ताजा समाचार
विप्लव समूहका दुई वर्ष र क्रान्तिकारी ध्रुवीकरण
नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरेर कमरेड विप्लवको नेतृत्वमा बनेको समूहले दुई वर्षको आयु पार गरेको छ । यो अब माओवादीको पुरानै नाम नेकपा (माओवादी) का नाममा सूचीकृत भएको छ । यसको वैचारिक–राजनीतिक पक्ष मूलतः कार्यदिशाका सम्बन्धमा निकै लेखरचनाहरू लेखिएर र लेखिँदैछन् ।
कुन उद्देश्यका साथ यसले नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गरेको थियो र अहिले यो के गर्दैछ भन्ने कुरा सो पार्टीकै कार्यकर्ताहरूबीच बहस–छलफल र टीकाटिप्पणी भइरहेको स्थिति हो । विभाजनकै समयमा, मालेमाको गरिमामय इतिहासको निषेध, नयाँ जनवादी क्रान्तिप्रति अस्पष्टता, नेपाली समाजको मनोगतवादी विश्लेषण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी गलत बुझाइ, लगायत मूलतः कार्यदिशाका सम्बन्धमा रहेको अन्योलको सन्दर्भलाई लिएर क्रान्तिकारीहरूले प्रश्न उठाएका थिए । ती प्रश्नहरू यथावत छन्, घटेका छैनन्, बरु बढेका छन् । खास गरेर वैचारिक र साङ्गठनिक क्षेत्रमा विप्लव समूह विभाजनको समयमा भन्दा अहिले कमजोर भएको र यसका युवा कार्यकर्ताहरूमा निराशा बढ्दैगएको कुरा आम टिप्पणीको विषय बन्न थालेको छ ।
यताका दिनमा यो समूह विचार र कार्यदिशाका सम्बन्धमा मात्र नभएर रणनीतिक उद्देश्यमै पनि अन्योलमा रहेको त छैन भनेर प्रश्न उठाउनु पर्ने अवस्थामा पुगेको कुरा यसका गतिविधिले प्रस्ट पारेका छन् । सडकदेखि सडकसम्मको गोलचक्करले बर्नस्टिनको “आन्दोलन सबथोक हो, उद्देश्य केही होइन” भन्ने चिन्तनको सम्झना गराएको टिप्पणी हुनथालेको स्थिति छ । यति मात्र नभएर ‘उत्तरसाम्राज्यवाद’ को पुर्पक्ष गर्नुले यस समूहको वैचारिक तथा राजनीतिक बुझाइप्रति नै प्रश्न उठ्नु स्वाभाविक भएको छ । एकातिर, द्वद्ववादप्रति असहमत, बहसछलफलप्रति असहिँष्णु, क्रान्तिको बाटो लामो र टेढोमेढो प्रकृतिको हुन्छ/हुन सक्छ भन्ने विज्ञानप्रति अविश्वास, अधैर्य, शीघ्र विजयको मानसिकता र सत्ता साझेदारीको हतारो देखिन्छ भने अर्कोतिर, विचार र क्रान्तिकारी कार्यदिशाद्वारा भन्दा आवेग, आक्रोस र सीमित जार्गन र ‘स्टेरियो टाइप’ को अभिव्यक्तिद्वारा कार्यकर्तालाई ‘मोटिभेट’ गर्ने र विचारभन्दा आर्थिक उत्प्रेरणाद्वारा कार्यकर्तालाई ‘मिलिट्यान्ट’ बनाउने विप्लव समूहको प्रवृत्ति तीव्र आलोचना र टिप्पणीको विषय बन्नेगरेको छ ।
यतिखेर नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न अत्यन्तै गम्भीर अवस्थामा छ । सापेक्षित मात्रामा रहेका क्रान्तिकारी शक्तिहरूलाई कसरी सिध्याउने भनेर साम्राज्यवादी–विस्तारवादी शक्तिहरू विभिन्न किसिमका हतियारहरू प्रयोग गरिरहेका छन् । नेपाली जनता माओवाद र माओवादी पदावलीसमेत सुन्न मन नपराउने स्थितिमा पुगून भनेर साम्राज्यवादी– विस्तारवादी शक्तिहरूले अनेका तानाबाना बुनिरहेको अवस्थामा माओवादकै नाम गरेको एउटा समूह तिनीहरूके गोटी बनेर उनीहरूको स्वार्थ पूरा गरिरहेको छ । यस्तोबेला सापेक्षित मात्रामा रहेका क्रान्तिकारी समूह तथा व्यक्तिहरू आआफ्ना गल्ती– कमजोरी स्वीकार्दै र सच्याउँदै मालेमाको एउटै झण्डामुनि कसरी गोलबद्ध हुने भन्ने कुरामा गम्भीर भएर आफ्नो चिन्ता र चिन्तन केन्द्रित गर्नु आवश्यक थियो र छ । परिस्थितिको गम्भीरताबोधलाई न त किरण समूह, न त विप्लव समूहले नै ध्यान दिएको देखिन्छ । खास गरेर विप्लव समूहले स्थितिलाई गम्भीरताका साथ लिएको देखिँदैन । किरण समूहबाट पछिल्लो पटक आएको एकतासम्बन्धी निर्णय स्वागतयोग्य भए पनि यसबारे व्याख्यामा देखिएको विविधताले थप अन्योल उत्पन्न गरेको छ ।
अहिले दुवै समूह त्यसमा पनि विप्लव समूह असाध्यै आन्तरिक अन्तर्विरोधबाट गुज्रिरहेकाले ‘बुद्धनगर’ को वक्तव्य एकताको पहलतिर भन्दा आआफना समूहमा अन्तर्निहित समस्या हल गर्न तर्फ लक्षित रहेको कुरा पनि टिप्पणीको विषय बनेको छ । “चुनावमै भाग लिने हो भने प्रचण्डसित एकता किन नगर्ने ?” भन्ने धारणा नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) भित्र प्रवेश गरिसकेको कुरा सार्वजनिक भइसकेको विषय हो ।
अहिले विप्लव समूहभित्र आर्थिक अनियमितता, गुटबन्दी र 'पर्स्नालिटी कल्ट' का कुरा जसरी उठिरहेका छन्, यो आर्थिक जमिनदारी, मौजाको बाँडफाट र जीवनशैलीसित मात्र सम्बद्ध नभएर मूलतः यो विचार र कार्यदिशामा रहेको समस्याको परिणाम हो । सो समूहभित्र इमानदार र क्रान्तिकारी कार्यकर्ता छन् भने समयले परीक्षा र परीक्षणका लागि अगाडि आउन आह्वान गर्नु स्वाभाविक छ । क्रान्तिकारी कार्यदिशाका आधारमा क्रान्तिकारीहरू कसरी गोलबद्ध हुने भन्ने कुरामा सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ । यसका लागि इमानदारीपूर्वक आत्मसमीक्षाको बिन्दुबाट अघि बढ्नु पहिलो सर्त हो । अन्यथा सबैको नियति भनेको विसर्जनवादको शरण नै हो ।

भिडियो फिचरview all