्टी/मार्क्सवादी-लेनिनवादी
युनियन ओब्रेरा कम्युनिस्टा (एमएलएम) – कोलम्बिया
माओवादी कम्युनिस्ट पार्टी - इटाली
एल कादेहाइन्स पार्टी- ट्युनिसिया
मोरक्को मार्क्सिस्ट-लेनिनिस्ट प्रोलेटरियट लाइन (एमएमएलपिएल)
क्रान्तिकारी कम्युनिस्ट पार्टी (पिसिआर-आरसिपी, क्यानडा)
वर्कर्स भ्वाइस – मलेसिया
मओइस्ट रिभोलुस्नरी लिग , श्री लंका
०००
अर्को संयुक्त वक्तव्य
विश्वका सर्वहारा एक होऔँ !
भ्रममुक्त होऔँ र सङ्घर्षलाई अघि बढाऔं
गलत नाम दिइएको ‘कोरोना क्राइसिस’, जसले सबैभन्दा गरिब र कमजोरलाई नै आफ्नो आहारा बनाउँछ, यो महामारी दशकौँदेखि आम जनतासित सम्बद्ध जनस्वास्थ्य सम्बन्धी नीतिलाई निरन्तर परित्याग र आपत र महामारीका समयमा गर्नु पर्ने तयारीप्रतिको बेवास्ताको परिणाम हो, वास्तवमा यो स्वास्थ्य सेवालाई नाफा आर्जनमा फेर्ने ‘निजीकरण’ को नीति र योजनाहरू चलाउने हिजोका साम्राज्यवादी मुलकुहरू तथा आजको नोकरसाही पुँजीवादको उपज हो । फलस्वरूप आपतकालीन र महामारीका समयमा अस्पतालहरू रोगव्याधीसित जुध्ने सामथ्र्य राख्दैनन्, त्यहाँ स्वास्थ्यकर्मीहरू र साधनहरूको अभाव छ । वास्तवमा सम्भावित समस्याप्रति सत्ताधारीहरूको चासो नै छैन । नत्र भने चीनको उहानमा 'कोभिड-१९' को महामारी चलेको बेला नै उनीहरू सचेत हुनु आवश्यक थियो । त्यस्तो बेला “अर्थतन्त्रलाई नोक्सान नपुर्याउने भनेर” चीनमै पनि पूर्व संचेतना देखिएन र न त संयुक्त राज्य अमेरिका, स्पेन र इटालीमा देखियो । यही हो ‘कोरोना क्राइसिस’ को सङ्क्षिप्त कथा, यसले साम्राज्यवादभित्रको आम सङ्कटलाई घोषणा गर्छ ।
‘कोरोना-सङ्कट’ कारक पक्ष मात्र हो र मूलतः यो नयाँ विश्व आर्थिक संकटको नयाँ चरण हो— पुँजीवादी अत्यधिक उत्पादनको पुँजीवादी सङ्कट, जसलाई धेरै अघिदेखि वित्तीय पुँजीका अर्थशास्त्रीहरूले घोषणा गरिसकेका हुन्, जुन ‘कोरोना भाइरस’ को महामारी ‘कोभिड-१९’ मार्फत बडो तीव्र गतिमा देखिएको छ र संसारभरका प्रतिक्रियावादी सरकारहरू —मुख्यतः याङ्की साम्राज्यवादी महाशक्ति, आणविक महाशक्ति रूस र महान् साम्राज्यवादी शक्तिहरू यसको अहिले अगाडि परेका छन् । उनीहरू बीचको सनकी प्रतिस्पर्धाका कारण यो सङ्कट अझ गहिरिँदै गएको छ ।
यो सङ्कट उत्पादन शक्तिहरूको विनासको बाटो हो, जुन दोस्रो विश्वयुद्धपछि देखिएको थिएन–यस किसिमको हिउँपहिरोलाई ध्यानमा राखेर प्रतिक्रियावादी सरकारहरूले पहिले महामारी विरुद्ध लड्न आवश्यक छ भनेर ध्यान अन्यत्र मोडेका छन्, जब कि साम्राज्यवादीहरू, प्रतिक्रियावादीहरू र संशोधनवादीहरूकै गलत परिचालनका कारण ‘कोभिड-१९’ महामारीका रूपमा फैलिएको हो र यो विश्वका आम जनताको आम नरसंहारको माध्यम बन्न पुगेको हो । गलत नाम दिइएको ‘कोरोना सङ्कट’, ले सबैजसो साम्राज्यवादी तथा नोकरसाही सामन्ती राज्यसत्ताहरूलाई तानेको छ र गम्भीर राजनीतिक सङ्कटमा डुबाएको छ, यसले अन्तर्राष्ट्रिय तहमा सबै आधारभूत अन्तर्विरोधहरूलाई तीव्र बनाउँछ, जुन यस मामिलामा विशिष्ट अवस्थामा छन् ।
साम्राज्यवादी र तिनका दलालहरू नै यस किसिमका विपत्तिहरूका लागि जिम्मेवार छन् ।
चीनको उहानमा महामारीको थालनी भएपछि साम्राज्यवादीहरूको चिन्ता मुख्यतः “आपूर्तिको सञ्जाल” मा अवरोधप्रति थियो, अर्थात् एकाधिकारका कारण यसले ठाडै उत्पादनमा समस्या उत्पन्न गराउँथ्यो । त्यसैले तिनीहरूले महामारीको विस्तार रोक्नका लागी कुनै कदम चालेनन् । यस वर्षको जनवरीको आरम्भमा देखापरेको यो व्याधी विस्तारै महामारीमा परिणत हुन थालेको छ भने कुरा सुरुका दिनमै प्रस्ट भइसकेको थियो, एइरोनटिकल र टुरिस्ट कम्पनीहरूले नाफामा गिरावट ल्याउने छन् भनेर उनीहरूले यसप्रति बेवास्ता गरे । महामारीले पश्चिमी युरोपलाई गाँज्न थालेपछि स्कुलहरू बन्द गरिए पनि रेस्टुरेन्टहरू र वेश्यालयहरू खुला छोडिदिए–भन्नलाई चाहिँ साना व्यापारीलाई नोक्सानीबाट बचाउन भनियो, मूल उद्देश्य चाहिँ सबै ‘फ्रेन्चाइजी’ र ठूला थोक बिक्रेता एकाधिकारवादीहरूको रक्षा गर्नु थियो । जब कारखानाहरू बन्द हुन थाले, अनि मात्र साम्राज्यवादी मुलुकहरूले उपायको खोजी गर्न थाले । यसबाट प्रतिक्रियावादी राज्यहरूले जसरी पनि हुन्छ एकाधिकारको अस्तित्वको ग्यारेन्टी गर्दछन् भन्ने कुरा प्रस्ट हुन्छ । राज्य एकाधिकार पुँजीवादको अनियन्त्रित विकास भएको ठाउँहरूमा जनउत्तरदायित्वलाई उनीहरूले जेसुकै होस् भन्ने गर्छन् । विश्वमा याङ्की साम्राज्यवादले थोपरेको आर्थिक र जर्मन साम्राज्यवादले ‘युरोपियन युनियन’ भित्र थोपरेको ‘आर्थिक नीति’ नै ती देशहरूमा हजारौँ हजारौँको मुत्युको दोषी छ ।
यी केही तथ्यहरूले साम्राज्यवादी मुलुकहरूले नाफालाई मूल चासो र चिन्ता बनाएर महामारीको व्यवस्थापन गर्छन् र आफ्नो राजनीतिक तथा सैन्य स्वार्थका लागि साम्राज्यवादी मुलुकहरू पुँजीपतिहरूसित मिलेर विशेष गरी उत्पीडित जनताको अत्यधिक शोषण गर्न आफ्ना दमकनकारी नीति अघि सार्छन् भन्ने कुरा देखाउँछन् ।अहिले उनीहरू पुँजीवादी 'भगवान' का सामु बली चढेर मर्न हामीलाई आव्हान गर्छन् । उनीहरूलाई बचाउनका लागि हामीले आफूलाई वलिदान गर्न माग गरिएको छ ।
साम्राज्यवादीहरू आफ्नो बाटोबाट टसमस हुँदैनन्, उनीहरू आफ्नै कुतर्कलाई लागु गर्छन्, विश्वको ध्यान ‘कोरोना सङ्कट’ मा केन्द्रित भएको अवस्थालाई उनीहरू आफ्नो फाइदामा उपयोग गर्न खोज्छन् । क्यारेबियन क्षेत्रमा भेनेजुएलाको बिरूद्ध याङ्की साम्राज्यवादको मनपरी आक्रमण, उत्तरी समुद्रमा रूसको नौसैनिक परिचालन र इरानका बिरूद्ध इङ्लिस च्यानलमा याङ्कीहरूको वर्चस्व तोड्न जर्मनीको नेतृत्वमा ‘इयु’ को अग्रसरता, ओपेक र रूसलाई उनीहरूको तेल उत्पादनलाई लिएर ट्रम्पले दिएको धम्की, यस्ता थोरै ‘घटनाहरू’ हुन्, जसबाट यी साम्राज्यवादी रक्तपिपासु पशुहरूको स्वभावमा कुनै परिवर्तन भएको छैन भन्ने कुरा पुष्टि हुन्छ । अध्यक्ष माओले भनेझैँ साम्राज्यवाद कहिल्यै पनि अहिंस्रक बुद्धमा परिणत हुँदैन ।
बढ्दो आर्थिक र राजनीतिक सङ्कटको परिदृश्यमा, यी सबै बर्बरताको कसले भुक्तानि गर्नु पर्ने हो भन्ने कुरा प्रस्ट छ । गन्हाएको यो व्यवस्थामा जहिले पनि ती कामदारहरू, मुख्यतः ‘कागजात बिना’ का मान्छेहरू र आम जनता नै यसको भागिदार बन्नु पर्ने कुरा प्रस्ट छ । साम्राज्यवादी मुलुकहरूमा लाखौँको सङ्ख्यामा बेरोजगारहरू भौँतारिइरहेका छन् । ठूलो बोझ मजदुर र जनताको पिठ्यूमै हुनेछ, साम्राज्यवादद्वारा उत्पीडित देशहरूमा चाहिं यो बोझ मुख्यतया किसानहरूमा पर्नेछ । भारतमा मात्रै करोडौँ कामदारहरूले एकै दिनमा आफ्नो खानपिनको स्रोत गुमाएका छन् र बाँच्नका लागि उनीहरूलाई गाउँमा फर्किन बाध्य हुनु परेको स्थिति छ । यो अर्ध-सामन्ती आधारलाई नष्ट गर्नुको साटो थप मजबुत बनाउने साम्राज्यवादी शोषणको अर्को उदाहरण हो ।
चिलीमा ‘क्वारेन्टाइन’ लागु हुन थालेपछि ठूला थोक व्यापारीहरू, नोकरसाही पुँजीपतिहरूले रोटीको मूल्य एकै दिनमा २०प्रतिसत बढाउने घोषणा गरे । कस्तो अपराध ! पहिले, सत्ताधारीहरूले दैनिक गुजारा चलाउनका लागि के-के कुराको जगेडा गर्नु पर्छ भन्ने कुरामा आम जनतालाई सही किसिमले सूसुचित गर्दैनन्, उल्टै बेवास्ता गर्छन्, त्यसपछि, तिनीहरू नभइ नहुने आधारभूत खाद्यान्नको मूल्यमा ठूलो मात्रामा बृद्धि गर्छन् । इक्वेडरमा मृतकका लासहरू गुयाक्विलको सडकमा कति दिनसम्म लडिरहे– कीराफट्याङ्ग्राको संसारको जस्तै, यसले पुरानो सामन्ती नोकरसाही राज्यतन्त्रको घीनलाग्दो स्थितिलाई देखाउँछ । ब्राजिलमा फासिवादी बोल्सोनारो र सैन्य उच्च कमान्डर प्रतिक्रान्तिकारी सत्ताका लागि एकआपसमा सङ्घर्ष गरिरहेका छन्, तर, ठूला पुँजीपतिहरू, जमिनदारहरू र याङ्कीको हितसित गाँसिएको नीति तथा योजनामा उनीहरू एक भएका छन्, ‘कोभिड -१९' सित लड्ने नाममा लाखौँ कामबाट हटाइएका छन्, बेरोजगारको सङ्ख्या बढ्दो छ, कतिपयको ज्याला घटाइएको छ, भोकमरी र उत्पीडन तीव्र बनेको छ, जनता असहाय स्थितिमा छन् ।
यस सङ्कटको जिम्मेवार साम्राज्यवादी परजीवीहरू हुन्, याङ्की साम्राज्यवादको प्रभुत्वमा रहेका ‘विश्व ब्याङ्क’ र ‘अन्तर्राष्ट्रिय मुद्राकोष’ बडो धुर्त्याइँपूर्वक नकच्चरो तालले ‘सहयोग’ को प्रस्ताव गर्छन् । यी संस्थाहरूले पराधीनता, उत्पीडन, शोषण, भोक र पीडा दिनुबाहेक अरू केही जान्दैनन् भन्ने कुरा विश्वका मानिसहरूले राम्ररी बुझेका छन् । ती दासमालिकहरू दासहरूलाई बेसमारी कुट्छन्, दासहरू मरणासन्न भएर भुइँमा नलडुन्जेलसम्म कुट्छन् र उनीहरूलाई अझ बलियो साङ्लोले बाँध्नका लागि हात पसारेर उठाउने गर्छन् । उत्पीडितहरूले यसलाई कसरी सहिरहून् ।
दमनले प्रतिरोध उत्पन्न गर्दछ र साम्राज्यवादी व्यवस्थाको सङ्कटलाई बढाउँछ, यो पतनको अर्को सङ्केत हो, फलस्वरूप यसले वर्षौँसम्म चुनौतीलाई निरन्तरता दिएर विश्वभरि जनताको आन्दोलनमा थप वृद्धिका लागि सहयोग पुर्याउँछ । एकपल्ट फेरि क्रान्तिले आफ्नो विशेषतालाई ऐतिहासिक र राजनीतिक सिद्धान्तका रूपमा व्यक्त गर्छ । साम्राज्यवादीहरू र उनीहरूका भरौटेहरूका सबै अपराधहरूलाई विश्वभरिका क्रान्तिकारी जनताले बढीभन्दा बढी सजाय दिनेछन् । राष्ट्रिय मुक्तिको सङ्घर्षमा वृद्धि हुने छ र त्यो भन्दा पनि बढी जनसङ्घर्षको महान् विष्फोटले सम्पूर्ण विश्वलाई हल्लाउनेछ । अन्तर्राष्ट्रिय सर्वहारा र विश्वका जनता साम्राज्यवादको सबैभन्दा खराब महामारीको अन्त्य गर्न महान् फड्को मार्ने छन् । फोहोरमैलाको जगमा उभिएको त्यो अजङ्गको पहाड सदाका लागि फ्यालिनेछ ।
साम्राज्यवाद र पुरानो सत्ताका बिरूद्ध : युद्ध र प्रतिरोध !
हामी विश्वका कम्युनिस्टहरूले वर्तमान राजनीतिक अवस्थालाई राम्ररी बुझ्नुपर्दछ र पहलकदमी, शक्ति र सामर्थ्य अनुसारको जिम्मेवारी ग्रहण गर्नु पर्दछ, आम जनता हथौडा र हँसियासहितको रातो झण्डा माथि उठाउन अग्र पङ्क्तिमा रहेर सङ्घर्र्ष गरिरहेका छन् । साम्राज्यवादी व्यवस्थामा गहिरिँदै गएको सङ्कटले जनताको राजनीतिलाई अगाडि बढाउन कम्युनिस्टहरूका लागि उन्नत परिस्थितिको निर्माण गरेको छ, जनतासित घनिष्ठ किसिमले गाँसिएर, व्यापक रूपमा सम्बन्ध विस्तार गरेर यतिखेर विभिन्न मुलुकहरूमा कमरेडहरू लडिरहेका छन्, यसले क्रान्तिकारी पार्टी, सेना र मोर्चाका तीन हतियारहरूको निर्माणमा केन्द्रित भएर अघि बढ्न सहयोग पुर्याउँछ । यसो नगरे हुने अवस्था छैन, मुख्य कुरा भनेको कम्युनिस्ट पार्टी, एउटा क्रान्तिकारी पार्टी निर्माणमा ध्यान केन्द्रित गर्नु हो, चाहे यो काम पुनर्गठनबाट होस् अथवा नयाँ गठनबाट, अथवा पहिल नै गठन गरिएको होस् । मोर्चाको निर्माण–क्रान्तिको संयुक्त मोर्चा, जनवादी र समाजवादी हुनु आवश्यक छ र यसको नेतृत्व सर्वहाराको हातमा हुनु पर्दछ भन्ने कुरामा विशेष ख्याल राख्नु पर्ने हुन्छ । हरेक मुलुकको क्रान्तिको विकासको विशिष्ठ स्थितिअनुरूपको मोर्चाको स्वरूप हुनु पर्दछ, जुन वर्ग मोर्चाका रूपमा रहोस् र क्रान्तिको केन्द्रीय र उच्च काय सशस्त्र सङ्घर्ष–जनयुद्धसित मेल खाने खालको होस्, जसबाट सर्वहारा र जनताको रक्षा गर्न र विजय प्राप्त गर्न सकियोस् । यस किसिमको मोर्चा तथा सङ्घर्ष हरेक देशको खास परिस्थिति र क्रान्तिको चरित्रअनुरूप निर्माण गर्ने गरिन्छ ।
यसले हामीलाई के कुरामा ध्यान दिन जोड दिन्छ भने : एकताबद्ध होऊ, प्रस्ट होऊ र अगाडि बढ ! मोर्चाको सही परिचालनले हरेक देशका कम्युनिस्टहरूलाई बागोटिङ्गो बाटो लिन पनि स्वीकृति दिन्छ र उनीहरू खास मुलुकको विशिष्ट स्थितिअनुसार उनीहरू आम जनतासित हातेमालो गर्दै र नेतृत्व प्रदान गर्दै साम्राज्यवादी महामारीका विरुद्ध क्रान्तिलाई अघि बढाउँछन् । मूल कुरा प्रस्ट हुनु हो, अन्योलता होइन । ठीक ढङ्गले लान नसकेमा जसको सेवा गर्नु पर्ने हो र जसको विरोध गर्नु पर्ने हो, त्यो उल्टो पर्न जान्छ । यसका लागि पार्टीलाई मार्क्सवाद–लेनिनवाद-माओवादका आधारमा निर्माण गरी त्यसैका आधारमा क्रान्तिकारी व्यवहारमा लैजानु आवश्यक हुन्छ ।
वर्गसङ्घर्ष तीव्र भएका क्षणहरूमा यसलाई लामो अवधिसम्म कायम राख्नु पर्ने र निरन्तरता दिनु पर्ने हुन्छ । के कुराको ख्याल राख्नुस् भने, सबै कुरा समान तहमा विकसित हुन सक्तैनन्, कतिपय कुराको असमान विकास पनि हुन्छ । यो विकासको नियम हो । विकास असमान किसिमले पनि हुन्छ र यस्तो सधैँ हुने गर्छ । कम्युनिस्टहरूले जनसङ्घर्षलाई अघि बढाउन सटिक र सङ्क्षिप्त नारा अघि सार्नु जरुरी छ र ‘कोरोना भाइरससित लड्ने’ नाममा प्रतिक्रियावादी सरकारले अघि सारेको ‘राष्ट्रिय एकता’ को ढोङलाई तोड्नु पर्ने पनि हुन्छ ।
कम्युनिस्टहरूले कर्पोरेट निकायहरूका कामकारबाहीहरूलाई उदाङ्याउनु पर्छ र पुरानो राज्यसत्ताले अघि सारेका सबै भ्रमहरूलाई हावामा उडाइदिनु पर्छ । जनता शोषणको फलामे चक्रव्यूहबाट बाहिर निस्कने एक मात्र बाटो भनेको कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सर्वहाराच वर्गको नेतृत्वमा हुने क्रान्ति हो भन्ने तथ्यलाई अगाडि बढाउन आन्दोलन र प्रचार–प्रसारलाई केन्द्रित गर्नुपर्दछ । दैनिक समस्यासित सम्बद्ध मागहरूलाई लिएर सङ्घर्ष आवश्यक छ र गर्नु पनि पर्छ, र पनि सङ्घर्ष सर्वहारा वर्ग र जनताको सत्ताका लागि केन्द्रित हुनु पर्दछ । यहाँ के कुरामा प्रस्ट हुनु पर्छ भने राजनीतिक सङ्घर्ष प्रमुख हो र सर्वहारा वर्ग र मजदुरहरूको आर्थिक सङ्घर्ष यसको आधार हो । ज्याला, काम गर्ने घण्टा, सर्त र अधिकार सम्बद्ध समस्याहरू— जस्तो सङ्गठन खोल्ने अधिकार, हडताल गर्ने र सभासम्मेलन गर्ने, विचार अभिव्यक्ति र आन्दोलन आदि जस्ता समस्याहरू छन् र यी अत्यन्त महत्वपूर्ण छन्, यी बिना हाम्रो टेक्ने आधार हुँदैन, हामीले यिनको बेवास्ता ग¥यौँ भने हामीले क्रान्तिका लागि आम सहभागिताको विकास गर्न सक्दैनौँ ।
पुरानो सत्ताले आफू नराम्रो गरी सङ्कटमा फसेको बेला जनतामाथि बोझ थप्तछ भन्ने कुरामा ध्यान दिनु पर्छ । यस्तो बेला जनताले रगत बगाएर आर्जन गरेका अधिकारहरू, प्राप्त सुविधा र स्वतन्त्रतामाति बन्देज लगाइन्छ, कटौती गरिन्छ र प्रतिबन्ध लगाइन्छ र अनेक नाममा शोषण र दमनको प्रक्रियालाई तीव्र बनाइन्छ । यसलाई लागु गर्न प्रतिक्रियावादीहरूले अन्य ‘सामाजिक उपायहरू’ अथवा ‘सुधारका उपायहरू’ अघि सार्नु पर्नेमा जोड दिनु पर्ने हुन्छ, यस्तो बेला हामीले हाम्रो झण्डा फ्याल्यौँ भने उनीहरूले अवसरलाई आफ्नो फाइदाका लागि उपयोग गर्छन् । हामी कम्युनिस्टहरू सचेतता अँगालिरहेका छौँ र हामीमाथि शोषण गर्न उनीहरूलाई कुनै पनि किसिमको अवसर दिने छैनौँ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनु पर्छ । उनीहरूलाई असफल पार्न हामीले निरन्तर प्रहार गरिरहनु पर्छ र उनीहरूलाई प्रतिक्रान्तिकारी बर्कोबाट बाहिर निकान्नु पर्छ । उनीहरूको मूल स्वार्थ केमा छ भन्ने कुरा जनता भलिभाँति जान्दछन् । आम जनतामाथि विश्वास गरौँ, उत्पीडित जनतामाथि विश्वास गरौँ । सधैँ मनमस्तिष्कमा राखौँ : “जनता र केवल जनता नै इतिहासका निर्माता हुन् ।”
जनताको तर्फबाट विश्वको वर्तमान अवस्थालाई यसरी ठोस गर्न सकिन्छ : विश्वमा जन विष्फोट अझ तीव्र बन्नेछ र यो अझ शक्तिशाली भएर प्रस्फुटन हुनेछ । हाम्रो जिम्मेवारी यो विष्फोटक स्थितिबारे प्रस्ट हुनु र सर्वहारा र आम जनताको हितमा यसलाई उपयोग गर्न पहलकदमी लिएर जनयुद्धको विकास गर्नु हो । कसरी लड्ने भन्ने कुरा हामीले जानेका छौँ । हामीले युद्धका नियमहरू लागु गर्नुपर्दछ । त्यसपछि अध्यक्ष माओले सङ्घर्षका आम रूपहरूका सन्दर्भमा भन्नु भएको उद्देश्य, उपलब्धि र सीमाहरू सम्बन्धी मान्यतालाई लागु गर्नु पर्दछ ।
जसरी विश्वभरिका साम्राज्यवादी, प्रतिक्रियावादी र संशोधनवादीहरूले अति नै ठूलो धुर्त्याइँका साथ आफूहरूले ब्यहोर्नु परेको सङ्कटको महामारीलाई उपयोग गर्दै आफ्नो विशेष स्वार्थका लागि अन्तर्रा्ष्ट्रिय सर्वहारावर्ग र विश्वका जनतामाथि जाइ लाग्छन्, उत्पीडित राष्ट्रहरूमाथि उत्पात मच्चाउँछन्, लुटतन्त्र मच्चाउन आफ्ना फलामे हातहरू बाहिर निकाल्छन्, जनताको हत्या गर्छन्, सर्वहारा वर्ग र जनताले यसको विरुद्ध सङ्गठित रूपमा जाइलाग्नु पर्छ । यसलाई कम्युनिस्टहरूले दिने जवाफ भनेको एउटै हो—अन्तर्राष्ट्रिय सर्वहाराको एकजुटता । हामीले सिद्धान्त र व्यवहार दुवैमा सर्वहारा अन्तर्राष्ट्रियतावादलाई माथि उठाउनै पर्छ र, संशोधनवाद विरुद्ध सर्वहारा क्रान्तिको पक्षमा अघि बढ्नका लागि जनयुद्धको आरम्भ गरेर विकास गरिहेका पेरू, भारत, फिलिपिन्स, टर्की र तयारीमा लागेका र आरम्भ गर्न थालेका सबै मुलुहरूलाई मार्क्सवाद-लेनिनवाद–-माओवाद, मूलतः माओवादका आधारमा ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन’ (आइसियएम) लाई एकताबद्ध तुल्याउन सङ्घर्ष गर्नु पर्छ ।
आज, विश्वका कम्युनिस्टहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने कार्यमा अघि बढिरहेका छन् र दृढताका साथ माओवादीहरूको ‘अन्तर्राष्ट्रिय एकताबद्ध सम्मेलन’ तर्फ अग्रसर छन्, जसले सर्वहाराको नयाँ अन्तर्राष्ट्रिय सङ्गठनलाई मूर्त रूप दिने छ ।
यो एकताको समय हो । फूट, विखण्डन, दलबदल र फोहोरी लडाइँ अब पुग्यो । जो माओवाद र जनयुद्धका पक्षमा छन् र जसले गम्भीर सैद्धान्तिक गल्ती गरेका छन्, उनीहरूले आत्मा–आलोचना गर्नै पर्छ, प्रश्न विधि र पद्धति र सम्बन्ध विच्छेदको मात्र नभएर मूलतः उनीहरूको वर्ग स्रोतको हो । अभाकियन र प्रचण्डको दृष्टिकोणबीच पाइने समानतालाई राम्रोसँग बुझ्नु पर्ने कुरा के हो भने यी दुई मुसाले मार्क्सवादमा कुनै पनि योगदान दिएका छैनन्, यी सदैव संशोधनवादी मात्र रहिआएका हुन् । ‘आइसीएम’ मा माओवादी पार्टी तथा सङ्गठनहरूको बढ्दो सङ्ख्याले माओवादको पथ प्रदर्शनका आधारमा गौरवशाली कम्युनिस्ट अन्तर्राष्ट्रियको पुनर्निर्माणका आवाज बुलन्द गरेको छ—केही अझै हिचकिचाउँने गरेका छन् र कतिपयले केही सर्तहरू पनि अघि सारेका छन्, तर यसले पहिले नै तय गरेको त्यो लामो बाटो, जहाँ पछि फर्किने ठाउँ छैन र, समय पनि बित्दै जाँदैछ, त्यो रद्ध हुने स्थिति छैन, खास गरेर जनयुद्ध पक्षधरहरू अझ बढी सामेल भएर सिद्धान्तनिष्ठताका आधारमा विश्वका कम्युनिस्टहरूको एकता अघि बढ्ने छ ।
यो कामको समय हो । हामीले हाम्रा गतिविधिहरूलाई दोब्बर तुल्याउनु पर्छ, जनताको विद्रोहलाई उत्प्रेरणा प्रदान गर्दै स्वःस्फुर्त सङ्घर्षलाई सर्वहाराको नेतृत्वमा सचेतन सङ्घर्षमा फेर्नु पर्छ । यो समय हाम्रा असफलता र सीमाहरूका बारेमा रोइकराइ गर्ने समय होइन, सङ्घर्षकै बीचमा हामीले समयको आवश्यकतालाई अघि बढाउनै पर्छ । यसका लागि हामीले आफूलाई तमतयार राख्नुपर्छ । हामीले लडाइँमा आफैँलाई होम्नुबाहेक अर्को विकल्प छैन । अहिले यसमा जसलाई शङ्का अथवा हिचकिचाहट छ, उसले जनताको विश्वास गुमाउँछ । यसपल्टको मे दिवस कम्युनिस्टहरूको उत्साहको महान् उदाहरण हुने छ, हँसियाहथौडासहितको हाम्रा चम्किला राता झण्डाहरू हाम्रा विश्वासका प्रतीक हुन्— यी साम्यवादको उज्ज्वल भविष्य हुन्, जसले शोषण, दमनमा आधारित विश्वका पुरानो सत्ताको विरुद्ध युद्ध अघि बढाउने घोषणा गर्छन् ।
र सारांशमा : मे पहिलो दिनलाई हामी महत्वपूर्ण वार्षिकोत्सवका रूपमा मनाउँने गर्छौँ । यसपल्टको मे पहिलो दिन १३० औँ वार्षिकोत्सव मनाउने 'मे दिवस' को दिन हो । इतिहासमा पहिलो प्रदर्शन महान् कमरेड फ्रेड्रिक एङ्गेल्सको नेतृत्वमा भएको थियो, जसको २०० औँ जन्मोत्सव यो वर्ष हामी मनाइरहेका छौँ । अघि बढौँ साथीहरू हो !
मे पहिलो दिन— सर्वहाराको अन्तर्राष्ट्रिय दिन : अमर रहोस् !
पार्टी र जनता साथमा छन् भने : चमत्कारपूर्ण किसिमले सबै कामहरू सम्पन्न गर्न सकिन्छ !
सर्वहारा र विश्वका जनता : साम्राज्यवादी महामारीलाई यस पृथ्वीबाट फ्याल्न जनयुद्धको हतियारसाथ एक जुट होऔँ !
हस्ताक्षर :
कम्युनिस्ट पार्टी अफ इक्वेडर- रेड सन
पेरू पिपुल्स मोभमेन्ट (रिअर्गनाइजेसन कमिटी)
कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन)
रेड फ्याक्सन अफ द कम्युनिस्ट पार्टी अफ चिली
रेड फ्लाग कलेक्टिव फिनल्यान्ड
कमिटी फर द फाउन्डेसन अफ द (माओइस्ट) कम्युनिस्ट पार्टी अफ अस्ट्रिया
सर्भ द पिपुल -कम्युनिस्ट लिग, नर्वे
कमिटी टु रिकन्स्टिच्युट द कम्युनिस्ट पार्टी अफ युएसए
आइरिस सोसिअलिस्ट रिपब्लिकन्स
रिभोलुसनरी न्युक्लिअस फर द रिकंस्तिचुसन अफ द कम्युनिस्ट पार्टी अफ मेक्सिको
कम्युनिस्ट रेडफ्ल्याग एफआरजी
माओइस्ट कम्युनिस्ट पार्टी फ्रेन्च स्टेट
कन्स्ट्रक्सन कमिटी अफ द माओइस्टमा पार्टी अफ गलिजिया
कमिटी टु रिकन्स्टिच्यु द कम्मुनिस्ट पार्टी अफ ग्रेट ब्रिटेन
रेड वेभ डेनमार
कम्युनिस्ट न्युक्लिअस ,नेपाल
माओइस्ट अर्गनाइजेसन फर द रिकंस्तिच्युसन अफ डद कम्युनिस्ट पार्टी अफ कोलम्बिया
मे १, २०२०
भिडियो फिचरview all