menu

ताजा समाचार

क्युबा समाजवादी देश होइन, क्यास्ट्रो पनि कम्युनिस्ट होइनन् : रेमन्ड लोट्टा

क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको निधन भएको छ । लामो समयसम्म अमेरिकी साम्राज्यवादसित टक्कर लिएका क्यास्ट्रोको मृत्यु चर्चाको विषय बन्नु स्वाभाविक छ  । तर क्युबालाई समाजवादी मुलुक, क्यास्ट्रो महान् कम्युनिस्ट नेता भनेर सुधारवादी तथा संशोधनवादी कोणबाट मात्र नभई क्रान्तिकारी भनिने कोणबाट समेत जेजस्ता टिप्पणी आए, यसले क्युवाका सन्दर्भमा सामान्य कार्यकर्ता मात्र नभएर नेता भनिनेहरू पनि भ्रम र अन्योलमा रहेको कुरा बोध हुन्छ ।

अहिले विश्वमा समाजवादी मुलुकहरू छैनन्, र क्युवा, उत्तरकोरिया, चीन कुनै पनि मुलुक समाजवादी  होइन भन्ने निष्कर्ष क्रान्तिकारी कम्युनिस्टहरूको हो र नेपालका क्रान्तिकारीहरूले विक्रमको चालिसकै दशकमा निकालेको सत्यतत्थ पनि यही नै हो । क्यास्ट्रो रूस–चीन महाविवादमा कुस्चेवको पक्षमा उभिए र खुलेर माओ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को विरोध गरे भनेर मात्र नभई क्युबाली क्रान्तिपछि समाजवादका आधारभूत मूल्यलाई लागु गर्न, विद्यमान उत्पादन सम्बन्ध र शक्तिबीचको  आधारभूत अन्तर्विरोध हल गर्न निजी सम्पतिको उन्मूलन गरेर क्रान्तिकारी रूपान्तरण गर्नमा उनले चासो दिएनन् । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा केही ध्यान दिए, तर यत्तिकै आधारमा क्युवालाई समाजवादी मुलुक र क्यास्ट्रोलाई “महान् कम्युनिस्ट नेता” भन्न सकिँदैन भन्ने  क्रान्तिकारीहरू, त्यसमा पनि रिम  र कम्पोसासित सम्बद्ध क्रान्तिकारीहरूको निष्कर्ष हो ।
 
उनको मुलुक अमेरिकाको नवऔपनिवेशिक शासनको  स्थितिमा थियो  । सन् साठीदेखि क्युवा कराइबाट उम्केको माछो तावामा  भनेजस्तो स्थितिमा रह्यो ।  विश्वकम्युनिस्ट आन्दोलन दुई ध्रुबमा उभिएको बेला उनी रूसी सामाजिक साम्राज्यवादी कित्तामा उभिए । अमेरिकी माओवादी बुद्धिजीवी रेमन्ड लोट्टाले क्युबा समाजवादी मुलुक नभएर “नवऔपनिवेशिक लोक कल्याणकारी राज्य” भनेका छन् ।  उनले गरेका  कामलाई भावुकताको तहबाट नभएर विचारको द्वन्द्ववादी किसिमले हेर्नु  आवश्यक छ भन्ने भनाइ पनि क्रान्तिकारीहरूको छ ।

यसैक्रममा लोट्टाले सन् २००६ मा लेखेको टिप्पणीलाई यहाँ प्रस्तुत गरिएको छ ।

अमेरिकी साम्राज्यवाद, क्युबाली क्रान्ति र फिडेल क्यास्ट्रो

 
सय वर्षभन्दा अघिदेखि क्युबाली जनताले संयुक्त राज्य अमेरिकाबाट  दुखसिबाय केहि पाएका छैनन् । क्युबा विरुद्ध बुश प्रशासनले चालेका कुनै पनि कदमको डटेर विरोध गर्नुपर्छ। अर्कोतर्फ, के कुरा पनि सत्य हो भने, फिडेल क्यास्ट्रो कम्युनिस्ट होइनन र क्युबा पनि समाजवादी समाज होइन । साँचो क्रान्तिकारी समाज निर्माणका लागि क्युबाली जनताले सही अर्थको क्रान्ति  गर्नु आवश्यक छ।

क्युबामा अमेरिकी आधिपत्य

क्युबामा अमेरिकी प्रभुत्त्व  १८९८ मा भएको स्पेन-अमेरिक युद्धपछि क्युबा अमेरिकी साम्राज्यवादको अधीनमा आएको थियो । क्युबालीहरू स्पेनका विरुद्ध स्वाधीनता संग्राम लडिरहेका थिए, तर अमेरिकी साम्राज्यवादले  क्युबालाई  नव-उपनिवेश बनाउने मौका पायो। क्युबाले सन् १८९८  मा औपचारिक स्वतन्त्रता हासिल गर्यो । तर १९०१ मा अमेरिकी  कांग्रेसले भूमि सम्बन्धी संशोधन विधेयक पारित गर्यो । यो १९३४ सम्म क्युबाली संविधानमा समाविष्ट थियो,  जसका कारण अमेरिकाले क्युबाको घरेलु मामिलामा हस्तक्षेप गर्न पाउँथ्यो । त्यसैले अमेरिकाले १९०६, १०१२, १९१७. र १९२० मा नौसेना तैनाथ गरेको थियो । संसोधित सन्धिअनुसार अमेरिकाले क्युबा-को गुआन्टानामो नौसेनाको अखडा स्थापित गर्यो, जुन अहिले पनि अमेरिकाले आफ्ना विरोधीहरूका लागि यातना शिविरका रूपमा प्रयोग गरिरहेको छ ।

सन् १९५० सम्म अमेरिकाले क्युबाको समग्र उपभोगमा ८० प्रतिसत प्रयोग गरेको छ, ९० प्रतिसत खनिजपदार्थ, लगभग १०० लगभग प्रतिशत इन्धन, ९० प्रतिशत जति पशुपालन र ४० प्रतिशत जति चिनी उद्योगहरूलाई आफ्नो  नियन्त्रणमा राखेको छ । क्युबा अमेरिकी जुवाडेहरू, रियलस्टेट लागातिकर्ताहरू,  होटल मालिक, र  गुण्डाराजका लागि एक हिसाबले स्वर्ग नै भयो । अमेरिकाले घोर दमनकारी र जनताका आँखामा एकदमै घृणाको पात्र बनेको फुल्गेंसियो बाटिस्ता शासनलाई आँखा चिम्लेर समर्थन गर्यो । यो नै १९५९ को क्युबाली क्रान्तिका लागि पृष्ठभूमिआधार  बन्यो ।

क्युबाली क्रान्ति अमेरिकी साम्राज्यवाद विरुद्ध बढ्दो आक्रोशको एउटा आम जनआन्दोलन थियो । अमेरिकी साम्राज्यवादले आफ्नो हार स्वीकार गर्न मानेन । ऊ फेरि आफ्नो गुमेको स्थान प्राप्त  गर्न चाहन्थ्यो । त्यो भन्दा पनि अरू ल्याटिन अमेरिकी मुलुकहरूले क्युबाको सिको नगरुन् भन्ने उसको चिन्ता थियो । त्यसैले उसले १९६१ मा ल्याटिन अमेरिकी  क्षेत्रमा  नयाँ योजनाको थालनी गर्यो । १९६१ मा अमेरिकाले सुँगुर खाडीमाथि आक्रमण गर्यो, जसलाई  क्युबाली जनताले  पराजित गरे  । सिआइएले धेरैपल्ट  क्यास्ट्रोको  हत्या गर्ने प्रयास गर्यो । अमेरिकाले क्युबा पश्चिमी देशहरूसित व्यापारका लागि योग्य छैन भनेर रोक लगायो ।

क्युबा समाजवादी देश होइन
 
फिडेल क्यास्ट्रो मार्क्सवादी पदावलीहरूको उच्चारण त गर्छन्, तर उनी  कम्युनिस्ट होइनन् । र क्यास्ट्रोले  नेतृत्व गरेको क्रान्तिले बुर्जुआ, आर्थिक राजनीतिक र सामाजिक सम्बन्धको पुरानो सीमालाई भत्काएन । क्यास्ट्रोले एउटा साम्राज्यवादी परनिर्भरताबाट अर्कोमा परनिर्भरताको  विकल्प खोजे । सन् १९५९ अघि क्युबाको आर्थिक आधार  'एकलखेती' उखुमा निर्भर थियो, जसको बजार अमेरिकी नियन्त्रणमा थियो । क्यास्ट्रो नेतृत्वले  यो आर्थिक विरासतलाई नयाँ संरचनामा लैजान जनपरिचालनको आवश्यकत देखेन  । यसका लागि आम जनतामा आधारित क्रान्तिकारी भूमिसुधारको आश्यकता थियो, जसले सामूहिक र आत्मनिर्भर कृषि उत्पादनमा जोड दिन्थ्यो र जनताका लागि खाध्य समस्या हाल गर्थ्यो । त्यसपछि एकपछि अर्को गरेर ओउध्योगिक क्षेत्रको विकासतिर लाग्नु आवश्यक हुन्थ्यो, जसबाट मुलुकको आर्थिक विकासका लागि सुद्रिड आधार बन्थ्यो।

साम्राज्यवाद  र उसको घरेलु सम्बन्धसित आमूल सम्बन्ध विच्छेदको सट्टा क्यास्ट्रोले "छिटो मिलान" एक हिसाबले ''मेलमिलाप" को उपायको खोजी गरे । चिनी क्युबाली अर्थव्यवस्थाको मेरूदण्ड हुने  थियो र क्युबा यसको विश्वबजारको मालिक बन्नेथियो । तर संयुक्त राज्य अमेरिकाको ठाउँमा क्युबा सामाजिक साम्राज्यवादी सोभियत संघको नव-उपनिवेशवादी छत्रछायाँमा  टाँससिन पुग्यो । सोभियत संघले आफू  क्युबाको  चिनीको विश्वसनीय बजार बन्ने बचन दियो र त्यसको सट्टामा क्युबा रूसी सामानको बजार बन्नु पर्ने स्थिति आयो । क्युबाली  बजारमा रूसी एकाधिकार कायम हुनथाल्यो ।

१९६० को आरम्भदेखि क्युबा सोभियत गुटमा सामेल भयो ।  क्यास्ट्रोले सन् १९६८ मा रुसद्वारा  चेकोस्लोभाकियामाथि गरेको आक्रमण र अफगानिस्तानमाथि १९७९ गरेको आक्रमणलाई खुलेर समर्थन गरे । उनले माओ र चिनियाँ महान सांस्कृतिक क्रान्तिका  विरुद्ध वैचारिक आक्रमण अभियान नै चलाए  । अफ्रिकामा रूसी प्रभावको विस्तारका लागि रूसी  गतिबिधिलाई सहयोग पुर्याउन क्यास्ट्रोले पैदल सैनिकहरु उपलब्ध गराए ।

क्युबाले आफूलाई  समाजवादी भन्दछ । तर सम्पूर्ण क्युबाली अर्थव्यवस्था पुँजीवादी आर्थिक आधारभूत पक्ष्य —उत्पादन, उत्पाद र उत्पादनमा आधारित थियो र छ  । यस किसिमको उत्पादन नीतिले क्युबाली जनता ज्यालादारी दासमा परिणत भए । उनीहरूको श्रम र शक्तिले समाजको चौतर्फी क्रान्तिकारी रूपान्तरणलाई सेवा पुर्याउनुको सट्टा परनिर्भरताको उत्पादन सम्बन्ध र साम्राज्यवादी शोषणलाई नै सघाउ पुगेको थियो ।

यस किसिमको आर्थिक व्यवस्थापन भए पनि क्यास्ट्रो चिनी बजारबाट स्वास्थ्य र शिक्षाजस्ता सामाजिक कार्यक्रममा लगानी गर्न चाहिं केही हदसम्म सक्षम भए ।  यसले क्युबाको विपन्नहरूलाई केहि लाभ पुर्यायो । यसले क्यास्ट्रोलाई  राजनीतिक छेत्रमा लोकप्रियताको आधार पनि निर्माण गर्न सहयोग पनि पुर्यायो । के यत्तिकैका आधारमा क्युबा समाजवादी मुलुक भयो त ? अहँ  हुँदैन ।
 
वास्तवमा क्यास्ट्रोले क्युबालाई एउटाको नव-उपनिवेशबाट अर्कोको नव-उपनिवेशम हस्तान्तरण गरे र एककिसिमको 'नवऔपनिवेशिक कल्याणकारी राज्य' को निर्माण गरे, जहाँ जनता सामाजका आधारभूत गतिविधिमा  शोषित र शक्तिहीन रहिरहन्छन् ।

(रिभोलुसन २००६ बाट )

भिडियो फिचरview all