
आन्दोलन कुराले मात्र हुन्न, आवश्यक परे बन्दुक उठाउनुपर्छ : महासचिव किरण

प्रमुख अतिथिका रूपमा बोल्दै महासचिव किरणले भन्नुभयो — “देशले नयाँ विकल्पको खोजी गरेको छ। नयाँ विकल्प खोज्नु छ । हामी त्यो विकल्प हौँ । सच्चा कम्युनिस्टहरू, सत्ताबाहिर रहेका जनवादी गणतन्त्र पक्षधरहरू हामी सबै मिल्यौँ भने यो व्यवस्था ढाल्न सकिन्छ । आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ । उनीहरू शासकहरूले बन्दुक राख्न पाउने जनताले राख्न नपाउने भन्ने हुन्छ ? आवश्यक परे जनआन्दोन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्छ । ”
सत्ताबिना केही सम्भव नहुने भन्दै सत्ताका लागि सङ्घर्षको प्रक्रिया अगाडि बढेको उद्घोष गर्दै उहाँले भन्नुभयो : “अब सत्ताबिना अरू केही काम छैन, सत्ता कसको जनताको कि प्रतिक्रियावादीको ? भन्ने प्रश्न नै मूल प्रश्न हो र जनताको सत्ता स्थापनाका लागि सङ्घर्ष आवश्यक छ” ।
महासचिव किरणले अहिलेको सरकार कम्युनिस्ट सरकार नभएर कम्युनिस्टको बदनाम गर्ने सरकार भएको कुरा प्रस्ट पार्दै प्रश्न गर्नुभयो : “ओलीजीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लफ्फाजी दिइरहनु भएको छ । के यसै गरी सम्भव छ ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा ? हाम्रा उब्जाउ जमिन बाँझो राखेर, विदेशबाट अन्न आयात गरेर, हाम्रा रोजगार युवालाई विदेश पठाएर, नेपाली नदीनाला विदेशीलाई बेचेर कसरी समृद्धि आउला ?”
नेपालमा विदेशी लगानीको नाममा विस्तारवाद भित्र्याएको कुरा उल्लेख गर्दै कमरेड किरणले भन्नुभयो :
“लगानीको लागि विदेशी गुहारेको कुरा केहो ? नेपालको विकास नेपालीको लगानीमा हुर्नपर्छ ।के नेपालीले कर्णाली बनाउन सक्दैनन् ?”
भारतीय विस्तारवादको साहरामा नेपाल प्रवेश गर्ने अमेरिकी साम्राज्यवाद अहिले सीधै नेपाल पस्न थालेको कुराको उठान गर्दै उहाँले भन्नुभयो : “इन्डो-प्यासिफिक रणनीति अनुसार नेपालमा अमेरिकाले खेल्न थालेको र सिके राउतसँगको सहमति यसैको परिणाम थियो” ।
नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धको पनि उहाँले खुलेर विरोध गर्नुभयो । कम्युनिस्ट नाम गरेको सरकारले कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको कुराको विरोध गर्दै प्रचण्ड र ओलीलाई आफ्नो विगत हेर्न हर्ने सुझाव दिँदै उहाँले भन्नुभयो : “एक पटक ओलीजीले २८ सालको झापा विद्रोह सम्झनुस्, त्यतिबेला सरकारले उहाँहरूलाई त्यही गरेको होइन ? प्रचण्डजीले २०५२ सालको जनयुद्ध सम्झनुस्, उहाँलाई पनि सरकारले त्यही गर्या होइन” ?

अभिव्यक्तिका क्रममा उहाँले थप भन्नुभयो :
“वर्गीय र जातीयका विषयमा सबै कम्युनिस्ट क्रान्तिकारीहरु स्पष्ट हुन जरुरी छ । सच्चा कम्युनिस्टहरु वर्गको भूमिकाका साथै सबै जात जातिहरुलाई मिलाएर लैजानु पर्दछ भन्नेमा स्पष्ट हुन जरुरी छ । उत्पीडित वर्ग र उत्पीडित जनसमुदायलाई एक ढिक्का बनाएर नै अबको लडाइँ जित्न सकिन्छ । दशवर्षको जनयुद्धको तागत पनि यही हो, थियो ।”
त्यसैगरी क्रान्तिकारीहरूबीच एकताको सन्दर्भमा आफ्ना अनुभवहरूबारे उहाँले भन्नुभयो ;
देशैभरिका कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रमअघि उपत्यकाका विभिन्न स्थानबाट निस्केको जुलुस नगरपरिक्रमा गरी भृकुटीमण्डपमा केन्द्रित भएको थियो ।
भिडियो फिचरview all