
प्रचण्डको कुरूप अनुहारको पछिल्लो संस्करण

गोकुल बास्कोटाको घरमा भएको बम विष्फोटनले ओली मार्काकाहरू अत्तालिनु र बर्बराउनु स्वाभाविक थियो, तर यतिखेर सबैभन्दा बढी पीर, पीडा र छटपटी प्रचण्डलाई परेको देखिन्छ । हिजो जनयुद्ध र जनयुद्धका नेताहरूलाई प्रतिक्रियावादीहरूले आतङ्कवाद र आतङ्कारीको बिल्ला भिराएका थिए । आज पुष्पकमल दाहाल त्यही ठाउँमा पुगेका छन् ।
वक्तव्यमार्फत उनले भनेका छन् :
''हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याधएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु l"
प्रचण्ड नेकपा (नेकपा) का अध्यक्ष्य भएकाले उनले व्यक्त गरेको भनाइ व्यक्तिगत हुने कुरा भएन र पतनको सीमा नाघेका प्रचण्डका लागि नयाँ कुरा पनि भएन । तर प्रचण्ड-ओलीको पार्टीमा अलिकति पनि नैतिकता भएकाहरू, खास गरेर जनयुद्धसित गाँसिएकाहरूमा अलिकति पनि नैतिकता छ भने उनीहरूले प्रश्न उठाउनु पर्छ । तर प्रचण्ड-ओलीको पार्टीमा नैतिकता भएकाहरू छन् भनेर आश गर्ने ठाउँ छैन ।
भिडियो फिचरview all