ताजा समाचार
मजदुरका समस्याप्रति ध्यान दिन क्रान्तिकारी निर्माण मजदुर सङ्घको अपिल
अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर सङ्घका संयोजक ढोगप्रसाद अधिकारीले कोरोना महामारीको सकस, रोजीरोटी र आर्थिक सङकट झेलिरहेका मजदुरहरूका समस्याप्रति सरकारको बेवास्तालाई लिएर यही वैशाख १२ गते एक विज्ञप्ति जारी गरेका छन् । सरकारले मात्र नभएर विश्वका मजदुर वर्गको हकहित र अधिकारका लागि आवाज उठाउनु पर्ने दायित्व बोकेको ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन’ ले समेत मजदुरका न्युनतम र आधारभूत आवश्यकताप्रति पूर्ण रूपमा बेवास्ता गरेको कुरा पनि उनले उल्लेख गरेका छन् ।
मजदुरहरूका समस्याप्रति राज्यले गरेको हेलचेक्राइँ र बेवास्ताप्रति चिन्ता जाहेर गर्दै वक्तव्यमा संयोजक अधिकारीले भनेका छन् :
“ वर्तमान अवस्थामा कोभिड–१९को सङ्क्रमणबाट जोगिन सरकारले उचित व्यवस्थापन गर्नु पर्ने र आम मजदुर एवं नागरिक आआफ्नो घर कोठामा सुरक्षित रूपमा लकडाउनको पालना गर्दै बस्नुपर्नेमा मजदुर वर्गले बाँच्नका लागि आवश्यक आधारभूत समस्याको समाधानका लागि सडकमा उत्रन बाध्य हुनु परेको र सरकारी निकायहरू निवास र कार्यालयमा सीमित हुनु परेको उल्टो परिस्थितिका कारण भोलिका दिनमा अझ गम्भीर अवस्था निम्तिन सक्नेप्रति हामीलाई चिन्तिन बनाएको छ । ”
वक्तव्यमा मजदुरहरूको यस खालको गम्भीर समस्याप्रति ध्यान दिएर आवाज उठाइदिन पनि माग गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।
भिडियो फिचरview all