
५७ जना बुद्धिजीवीहरूद्वारा राजबन्दी रिहाइको माग

वक्तव्यमा प्रो.जिएन सइबाबा, कवि वरवर राव, प्राध्यापक सोमा सेन, सुधा भारध्वाज त्यसै पनि उमेर र स्वस्थाका कारण लामो समयसम्म जेलमा रहन सक्ने स्थितिमा छैनन् भने अन्य थुप्रै राजबन्दीहरू पनि जेलमा विरामी अवस्थामा छन् र उनीहरूको यथा शीघ्र रिहाइ हुन आवश्यक छ भनिएको छ ।
हिजो मार्च २९, २०२० मा प्रकाशित संयुक्त विज्ञप्तिमा उनीहरूले कोरोनाका कारण मुलुकको स्थिति भयावह अवस्थामा पुग्न लाकेको र कतिपय राजबन्दीहरू पहिलेदेखि नै विभिन्न रोगले आक्रान्त भएको अवस्थामा उनीहरूको जीवन रक्षाका लागि यथा शीघ्र रिहाइ गर्नु पर्ने माग गरेका छन् । कतिपय जेलमा समयमा उचित औषधीउपचार हुन नसक्ने तथा भनेको बेला डाक्टर उपलब्ध हुन नसक्ने अवस्था रहेकाले स्थितिको गम्भीरतालाई गम्भीरतापूर्वक ध्यान दिन पनि उनीहरूले केन्द्र तथा राज्य सरकारका साथै न्याय क्षेत्रसित पनि अनुरोध गरेका छन् ।
भारतीय जीवनको विविध क्षेत्रमा विशिष्ट योगदान पु¥याएका बन्दीहरूलाई रिहाइका लागि सरकारले अविलम्ब कदम चालोस् भनेर उनीहरूले माग गरेका छन् ।
भिडियो फिचरview all