
कमरेड किरणद्वारा फासिवादी दमनको विरोध, गिरफ्तार नेता-कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग

वक्तव्यमा भनिएको छ :
आज मिति २०७६ पौष १३ गते अपरान्ह देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सालगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन उप-प्रधानमन्त्रीको स्वीकृति अनुसार सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा नेपाल सरकारका प्रहरीहरुद्वारा अन्धाधुन्ध लाठीचार्ज गरी कार्यक्रममाथि अवरोध खडा गरियो । यस क्रममा कैयौंलाई गंभीर रुपमा घाइते बनाइयो र कैयौंलाई गिरफ्तार गरियो । गिरफ्तार हुनेमा हाम्रो पार्टीका स्थायी समिति सदस्य द्वय तथा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सीपी गजुरेल र महासचिव क. परिथापा, पार्टीका पीविएम द्वय क. पवनमान श्रेष्ठ तथा क. सुरेश श्रेष्ठ, सीसीएमहरु क. दीपक शाही, क. हरिकृष्ण गजुरेल, क. फुर्नाम्गेल मोक्तान, क. वसन्त बोगटी लगायत क. खगेन्द्र छन्त्याल, क. पद्म भण्डारी, क. सुन्दर श्रेष्ठ, क. मीन प्रसाद गिरी, क. नरेन्द्र कार्की, क. अमित योञ्जन सहित पार्टी तथा मोर्चाका १५ जना भन्दा बढी नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको छ ।
भिडियो फिचरview all