
कोरोना माहामारीबीच मे दिवसको तयारी

कोरोना महामारी रोक्न सरकार आफैँ अन्योल र अस्तव्यस्ततामा रहेको देखिएको छ । वास्तवमा सम्बद्ध निकायको उध्यान कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेमा नै रहेको छ । सरकार यही मौका हो आफूखुसी गर्ने भने जसरी चलेको छ । सर्वसाधारण जनताप्रति सरकार एकदमै गैरजिम्मेवार देखिएको छ ।
ट्रेड युनियन निर्माण गरेर मजदुरहरूको हकहित गछौँ भन्ने पार्टीहरूमा पनि कोरोना समस्या र मजदुरहरूको अवस्थाका सन्दर्भमा खासै क्रियाशीलता देखिएन । 'लकडाउन' का नाममा ती हाइसन्चोमा सुतेको देखियो । र पनि, नेकपा (विप्लव) सम्बद्ध ट्रेड युनियन मजदुर समस्याप्रति बढी चिन्तित रहेको र उसले केन्द्रीय तहबाटै वक्तव्य प्रकाशित गरेर खबरदारी गरेको छ । पार्टीगत रूपमा पनि नेकपा (विप्लव) ले राहत वितरण गर्नुका साथै राहत वितरणमा देखिएको अनियमितताप्रति खबरदारी गरेको देखिन्छ । आफूलाई क्रान्तिकारी पार्टी तथा क्रान्तिकारी ट्रेड युनियन भन्ने अन्य समूहहरू चाहिं हुनुको बोध गर्न सक्ने अवस्थामा देखिएनन् ।
नेपालका क्रान्तिकारी भनिने पार्टीहरू यसपल्टको मे दिवस कसरी मनाउँछन् भन्ने कुरा प्रस्ट नभए पनि विश्वका क्रान्तिकारी पार्टीहरूले कोरोना महामारीकै बीच ‘कोरोना महामारी विरुद्ध उत्पीडित वर्गहरूको सङ्घर्षप्रति ऐक्यबद्धताका’ साथ मनाउने तयारी गरेका छन् । माओको मृत्युपछि एक हिसाबले विशृङ्खलको स्थितिमा रहेको आन्दोलनलाई नयाँ गति दिन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्लोलन (रिम) को गठन सन् १९८४ मा भएको थियो । अहिले ‘रिम’ एक हिसाबले विघटन भएको स्थितिमा रहे पनि फेरिएको स्थितिमा विश्वका क्रान्तिकारीहरूको अब नयाँ केन्द्र बनाउनु पर्छ भनेर विश्वका माओवादीहरू मूलतः हिजो ‘रिम’ सित सम्बद्ध युरोपका माओवादीहरूले सन् २०१० देखि मे दिसका दिन संयुक्त वक्तव्य जारी गर्ने अभियान चलाएका छन् । पछिल्लो समयमा विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, गोन्जालो सन्दर्भलगायतका विषयलाई लिएर ल्याटिन अमेरिकी माओवादी सङ्गठनहरू र युरोपेली माओवादी पार्टीहरूबीच केही मतभेद रहे पनि बहसछलफलमार्फत एकताबद्ध भएर गतिविधि गर्ने प्रयासहरू जारी छन् ।
मे दिवसका सन्दर्भमा प्रकाशित गरिने संयुक्त वक्तव्यमा नेपालबाट पहिले 'क्रान्तिकारी बौद्धिक मंच' र पछि ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ सहभागी हुँदै आएको छ ।
०००
भिडियो फिचरview all