
जनयुद्ध जिन्दावादका साथ जनयुद्धको स्मरण

बेपत्ता योद्धा परिवारसित सम्बद्ध वरिष्ठ अधिवक्ता
एकराज भण्डारीको सभापतित्व तथा सञ्चालनमा भएको कार्यक्रममा हिजो
जनयुद्धसित गाँसिएका र अहिले विभिन्न पार्टीहरूसित आबद्ध नेता तथा
कार्यकर्ताका साथै माओवादी बुद्धिजीवीहरूको उपस्थिति थियो । जनयुद्धको महत्वका साथै
जनयुद्धसित गाँसिएका घटनाहरूको संस्मरण गर्दै डा. ऋषिराज बराल, नारायण
शर्मा, गंगा लामा, नरेन्द्रजङ पिटर, मंगल बिक, तक्मा केसी, कुमार पौडेल लगायतले आफ्नो
धारणा राखेका थिए ।
कार्यक्रमको आरम्भमा सञ्चालक एकराज भण्डारीले कसरी हिजो जनयुद्ध आरमभ गर्दाका उत्पीडितहरू अहिले उत्पीडक बनेर समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा लागेकाहरूमाथि दमन, आतङ्क, धरपकड र हत्या मच्चाइरहेका छन् भन्ने कुराको चर्चा गरेका थिए ।
त्यसै गरी डा. ऋषिराज बरालले जनयुद्धको नेतृत्व गर्ने एक थरीले आत्मसमर्पण र गद्दारी गरे पनि बाँकी रहेका क्रान्तिकारीहरू- नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादका पक्षधरहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
भिडियो फिचरview all