ताजा समाचार
मार्क्सवाद र सबाल्टर्न अध्ययन
मार्क्सवाद र सबाल्टर्न अध्ययन डा. ऋषिराज बराल लिखित समालोचनात्मक ग्रन्थ हो । समालोचनाको क्षेत्रमा मात्रै यो उहाँको दसौँ कृति हो । यसमा समकालीन समालोचनाका क्षेत्रमा देखापरेका विविध प्रवृत्तिहरूका साथै समकालीन नेपाली साहित्यिक लेखनको विश्लेषणात्मक अध्ययन गरिएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै किसिमका समालोचनाहरू यसमा समाविष्ट छन् । समकालीनता यसको विशेषता हो ।
चार खण्डमा विभाजित ४३५ पानाको यो कृतिको पहिलो खण्डमा मार्क्सवाद ‘मार्क्सवादहरू’ र ‘सांस्कृतिक अध्ययन’ एडवार्ड सइद, ‘प्राच्यवाद’ र वैचारिक बहस, मार्क्सवाद, ग्राम्सी र ‘सांस्कृतिक प्रभुत्व’ को धारणा, मार्क्सवाद र ‘उत्तर–उत्तरआधुनिकतावाद’, वर्ग, इतिहास चेतना र ‘सबाल्टर्न अध्ययन’ मार्क्सवाद, इतिहासको मूल्याङ्कन र केही जटिल प्रश्नहरू शीर्षकका रचनाहरू रहेका छन् । त्यसै गरी दोस्रो खण्डमा समाज, सामाजिक रूपान्तरण र स्रष्टाहरू, 'उत्तर’ अवधारणा, नेपाली समाज र सङ्घर्ष, शीर्षकका रचनाहरू, तेस्रो खण्डमा देवकोटाको विचारयात्रा र तासकन्द संभाषण, देवकोटामा विद्रोहचेतना :मूल्य निरूपणको प्रयास, समकालीनताबोध र पूर्णविरामका कविताहरू, वैचारिक आलोकमा विकलको साहित्यिक यात्रा, साहित्यकार बद्रीनारायण प्रधान र मौली उपन्यास र चोथो खण्डमा कवितालेखनका समकालीन चुनौतीहरू, समकालीन नेपाली उपन्यास : समीक्षा र संश्लेषण शीर्षकका रचनाहरू समाविष्ट छन् ।
पुस्तकको आरम्भमा ‘परिचय’ दिइएको छ । यसलाई पहिलो खण्ड पनि भन्न सकिन्छ । यो आफैँमा एउटा महत्वपूर्ण आलेख हो । यसले कसरी मार्क्सवादी समालोचना तथा सौँन्दर्यचिन्तनले हिजोका दिनदेखि सङ्घर्ष गर्दै आयो र अहिले पनि गरिरहेको छ भन्ने कुरा प्रस्ट पार्दछ । यहाँ सोही परिचयात्मक आलेखको एउटा सानो अंश प्रस्तुत गरिएको छ :
यस सङ्कलनमा समाविष्ट रचनाहरू तयार पार्दा पश्चिमाहरूले बौद्धिक क्षेत्र, त्यसमा पनि शैक्षिक क्षेत्रमा भ्रमको संसार कसरी तयार पार्दा रहेछन् र हाम्रो मनमस्तिष्कलाई नियन्त्रित गर्दै कसरी मार्क्सवाद विरोधी नीति र योजना लागु गर्दा/ गराउँदा रहेछन् भन्ने कुरा राम्रोसित बोध भएको छ । खासगरेर ‘उत्तर’ अवधारणाहरू उत्तरआधुनिकतावाद, ‘उत्तर–उपनिवेशवाद’, ‘कल्चरल स्टडिज’ र ‘सबाल्टर्न अध्ययन’ को प्रोजेक्टबाट पश्चिमाहरूले हाम्रा एक थरी बुद्धिजीवीहरूको दिमाग कसरी ‘भुट्ता’ रहेछन्/ ‘भुटेका’ रहेछन् भन्ने कुरा पनि प्रस्ट हुन्छ ।
यथार्थ के हो भने, पश्चिमा महानगरीय प्राज्ञिक केन्द्रमा रमाएका बुद्धिजीवीहरूसित मार्क्सवादी पदावली गाँसिए पनि मार्क्सवाद चाहिँ उनीहरूबाट विस्थापित भएको छ । यो लोगोमा सीमित भएको छ । उनीहरूका लागि मार्क्सवाद एक किसिमको फेसनजस्तो भएको छ र त्यसको ठाउँ ‘प्राज्ञिक उन्नयन’ र ‘आर्थिक उत्प्रेरणा’ ले लिएको छ ।
दाम्लाले बाँधेका पशुझैँ डलर र भारूरूपी हरियो घाँसका पछाडि हाम्रा प्राध्यापक गुरूहरू, थरीथरीका प्रतिष्ठानका प्राज्ञ र बुद्धिजीवी भनिनेहरू कसरी लुरुलुरु लाग्दा रहेछन् भन्ने कुरा पनि मलाई राम्रोसित बोध भएको छ । सचेतकको भूमिकामा खबरदारी गर्नुपर्ने समुदाय र वैचारिक सङ्घर्षको थलो उपभोक्तावादमा फस्नु भनेको सारतः मुलुक बौद्धिक पतन र पराधीनतामा फस्नु हो । यो बौद्धिक स्खलनको परिणाम हो । यस पुस्तकमा सङ्कलित रचना यिनै र यस्तै पतनशील प्रवृत्तिहरू विरुद्धका अभियान र अभियन्ता हुन् ।
यसमा सङ्कलित रचनाहरू मार्क्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा भएका वैचारिक सङ्घर्षको इतिहास, यसको चरित्र र दिशाको जानकारीका भरपर्दा माध्यम हुनसक्छन् भन्ने मलाई लागेको छ । सौन्दर्यचिन्तनका क्षेत्रमा समकालीन सन्दर्भमा चर्चामा आएका वाद र सिद्धान्तहरूका साथै नेपाली साहित्य र समकालीन लेखनप्रवृत्तिसित सम्बद्ध रचनाहरू पनि यसमा समाविष्ट छन् । मार्क्सवाद ती रचनाहरूको अध्ययनको आधार हो ।
यसमा समाविष्ट रचनाहरू नेपाली समाज र साहित्यको ऐतिहासिक सातत्यका साथ नयाँ विश्लेषण र संश्लेषण हुन् । ‘तेस्रो विश्व’ का मुलुकहरूमा मार्क्सवाद विरोधी पश्चिमा बासी एजेन्डाहरूलाई कसरी नयाँ भन्दै भूमण्डलीकरण गरिन्छ र ‘तेस्रो विश्व’ को बौद्धिक समुदाय नयाँ र ताजा भन्दै आँखा चिम्लेर कसरी त्यसको पछि लाग्दो रहेछ भन्ने यथार्थको जानकारी यसमा सङ्कलित रचनाहरूबाट प्राप्त गर्न सकिन्छ । यसका साथै मार्क्सवादका नाममा भए/ गरेका र भइरहेका गलत चिन्तनप्रवृत्तिका विरुद्ध नेपालका सही अर्थका मार्क्सवादी लेखक-समालोचकहरू कसरी वैचारिक सङ्घर्ष चलाइरहेका छन् भन्ने सत्यतथ्य पनि यसमा समाविष्ट रचनाहरूबाट अवगत गर्न सकिन्छ ।
०००

भिडियो फिचरview all